नक्कली प्रज्ञापनपत्रबाट भारु अपचलन, पाँच पक्राउ, ७५ लाख बरामद
भदौ १६- नक्कली प्रज्ञापनपत्र बनाएर वास्तविकभन्दा बढी सामान आयात गरेको भन्दै भारतीय रुपैयाँ अपचलन गर्ने गिरोह फेला परेको छ। राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको एक साता नबित्दै यस्ता कारोबार गर्ने पाँच फर्म फेला परेका छन्। पाँचजनालाई चार दिनअघि पक्राउ गरिएको विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले जानकारी दिए। समातिएका व्यक्तिले नक्कली प्रज्ञापनपत्र बनाएर कागजी रूपले आयात परिमाण बढाएको स्वीकार गरेका छन्। एउटा फर्मबाट भारु साट्न राखेको ७५ लाख नेपाली रुपैयाँ बरामद भएको विभागले जनाएको छ। पथलैया कार्यालयबाट वीरगन्जमा थप अनुसन्धान भइरहेको छ। अनुसन्धान प्रारम्भिक अवस्थामा रहेकाले अपचलनको परिमाण नखुलेको श्रेष्ठले बताए। ड्राफ्ट वा टिटीमार्फत् सामान मगाएर नेपालमा भिœयाएको प्रज्ञापनपत्र देखाएपछि राष्ट्र बैंकले त्यसमा उल्लेख भएबमोजिम भारू सजिलै भुक्तानी दिन्छ। नक्कली प्रज्ञापनपत्रबाट भारू अपचलन हुनुमा मुख्य दुई कारण छन्। एउटा, बजारमा लामो समयदेखि भारु अभाव छ। राष्ट्र बैंकले भनेजति सटही सुविधा दिएको छैन। भारतमा नेपाली एटिएमबाट दैनिक १० हजार र महिनाको २ लाख रुपैयाँभन्दा बढी झिक्न पाइँदैन। नेपालमा व्यापार गर्ने अधिकांश भारतीयको उता पनि कारोबार छ। उनीहरूले सजिलै भारु लैजान नसकेपछि यो चोर बाटो अपनाएको हुनसक्ने विभागको प्रारम्भिक अनुमान छ। दोस्रो कारण हो, भन्सारबाट हुने चोरी पैठारी र न्यून मूल्यांकनबाट आउने सामानको वैधानिक भुक्तानी लिने।
भारतमा ५ सयमा किनेको सामान १ सयमा ल्याएको भनी भन्सार छुटाइन्छ। भन्सारको आँखा छले पनि त्यो सामान ८ सय घटी बेच्न सकिँदैन। नियमअनुसार गरे ७ सयको आयकर तिर्नुपर्छ। व्यापारीहरू आयकर छल्न नक्कली प्रज्ञापनपत्र बनाएर धेरै सामान ल्याएको देखाउँछन्। त्यसबाट आफूलाई चाहिनेजति मुनाफा समायोजन गर्छन्। आयातकर्ता र थोक व्यापारीले सही बिल नदिनुको कारण यही हो। यसको प्रभाव खुद्रा तहसम्म पर्छ। 'सस्तो मूल्य तोकेर भन्सारबाट ल्याएको सामान बजारमा महँगोमा बेचेको देखाउन व्यापारीहरू सक्दैनन्,' स्रोत भन्छ, 'आयात र बिक्रीमा अन्तर देखिएर राजस्वको फन्दामा पर्नबाट बच्न उनीहरूले नक्कली प्रज्ञापनपत्रका आधारमा भारु भुक्तानी लिएका हुनसक्छन्।'तीन वर्षअघि तातोपानी नाकाबाट ऊनलगायत सामान निर्यात गरेको देखाएर करोडांै अमेरिकी डलर विदेश पठाइएको खुलेको थियो। त्यसबेला पनि व्यापारीहरूले सामान निर्यात नगरी नक्कली प्रज्ञापनपत्र बनाएका थिए।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.