भाद्र १८ - अरनिको राजमार्ग हुँदै तातोपानी नाकाबाट चिनियाँ बजारमा बिक्री गर्नको लागि लैजादै गरेको अवस्थामा प्रतिबन्धित रक्तचन्दन बरामद गर्ने प्रहरी पुरस्कृत र लैजान सहयोग गर्ने एक प्रहरी सहित चालकलाई कारबाहीका लागि थुनामा राखिएको छ । प्रहरी कार्यालयले रक्तचन्दन समाउने पाँचखाल प्रहरी चौकीका ४ प्रहरीलाई प्रोत्साहन स्वरुप अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत र चन्दन पास गराउन सहयोग गर्ने प्रहरी जवान सिद्धि बहादुर कार्की र जिप चालक बिजय श्रेष्ठलाई कारवाहीको लागि बन कार्यालयको आदेशमा थुनामा प्रहरीले राखेको हो ।पुरस्कृत हुनेमा पाँचखाल प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक बच्चुराम फुँयाल, हवल्दार तिर्थ बिक्रम सिलवाल, जवान फुर्वा लामा र रमेश महत्तरा रहेका छन । उनीहरुले भक्तपुरको जगाती चेकपोष्ट कटी निजी जिपमा आएको ६ सय किलो रक्तचन्दन शुक्रवार बिहान ३ बजे बरामद गरेका थिए ।'इमानदारीताका साथ आफ्नो जिम्मेवारी पुरा गरि जगाती चेकपोष्ट कटेर आएको रक्तचन्दन बरामद गर्न सफल भएकाले आगामी दिनमा उनीहरुको थप हौसला बढाउँन पुरस्कृत गरेका हौ,' जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले भने 'तस्कर र सहयोगी कसैलाई छोडिन । चन्दन तस्करीमा संलग्न हुने हाम्रै एक प्रहरीलाई अनुसन्धान पुरा गरि आइतवार निलम्बन गरिसकेका छौं ।'
Monday, September 5, 2011
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
एनसेलको ‘लुट’ प्रकरण स्वीडीश पत्रिकामा काठमाडौ, २६ असोज। नेपाली मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको हामीले विज्ञापनजन्य खवर मात्र पढ्...
-
सरकार र ग्यास उद्योगीबीच अवैध सम्झौता रोशन कार्की काठमाडौं । ऐन–कानुनको बेवास्ता गर्ने अभिव्यक्ति दिने एलपी ग्यास उद्योग र सरकारब...
-
उद्योग वाणिज्य महासंघमा तीब्र विवाद पहिलो केन्द्रीय बैठकमा २९ सदस्य अनुपस्थित रोशन कार्की÷राजधानी काठमाडौं १ असार व्यवसायीहरुको छाता स...

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.