Saturday, June 25, 2011

माओवादीका दुई गुटबीचको हानाहानले क्यासिनोहरू समस्यामा




मजदुरको महाभारत

माओवादीका दुई गुटबीचको हानाहानले क्यासिनोहरू समस्यामा

होटल अन्नपूर्णस्थित क्यासिनो अन्नामा कार्यरत एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईपक्षीय मजदुर नेता ज्ञानुमान डंगोल अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'निकट शालिकराम जम्कट्टेलका समर्थकहरूबाट अंगभंग हुने गरी कुटिए। मोडल अस्पतालमा लामो समय उपचारपछि घर फर्केका डंगोलको सुन्न्ो शक्ति कम भएको छ। पर्यटकलक्षित क्यासिनोमा हानाहान र ठोकाठोकको यस्तो घटना नौलो होइन। पाँच वर्षअघि शान्ति प्रक्रियामा आएपछि माओवादी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले  राजधानीका जुवाघरमा तलब वृद्धि र स्थायी नियुक्तिका कुरा गरेर मजदुरहरू लोभ्याएको थियो। त्यतिले नपुगी कुटेरै भए पनि वर्चस्व स्थापित गर्‍यो। "त्यतिबेला हामीले कुटाई खायौँ," अन्न्नामा कार्यरत कांग्रेससम्बद्ध मजदुर नेता कृष्ण पाण्डे भन्छन्, "अहिले भने माओवादीबीच नै हानाहान चलेको छ।"क्यासिनोलाई रणभूमि बनाएर माओवादीभित्रै छेडिएको महाभारतमा एउटा पक्षको नेतृत्व जम्कट्टेलले गरेका छन्। कुनै बेला उनकै दाहिने हात रहिसकेका रमेशबाबु पन्तले भट्टराईको समर्थनमा प्रचण्डनिकटको पक्षलाई चुनौती दिइरहेका छन्। पार्टीभित्र फरक धारमा रहे पनि मोहन वैद्य समर्थित बद्री बजगाईंले क्यासिनो विवादमा  भट्टराई पक्षधरलाई सघाइरहेका छन्। "वैचारकि धार फरक भए पनि पीडितबीच एकता देखिएको हो," बजगाईं भन्छन्, "यसमा कुनै घोषित कार्यगत एकता छैन।" क्यासिनोमा ठोकाठोकको पछिल्लो शृंखला १० वैशाखमा सुरु भयो, भट्टराईपक्षीय मजदुर कार्यकर्ता नरबहादुर लामिछाने, गोकर्ण अधिकारी र कुमार लामा कुटिएपछि। क्यासिनो अन्नाको माओवादी मजदुर युनियनका अध्यक्ष कल्पदीप राई नेतृत्वको समूहले पिछा गर्दै उनीहरूलाई होटल मल्लमा रहेको क्यासिनो भेनसमा हातपात गरेको थियो। उजुरी पेरसिडाँडा पुगेपछि राई, नानीकाजी बस्नेत र ईश्वरी खत्रीलाई पार्टीबाट तीन महिना निलम्बन गरयिो। महासचिव रामबहादुर थापाले जारी गरेको कारबाहीको सर्कुलर क्यासिनो अन्नामा टाँसिएकै दिन २६ वैशाखमा राई नेतृत्वको समूहले डंगोलमाथि सांघातिक आक्रमण गरेको थियो।  

डंगोललाई पिट्ने समूहलाई कारबाहीको जबरजस्त दबाब परेपछि गृहमन्त्री कृष्णबहादुर महराको आदेशमा राई पक्राउ परे। जम्कट्टेलको समूहले प्रहरी कार्यालय घेराउलगायतका प्रयास गरे पनि राई नौ दिन थुनामा रहे। यसैबीच, जम्कट्टेलका खास जनक बर्तौलाले पेरसिडाँडामै भट्टराईलाई सफाया गर्ने कुरा बोलेपछि विवादले अर्कै मोड लियो। बर्तौलालाई तीन महिना निलम्बन गरी कुरा सामसुम पार्ने प्रयास गरे पनि क्यासिनोमा जम्कट्टेल र विरोधी मजदुर पक्षबीच सांघातिक आक्रमणको क्रम रोकिएको छैन।

हिरासतमुक्त हुनेबित्तिकै राईले अन्नामा आफ्नै युनियनका कार्यसमिति सदस्य अर्जुन धमलालाई पिटिहाले। राती नै भट्टराईपक्षीय मजदुरको समूह ज्यान रक्षाको याचना गर्न प्रचण्ड निवास पुगेको थियो। तर, प्रचण्डले आफ्नै समर्थकद्वारा पिटाइ खाइरहेका मजदुरको कुरा सुन्न चाहेनन्। आक्रोशित राईकै समूहले होटल अन्नपूर्णमा माओवादी युनियनका अध्यक्ष नरबहादुर लामिछानेलाई कार्यालय प्रवेशमा रोक लगाउनुका साथै निष्कासन गर्न होटल व्यवस्थापनलाई दबाब दिएको थियो। १६ जेठमा व्यवस्थापनसँग वार्ता गर्न होटल अन्नपूर्ण आइपुगेका अखिल नेपाल होटल तथा रेस्टुराँ मजदुर संघका केन्द्रीय अध्यक्ष रमेश पन्तलाई राईको समूहले नियन्त्रणमा लिएर दरबारमार्ग प्रहरी प्रभागमा थुन्न लगाएको थियो। यो कुरा भट्टराईसम्म पुगेपछि पन्तलाई प्रहरीले छाडेको थियो।    माओवादीमा प्रचण्ड र भट्टराईबीचको सैद्धान्तिक लडाइँ नयाँ होइन। विद्रोहकै समयमा भट्टराई कारबाहीमै परसिकेका हुन्। शान्ति प्रक्रिया सुरु भएपछि दुई नेताबीच दूरी घटबढ हुने क्रम जारी छ। मजदुर, विद्यार्थीलगायतका भ्रातृसंस्था मात्र होइन, लडाकूमा पनि दुवै समर्थकका स्पष्ट धार छन्। तर, क्यासिनो मजदुरमा दुई पक्षबीच देखिएको विवाद अरूभन्दा फरक छ। अन्यत्रको विवादमा बहस-वादविवाद हुन्छ तर क्यासिनोमा मुख होइन, हात-खुट्टा, लाठीमुङ्ग्रा चल्छन्। "मजदुर फाँट माओवादीका लागि सत्ता, शक्ति र साधनस्रोतको प्रमुख स्रोत पनि हो," रमेश पन्त भन्छन्, "यसैमा  वर्चस्व गुम्ने भएपछि एकथरी साथीहरू खुनी हमलामा उत्रिएका हुन्।" मजदुर समूहमा भएको कलहको प्रभाव पार्टी नेतृत्वमा समेत पर्ने गरेको छ। पालुङटारको विस्तारति बैठकमा नजिक देखिएका प्रचण्ड र वैद्यबीच अहिले छत्तीसको आँकडा देखिन्छ। बैठकलगत्तै जम्कट्टेलपक्षीय मजदुरले बद्री बजगाईं समर्थकलाई भक्तपुरमा सांघातिक आक्रमण गरेपछि दूरी बढ्न थालेको हो। "जम्कट्टेलले दुई नेतालाई मिल्न नदिन यस्ता गतिविधि गररिहेका छन्," बजगाईंको आशंका छ। थोरै ठाउँमा धेरै मान्छे र पैसाको चलखेल हुने ठाउँ हो, क्यासिनो। काठमाडौँ र पोखराका १० क्यासिनोमा करबि सात हजार जनाले रोजगारी पाएका छन्। माओवादीले चन्दा र सेल्टरका लागि क्यासिनोको प्रयोग विद्रोहकै अवधिमा थालेको हो। गाउँघरमा तास खेल्नेलाई भाटा हानेर मुखमा तास कोच्याएर सहर छिरेका माओवादीलाई राजधानीमा जुवाघरमा रहेको पैसा र संगठित मजदुर जमातले नै आकषिर्त गरेको थियो। चार वर्षअघि क्यासिनोको स्वामित्वलाई लिएर अमेरिकि नागरकि आरडी टटल र भारतीय नागरकि राकेश बाधवाबीच चलेको विवादलाई माओवादीले क्यासिनोमा वर्चस्व कायम गर्ने सुनौलो अवसरका रूपमा उपयोग गर्‍यो। मालिक टटललाई क्यासिनोको स्वामित्वबाट निष्कासन गर्न उनका प्रबन्धक बाधवाले माओवादीको शक्ति राम्रैसँग उपयोग गरे। भारतीय दूताबासमार्फत सरकारी संयन्त्रको समेत भरपूर सहयोग पाएका चतुर बाधवाले आफ्नै मालिक टटललाई राजधानीको क्यासिनो साम्राज्यबाट बाहिर जाने बाटो देखाइदिए। स्वामित्व दिलाउन सक्रिय भएको गुनको पैँचो तिराउन माओवादीले कुनै कसर छाडेन। तिनका कार्यकर्ता/आफन्तलाई ठूलो संख्यामा जागिर दिन बाधवा बाध्य भए। "बाधवाले गुनको पैँचो तिर्दातिर्दै क्यासिनोमा माओवादी मजदुर युनियन हावी भयो," रििक्रयसन सेन्टरका एक अधिकारी भन्छन्, "व्यवस्थापनभन्दा मजदुर युनियन शक्तिशाली देखिए।" हालै युनियनको दबाबमा शम्भु फुयालले राजीनामा गरेपछि एभरेस्ट क्यासिनोको रक्त पदमा माओवादी, कांग्रेस र एमालेसम्बद्ध प्रतिनिधि दिल्लीमा बाधवासँग छलफल गरी हर्क ऐरलाई नियुक्ति दिलाएर फर्केका थ्ािए।    माओवादीले कार्यकर्ता र आफन्त भर्तीकेन्द्र मात्र बनाएनन्, क्यासिनोको आम्दानीलाई आर्थिक सहयोगका लागि उपयोग गर्न कुनै कसर बाँकी राखेनन्। पार्टी र भ्रातृसंस्थाका लागि भन्दै दिनदिनै आर्थिक सहयोगको रसिद बोकेर क्यासिनो धाउन थाले उनीहरू। "माओवादीसम्बद्ध दर्जनौँ संस्था चन्दा रसिद बोकेर आउँथे," रििक्रयसन सेन्टरसम्बद्ध ती अधिकारी भन्छन्, "हजारको त कुरै हुँदैनथ्यो, लाखमा लैजान्थे।" काठमाडौँमा घरजग्गाको कारोबार फस्टाइरहेको उक्त समयमा नेपाली नागरकिले जुवा हारेर क्यासिनोलाई मनग्य आम्दानी गराइदिएका थिए। यसैबीच, बाधवा उपचारका क्रममा करबि दुई वर्ष अमेरिका बसे। उक्त अवधिमा क्यासिनोको आम्दानी क्यासिनोका प्रबन्धक र मजदुर युनियनका टाठाबाठाको गोजीमा पुगेको बाधवानिकटका एक जना बताउँछन्। तर, क्यासिनोको आम्दानीमा सीमित व्यक्तिले मस्ती गररिहेको कुरा मजदुरभित्र फैलिँदै गएपछि विवाद भूसको आगोझैँ सल्किँदै गयो। काठमाडौँमा मजदुर नेताका घर ठडिन थाले, गाडी किने। रेस्टुराँ, लज, हेल्थक्लब, स्कुलमा लगानी गर्न थाले। पन्त भन्छन्, "क्यासिनोमा युनियनको अध्यक्ष पद यति आकर्षक बन्यो कि केन्द्रीय पदमा बढुवा गर्दा पनि तिनले एकाइ अध्यक्ष पद त्याग्न इन्कार गरे।" म्यानेजरहरूले महँगा गाडी किने, घरलाई वातानुकूलित बनाए। सानो समूहले क्यासिनोको आम्दानीमा तर मारेको देखेपछि असन्तुष्ट मजदुरविरोधी क्याम्पमा संगठित हुने क्रम सुरु भएको हो। काठमाडौँका तत्कालीन एसपी रमेश खरेलले नेपाली प्रवेशमा कडाइ गरेकै बेला बक्यौता असुलीमा राज्य संयन्त्र सक्रिय भएपछि क्यासिनोहरू संकटमा छन्। मजदुरहरूले आफ्नो रोजगारी खतरामा पर्नुमा माओवादी मजदुर युनियनका अध्यक्षलाई जिम्मेवार ठान्न थालेकाले क्यासिनोमा जम्कट्टेलको वर्चस्व घट्दो क्रममा छ। विपक्षीलाई तह लगाएर बसेको माओवादीले कांग्रेस र एमालेसम्बद्ध मजदुर सम्मिलित संयन्त्र बनाएर काम गर्न थालेको छ। क्यासिनो नेपाल, एभरेस्ट र अन्नामा यस्ता संयन्त्र गठन भइसकेका छन्। "क्यासिनोको स्रोत गुम्न थालेको चिन्तामा मानसिक सन्तुलन गुमाएका केहीले मुन्द्रेसमेतको सहयोगमा गुन्डागर्दी थालेका छन्," रमेश पन्त भन्छन्, "तर, तिनीहरू सफल हुने सम्भावना छैन।"

शाही परिवारको सम्बन्ध

एसियामै मकाउसँगसँगै नेपालमा क्यासिनो भित्र्याउने तत्कालीन शाही परिवार थियो । तत्कालीन अधिराजकुमार -राजा त्रिभुवनका पुत्र) हिमालयविक्रम शाहले लिएको इजाजतमा होटल सोल्टीमा क्यासिनो नेपाल सञ्चालनमा आएको थियो । भुटानी राजाका नातेदार लेण्डुप दोर्जी -लेनी)ले क्यासिनोको व्यवस्थापन सम्हालेका थिए । भारतीय पर्यटकका साथै सम्भ्रान्त परिवार क्यासिनोका ग्राहक हुन्थे । त्यतिबेला क्यासिनोमै कौडा खेलाउने गरिन्थ्यो । काठमाडौँ र पोखरा गरी तीन क्यासिनो चलाइरहेका किशोर सिलवालका अनुसार राजा वीरेन्द्रको आदेशमा पछि कौडा बन्द गरिनुका साथै नेपालीको प्रवेशमा कडाइ गरिएको थियो । व्यवस्थापनबाट असन्तुष्ट शाही परिवारले लेनीको ठाउँमा अमेरिकी नागरिक आरडी टटललाई भित्र्यायो । नि:सन्तान हिमालयको मृत्युपछि क्यासिनोको साझेदार तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह बने । उनले पछि क्यासिनोसँग साइनो तोडे । तर, याक एन्ड यतीको क्यासिनो रोयलमार्फत शाही परिवार पुन: क्यासिनोसँग जोडिएको छ । करिब डेढ वर्षदेखि पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह अध्यक्ष रहेको गिल्ट इन्टरनेसनलले क्यासिनो सञ्चालन गरिरहेको छ । राकेश बाध्ावाले क्यासिनोको भाडाबापत पैसा नतिरेपछि होटल सञ्चालकले रोयलको व्यवस्थापन सिंहलाई सुम्पेका हुन् । भरपर्दो स्रोतका अनुसार सिंहले योजना बनाएर होइन, झोँकैझाँेकमा क्यासिनो खरिद गरेका थिए । एकदिन जुवा खेल्नका लागि पैसा सापटी नपाएपछि 'तेरो क्यासिनो किन्दिन्छ'ु भनेर बाहिरिएका सिंह केही समयमा साँच्चिकै क्यासिनो साहू बनेका थिए ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...