खासामा रक्तचन्दनको निकासी बढ्यो
रोशन कार्की\राजधानी
काठमाडौं,२१ म्ााघ
चीनमा प्रतिबन्धित रक्तचन्दनको बढ्दो माग भएपछि नेपाली व्यापारीको सहयोगमा सिन्धुपाल्चोक जिल्लाको बाह्विसेबाटै चीनियाँ नागरिकले आफ्नै गाडीमा राखी खासा निर्यात हुने गरेको खुलासा भएकोछ ।
नेपाली सुरक्षाकर्मीले अबैधरुपमा जडिबुटी रक्तचन्दनसालकको छाला विदेशी मुद्रा लगाएत अन्य सामानको निर्यातमा बृद्धि आएको भन्ने सुचनाका आधारमा सवारी साधान चेकजाँचमा तिब्रता बढाएपछि व्यवसायीहरुले चीनियाँ नागरिककै साथमा अबैध सामानको कारोबार गर्न थालेको स्थानीय बासिन्दाले राजधानीलाई टेलिफोन मार्फत जानकारी गराएकाछन् । उनीहरुका अनुसार राजस्व गस्ती टोली र सुरक्षार्थ खटिएका प्रहरीले नीजि भाडा र सार्वजनीक सवारी साधानमा कडा चेकजाँच गर्न थालेपछि तस्करहरुले अबैध सामानको कारोबार चीनियाँ व्यवसायीको प्रयोग गर्न थालेको बताइएकोछ ।
नेपाल र चीनको स्वशासित क्षेत्र तिव्वतको स्थानीय प्रशासनबीच दुवै देशका नागरिकहरुले ३०÷३० किलोमिटर विना भिसा मार्फत आवात÷जावत गर्ने सहमती भएको छ । सोही अनुसार चीनियाँ व्यवसायीले नेपालीको बाह्विसेसम्म आफ्ना सवारी साधान ल्याउने गरेकाछन् । सोही सहमतीलाई प्रयोग गर्दे चीनियाँ व्यापारीले नेपाली भूभागबाटै अबैध कारोबार गर्ने गरेकाछन् ।
चीनियाँ नागरिकहरुले नेपाली भूमीमा आई अबैध सामानको कारोबार गर्ने गरेको भन्ने सुन्नमा आएको हो तर सो बारे आधिकारीक रुपमा कसैवाट पनि जानकारी नगराएका कारण उनीहरुको हलुका सवारी साधान खासा जाने क्रममा चेकजाँच नहुने गरेको इलाका प्रहरी कार्यालय बाह्विसेका प्रहरी निरिक्षक हेरम्ब शर्माले बताए । बाह्विसेसम्म चीनियाँ नागरिक घुम्न आउने भएकाले सो हलुका सवारी साधानमा चेकजाँच नहुने गरेको हो प्रहरी निरिक्षक शर्माले भने । नेपालको सिमावर्ती क्षेत्रमा चीनले बनाउन लागेको मन्दीरका लागि १ करोड रक्तचन्दनको माग गरेपछि नेपाली व्यवसायीहरुले लुकाई÷छिपाई रक्तचन्दन निकासी गर्न थालेका हुन । नेपाली व्यवसायीहरुको सहयोगमा चीनियाँ व्यवसायीले हलुका सवारी साधानमा राखी गतसातामात्र २ लाख किलो रक्तचन्दन खासा निकासी गरेको स्थानीय बासिन्दाले जानकारी गराएकाछन् । यसरी नेपालबाट खासा निर्यात भएका सो रक्तचन्दनलाई धुप उद्योग र पुजापाठका लागि प्रयोग हुने गरेको छ । नेपालबाट खासा निर्यात गरेका रक्तचन्दनलाई चीनियाँ व्यवसायीहरुलाई प्रतिकिलोृ ६ हजार रुपैयाँमा खरिद गर्ने गरेकाछन् ।
कन्टेनर भ्यान र ट्रकमा ती अबैध सामानको ओसार÷प्रसार गर्दा प्रहरीले शंक्का गर्ने भएकाले पछिल्लो समयमा सार्वजनीक यात्रु गाडीमा लुकाई÷छिपाई सिमासम्म पुर् याउने गरेकाछन् ।्नेपाली व्यापारीले काठमाडौंबाट बाह्विसेसम्म अरनीको यातायातको यात्रुगाडीमा लुकाई÷छिपाई लैजाने गरेकाछन् । प्ा्रहरीले अबैधरुपमा खासातर्फ लैजाने तयारीमा रहेका रक्तचन्दन सहित केहिलाई पक्राउ गरेपछि सो कुराको खुलासा भएको हो । दक्षिण भारतबाट नेपाली भू-भागहुदै चीनको भुभागमा पुर् याउने उदेश्यले काठमाडौं ल्याउदै गरेको ठूलो परिमाणको रक्तचन्दन धादिङमा बरामद भएको थियो । काठमाडौंबाट खासातर्फ लैजानेक्रममा प्रहरीले बा २ ख ८२७२ नम्बरको बसबाट ठुलो परिमाणमा रक्तचन्दन बरामद समेत भएको छ । रक्तचन्दन सहित प्रहरीले बसचालक सिन्धुपाल्चोक लिस्तीका ३१ व्ार्षिय लाक्पादोर्जे शेर्पा सहचालक नुवाकोट गाँउखर्कका ४१ व्ार्षिय ध्रुब लामा सिन्धुपाल्चोक तातोपान्ाीका ३४ वर्षिय सोनामदोर्जे शेर्पा पक्राउ परे पछि सो कुरा सार्वजनीक भएको हो ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.