रक्तचन्दनको तस्करी– प्रहरी नै केन्द्रमा
रक्तचन्दनको तस्करी विगतदेखि अहिले सम्म
भारत आन्द्रप्रदेशको जंगलबाट नेपालको बाटो हुदै चीन पुग्ने रक्तचन्दन अवैध ओसारपसारको प्रत्यक्ष प्रभाव सिन्धुपाल्चोक र काभ्रे जिल्लाका अरनिको राजमार्ग छेउछाउका बस्तीमा अरु ठाउभन्दा बेसी परेको देखिन्छ । काभ्रेका सागा, बनेपा, धुलिखेल, पाचखाल र दोलालघाट तथा सिन्धुपाल्चोकका बलेफी, खाडीचौर, लामोसाघु, बाह्रबिसे र तातोपानी जस्ता बजारका एकथरी चल्तापुर्जा’ युवाहरु रक्तचन्दनको ओसारपसारको चाजो मिलाउन लागिरहेका हुन्छन् भने कोही उक्त कारोवारमा मिसिने प्रयत्नमा छटपटिएका भेटिन्छन् । तिब्बतबाट नेपाल भित्रिने तथा नेपालबाट तिब्बत जाने सामानको जाच’ बाट राम्रै कमाईरहेका प्रहरीका लागि रक्तचन्दन कमाईको थप श्रोत बनेको छ । लाईन’ बाट जानकारी पाएको रक्तचन्दन ओसारपसारको बन्दोबस्त मिलाउन तथा नया च्यानल बुझेर थप कमाईको बाटो खोज्न त्यस क्षेत्रका प्रहरी पनि सक्रियतापूर्वक लागिरहेकै देखिन्छन् । स्थानीय पत्रकारहरुका लागि रक्तचन्दन समाचारको एउटा प्रमुख बिषय बनेको छ र केहीका लागि अतिरिक्त आमदानीको श्रोत पनि ।
राजनीतिक नेतृत्व र नागरिक समाजचाहि केही हदसम्म बिभाजित छ । रक्तचन्दनको कमाईसग कुनै न कुनै रुपमा जोडिएको सानो संख्या त्यसबारे जानकारी नभएको भन्दै बोल्न चाहदैन भने त्यो कारोवारमा नमुछिएको ठूलो संख्या त्यसले भविष्यमा पार्न सक्ने अशर केलाउदै चिन्तित छ । तर, प्रहरीको सहमतिमा तथा स्थानीय दादा’ हरुको संलग्नतामा भइरहेको यो कारोवारबारे सार्वजनिकरुपमा बिरोध गर्ने पक्षमा यो समूह पनि छैन । यद्यपि, प्रशासन र प्रहरी प्रमुखहरुको उपस्थितिमा बेलाबखत हुने जिल्ला स्तरीय कार्यक्रमहरुमा रक्तचन्दन कारोवारले आफ्नो ठाउको दुर्नाम बढाएको आवाज भने उठ्ने गर्छ ।
पछिल्लो समय आफ्नो कारोवारलाई सुरक्षित र जनआधारित बनाउन ब्यापारीहरुले पहिले सुरक्षाको जिम्मेवारी मात्र दिइएका स्थानीय दादा’ हरुलाई लगानी र फाईदा दुवैमा हिस्सेदार बनाएका छन् । श्रोतहरु, आआफ्नो गच्छे अनुसार यसरी धनसमेत लगानी गर्ने युवाहरुको संख्या २ सयदेखि ३ सय जनासम्म रहेको बताउछन् । बेलाबखत प्रहरीले पक्राउ गर्दा हुने घाटाबाट जोगिन तथा ठूलो मात्रामा कारोवार गर्न धेरै रुपैया आवश्यक पर्ने भएकाले कारोवारीहरुले लगानीकर्ताको दायरा फराकिलो पारेको बताईन्छ । २०६८ असार १७ गते तातोपानी १ को चौकीडाडा गाउबाट पक्राउ परेको ७९ मुढा अर्थात १४ सय किलो रक्तचन्दन स्थानीय पाच जनाको घरमा भेटिनु र गाउका बिभिन्न घरमा अरु ७ टन लुकाएर राखिएको बताइनुले यो अवैध कारोवारमा आम मानिसको बढ्दो सहभागिता नै देखाउछ ।
रक्तचन्दन ओसारपसारमा आम मानिस खासगरी युवाहरुको बढ्दो सहभागिताका कारण समाजमा देखिनथालेको प्रभावबाट स्थानीय बौद्धिक बर्ग चिन्तित छ । अरनिको कलेज बाह्रबिसेका प्रिन्सिपल यामबहादुर बस्नेत श्रम गरेर भन्दा रक्तचन्दन ओसारेर बेशी फाईदा पाउने देखेकाले कयौंले ब्यापार छाडेर त्यतै लागेका तथा नपढी, काम नगरी कमाएको देखेपछि बिद्यार्थी पनि पढेर के हुन्छ भन्न थालेका र शैक्षिक संस्था नै सम्हाल्न गाह्रो भइसकेको’ बताउछन् । बस्नेत भन्छन्, रक्तचन्दन बोकेका गाडी रोकेर पैसा असुल्न युवाहरु रातभरी हतियारसहित सडकमा बस्छन्, मादकपदार्थ, लागूपदार्थ सेवन गर्छन्, उनीहरु अन्य अपराधमा नलाग्लान भनेर कसरी भन्न सकिन्छ ?’ सिन्धुपाल्चोकमा कार्यरत सशस्त्र प्रहरीका उपरिक्षक राजु सुवाल पनि रातबिरात हतियारसहितका युवाहरु सिन्धुपाल्चोकका बजारहरुमा बाटो ढुक्ने गरेको र उनीहरुलाई आफूहरुले बल प्रयोग गरेर हटाउने गरेको बताउछन् ।
सेतीदेवी सारदा उच्च माबि, लामोसाघुका प्रिन्सिपल बासु जिसी रक्तचन्दन ओसारपसारमा युवाहरुको संलग्नता बेशी भएकाले उनीहरुमा पर्ने प्रभावले समाजको भविष्यलाई नै प्रभावित पार्ने’ बताउछन् । अध्ययन गर्ने, मेहनत गर्नेभन्दा जसरी पनि कमाउनुपर्छ भन्ने धारणा सिमा क्षेत्रमा पहिले पनि भएकै हो, तर रक्तचन्दनका कारण त्यो प्रवृति बढेको छ र धेरैलाई प्रभावित पारेको छ’ जिसी भन्छन्, अब त समाज नै असुरक्षित भएको महशुस हुन थालेको छ, युवाहरु रातभरी हतियारसहित सडकमा हुन्छन् भने समाज सुरक्षित छ भनेर कसरी भन्ने ?’ सुनकोशी क्याम्पस लामोसाघुका प्रिन्सिपल रामकृष्ण पराजुलीचाहि रक्तचन्दन ओसारपसारमा लागेकाहरु रक्तचन्दनको कारोवार बन्द भएपछि अन्य अपराधमा लाग्न सक्ने तथा त्यसले समाजलाई अरु नकारात्मक प्रभाव पार्नेमा चिन्तित छन् । लगानीको दोब्बर पाईन्छ भनेर अहिले बजार क्षेत्रका युवाहरुले रक्तचन्दन कारोवारमा लगानी गरिरहेको सुनिन्छ, यो रोकिए लगानी गरेको एक दुई महिनामै दोब्बर फाईदा केबाट पाईन्छ ? अनि अपराध बढ्दैन त ?’ सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक बसन्तकुमार लामा पनि रक्तचन्दनमा संलग्नहरु अहिलेसम्म त्यसैमा ब्यस्त भएर अरु अपराधमा नलागेका तर, त्यो बन्द भए अन्य अपराधमा लाग्न सक्ने सम्भावना रहेको’ स्विकार्छन् ।
तर, रक्तचन्दन कारोवार रोकिदा त्यसमा संलग्नहरु अन्य अपराधमा लाग्लान भनेर त्यसलाई अहिलेकैरुपमा चल्न दिनुपर्ने पक्ष्ँमा कोही छैनन् । सिन्धुपाल्चोक जिल्ला विकाश समितिका निवर्तमान सभापति सरेश नेपाल रक्तचन्दनका कारण समाजमा पैसा र मशलको प्रभाव बढेकाले त्यो नरोकिए समाज थप नकारात्मक बन्ने खतरा रहेको’ औल्याउछन् । रक्तचन्दन ओसारपसारमा लाग्ने, संरक्षण दिएर त्यसबाट फाईदा लिनेहरुको बोलबाला बढेकाले अरु दबिएर बस्नु परेको छ, जतिसक्दो छिटो यसलाई पूर्णरुपमा नियन्त्रण नगर्ने हो भने समाजकै अपराधीकरण हुन्छ’ नेपाल भन्छन्, कि यसलाई वैधानिक बनाउनु प¥यो र सरकारले यसबाट राजश्व उठाउनु प¥यो, कि भने पूर्णरुपमा बन्द हुनुप¥यो ।’ रक्तचन्दन कारोवार वैधानिक बनाउदा त्यसको ओसारपसारमा लाग्नेहरुको संख्या घट्ने तथा अवैध कारोवारका कारण देखिएको अपराधिक प्रवृति पनि समाप्त हुने उनको भनाई छ ।

तर, दुर्लभ बन्यजन्तु र बनस्पति लोप नहोस् भनेर नियमित तथा नियन्त्रण गर्न बनेको अन्तराष्ट्रिय महासन्धी साईटीस’ मा नेपालले सन् १९७५ मै हस्ताक्षर गरिसकेका कारण त्यसमा राखिएको रक्तचन्दनको कारोवार नियन्त्रण गर्न नेपाल प्रतिवद्ध छ । यसैगरी, २०६६ असारको मन्त्रीपरिषद बैठकले रक्तचन्दनलाई पैठारी र निकाशी गर्न प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । अन्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर गरिसकेको बिषय भएकाले रक्तचन्दन ओसारपसारलाई मान्यता दिने र त्यसबाट राजश्व लिने त सोच्नै सकिदैन, त्यसलाई कसरी कढाईसाथ नियन्त्रण गर्ने भन्नेतर्फ मात्र हामीले सोच्ने हो’ बन बिभागका महानिर्देशक अन्नपूर्ण दाश भन्छन्, रक्तचन्दन कारोवारलाई नियन्त्रण नगर्ने हो भने अन्तराष्ट्रिय समुदायका सामू मुलुकको बिश्वासनीयता त गुम्छ नै, कयौं क्षेत्रमा हामीले अन्तराष्ट्रिय प्रतिवन्ध समेत बोहर्नु पर्नसक्छ ।’
रक्तचन्दन कारोवार कुनै पनि हिसाबले वैध नभएकाले त्यसलाई नियन्त्रण गर्नुको बिकल्प देखिदैन । २०६६ भदौ ३१ गतेको मन्त्रीपरिषद बैठकले रक्तचन्दन प्रतिकिलोलाई ८ सय रुपैया मान्दै पक्राउ परेकालाई त्यसको दोब्बर बिगो तिराउने र कैदसमेत गराउने निर्णय गरिसकेकाले सरकारी निकायहरुलाई रक्तचन्दन पक्राउ गर्न तथा त्यसमा संलग्नहरुलाई सजाय दिलाउन कानुनी अप्ठ्यारो छैन । ओसारपसार रोक्ने निकायहरु भंशार, प्रहरी, सशस्त्र प्रहरी र बन कार्यालयका अधिकृत तथा कर्मचारी सरकारको निर्णय कार्यान्वयन गराउन प्रतिबद्ध नभएका कारण नै रक्तचन्दनको अवैध कारोवार कायम रहेको हो । अवैध ओसारपसारमा संलग्नहरुलाई संरक्षण दिएर आर्थिक लाभ प्राप्त गरिरहेका राजनीतिक नेताहरु त यो अवैध कारोवारलाई प्रोत्साहन दिने महत्वपूर्ण तत्व हुन् नै ।
के हो रक्तचन्दन, कहा हो बजार ?
भारत, श्रीलंकालगायत भूमध्यसागर वरपरका मुलुकका जंगलहरुमा रक्तचन्दन भेटिएपनि सबैभन्दा राम्रो रक्तचन्दन भारतकै मानिन्छ । आन्द्रप्रदेशको चित्तुर, कुड्डापा र निलोर जिल्लाका पहाडी इलाकामा रक्तचन्दनको प्रकृतिक जंगल छ । भारतकै कर्नाटक राज्यसग सिमा जोडिएको यो र योसग जोडिएको जंगललाई आधार बनाएर कुनै बेला बिरप्पन नामका कुख्यात डाकु बस्ने गर्थे । जंगल, वरपर बस्ने आदिवाशीको सम्पति भएको दावी गर्दै रक्तचन्दनको अवैध व्यापारमा संलग्न उनी सन् २००४ मा भारतीय प्रहरीबाट मारिए । भारतको वातावरण तथा बन मन्त्रालयको बन्यजन्तु बिभागको आधिकारिक तथ्याक अनुसार, अहिले रक्तचन्दन भएको त्यस क्षेत्रको जंगलको क्षेत्रफल पाच हजार हेक्टरमा सिमित भइसकेको छ । आठ मिटरसम्म अग्लो तथा ५० देखि १५० सेन्टीमिटरसम्म मोटाई हुने यो अरु काठभन्दा निकै कडा र गह्रुगो हुन्छ । यो बास्नादार त हुन्छ नै ।
चीन र जापानमा ऐतिहासिक कालदेखि नै रक्तचन्दनको माग रहदै आएको छ । १७ देखि १९ औं शताब्दीसम्म चीनमा चलेको क्वि साम्राज्यको पालामा फर्निचर र दरवार सजाउने काममा रक्तचन्दनको अत्याधिक प्रयोग गरियो । त्यसबेला पनि भारतबाटै रक्तचन्दन लगिन्थ्यो । पछिल्लो समय चीनमा यसको माग अझ बढ्न थालेको छ । यसको प्रयोगले बास्तु’ राम्रो हुने, रोग व्याध नलाग्ने र सबै फलिफाप हुने बिश्वासका कारण चीनमा माग बढेको हो । रक्तचन्दन भारतमै सकिदै गएकाले त्यसका फर्निचर बनाईराखे भविष्यमा बहुमूल्य हुने अनुमानले पनि चिनियाहरुले मह्गो मूल्य तिरेर यसका फर्निचरमा लगानी गरिरहेका छन् । रक्तचन्दनबाट सानाभन्दा साना बुट्टा निकाल्न सकिने तथा प्राकृतिक रंग नै राम्रो हुने भएकाले यसको फर्निचर यसै पनि आकर्षक हुने गर्छन् । यसबाहेक रक्तचन्दनका खेलौना र उपहार सामाग्रीको पनि अन्तराष्ट्रिय बजारमा राम्रो माग छ । गुगलमा भेटिने जानकारी अनुसार, यसबाट निकालिने तेल प्रतिकिलोकै १५ सय अमेरिकी डलरसम्म अन्तराष्ट्रिय बजारमा पर्छ । यसको तेल र धुलोबाट बन्ने सौन्दर्य सामाग्री झन महंगो मूल्यमा बिक्रि हुने नै भयो ।
अन्तराष्ट्रिय बजारमा माग भएकैले दुर्लभ बन्यजन्तु र बनस्पति लोप नहोस् भनेर नियमित तथा नियन्त्रण गर्न बनेको अन्तराष्ट्रिय महासन्धी साईटीस’ मा रक्तचन्दन राखिएको भएपनि यसको बिक्रिका लागि इन्टरनेटमा बिज्ञापन राखिएको देख्न सकिन्छ । बेभसाईट अलिबाबा डट कम’ मा बिभिन्न एजेण्टहरुले एक महिनादेखि ९० दिनसम्ममा तीन लाख किलोसम्म रक्तचन्दन भनेको ठाउमा पु¥याउन सक्ने बिज्ञापन राखेको भेटिन्छ । त्यस्ता एजेण्टहरुले मोल मिले भनेको ठाउमा पु¥याईदिने तथा वेष्टर्न यृुनियन मनि ट्रान्सफर’ बाट भुक्तानी गर्नुपर्ने पनि उक्त बेभसाईटमा उल्लेख गरेका छन् । यद्यपि, साईटीसको दोश्रो अनुसूचीमा राखिएको रक्तचन्दन वैधानिकरुपमा काट्न र बेचबिखन गर्न भारत सरकारको स्विकृति बिना सम्भव छैन । यसको अन्तराष्ट्रिय ओसारपसार तथा बिक्रीका लागि भारत सरकारले तोकेको स्थानीय व्यवस्थापन र बैज्ञानिक निकायले स्विकृति दिएपछि पनि साईटीसको केन्द्र जेनेभाबाट कोड नम्बर लिनु अनिवार्य छ । रक्तचन्दनसहित साईटीसमा परेका बन्यजन्तु र बनस्पतिको बिक्री र ओसारपसारको नियमन र नियन्त्रण गर्ने भारतमा दिल्ली, मुम्बई, कलकत्ता र चेन्नाईमा कार्यालय छन् । अस्तित्व संकटमा नपर्ने परिणाममा ति निकायले बेला बेलामा टेण्डरमार्फत रक्तचन्दनका रुख काटेरै वा ढलेपढेकालाई बिक्री गर्ने अनुमति दिन्छन् र त्यसै अनुसार टेण्डर निकालिने गरिन्छ । तर, सानो परिणाममा हुने यस्तो वैध कारोवारले चीनको माग नथेगेपछि तथा तश्करहरुले नेपालको बाटोबाट चीन पु¥याउन थालेपछि भारतमा रक्तचन्दनको कटान बढेको हो । वल्र्ड वाइल्ड फन्ड’ का बन्य जन्तु ब्यापार नियन्त्रण शाखाका कार्यक्रम संयोजक तथा साईटीस बिज्ञ दिवाकर चौलागाई रक्तचन्दनको कारोवार यो मात्रामा हुदै गए सिमित क्षेत्रमा रहेको दक्षिण भारतको बन सकिदैजाने तथा दुई नम्बर अनुसूचीमा राखिएको रक्तचन्दनलाई एक नम्बरमा सारिने निश्चित भएको’ बताउछन् । तीन अनुसूची रहेको साईटीसको अनुसूची एकमा रक्तचन्दन राखिएमा भारतले यसको कटान तथा ब्यापारमा अरु कडाई गर्ने र त्यसबेला अहिलेको रुप र स्तरमा यसको ओसारपसार असम्भव हुने पनि उनको भनाई छ ।
चीनका ब्यापारीले बेलाबेला तथा सानो परिणाममा टेण्डरबाटै रक्तचन्दन वैधरुपमा किनेर समुन्द्रीमार्गबाट लैजाने गरे पनि नेपालको बाटो हुदै चीन गइरहेको रक्तचन्द पूर्णरुपमा अवैध हो । पूर्व बन मन्त्री मात्रृका यादवका अनुसार, पहिले पनि रोज उड’ का नाममा सानो परिणाममा नेपालको बाटो हुदै चीनतर्फ रक्तचन्दन गईरहेको भएपनि ठूलो परिणाममा जान थालेको २०६२÷२०६३ को जनआन्दोलनपछि मात्र हो । पहिले बन बिभागमा कार्यरत तथा अहिले बन मन्त्रालयका प्रवक्ता रामप्रसाद लम्शाल पनि भारतबाटै रोज उड’ निकाशी गर्ने वैधानिक पत्र आएको आधारमा त्यसबेला नेपालका बन कार्यालयले पैठारी र चीनतर्फ निकाशीको अनुमति दिएको बताउछन् । २०६२÷६३ को राजनीतिक परिवर्तनपछि आएको अस्थिरता तथा मुलुकको राजनीतिमा नया शक्ति माओवादीको आगमनपछि प्रहरी प्रशासन कमजोर भएको तथा समाजको शक्तिसन्तुलन बदलिएको मौकालाई रक्तचन्दनबाट हुने फाईदाबारे जानकार व्यापारीहरुले यसको ओसारपसारमा उपयोग गरेका हुन् । बन मन्त्रालयका एक अधिकारी नाम उल्लेख नगर्ने शर्तमा चीनमा त्यसबेलादेखि अहिलेसम्म अर्र्कै काठको नाममा राजश्व लिएरै खुलारुपमा रक्तचन्दन ओसारपसार गरिदैआएको छ ।
कसरी आउछ र कसरी जान्छ ?
भारतबाट नेपाल हुदै चीन पु¥याइने रक्तचन्दन ब्यापारको संजाल कुनै पनि भूमिगत राजनीतिक पार्टी वा सशस्त्र समूहभन्दा कम कडा र गोप्य छैन । रक्तचन्दन कारोवारमा अझै लागि रहेकाहरु यो कारोवारबारे केही बताउदैनन् भने कुनै समय यसमा लागेर छाडेकाहरु पनि मुख खोल्दैनन् । रक्तचन्दन कारोवारमा संलग्नहरु बेशी भेटिने सिन्धुपाल्चोक जिल्लाका बजारहरुमा यो कारोवारमा संलग्नहरुको संगठित स्वरुप र उनीहरुले कायम राख्ने गोप्यताको झल्को पाउन सकिन्छ । बाह्रबिसे थानाका प्रहरी नायब निरिक्षक रुद्र पौडेल भन्छन्, केटाहरुको चहलपहल देखेर रक्तचन्दन आएछ भनेर कडा चेक गर्दा आएको हुदैन, केही चहलपहल देखिदैन, पछि त गयो रे भन्ने सुनिन्छ ।’
चीनमा रक्तचन्दनको प्रशस्त माग रहेकाले भारतबाट नेपाल जति भित्र्याउदा पनि खेर जादैन भन्ने यसका ब्यापारीले राम्रोसग बुझेका छन् । त्यही भएर कहिले आन्द्रप्रदेश त कहिले दिल्लीका भारतीय चन्दन ब्यापारीसग सम्पर्क गरेर मगाउछन् । भारतबाट नेपालको सिमा पार गराउने जिम्मा भारतीयकै हुन्छ, नेपाल प्रवेश गरेपछि मात्र भारतीयले भुक्तानी पाउछन् । ठूलो परिणाममा रक्तचन्दन ओसारपसार गर्न भारतमा पनि सहज नहुने भएकाले बिभिन्न नाकाबाट नेपाल प्रवेश हुन्छ । बन बिभागले दिएको जानकारी अनुसार, अहिलेसम्म भारतसग सिमा जोडिएका रुपन्देही, नवलपरासी, सर्लाही, झापा, पर्सा र कपिलबस्तु जिल्लामा रक्तचन्दन पक्राउ पर्नुले उनीहरुले नेपाल प्रवेशको बिभिन्न नाका प्रयोग गर्ने गरेको पुष्टि हुन्छ ।
कहिले भंशारबाटै रक्तचन्दन नेपाल प्रवेश हुन्छ भने कहिले अरु बाटोबाट । यसै पनि नेपाल र भारतबीच खुला सिमाना रहेकाले नेपाल प्रवेश गराउनु तश्करी नाकाका जानकारहरुका लागि त्यति गाह्रो कुरा भएन । तर, चोरी बाटोबाट भित्र्याउदा सिमादेखि काठमाडौसम्मका चेकजाचमा धेरै सास्ती बेहोर्नुपर्ने तथा त्यहा पैसा बाढ्दै आउदा महगो पर्ने भएकाले भंशारबाट छिराउनु नै उनीहरुको प्राथमिकतामा पर्छ । त्यसका लागि उनीहरुले अन्य सामानहरु बोकेको ट्रक वा कन्टेनरमा सामानले छोपेर प्रवेश गराउछन् । २०६७ चैत २७ गते बीरगंज भंशारमा पक्राउ परेको ७९७ किलो रक्तचन्दन यसरी ल्याउदा नै पक्राउ परेको थियो । नाईलन धागो, ठूलो ल्याम्प र तामाका बिभिन्न सामान बोकेको भनिएको ना ३ ख ६३५१ नम्बरको ट्रक जाच गर्दा ति सामानसगै रक्तचन्दनका ७१ गोलिया भेटिएका थिए ।
तर, कर्मचारीलाई पैसाको प्रभावमा पारेर वा ट्रकमा रक्तचन्दन राखेको ठाउ सामान्य हिसाबले नदेखिनेगरी बिशेष प्रकारले बनाएर ल्याइने कारण भंशारमा रक्तचन्दन पक्राउ पर्दैन । यद्यपि, भंशारका कर्मचारीहरु बीरगंजलगायत प्रमुख भंशारहरुको जाच प्रविधि पछिल्लो समय निकै आधुनिक भएकाले अवैधानिकरुपमा सामान प्रवेश गराउनु असम्भव नै रहेको दावी गर्छन् । बीरगंज भंशारका प्रवक्ता रामहरि अर्यालका अनुसार, तीन प्रकारले नेपाल भित्रिने सामानमा रक्तचन्दन लुकाएर ल्याउनु असम्भव भएको तथा लोकल पैठारी’ बाट भित्रिने सामानमा त्यस्तो सम्भावना रहने भएकाले त्यस प्रकारले भित्रिने ट्रक वा कन्टेनरको निकै कडा जाच गर्ने गरिएको छ । बाकि तीन प्रकारले भित्रिने सामाग्री भारतका कारखाना वा आधिकारिक बिक्रेताबाटै ट्रकमा राखिने तथा त्यसको अनुगमन भारतीय सरकारको अधिकृतस्तरको कर्मचारीले समेत गर्ने भएकाले रक्तचन्दनलगायत अवैध सामग्री त्यो प्रक्रियाबाट आउने सामानमा मिसाएर ल्याउन असम्भव हुने पनि अर्याल बताउछन् । बाकि तीन प्रक्रियाबाट नेपाल भित्रिने सामाग्रीको भंशारमा कागजात मात्र जाच हुने गर्छ, ट्रक खोलेर जाचिदैन ।
आमरुपमा भने चोरी नाकाबाटै रक्तचन्दन नेपाल भित्रिने गर्छ । यसरी चोरी नाकाबाट भारतबाट नेपाल प्रवेश गराउनु गाह्रो नभएपनि सिमाबाट काठमाडौं ल्याउनु भने सजिलो हुदैन । तर, भंशार छलेर अनेकौं सामान काठमाडौं ल्याउन प्रयोग गरिने तरिकाबाटै रक्तचन्दन पनि काठमाडौं ल्याइन्छ । भंशार छलेर भित्र्याइएका सामान काठमाडौं वा अन्य ठाउमा पु¥याउन बनाइएको संजाल अर्थात लाइन’ चलाउनेहरुले अरु सामानमा लुकाएर रक्तचन्दन पनि काठमाडौं ल्याइदिने हुनाले बाटोमा हत्तपत्त पक्राउ पर्दैन । नेपाल पत्रकार महासघ पर्सा शाखाका पूर्व सभापति सत्रुघ्न नेपाल भंशार छलेर नेपाल भित्र्याइएका सामान बीरगंजबाट वा तराइका अन्य नाकाबाट काठमाडौं भित्र्याउने लाइनवालाहरुले बाटोमा पर्ने सबै चेकजाचहरुलाई पैसाको प्रभावमा पारेर मिलाउने गरेको खुला सत्यकारुपमा रहेको’ बताउछन् । प्रहरी÷प्रशासनका ठूलादेखि साना सबैलाई बिबादरहित ढंगले मिलाइएकाले नै यो क्षेत्रमा रक्तचन्दन ओसारपसारबारे कुनै चर्चा समेत हुदैन ।
भारतका व्यापारीसग सम्पर्क गर्ने, तराईबाट काठमाडौसम्म ल्याउने र काठमाडौमा भण्डारण गर्ने कामको मूल नेतृत्व झापा चन्द्रगढीका दिपक पोखरलेले गर्नेगरेको बिभिन्न श्रोतहरुको भनाई छ । २०६२÷६३ को जनआन्दोलनसम्म झापा जिल्ला प्रशासन कार्यालयको मुखिया पदमा कार्यरत पोखरेल जनआन्दोलनपछि सरकारले अवधि पुगेका धेरै कर्मचारीको बढुवा गर्दा खरदार भए र लगत्तै जागिर छाडे । त्यसपछि तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलासग निकट सम्वन्ध बनाउन सकेका पोखरेलले रक्तचन्दन कारोवारको काठमाडौ दक्षिणको मोर्चा सम्हाले । प्रहरीका तत्कालिन मध्य क्षेत्रका डिआईजी किरण गौतमसग पनि उनको राम्रो सम्बन्ध बन्यो । पुरानो अनुभव र सम्वन्धका आधारमा अहिले पनि भारतबाट काठमाडौसम्म रक्तचन्दन ल्याउने काममा उनकै साम्राज्य छ । दिपकलाई भेट्न प्रयास गरिरहेको छु, भेटे भने म पनि एक दुई ट्रिप लान्थे, १०÷२० लाख कमाई भईहाल्थ्यो’ रक्तचन्दनको कारोवारमा लाग्न प्रयासरत काभ्रे बनेपाका एक स्थानीय युवा भन्छन् । बीरगंजका ब्यापारी राजकुमार गुप्ता पनि बीरगंज हुदै रक्तचन्दन काठमाडौ पु¥याउन कसरी सकिन्छ होला भन्दै २०६४ सालताका त्यहाका ब्यापारीहरुसग सल्लाहा गर्न दिपक नै पुगेको सम्झन्छन् ।
रक्तचन्दनबाट पोखरेलले राम्रै आमदानी गरेको बुझिन्छ । ५० ननाघेका पोखरेलको झापा भद्रपुरमा ओमसाई पाथीभरा हस्पिटल छ, चन्द्रगढीमा चिया बगान छ र गरामनीमा नर्सिङ क्याम्पस स्थापना अन्तिम चरणमा पुगेकोछ । झापाबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा पनि उनको अघोषित लगानी छ । श्रोतका अनुसार, काठमाडौं सिनामंगलमा उनको घर छ । केही वर्ष अघिसम्म मुखिया तहमा काम गरेको मानिस अहिले चल्ताफिर्ता छन्, वैध आमदानी केही देखिदैन, कति सम्पति कमाए, हामीलाई थाहा छैन’ झापा उद्योग वाणिज्य संघका सभापति राजेन्द्र घिमिरे भन्छन् ।
काठमाडौबाट तिब्बतको सिमासम्म पु¥याउने काममा भने धेरै जना संलग्न छन् । २०६३÷६४ तिर रक्तचन्दन ओसारपसारको सुरुवात सिन्धुपाल्चोककै पदमबिक्रम थापा र बिष्णु खत्रीले गरेका थिए । थापा त्योभन्दा एक दशक अघिदेखि जडिबुटी ब्यापारमा संलग्न थिए भने खत्री चीनिया सामानको ब्यापारी । थापा २०६४ साल असार २० गते बेलुका ८.४५ बजे काभ्रे जिल्लाको दोलालघाट नजिक अरनिको राजमार्गमा पर्ने होक्से गाविस ९ ज्यामिरेमा एउटा शंकास्पद कार दुर्घटनामा मारिए तथा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सभापतिसमेत भएका खत्रीले रक्तचन्दन ब्यापारमा आश्चर्यजनकरुपमा घाटा लागेर छाडेका छन् । थापा र खत्रीले कारोवार गर्दाताका रक्तचन्दन ओसारपसारको सुरक्षा गर्ने युवाहरुका नेतृत्वकर्ता सिन्धुपाल्चोककै रुद्र तिमिल्सिना र शम्भु श्रेष्ठलगायतले २०६८ पछि यो कारोवार अघि बढाईरहेका छन् ।
काठमाडौंमा पहिले स्वयम्भू, त्यही नजिक सानो भ¥याङ, बालाजु जस्ता ठाउमा मात्र भण्डारण गरिनेमा तिब्बत लैजान नजिक पर्ने भएकाले २०६७ सालपछि कोटेश्वर र ग्वार्काे जस्ता ठाउमा समेत भण्डारण गरिने गरेको बताइन्छ । २०६६÷६७ मा काठमाडौ जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी उपरिक्षक रमेश खरेल रक्तचन्दन भण्डारण गरेको ठाउबाटै जफत गर्न आफू तथा आफ्ना बिश्वास प्राप्त अधिकृतले धेरै पटक स्वयम्भु, सानो भ¥याङ र बालाजु जस्ता ठाउमा छापा मारे पनि सफलता नपाएको बताउछन् । सक्षम प्रहरी अधिकृत मानिएका खरेल भन्छन्, धेरै गोप्यतासहित कारोवार हुने भएकाले होला, रक्तचन्दन पक्राउ गर्न सफल हुन सकिन ।’
तिब्बतसम्म पु¥याउने समूहले काठमाडौंमै रक्तचन्दनको भुक्तानी गर्नुपर्ने परम्परा छ । काठमाडौंबाट गाडी हिडिसकेपछि बाटोमा कतै पक्राउ परे किन्ने समूह जिम्मेवार हुन्छ, बेच्ने जिम्मेवार हुदैन । त्यही कारण, काठमाडौबाट तिब्बततर्फ लागिसकेपछि प्रहरीप्रशासन, राजनीतिक दलका कार्यकर्ता, दादाहरु जे जतिलाई मिलाउनुपर्छ यही समूह मिलाउन लाग्छ, पोखरेल समूहलाई सरोकार रहदैन । तर, काठमाडौबाट तिब्बत लैजानेक्रममा पक्राउ परेको गाडीका चालक वा ओसारपसार गर्नेले भण्डारण गर्ने ठाउ तथा कारोवारीबारे बताउने सक्ने सम्भावनालाई बिचार गर्दै बिश्वासयोग्यलाई मात्र पोखरेल समूहले रक्तचन्दन दिने गर्छ ।
रुद्रलगायत रक्तचन्दनका कारोवारीले प्रहरी, प्रशासन, राजनीतिक व्यक्ति मात्र होइन, संचारकर्मीहरुलाई समेत प्रलोभनमा पारेर सहयोगि बनाउने गरेको पाईएको छ । राजकुमार माननीयले फोन दिनुभएको भन्दै असार अन्तिम साता रुद्रले मलाई फोन गरे, हामीलाई सहयोग गर्नुभयो भने तपाईहरुलाई पनि सहयोग हुन्छ भने’ राजधानीबाट प्रकाशित हुने एक दैनिकका सिन्धुपाल्चोक संवाददाता (राजधानी दैनिकका दिनेश थापा) भन्छन् । रुद्रले भनेका माननीय सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संविधानसभामा बिजयी राजकुमार श्रेष्ठ हुन् । निवर्तमान भौतिक योजना राज्यमन्त्री देवी खड्काका पति राजकुमारलाई सुरुदेखि नै रक्तचन्दन तिब्बत लैजाने काममा संलग्न रहदैआएको माओवादीभित्रैबाट आरोप लाग्ने गरेको छ । उनले चाहि रक्तचन्दन ओसारपसारमा आफू नभएर सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित तथा पूर्व संचारमन्त्री अग्नी प्रसाद सापकोटा संलग्न रहेको दावी गर्दै आएका छन् । दुई पक्षको आरोपप्रत्यारोपबारे छानवीन गर्न पार्टीले स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा वर्षामान पुन र दिनानाथ शर्मा रहेको छानवीन समिति पनि बनाएको छ । शेरचन छानवीन समिति प्रतिवेदन तयार पार्नेक्रममा रहेको तथा छिटै प्रतिवेदन पार्टीलाई बुझाईने बताउछन् ।
पार्टी कार्यकर्ता तथा बहिनी ज्वाई रदिप भनिने भीमप्रसाद पराजुलीमार्फत श्रेष्ठले रक्तचन्दन कारोवारीलाई सघाउने तथा रकम उठाउने गरेको बताईन्छ । तर, श्रेष्ठ आफूबारे अर्काे पक्षले प्रायोजितरुपमा हल्ला चलाएको तथा आरोप लगाएको दावी गर्छन् । छानवीन गर्दा दोषी देखिए कारवाही भोग्न तयार रहेकोले नै पार्टीमा निवेदन दिएको हु’ श्रेष्ठ भन्छन् । उता, अग्नीलाई देशवन्धु भनिने कृष्णप्रसाद सापकोटा र सुवोध भनिने माधव सापकोटामार्फत रक्तचन्दन कारोवारमा सहभागिता जनाउने गरेको श्रेष्ठ पक्षले आरोप लगाउने गरेको छ । २०६३÷६४ सालमा रक्तचन्दन ओसार÷पसार तीब्र हुदा अग्नीले छोरा रुपकलाई तातोपानीमै राखेर रक्तचन्दन ओसारपसारमार्फत रकम उठाएको एक स्थानीय संचारकर्मी बताउछन् । रुपक अहिले चीनमा अध्ययन गर्दैछन् ।
सिन्धुपाल्चोक माओवादीभित्रका एक पक्षले आफू चोखो र अर्काे संलग्न रहेको आरोप लगाएपनि समग्र माओवादी नै कुनै न कुनैरुपमा यो कारोवारमा संलग्न रहेको एमाओवादीका पूर्व पोलिटब्यूरो सदस्य तथा अहिले छुट्टै माओवादीको नेतृत्व गरिरहेका मात्रृका यादवको भनाईले पुष्टि गर्छ । शान्तिसम्झौतापछि २०६३ चैतमा माओवादीबाट मन्त्री बनेका यादव त्यसबेला सबै दलका कार्यकर्ताहरु रक्तचन्दन कारोवारमा संलग्न भएपनि तलसम्म संजाल राम्रो भएको माओवादीका कार्यकर्ता नै बेशी संलग्न रहेको बताउछन् । त्यसबेला आफै ठाउ ठाउ गएर ट्रकका ट्रक रक्तचन्दन पक्रेका पूर्व मन्त्री यादव आफ्नो कामलाई त्यसबेला पार्टीका सहकर्मीहरुले मन नपराएको सम्झन्छन् । भारतको चिज चीन जान्छ, हामीले किन धेरै टाउको दुखाउने’ भनेर पार्टीको पोलिटब्यूरो सदस्यले नै आफूलाई त्यसबेला भनेको पनि यादवको भनाई छ । व्यक्तिगत आरोप लगाउने पक्षमा आफू नरहेको भन्दै यादव ति पोलिटब्यूरो सदस्यको भने नाम उल्लेख गर्न चाहदैनन् ।
राजनीतिक अस्थिरता तथा अराजकता चरम रहेको २०६३÷६४ मा रक्तचन्दन खुलारुपमा तिब्बततर्फ गए पनि संविधानसभा चुनावपछि रक्तचन्दन ओसारपसार केही कडाई हुन थाल्यो भने नेपालतर्फबाट ठूलो परिणाममा रक्तचन्दनको माग बढेपछि भारतमा समेत भाउ बढ्यो । भारत र नेपालको परिस्थिति अनुसार चीनतर्फ भाउ बढ्न समय लागेकाले केही समय रक्तचन्दनको ओसारपसार मन्द भयो । २०६७ को मध्यदेखि चीनमा रक्तचन्दनको भाउ बढेपछि पुन कारोवार सुरु भएको हो । निकै कडा तथा गोप्य संयन्त्रसाथ यस पटक रक्तचन्दनको कारोवार सुरु गरिएको भएपनि माओवादीभित्रकै पक्षबिपक्षको पोलापोलका कारण रक्तचन्दन पक्राउ पर्न थालेको हो । २०६८ असार १७ गते तातोपानी १ को चौकीडाडा गाउबाट ७९ मुढा अर्थात १४०० किलो रक्तचन्दन श्रेष्ठ पक्षले पक्राउ गराएको बताईन्छ । त्यसको संकेत गर्दै सभासद श्रेष्ठ भन्छन्, फलानो ठाउमा पक्राउ परेको रक्तचन्दन मेरै हो भन्नेलाई तथा पक्राएकोमा मानिस पिट्दै हिड्नेलाई केही भएको छैन, कसैलाई भने त्यसै आरोप लगाइएको छ ।’ रदिप भनिने पराजुलीलाई रक्तचन्दन पक्राउ गराएको आरोप लागेपछि केही समय उनी तातोपानी छाडेर सुरक्षित ठाउ गएको पनि बताइन्छ ।
दक्षिण भंशार जस्तै तातोपानी भंशारमा पनि कर्मचारीको मिलेमतो नभई रक्तचन्दन पास हुन सम्भव छैन । तर, पछिल्लो समय तातोपानी भंशारमा कडाई भएपछि तथा चिनियाहरुले भंशारबाट गएको र नगएको रक्तचन्दनको भाउ फरक दिने भएपछि कारोवारीहरुलाई समस्या परेको छ । त्यही भएर भंशारबाटै लैजान दिन उनीहरुले कर्मचारीहरुलाई प्रलोभन बढाइरहेका छन् । तर, तातोपानी भंशार प्रमुख निर्मलहरि अधिकारी भंशारबाट औपचारिकरुपमा रक्तचन्दन निकाशी गर्न सम्भव नहुने बताउछन् । साईटीसमा परेका बस्तु यसै निकाशी गर्न नपाईने त्यसमाथि मन्त्रीपरिषदको २०६६ असारको बैठकले निकाशीमा रक्तचन्दनलाई पनि प्रतिवन्ध लगाएकाले भंशारबाट औपचारिकरुपमा जान नसक्ने उनको भनाई छ । निकाशी हुने बस्तुको जाच गर्न बसेका कर्मचारीले प्रलोभनमा परेर आखा चिम्लिएमा भने रक्तचन्दन जान सक्ने अधिकारी पनि स्विकार्छन् । भंशारबाट रक्तचन्दन छिराउन सघाएको आरोपमा पछिल्लो समय तातोपानी भंशारका एक खरदार र सहायक स्तरकै अर्का कर्मचारीमाथि छानवीन सुरु हुनुले कुनै न कुनैरुपमा भंशारबाटै रक्तचन्दन गइरहेको हुनसक्ने सम्भावना देखिन्छ ।
भंशारबाट लान नसकेको अवस्थामा तातोपानी पुग्नुअघि अरनिको राजमार्गमै पर्ने १० किलो भन्ने ठाउबाट भोटेकोशी तारेर पनि रक्तचन्दन तिब्बत पु¥याउने गरिन्छ । त्यहा झोलुङगे पुल पनि छ र पारी तिब्बततर्फ देखिनेजति डाडासम्म जंगलबाहेक केही छैन । डाडा कट्नासाथ लेप्टाङ भन्ने सानो बजार आउछ । मोटरबाटो जोडिएको त्यहा पु¥याउदा पनि चिनिया ब्यापारीहरुले रक्तचन्दनको भुक्तानी दिनेगरेका छन् ।
रक्तचन्दन तिब्बत पुग्ने प्रमुख नाका सिन्धुपाल्चोक नै भएपनि रसुवा, तेह्रथुम, ताप्लेजुङ, दोलखामा समेत रक्तचन्दन पक्राउ पर्नुले ब्यापारीहरुले बिभिन्न बैकल्पिक मार्ग पहिल्याउने प्रयास गरेको देखिन्छ । बैशाख अन्तिम साता रसुवा हुदै तिब्बतको केरुङ पु¥याउदा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको अह्रिदमन गणका गणपति रामजी थापा सेनाको कारवाहीमा परेपछि उक्त बाटोबाट रक्तचन्दन तिब्बत जाने सम्भावना लगभग समाप्त भएको छ । किनभने, रक्तचन्दन पास गराएको अभियोगमा थापालाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुनेगरी कारवाही गरिएकाले त्यहा जाने सेनाका अर्का अधिकारीले निकुञ्ज क्षेत्र पार लगाउन सहयोग गर्ने आट नगर्नु स्वाभाविक हो । थापा रक्तचन्दन ओसारपसारमा सहयोग गरेबापत अहिलेसम्म पक्राउ परेका तथा जेल सजाय सुनाइएका एक मात्र सरकारी अधिकारी हुन् । सेनाको अदालतले उनलाई दुई वर्षको कैद सजाय सुनाएको छ । अन्य हिमाली जिल्लाबाट रक्तचन्दन तिब्बतर्फ लैजादा प्रहरी÷प्रशासनलाई सजिलै छल्न वा मिलाउन सकिने तथा संचारमाध्यमको आखामा पनि पर्नुनपर्ने भएकाले बिकल्पकारुपमा प्रयोग गर्न सक्ने सम्भावना भने अस्विकार गर्न सकिदैन ।
कत्रो छ कारोवार ?
बन बिभागले २०६८ साउन पहिलो सातामा दिएको जानकारी अनुसार, अहिलेसम्म नेपालमा एक लाख ९९ हजार ५६९ किलो रक्तचन्द पक्राउ परेको छ । अहिले चिनको खासामा चलेको एक किलोको ८ हजार रुपैया मूल्य राख्दा त्यसको एक अर्ब ५९ करोड ५५ लाख २ हजार रुपैया हुन आउछ । यसैगरी, पक्राउ परेमध्येकै २९ करोड ५६ लाख ८० हजार रुपैया मूल्य बराबरको ३६ हजार ९६० किलो रक्तचन्दन भारत फिर्ता पठाइएको छ । एक अर्ब ४७ करोड ३७ लाख ८४ हजार रुपैया मूल्यको एक लाख ८४ हजार २२३ किलो रक्तचन्दनको मुद्धा चलिरहेका कारण अहिले पनि बिभिन्न बन कार्यालयहरुमा थन्किएको छ ।
रक्तचन्दन ओसारपसारमा संलग्नहरुका अनुसार, कारोवार हुने रक्तचन्दनको १० भागको एक भाग मात्र पक्राउ पर्ने गर्छ । यो हिसाबले अहिलेको मूल्य अनुसार, नेपालको बाटो हुदै १५ अर्ब ९५ करोड ५० लाख २० हजार रुपैयाको रक्तचन्दन तिब्बत गएको देखिन्छ । तर, २०६३÷६४ मा बेशी रक्तचन्दन पक्राउ परेपनि त्यसै बेला बेशी ओसारपसार भएको र त्यसबेला १० भागको एक भाग पनि पक्राउ नपरेकोले योभन्दा धेरै रकमको रक्तचन्दन नेपालको बाटोबाट तिब्बत गएको मान्न सकिन्छ । यद्यपि, रक्तचन्दनको बेशी ओसारपसार भएको बेला खासामा प्रतिकिलोको तीन हजार रुपैया मात्र मूल्य भएकाले नेपालको बाटो हुदै तिब्बत छिरेको रक्तचन्दन अनुमान गरेभन्दा कम मूल्यको हुनसक्छ ।
पक्राउ परेको रक्तचन्दको मुद्धा चलाउन २०६६ भदौ ३१ गतेको मन्त्रीपरिषदले रक्तचन्दनको प्रतिकिलो आठ सय रुपैया मूल्य मान्ने निर्णय गरेको थियो । त्यो निर्णय हुनअघि बन बिभागले टोली बनाएरै भारतको मूल्यबारे अनुसन्धान पनि गरेको थियो । भारत सरकारले आधिकारिकरुपमा केही नबताएपनि गैरसरकारी श्रोतको जानकारी अनुसार लम्बाई, मोटाई र सिधा वा बाङगोको आधारमा रक्तचन्दनलाई चार प्रकारमा बर्गिकरण गरिने र त्यसै अनुसार भाउ निर्धारण हुने गरेको पाईएको त्यसबेला टोलीमा सदस्य रहेका तथा अहिलेका बन मन्त्रालयका प्रवक्ता रामप्रसाद लम्शाल बताउछन् । लामो, मोटो र सिधा ए’ बर्गको रक्तचन्दनलाई प्रतिकिलोको सात सय भारु, केही कमशल बी’ बर्गकोलाई पाच सय भारु र थप कमशल सी’ बर्गलाई चार सय भारुभन्दा कम पर्ने गरेको टोलीले पत्ता लगाएको थियो । नेपालको बाटो आउने रक्तचन्दन सी’ तथा त्योभन्दा पनि कमशल हुने गरेको पत्ता लागेको पनि लम्शालको भनाई छ । ब्यापारका क्रममा सन् १९८६ देखि नियमितरुपमा चीन गईरहेका नारायण कार्कीका अनुसार, सन् २०११ जनवरीमा चीनको राजधानी बेइजीङका ब्यापारीहरुले ए’ बर्गको रक्तचन्दन प्रतिकिलोको २५ हजार रुपैयासम्म पर्ने बताएको जानकारी दिन्छन् । उनका अनुसार, सी’ तथा त्योभन्दा तल्लो वर्गको पनि त्यहा प्रतिकिलोको १५ हजार रुपैया पर्छ । यता, आन्द्रप्रदेश वा दिल्लीबाट भारतीय प्रहरी तथा स्थानीय प्रशासनलाई मिलाउदै नेपाल सिमासम्म ल्याइपु¥याउदा प्रतिकिलोको दुई हजार रुपैया पर्छ । यसैगरी, नेपाली सिमाबाट काठमाडौसम्म लाईनवालाहरुले प्रतिकिलो एक हजार रुपैयामा ल्याइदिन्छन्, अर्थात काठमाडौं आईपुग्दा प्रतिकिलोको तीन हजार रुपैया पुग्छ । काठमाडौबाट तिब्बत पु¥याउने ब्यापारीहरुले प्रतिकिलोको ३५ सय रुपैया तिरेर लैजाने गरेका छन् ।
करिब डेढ सय किलोमिटर दुरी मात्र भएपनि यही भागमा कारोवार गर्नेहरुलाई बेशी नाफा छ भने त्यतिकै मात्रामा जोखिम पनि । किनभने, काठमाडौमा किनेको रक्तचन्दन तिब्बत सिमामा पु¥याउन सक्दा प्रतिकिलो कै ४५ सय रुपैया आउछ । तर, रक्तचन्दनबारे सबैलाई थाहा भएको तथा तराईबाट काठमाडौसम्म अवैध सामान ल्याउने संजाल जस्तो लाईन’ नबनिसकेका कारण ब्यापारीहरुले यो क्षेत्रका अधिकांशलाई भाग पु¥याउनु पर्छ ।
काठमाडौबाट तातोपानी पु¥याउन औपचारिकरुपमै प्रहरी र सशस्त्र प्रहरीका १० वटा चेकजाच पार गर्नुपर्छ । भक्तपुरको जगाते, काभ्रेको धुलिखेल र पाचखाल सिन्धुपाल्चोकका बनदेउ,बलेफी, लामसाघु, बाह्रबिसे र तातोपानीमा प्रहरीको जाच छ भने लामसाघु र अधेरीमा सशस्त्रको । यी ठाउबाट रक्तचन्दन कटाउन राम्रै खर्च लाग्नु अस्वाभाविक होइन । ढुवानी खर्च पनि यो क्षेत्रमा निकै बेशी लाग्ने श्रोतहरुको भनाई छ । रक्तचन्दन बोकेको अवस्थामा गाडी पक्राउ परे गाडी र ड्राईभर दुवैमाथि मुद्धा चल्ने तथा मुद्धा नटुङिगएसम्म गाडी पनि जफ्त हुने भएकाले गाडी मालिक र ड्राइभरले आकर्षक रकम माग गर्छन् । कतियपय अवस्थामा गाडी मालिकलाई थाहै नदिई ड्राइभरले मात्रै रक्तचन्दन ओसारेको भेटिएको छ भने कतिपय अवस्थामा गाडी मालिकसमेतको मिलेमतोमा हुने गरेको छ । तर, ट्रक तथा कन्टेनर व्यावसायी संघका अध्यक्ष राजकुमार पौड्ेल भने आमरुपमा गाडी मालिकलाई थाहै नदिई ड्राइभरहरुले रक्तचन्दन बोक्ने गरेको दावी गर्छन् । ड्राइभरलाई हामीले दिने भनेको महिनाको १५ हजार रुपैया हो, एक पटक रक्तचन्दन बोक्दा गाडी भाडाबाहेक छुट्टै ५ लाख रुपैयासम्म पाउछन् भने हामीलाई किन सोध्थे ?’ पौडेल भन्छन् ।
पक्राउ परेको रक्तचन्दन मुद्धा नटुङिगएसम्म सम्वन्धित जिल्लामै राखिने हुदा धेरै रक्तचन्दन पक्राउ परेका जिल्लामा भण्डारणको समस्या देखिएको छ । काठमाडौ जिल्ला बन कार्यलय, हात्तिसार र बन बिभागको कार्यालय बबरमहल रक्तचन्दन राखिएका ट्रकले भरिएका छन् । सिन्धुपाल्चोकमा पनि यस्तै समस्या रहेको त्यहाका प्रहरी नायब उपरिक्षक बसन्तकुमार लामाले अब त राख्ने ठाउ पनि अभाव भैसकेको छ’ भन्नुले नै पुष्टि हुन्छ । राख्ने ठाउ व्यवस्थित नहुदा वर्षाको पानीले कुहिने वा मक्किने सम्भावना पनि छदैछ । करोडौं मूल्यको रक्तचन्दन चोरिन सक्ने सम्भावनाका कारण त्यसैका लागि बेग्लै सुरक्षा पनि दिनु परेको छ ।
भण्डारण समस्या

साईटीसको प्रावधान अनुसार, त्यसमा परेका बन्यजन्तु र बनस्पति कतै पक्राउ परे उत्पति भएको अर्थात जुन मुलुकबाट आएको हो त्यही फर्काउनुपर्छ । त्यसै अनुसार, पक्राउ परेको केही रक्तचन्दन भारत फर्किसकेको पनि छ । तर, अदालतमा मुद्धा चलिरहेका कारण फर्काउन समस्या पर्ने गरेको छ भने बेवारिसे पक्राउ पर्दा वा रक्तचन्दनसग पक्राउ पर्नेले कहाबाट ल्याएको भन्ने साचो नभनिदिदा भारतबाटै आएको मान्न कानुनी समस्या पर्ने गरेको बन बिभागको साईटीस शाखाका अधिकृत दिपक आचार्य बताउछन् । यसैगरी, आचार्यका अनुसार समातिएको ठाउबाट भारत पु¥याउन महङगो पर्ने तथा त्यसका लागि बेग्लै सुरक्षा प्रवन्ध पनि गर्नुपर्ने भएकाले भारतीय निकायले पनि फर्काउन त्यति पहल गरेको छैन । यद्यपि, २०६८ साउन दोश्रो साता भारतीय दुतावाशका अधिकारीहरु बन मन्त्रालय आएरै पक्राउ परेका रक्तचन्दन फिर्ताका लागि पहल गर्न तथा रक्तचन्दनको ओसारपसारमा कडाई गरिदिन मन्त्रालयलाई अनुरोध गरेको मन्त्रालयका प्रवक्ता लम्शाल जानकारी दिन्छन् ।
पक्राउ परेका रक्तचन्दन भारत फर्काउन कयौं बेला नेपालीहरुमा रहेको बुझाईको समस्या पनि कारण बन्ने गरेको छ । रसुवामा पक्राउ परेको रक्तचन्दन भारत फर्काउन भारतीय वातावरण तथा बन मन्त्रालयका रेन्जर र आफू २०६७ भदौतिर रसुवा जादा स्थानीयले फर्काउन नदिएको सम्झदै बन बिभाग साईटीस शाखाका आचार्य भन्छन्, रक्तचन्दन बेच्न खोजियो भनेर माओवादी भात्रृ संगठन वाईसीएलको अगुवाईमा स्थानीयले हाम्रो बाटो नै छेके, हाम्रो सुरक्षामासमेत खतरा देखेपछि सेनाको क्याम्पमा शरण लिनुप¥यो ।’ त्यसबेला प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा वार्ता गर्न खोज्दा पनि स्थानीयले नमानेको उनी बताउछन् । भारत फर्काउने वा भारतले फर्काउन नचाहे के गर्ने भन्ने बिषयमा कुनै ऐन नियम नभइरहेको बेला बन मन्त्रालयले साईटीस बिधेयक २०६८’ निर्माण गर्र्दैछ । बिधेयक अन्तिम चरणमा पुगिसक्यो, केही समयमै छलफलका लागि संसदीय समितिमा जान्छ’ मन्त्रालयका प्रवक्ता लम्शाल बताउछन् । लम्शालका अनुसार, तयार हुदै गरेको विधेयकमा नेपालमा पक्राउ परेको रक्तचन्दनलाई भारत फर्काउने, नष्ट गर्ने वा प्रक्रिया पु¥याएर गैरव्यवसायिक प्रयोजनका लागि बेच्न सकिने प्रावधान राखिएको छ । औषधि निर्माण जस्तो प्रयोजनका लागि नेपालमा वार्षिक दुई देखि तीन सय किलोभन्दा बेशी रक्तचन्दन खपत नहुने पनि उनी उल्लेख गर्छन् ।
रक्तचन्दनबारे सानो हल्लाले सिन्धुपाल्चोक र काभ्रेका राजमार्ग छेउछाउका बस्तीमा ल्याउने कम्पनका अनेकौं उदाहरण छन् । २०६८ भदौ ३ गते मात्रै पनि रक्तचन्दन आउन लागेको हल्लाका कारण सिन्धुपाल्चोक बाह्रबिसेमा सयको संख्यामा युवा उत्रेका थिए । म काठमाडौंबाट फर्कदै थिए, बेलुका सातसाढे सात बजेको थियो, बाह्रबिसे पुग्नु केही वर कोही मोटरसाईकल र कोही पैदल ठूलो युवा जमात देखे’ अरनिको कलेज, बाह्रबिसे कलेजका प्रिन्सिपल यामबहादुर बस्नेत भन्छन्, बसमै भएकाले सबै त थाहा भएन, तर बसको कन्डक्टर र अरु यात्रीले रक्तचन्दन कुर्न बसेका होलान् भने ।’ रक्तचन्दन बोकेका गाडीको सुरक्षाका लागि तथा त्यस्ता गाडीबाट पैसा असुल्न सिन्धुपाल्चोक र काभ्रेका बजारमा २०६३÷६४ देखि नै युवा सडकमा उत्रिने गरेका छन् । कयौं बेला सुरक्षामा हिडेका र पैसा असुल्न बसेकाबीच भिडन्त हुने गरेपनि त्यस्ता कुनै घटनाको पनि उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक बसन्तकुमार लामा बताउछन् । अर्काे घटना काभ्रे सदरमुकाम धुलिखेलको । २०६८ जेठ ९ गते । मधेशी जनअधिकार फोरम बिभाजनको सूचना बिधायिका संसदमा दर्ता गरेर सभासदहरुसहित धुलिखेलस्थित माउण्ट प्रिन्सेस होटल पुगेका फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश गुप्तालाई खोज्न उपेन्द्र यादवपक्षीय युवाहरु मोटर र मोटरसाईकलहरुमा त्यो दिन बेलुका धुलिखेल पुग्दा रक्तचन्दन जान लागेको आशंकामा सयौंको संख्यामा स्थानीय युवा सडकमा निस्किएका थिए । तर, केही समयपछि नै ३ वटा जीप र मोटरसाईकलमा गएका यादव पक्षीय कार्यकर्ता गुप्तासहित सभासदलाई नभेटेपछि फर्किएका थिए भने रक्तचन्दन पास’ हुनलागेको आशंकामा सडकमा उत्रेका युवाहरु घर फर्किएका थिए । एमाले काभ्रे जिल्ला सदस्य कञ्चन अधिकारी भन्छन्, पहिले पनि युवाहरुको त्यस्तै स्कर्टिङ सहित रक्तचन्दन पास हुने भएकाले स्थानीयवाशीले शंका गरेका हुन् ।’ २०६८ जेठ १४ गते संविधानसभाको म्याद सकिनेभन्दा एक दिन अघि पनि काभ्रेमा त्यस्तै दृष्य देखिएको थियो । अरनिको राजमार्गबाट मेलम्ची जाने बाटो छुट्टिने ठाउ जिरोकिलोका एक होटलवालाका अनुसार, १३ गते बेलुका ठूलो परिणाममा रक्तचन्दन आएको बताउदै जिल्लासदरमुकाम धुलिखेलदेखिका प्रहरी त्यहा जम्मा भएका थिए । प्रहरी आएलगत्तै जिल्लाका पत्रकारहरुको टोली पनि त्यहा पुगेको थियो । त्यसबीच त्यस वरपर ठुलै संख्यामा युवाहरु पनि जम्मा भइसकेका थिए । केही समयपछि उनीहरु सबै हल्ला मात्र’ भन्दै पालैपालो फर्किएको ति होटलवाला बताउछन् ।
२०६४ असार १६ गते रक्तचन्दन तिब्बततर्फ जानबाट रोक्ने क्रममा प्रहरीले सिन्धुपाल्चोकमा दुई राउण्ड गोली नै चलाउनु प¥यो । त्यसदिन बिहान ८ बजे रक्तचन्दन बोकेको ना २ ख ५४ नम्बरको सामान बोक्ने कन्टेनरलाई स्थानीय युवाले बाह्रबिसे नजिक खुर्सानीबारीमा छेकेपछि बाह्रबिसे थानाबाट प्रहरी पुगेको थियो । कन्टेनरमा रहेको रक्तचन्दनको स्कटिङ गरिरहेका करिब ३० मोटरसाईकल र टाटा जीपमा रहेको युवा र स्थानीयबीच त्यहा बिबाद भइरहेको थियो । प्रहरी पुगे पनि चन्दन बोकेको गाडी युवाहरुको स्कटिङ सहित जबरजस्ती अघि बढि नै रह्यो । प्रहरी थानाको ढाटलाई पनि बेवास्ता गर्दै गाडी अघि बढाउने प्रयास सुरु भएपछि प्रहरीले उनीहरुलाई अघि बढ्नबाट रोक्न दुई राउण्ड हवाई फायर गरेको थियो ।
हल्लाले नै सयौ सडकमा

गोली चल्यो

प्रहरीको हवाई फायरबाट पनि रक्तचन्दनको गाडीलाई स्कटिङ गरिरहेका युवाहरु हच्किएनन् । अगाडी लैजाने प्रयास जारी राखे । बाह्रबिसेको शक्तिले मात्र गाडी रोक्न नसक्ने देखेपछि प्रहरीले जिल्ला सदरमुकाम चौताराबाट थप फौज मगायो । प्रहरी नायब उपरिक्षक सहकुलबहादुर थापासहितको प्रहरी टोली मद्धतका लागि दिउसो दुई बजे चौताराबाट बाह्रबिसे लाग्यो । एक घण्टा मोटर दुरीमा रहेको सदरमुकामबाट प्रहरीको मद्धत टोली आईपुग्ला भनेर रक्तचन्दन स्कटिङ गरिरहेका युवाहरुले बाह्रबिसे पुग्न केही किलोमिटर वर राजमार्गको अलि सागुरो ठाउमा अर्काे गाडी बिग्रियो भनेर बाटो बन्द पनि गराए ।
उता, यो खबर संचारमाध्यमा आउला भनेर त्यसबेलाका प्रमुख रक्तचन्दन कारोवारी बिष्णु खत्रीका भाई प्रताप खत्रीले थानामा राखिएको कन्टेनरको तश्वीरसमेत आफूलाई खिच्न नदिएको सिन्धुपाल्चोकबाट प्रकाशित हुने साप्ताहिक पत्रिका सिन्धु प्रवाहका सम्पादक दिनेश थापा बताउछन् । थापाका अनुसार, त्यसबेला उनले नजिकै रहेको आफ्नो घरमा बोलाएर पत्रकारिता तपाईहरुको पेशा होला, रक्तचन्दन हाम्रो जिवन हो, यो समातिए हामी सडक छाप हुन्छौं’ भन्दै धम्क्याएका पनि थिए । त्यसबीच, घरमा रहेका अरुले प्रहरी र चीनमा रहेका बिष्णु खत्रीसग टेलिफोनमा कुरा गराएको पनि उनी सम्झन्छन् ।
तर, उनीहरुको प्रयासका बाबजूद सदरमुकाम चौताराबाट प्रहरीको मद्धत टोली पनि बाह्रबिसे आईपुग्यो र कन्टेनर त्यही रोकियो । यसैगरी, २०६४ साउन १४ गते सिन्धुपाल्चोक बलेफीमा रक्तचन्दनको बाटो ढुकिरहेका युवाहरुलाई काभ्रेबाट दोलखा हिडेको प्रहरी टोलीले हटाउन खोज्दा दुई पक्षबीच हात हालाहाल भएको थियो । प्रहरी त्यहाबाट दोलखा लागेपछि त्यो घटनाको बिरोधमा ति युवाले १२ घण्टा यातायात अवरुद्ध नै पारेका थिए । दोषी’ प्रहरीलाई कारवाही गरिने तथा घाईतेको उपचार गरिदिने सहमति भएपछि मात्र सडक खोल्न उनीहरु तयार भएका थिए ।
रक्तचन्दनका पुराना कारोवारीमध्ये एक सिन्धुपाल्चोक घुमथान गाविसका पदमबिक्रम थापा २०६४ साल असार २० गते बेलुका ८.४५ बजे काभ्रे जिल्लाको दोलालघाट नजिक अरनिको राजमार्गमा पर्ने होक्से गाविस ९ ज्यामिरेमा एउटा कार दुर्घटनामा मारिए । थापा बा ३ च ७५७५ नम्बरको कारमा तातोपानीबाट काठमाडौतर्फ आउदै थिए । उनीसगै कार चालक टंकलाल श्रेष्ठ र कारमै सवार किशोर श्रेष्ठको पनि मृत्यु भयो ।
पुरानो कारोवारीको मृत्यु

काभ्रे पाचखाल र दोलालघाटका स्थानीय बासिन्दा उक्त कार दुर्घटनालाई एउटा षड्यन्त्र मान्छन् । रक्तचन्दन कारोवारबाट कमाएको ठूलो रकम कारमा रहेको थाहा पाउनेहरुले लुटिसकेपछि कारसहित मानिसलाई पनि आगो लगाईदिएको स्थानीयहरुको अनुमान छ । कोही आगो लागिसकेको कारमा जलेका हजार हजारका नोट भेटिएको पनि बताउछन् । यद्यपि, त्यस्तो देख्ने प्रत्यक्षदर्शी कोही भेटिदैनन् ।
तर, प्रहरी प्रतिवेदनमा कार सडकबाट ४०—५० मिटर खसी आगो लागेर कारमा सवार तिनै जनाको घटनास्थलमै मृत्य भएको’ उल्लेख हुनुले उक्त घटना सहज नभएको अनुमान गर्न सकिन्छ । किनभने, मोटर ४०—५० मिटर तल खस्दैमा आगो लागेको सिनेमाभन्दा बास्ताविक जिवनमा बिरलै देख्न पाईन्छ । तर, न प्रहरीको प्रतिवेदनको कसैले बिरोध ग¥यो न त हत्या वा षड्यन्त्रको आशंका गरेर कसैले प्रहरीमा उजुरी नै दियो । दुर्घटना नै भएको सबैतर्फबाट देखिएकोले कसैमाथि मुद्धा नचलाई तामेलीमा राखीपाउ भनी जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुरोधपत्र पठाइएको हो’ काभ्रे जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद मैनाली बताउछन् । उता, जिल्ला सरकारी वकिल सूर्य दाहाल प्रहरीको अनुरोध अनुसार नै २०६६ जेठ २१ गते उक्त मुद्धा तामेलीमा राख्ने निर्णय भएको उल्लेख गर्छन् । सन् ९० को दशकदेखि जडिबुटी कारोवारमा लागेका थापाले नेपालमा अरुलाई रक्तचन्दन भारतबाट चीन लैजादा राम्रो फाईदा हुने थाहै नहुदा करोडौ रुपैया कमाईसकेको बताइन्छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.