अर्थ सचिबद्धारा चौधरी ग्रुपलाई नक्कली भ्याटविलको कारबाही बाट जोगाउन तल्लीन
नक्कलीलाई अर्थसचिवको 'किस'
काठमाडौं, कात्तिक २५ । नक्कली भ्याट बिल प्रकरणमा छानविनको दायरामा परेका ४ सय ६७ व्यापारिक फर्ममध्ये ३ सय ६५ व्यापारिक फर्मको विवरण राष्ट्रिय सूचना आयोगको निर्देशनपछि सार्वजनिक भएको छ। यी व्यापारिक फर्मले ३ अर्ब ४५ करोड रुपियाँ राजश्व छली गरेको प्रमाणित भएको छ भने बाँकी १ सय २ व्यापारिक फर्मबाट ६ अर्ब भन्दा बढी राजश्व छली भएता पनि चौधरी गु्रपलाई बचाउन अर्थसचिव कृष्णहरि बास्कोटा लागि परेको समाचार स्रोतले बतायो। १० अर्ब भन्दा बढी राजश्व छल्ने व्यापारीहरुलाई तात्कालिन अर्थमन्त्री भरतमोहन अधिकारी र तात्कालिन राजश्व एवं हालका अर्थसचिव कृष्णहरि बास्कोटाले काखी च्यापेपछि राजश्वमाराहरुलाई संरक्षण गरेको भन्दै पूर्व अर्थसचिव रामेश्वर खनालले राजिनामा दिएका थिए। उनै खनाल हाल प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार छन्।
ती संरक्षणप्राप्त व्यापारीहरुलाई खनालले राम्रोसँग चिनेका पनि छन् तर अब कारबाही हुन्छ कि हुुन्न त्यो भने हेर्न बाँकी नै छ। तर, अर्थमन्त्री वर्षमान पुनले नक्कली भ्याट वालाहरुलाई कडा कारवाही नगरी नछाडिने बताएका छन्। त्यो पनि हेर्न बाँकी नै छ। मुलुकको राजश्व मारेर राष्ट्रघाती काम गर्ने व्यापारीहरुलाई नाम सार्वजनिक नगर्ने अभियानमा सचिव कृष्णहरि बास्कोटा लागि परेका समाचार स्रोतले बतायो। सचिव बास्कोटाको संरक्षण प्राप्त गर्ने व्यापारीहरुमा नेकपा एमालेका सभासद् एवं राष्ट्रद्रोही व्यापारी विनोद चौधरी, तमलोपाका सभासद् मोतीराम दुगढ र विनोद चौधरीका भाइ अरुण चौधरी रहेको स्रोतले बतायो। यी व्यापारीहरुबाट सचिव बास्कोटाले भन्सार विभागको महानिर्देशक एवं राजश्व सचिव हुँदा प्रशस्त फाइदा लिएको बताइएको छ।
यिनै व्यापारीहरुले अर्थसचिवमार्फत् मन्त्री पुनलाई समेत खरिद गर्ने अभियानमा लागेपछि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खनालको निधारबाट पसिना छुट्न थालेको स्रोतको दाबी छ। अर्थसचिव बास्कोटा यतिबेला मुलुकको संक्रमणकालीन राजनीतिको फाइदा उठाएर इमान्दारीतालाई भन्दा चाकडीलाई प्राथमिकतामा राखी कमाउ अभियानमा जुटेको स्रोतले बतायो। कार्यक्षमता र योग्यता नभए पनि तात्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीको चाकडी एवं सेवा गरेर अर्थसचिव हात पारेका बास्कोटाले अर्थमन्त्री पुनलाई फस्ल्याङ्ग फुस्लुङ्ग पारेर फाइदा लिए पनि बढीमा ६ महिना अर्थमन्त्रालयमा टिक्ने र त्यसपछि हट्ने समाचार सूत्रले बतायो। राष्ट्रघातीहरुलाई संरक्षण दिएर मुलुकको राजश्वमा चुना लगाउने सचिव वास्कोटालाई समेत पाता कस्नुपर्ने समाचारमा उल्लेख छ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.