११ असार, काठमाडौं । सरकारले राजधानीका चारवटा पाँचतारे होटलमा क्यासिनो सञ्चालन गर्दै आएको नेपाल रिक्रियसन सेन्टर (एनआरसी)को क्यासिनो सञ्चालन सम्वबन्धी इजाजत शुक्रबारबाट रद्द गरिदिएको छ । असार २ गते भएको मन्त्रीस्तरीय निर्णयअनुसार शुक्रबारसम्म सरकारलाई बुझाउनुपर्ने बक्यौता रोयल्टी नबुझाएमा एनआरसीलाई दिइएको क्यासिनो सञ्चालन सम्बन्धी इजाजत स्वत रद्द हुने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सार्वजनिक सूचना जारी भएको थियो ।
सरकारले एनआरसीलाई २०५० माघ ४ गते क्यासिनो सञ्चालन इजाजत दिएको थियो । राजधानी र पोखराको फूलबारी होटलमा रहेका अन्य क्यासिनोहरू यसअघि नै एनआरसीबाट मुक्त भई सम्बन्धित होटलहरूले सञ्चालन गर्दै आएका छन् ।
एनआरसीको सञ्चालन भारतीय रोकश बाधवाले सञ्चालन गर्दै आए पनि बक्यौता तिर्न अटेर गरेपछि सरकारले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । उनी हाल फरार छन् । अमेरिकी नागरिक आरडी टटलको स्वामित्वमा रहेको एनआरसीलाई बाधवाले तीन वर्षअघि विनालगानी कानुनी लडाइँमार्फत आफ्नो हातमा पार्न सफल भएका थिए ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.