एमाओवादीका नेता अग्नीप्रसाद सापकोटा |
सभासद देबी खड्का र राजकुमार श्रेष्ठ |
रक्तचन्दन तस्करीको जालोमा माओवादी संलग्नता
संविधानसभा निर्वाचनपछि माओवादी नेतृत्वको सरकारका वनमन्त्री मातृका यादव यसको कारोबारविरुद्ध उत्रिएका थिए । उनले विभिन्न नेताको नाम लिएर रक्तचन्दनको कारोबारमा संलग्न भएको अभिव्यक्ति पनि दिए । रक्तचन्दनको कारोबारमा पसेका गुन्डा समूहबीचको अस्वस्थ्य प्रतिस्पर्धाका कारण केही समय यसको कारोबार मत्थर भएको पनि थियो । तर आपूर्ति कम भई चीनको बजारमा मोल अकासिएपछि कारोबारी बजारमा रक्तचन्दन पुर्याउन नाइटादेखिको बल लगाएर तस्करहरू लागेका छन् । तत्कालीन वनमन्त्री मातृका यादव रक्तचन्दन तस्करविरुद्ध उत्रिए पनि अन्ततः यो अवैध कारोबारपछाडि स्वयं माओवादीकै संलग्नतासमेत देखिएको छ । सशस्त्र प्रहरीले सिन्धुपाल्चोकको कोदारी गाउँमा लुकाई राखेको १ हजार ४ सय किलो रक्तचन्दन असार १७ गते बरामद गरेपछि माओवादी नेताबीच आरोपप्रत्यारोप सुरु भयो । उक्त रक्तचन्दन सिन्धुपाल्चोकका सभासद राजकुमार श्रेष्ठको हो भन्ने आरोप अर्का नेता अग्नि सापकोटा पक्षले लगाएपछि विवाद भयो । श्रेष्ठकी श्रीमती त्ात्कालीन भौतिक योजना राज्यमन्त्री देवी खड्काले उजुरी गरेपछि माओवादीले अमिक शेरचनको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 'रक्तचन्दनमा नेताहरूको संलग्नताको कुरा पुष्टि भएन,' शेरचन भन्छन् । भक्तपुर पुरानो ठिमीका नेत्रबहादुर श्रेष्ठ अपरहण अनुसन्धानका क्रममा रक्तचन्दनको कारोबारमा पनि माओवादीको संलग्नताका साथै रकमलाई लिएर तिनीहरूबीच उत्पन्न विवादको खुलासा गरेको थियो । साउन १ गते बेलायतबाट आशिष श्रेष्ठले भाइ नेत्र अपहरणमा परेको अपराध महाशाखामा जानकारी गराएपछि सक्रिय भएको प्रहरीले अनुसन्धानमा रक्तचन्दन लुकाएर पैसा मागेका कारण अर्को समूहले अपहरण गरेको पत्तो लागेको थियो । प्रहरीले अपहरणमा संलग्न कृष्ण श्रेष्ठलाई पक्राउ गरेपछि रक्तचन्दनको तस्करी खुलासा भएको थियो । अपहरणमा संलग्न र अपहरित दुवै माओवादी कार्यकर्ता हुन् । कोदारीको चार घरमा लुकाइएको रक्तचन्दन सशस्त्र प्रहरीले बरामद गरेपछि अर्को पक्षले सुराकी गरेको आरोप लगाउँदै कृष्णको समूहले बुटवलका दिनेश यादवबाट किनेर चितवनमा लुकाएको ४ हजार ८ सय किलो रक्तचन्दन गायब गरी ३० लाख रुपैयाँ माग गरेपछि नेत्रलाई अपहरण गरिएको प्रहरीले जनाएको छ । उक्त रक्तचन्दन नवलपरासीको महाराजा सामुदायिक वनमा फालेको अवस्थामा प्रहरीले साउन ५ गते बरामद गरेको थियो । राजनीतिक तहले हरियो झन्डा नदेखाएका कारण प्रहरीको उच्च तहले पनि रक्तचन्दन ओसारपसारमा लाइन दिएको छैन । 'कसैले व्यक्तिगत जोखिम मोलेर मिलेमतो गरेका होलान्,' डीआईजीपी अर्याल भन्छन्, 'प्रहरीको संस्थागत मिलेमतो छैन ।' जस्तो, असार १६ गते रक्तचन्दन बोकेको निसान जिपलाई पाँचखाल चेकपोस्टमा रोकिएपछि स्कर्टिङमा गएका प्रहरी सिद्धी कार्कीले पैसा प्रस्ताव गरेर छुटाउन खोजेका थिए । यद्यपि डीएसपी सुरेन्द्र मैनालीले नियन्त्रणमा लिन आदेश दिए । कार्कीले दोलालघाट पुगेपछि सशस्त्र प्रहरीले स्कर्टिङ गर्ने सहमति भएपछि काभ्रे जिल्ला पार गराउने जिम्मा आफूले लिएको बयान दिएका छन् । एक स्रोतका अनुसार २०६३ सालमा अरू इकाइका प्रहरीले पैसा पाए पनि आफूले नपाएपछि ठिमी प्रहरीका चारजना सडकमा उभिएर रक्तचन्दन बोकेको एउटा ट्रकलाई रोकेर खानतलासी लिनुपर्ने बताए । ट्रकलाई 'स्कर्टिङ' गर्दै आएको कारमा बसेका व्यक्तिले प्रहरीलाई पचास हजार रुपैयाँ दिएर अवरोध पार गरे । तर भोलिपल्ट ती चारै प्रहरीको दुर्गम ठाउँमा काज सरुवा भयो । तर हालै रक्तचन्दन बरामद गर्ने पाँचखाल प्रहरी चौकीका नायब निरीक्षक बच्चुराम फुँयाल, हवल्दार तीर्थविक्रम सिलवाल, जवान फुर्वा लामा र रमेश महतरालाई प्रधान कार्यालयको निर्देशनबमोजिम कारबाही होइन, पुरस्कृत गरिएको छ । रक्तचन्दन ओसारपसारमा संलग्न देखिएका प्रहरी हवल्दारद्वय भीमसेन आचार्य र कृष्णबहादुर बस्नेत तथा प्रहरी जवान सिद्धिबहादुर कार्कीलाई हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको छ । 'खासगरी विगतमा जगातीदेखि तातोपानीमा पर्ने इकाइमा बसेर रक्तचन्दनको स्वाद चाखेका केही प्रहरीले रक्तचन्दनको व्यापार सहजीकरण गर्न खोजेको देखिन्छ,' डीआईजीपीले भने । तर मिलेमतोमा संलग्न प्रहरीलाई कारबाही गर्ने कुरामा प्रहरी प्रधान कार्यालय गम्भीर देखिएको छैन । वैशाखको अन्तिम साता एक ट्रक रक्तचन्दन चीन पुर्याउन लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको सेना संलग्न देखिएपछि सेना मुख्यालयले छानबिन गरी अहि्रदमन गणका पति -प्रमुख सेनानी) रामजी थापालाई बर्खास्त गरी दुई वर्ष कैद सजायको फैसला सुनाएको छ । तर उक्त रक्तचन्दन ओसारपसारको चाँजोपाँजो मिलाउने भनिएका डीएसपी ओमबहादुर रानालाई प्रधान कार्यालय झिकाउने काम मात्र भयो । अधिकृत नभएको मौका छोपेर निकासीजन्य सामानको ट्रकमा रक्तचन्दन पास गराएको सूचना पाएपछि तातोपानी भन्सारका खरिदार भवानी खनाल र कार्यालय सहयोगी रामहरि कार्कीलाई स्पष्टीकरण सोधिएको थियो । तर कारबाहीका लागि यथेष्ट प्रमाण जुट्न नसके तिनलाई भूमिकाविहीन अवस्थामा राखिएको छ ।

किन रक्तचन्दन मात्रै समातिन्छ ?
रक्तचन्दन कारोबारमा अहिलेसम्म प्रहरीले पाएको सफलता सामान बरामद गर्नु मात्र हो । बढीमा तिनले गाडी चालकलाई नियन्त्रणमा लिएका छन् । तर यसको कारोबारमा लगानी गर्नेमा ठूल्ठूला मान्छेको नाम लिइन्छ । हिमालय पार व्यापार संघको त संस्थागत सहभागिता रहेको प्रहरीको भनाइ छ । गृहसचिव छँदा रक्तचन्दन बरामदभन्दा कारोबारको सन्जाल पत्ता लगाउन आफूले जोड दिएको पौडेल बताउँछन् । 'केही थान गोलिया बरामद गरी भरिया,चालक समात्दा स्याबासी पाइँदैन,' उनले भन्ने गरेका थिए, 'सन्जाल थाहा पाउनेले पुरस्कार पाउँछ ।' लागू औषध, हतियारलगायतको कारोबार जस्तै गरी एउटा बिन्दुमा पुगेपछि सम्पर्क तोडिने शैलीमा यसको कारोबार भइरहेको डीआईजीपी अर्याल बताउँछन् । रक्तचन्दन बोकेको गाडीलाई स्कर्टिङ गरी गन्तव्यमा पुर्याउने गरिन्छ । साउन १५ गते पाँचखालमा बरामद भएको रक्तचन्दन काठमाडौंको जडिबुटीमा लोड गरी काभ्रेको मंगालस्थित पेट्रोल पम्पमा पुर्याएपछि गाडी परिवर्तन गरिएको थियो । गाडी चालकको मोबाइलबाट सिम झिकेर रक्तचन्दन लोड गराउनेले आफ्नो सिम लगाइदिएका थिए । जगातीमा रक्तचन्दन बरामद भएपछि चालकलाई गाडी बिग्रेकाले अर्को गाडी पठाइदिनु भन्न लगाउँदा रक्तचन्दनवाला पक्षले यस्ता वाहियात कुरा नगर्नु भन्दै मोबाइल अफ गरेका थिए । 'लागू औषध कारोबारीले दशकौं लगाएर विकास गरेको माफियाशैली रक्तचन्दन कारोबारीले केही वर्षमा विकास गरेका छन्,' कारोबारीको जडसम्म पुग्न नसकिनुका बारे डीआईजीपी अर्याल भन्छन् । पाँचखालमा बरामद रक्तचन्दन कांग्रेसमा संगठित भए पनि माओवादी निकट पुगेका सिन्धुपाल्चोकका रुद्र तिमल्सिनाको भएको बयान पक्राउ परेका गाडी चालकले दिएपछि वनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सिन्धुपाल्चोकका कांग्रेस महासमिति सदस्य विष्णु खत्री प्रहरीमा रेकर्डेड कारोबारी हुन् । रक्तचन्दनबाट अकूत सम्पत्ति कमाएका गणेश लामा सत्तारूढ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् र उनलाई गृहमन्त्री गच्छदारको संरक्षण रहेको गुनासो प्रहरी वृत्तमा छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.