तस्करीमा गृहमन्त्री विजय गच्छदार
काठमाडौं, तस्कर र माफियाको दबाबमा उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ता समीकरण नै भत्किने चेतावनी दिएर सचिव लीलामणि पौडेललाई सरुवा गरेपछि देशभरि तस्करीको लाइन खुलेको छ। काठमाडौंका क्यासिनो, अवैध रक्तचन्दनको ओसारपसार र तराईमा काठ तस्करीको लाइन खुलाएर गृहमन्त्री गच्छदार अहिले मासिक करोडौं रूपैयाँ कमाउने योजनामा जुटेका छन्।
नेपालका भ्रष्ट नेताको अग्रसूचिमा आउने गच्छदारले गृहमन्त्रीको पदभार सम्हालेकै दिन गृहमन्त्री हुने २० वर्षदेखिको सपना साकार भएको बताएका थिए। त्यसपछि उनले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर आफ्नो भ्रष्ट छविलाई सुधार्ने प्रतिबद्धता पनि व्यक्त गरे। तर त्यो प्रतिबद्धतालाई भदौरे झरीको फोकाझैं फुटाउँदै गच्छदार पुरानै पदचिन्हमा हिँडिरहेका छन्। तस्कर, माफिया र अपराधीसँग गृहमन्त्री गच्छदारको उठबस देखेपछि गृहमन्त्रालयका कर्मचारीले उनको गृहमन्त्री हुने दुई दशक लामो सपनाको रहस्य बल्ल पत्ता लगाएका छन्।
गृहमन्त्रीमा नियुक्त भएको तीन हप्तामै गच्छदारले गरेको उपद्रो देखेर गृह तथा प्रहरीका अधिकारीहरू निराश बनेका छन्। तस्करीमा साथ नदिने प्रहरीलाई केही दिनमै हटाइदिने भन्दै उनले सीधै फोन गरेर थर्काउन थालेपछि तराईका जिल्लामा कार्यरत प्रहरी अधिकारीहरू आतंकित छन्। सचिव पौडलले गलत काम रोक्ने प्रहरीलाई साथमा लिएर गलत धन्दामा संलग्न प्रहरीलाई कारबाही गर्न थालेपछि गच्छदारसँग उनको विवाद सुरु भएको थियो।े दिनप्रतिदिन अधोगतितर्फ लागेको गृह प्रशासन र प्रहरीलाई सुधार्न तीन महिनाको छोटो अवधिमा नै महत्पूर्ण काम गरेर प्रशंसा बटुलेका सचिवलाई सरुवा गरेर गच्छदारले पूर्वकांग्रेसी सुशीलजंग राणालाई गृहमा भित्र्याएका हुन्। हिजो सोमबारबाट गृहमा हाजिर भएका सचिव राणासँग सुरुकै दिनमा एसएसपीको सरुवाको विषयमा डिलिङ सुरु भइसकेको छ।
कमाइको बाटो
करिब एक महिनाअघिसम्म प्रहरीले नियमित रूपमा काठमाडौंका पाँचतारे होटलमा रहेका क्यासिनोमा छापा मार्थ्यो। तर अहिले त्यो अवस्था छैन। क्यासिनोका समाचार कमैमात्र संचारमाध्यममा आउन थालेका छन्। यसको कारण काठमाडौंका प्रहरी अधिकारीलाई मात्र थाहा छ।
गच्छदारले मन्त्रीमा नियुक्त भएलगत्तै क्यासिनोमा छापा नमार्न काठमाडौं प्रहरीलाई निर्देशन दिएपछि क्यासिनोमा नेपालीको भीड बढेको छ। सरकारको नेतृत्व गरेको माओवादी पनि क्यासिनोमा कडाइ गर्न नहुने अडानमा रहेको र गच्छदारलाई पनि पैसा मात्र चाहिएकाले उनले क्यासिनोमा नेपालीको प्रवेशलाई खुला गरिदिएका छन्। काठमाडौंका प्रहरी प्रमुखलाई त एउटा क्यासिनोले मासिक कम्तीका दुई लाखका दरले बुझाउने गरेको छ भने मन्त्री नै क्यासिनोको लाइन खुलाउन लागेकाले यसका पछाडि करोडौको खेल भएको स्रोत बताउँछ। गच्छदार मन्त्रीमा नियुक्त हुने चर्चा सुरु भएदेखि नै राजस्वमारा क्यासिनो संचालकहरूले उनलाई भेटेर लाइन मिलाएका थिए। उपत्यकामा केही गर्ने चाहना लिएका महानगरीय प्रहरी आयुक्त कुवेरसिंह राना पनि मन्त्रीको निर्देशनका कारण निरीह बनेका छन्। पक्राउ परेका गुन्डाहरूलाई समेत तत्कालै छोड्न गृहमन्त्रीले फोन गर्न थालेको आयुक्त कार्यालयका एक अधिकारीले बताए। राजधानीका आठ क्यासिनो र पोखराको एक गरी नौ वटा क्यासिनोले मासिक लाखौं बुझाउने सम्झौता गृहमन्त्री गच्छदारसँग गरेका छन्। दशैंको बेला क्यासिनो धेरै चल्ने भएकाले पनि उनीहरूले मन्त्रीसँग लाइन मिलाएका हुन्।
गच्छदारको कमाइएको अर्को स्रोत तराईका सामुदायिक वनमा रहेका काठ, अवैध ढङ्गले हुने मलको कारोबार, चोरीका गाडी र भारतबाट भित्र्याइने विभिन्न सामानको तस्करी हो। तराईका नेताहरूको अप्रत्यक्ष संलग्नतामा त्यस्तो तस्करी हुँदै आएको छ। केही महिनायता तस्करी रोकिएपछि तराईका माफियाहरू तिरमिराएका थिए। तर गच्छदारले गृहसचिवबाट पौडेललाई हटाएलगत्तै तीन दिनभित्रै भन्सार र काठको तस्करी खुलिसकेको छ। तराईका जिल्लामा कार्यरत प्रहरीसँग दृष्टिले सम्पर्क गर्दा धेरै प्रहरी प्रमुखले गच्छदार गृहमन्त्री भएपछि काम गर्न सक्ने वातावरण नरहेकाले आफूहरू सरुवाका लागि प्रयासरत रहेको बताए। प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले पनि गच्छदारकै बोलीमा लोली मिलाउने गरेकाले काम गर्न असहज हुने गरेको उनीहरूले बताए। पौडेललाई गृहसचिवबाट हटाउन आईजीपी शाहले समेत लगानी गरेका थिए।
तराईका जिल्लामा दशैंको समयमा ठूलो परिणाममा काठ लगायतका अन्य सामानको तस्करी हुने गरेको छ। विभिन्न दलमा रहेका व्यापारीहरू राजनीतिक आवरणमा यसमा सक्रिय हुने गरेका छन्। गच्छदार गृहमन्त्री भएलगत्तै सुरु भएको काठ तस्करी आफूहरूले चाहेर पनि रोक्न नसकेको तराईका प्रहरी अधिकारीहरूले दृष्टिलाई बताए। गृहसचिव पौडेलको सरुवामा काठतस्करहरूको समेत संलग्नता रहेको स्रोतको भनाइ छ।
गृहमन्त्री गच्छदारको सबैभन्दा ठूलो कमाउने प्राजेक्ट चाहिँ रक्तचन्दन नै हो। एक किलोको नौ हजार पर्ने रक्तचन्दन एक ट्रक चीन पठाउदा पाँच करोडसम्म कमाइ हुन्छ। दशैंको समय पारेर उनका सहयोगी डन गणेश लामाको नेतृत्वमा कम्तीमा २० ट्रक रक्तचन्दन चीन पठाउने गृहमन्त्री गच्छदारको योजना छ। त्यसका लागि चितवन, धादिङ, काठमाडौं, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकमा प्रहरी लाइन मिलाउने काम भइरहेको छ। काठमाडौंमा एक अर्ब र चितवनमा ५ अर्ब मूल्य बराबरको रक्तचन्दन रहेको उल्लेख गर्दै स्रोत भन्छ, 'यो रक्तचन्दन चीन पठाउन लाइन क्लियर गरेर गृहमन्त्री गच्छदारले एक अर्बभन्दा बढी रूपैयाँ हात पार्ने योजना बनाएका छन्। यसका लागि मध्यमाञ्चलका डीआईजी वीरेन्द्रबाबु श्रेष्ठलाई गृहमन्त्र िगच्छदारले निर्देशनसमेत दिइसकेका छन्। रक्तचन्दन तस्करीको चास्नीमा माओवादीका नेताहरूसमेत डुबिसकेकाले रक्तचन्दनको लाइन खुलाउन अर्थमन्त्री वर्षमान पुनले समेत सहयोग गरिरहेका छन्। पुनकै नेतृत्वमा यसअघि रक्तचन्दन तस्करी हुँदै आएको थियो। गच्छदारको पुल्चोकस्थित निवास आजभोली तस्कर, दलाल र भ्रष्ट प्रहरी अधिकारीले भरिने गरेको छ। पटकपटक आफूले भ्रष्टाचार रोकेर राष्ट्रपति जस्तै सम्माननीय बन्ने बताएका गच्छदार अन्ततः तस्कर र माफियाका लागि मात्रै सम्माननीय बन्न पुगेको गृहस्रोत बताउँछ।
प्रहरीको सरुवा/बढुवाबाट पनि करोडौं कमाउने योजना गच्छदारले बनाएका छन्। मन्त्री नियुक्त हुनु एक साताअघि नै उनले तीनै वटा सुरक्षा निकायका प्रमुखलाई फोन गरी आफू गृहमन्त्रीमा नियुक्त हुन लागेकाले एउटै पनि सरुवा नगर्न निर्देशन दिएका थिए। नेपाल प्रहरीमा हाल एक एआईजी, प्राविधिक समेत गरेर दुई डीआईजी र आधा दर्जनभन्दा बढी एसएसपीका पद रिक्त छन्। त्यसै गरी सशस्त्र प्रहरीमा तीन एआईजीका पद खाली छन्। राष्ट्रिय अनुसन्धान विभागमा पनि एक एआईजी, तीन डीआईजी लगायतका पद रिक्त छन्। ती पदमा अहिले बढुवा हुने अधिकारीहरू भावी आईजीपीका दावेदार हुने भएकाले यो बढुवा रकमको ठूलै चलखेल भइरहेको छ। यसका लागि उनले आफू निकटस्थ पूर्व डीआईजी भक्तिनाथ माझीलाई परिचालन गरेका छन्।
स्रोतका अनुसार नेपाल प्रहरीमा सुडान प्रकरणमा निलम्बित भएका दुई एआईजीसहित २३ वटा पदमा विशेष दरबन्दी सिर्जना गरी बढुवा गर्न डीआईजीसहितको एक टोलीले गच्छदारलाई फकाइरहेका छन्। एसपी र डीएसपीको सरुवा भएको दुई महिना मात्र भए पनि आकर्षक कार्यालयमा सरुवाका लागि टेन्डर खुलाइएको छ। इन्स्पेक्टरको सरुवामा पनि त्यही रूपमा चलखेल भइरहेको छ। ६ महिनाअघि नै आठ सय इन्स्पेक्टरको सरुवा हुनुपर्नेमा हालसम्म हुन सकेको छैन। उपत्यकाका प्रभाग, राजमार्गका इलाका प्रहरी कार्यालय र तराईका जिल्लामा सरुवा हुनका लागि आर्थिक चलखेल सुरु भइसकेको छ। गृहमन्त्री गच्छदारका सहयोगीहरू अहिले पैसा उठाएर सरुवाको सूचि बनाइरहेका छन्। सरी तस्करीबाट आउने लाभांश, सरुवा बढुवाबाट प्राप्त हुने नगद, क्यासिनोबाट आउने मासिक उठती र प्रहरीबाट नियमित रूपमा आउने कमिशन गरेर गृहमन्त्री गच्छदारले दैनिक ठूलो धनराशी जम्मा गरिरहेको स्रोतको भनाइ छ। गच्छदारको नियुक्तिसँगै तस्करहरू जोसिएपछि राम्रा प्रहरी अधिकारीहरू भने निराश बन्न थालेका छन्। पछिल्लो सरुवामा तराईमा राम्रो छवि बनाएका प्रहरी अधिकारीहरूलाई जिम्मेवारी दिइएको थियो। झापाका तारिणी लम्साल, मोरङका प्रद्युम्न कार्की, पर्साका रमेश खरेल र कपिलवस्तुका धिरु बस्नेत पैसा कमाउनेभन्दा पनि राम्रो काम गरेर इज्जन कमाउन खोज्ने प्रहरी अधिकारी हुन्। तर गच्छदार गृहमन्त्री भएलगत्तै बढेको तस्करहरूको चलखेलका अगाडि उनीहरू समेत निरीह बन्न पुगेका छन्।
को को छन् गच्छदारका दायाँबायाँ ?
गच्छदारले प्रहरीको सरुवाको तयारी गरेपछि उनी निकट केही प्रहरी अधिकारी सरुवाको लिस्ट बनाउन थालेका छन्। जसमा पूर्व डीआईजी माझी, उनका आफन्त एसपी दिलिप चौधरी, नक्कली सर्टिफिकेटधारी डीएसपी उमाप्रसाद चुर्तवेदी, डीएसपीहरू अनुराग द्विवेदी, प्रकाश पौडेल लगायत अहिले सरुवाको लाइन मिलाउन खोजिरहेका छन्। माझीले अहिले सरुवा बढुवाका लागि आर्थिक रूपमा सेटिङ मिलाउने काम गरिरहेका छन्।
गच्छदारकै दबाबमा पहिला धेरै पछाडि भएपनि एक नम्बरमा राखेर बढुवा गरिएका एसपी चौधरी वीरगंज वा काठमाडौं सरुवा हुने तयारीमा छन्। आफन्तलाई नै काठमाडौंमा सरुवा गर्दा आलोचना हुने डरले चौधरीलाई पर्सा सरुवा गर्न लागिएको छ। हाल कञ्चनपुरका एसपी रहेका चौधरी सरुवा मिलाउन काठमाडौंमै व्यस्त छन्। पर्साका एसपीलाई चितवनमा सरुवा गर्न लागिएको छ। चितवन एक महिनादेखि तनावग्रस्त रहेकाले त्यहाँ शान्ति सुरक्षा कायम गर्ने बहानामा खरेललाई चितवन सरुवा गर्न लागिएको स्रोत बताउँछ। त्यसो गर्दा वीरगंजको तस्करीको लाइन पनि खुल्ने र धेरै आलोचना पनि नआउने योजना पूर्व डीआईजी माझीले बनाएका छन्। खरेल वीरगंज गएदेखि तस्करीको लाइन पूरै बन्द भएकाले छ।
प्रहरीमा भ्रष्ट छवि बनाएका चुतर्वेदी पनि सरुवाको लाइन मिलाउन काठमाडौंमै व्यस्त छन्। उनी बौद्ध वृत्त वा काभ्रेमा सरुवा हुन खोजेको स्रोत बताउँछ। काभ्रेका डीएसपी सुरेन्द्र मैनालीले गणेश लामा समूहको गुण्डागर्दी बन्द गराएकाले मैनालीलाई सरुवा गर्न लामाले दबाब दिइरहेका छन्। रक्तचन्दन तस्करी बन्द गर्न पनि मैनाली सक्रिय भएकाले रक्तचन्दनको लाइन खोल्ने तयारीमा रहेका लामाले आफू अनुकुलको डीएसपीलाई काभ्रेमा लैजान खोजेका हुन्।
पार्टीमा संकट
तस्करीको लाइन खुलाएका गच्छदार पार्टीमा भने संकटमा छन्। मन्त्री नपाएका कारण रामेश्वर यादव, जितेन्द्र देव, सर्वदेव ओझा, करिमा बेगम, रमानन्द मण्डलले पार्टी फुटाउने चेतावनी दिइसकेकाले पनि नेताहरूको चित्त बुझाउनलाई तस्करीमार्फत् गच्छदारले रकम उठाएको बताइएको छ। मन्त्री पद नपाएका नेतालाई गच्छदारले ठूलो धनराशी खर्च गरेर चित्त बुझाउँदै आएका छन्।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.