दुगड समूहले प्रयोग गरेको ‘कम्प्युटर हार्डडिक्स’ परिवर्तन गर्ने तयारी
विभागका कर्मचारीद्धारा ५ लाख डलर माग
रोशन कार्की
काठमाडौं, कात्तिक २३ । नेपालमा ५० वर्Èभन्दा बढी समयदेखि व्यापारिक कारोबार गर्दै आएको प्रतिष्ठित औद्योगिक घराना ‘दुगड समूह’ ले नक्कली कागजात र विवरण तयार गरि राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले विभिन्न स्थानमा छापा मारेको छ । सो छापाबाट विभागले कम्प्युटर हार्डडिक्स र अन्य विवरण नियन्त्रणमा लिएपनि सो प्रमाण नष्ट गर्न सरकारी कर्मचरीनै सकृय भएको खुलासा भएको छ ।
ठूलो परिमाणमा नक्कली विल प्रयोगगरि राजस्व छली गरेको गोप्य सूचनाको आधारमा विभागले देशभर रहेको दुगडको कार्यलयमा एकैसाथ छापा मारि महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । विभागबाट खटिएको टोलीले वीरगन्ज, नेपालगन्ज, कोहलपुर, टीकापुर, धनगढी र केन्द्रीय कार्यालयबाट कम्प्युटर, कागजात र अन्य विवरणका फाईलहरु नियन्त्रणमा लिएको छ ।
राजस्व टोलीले नियन्त्रणमा लिएको ति कागजातलाई आधारमानी अनुसन्धान सुर गर्ने भएकाले र सो कागजातबाट अर्वौ रुपैयाँ राजस्व छली गरेको प्रमाणीत हुने भएपछि भित्रभित्रै सो अनुसन्धान निष्कृयहिन बनाउन करोडौ रुपैयाँ दिने खेल समेत भएको बुझिन आएको छ । कम्पनीले महत्वपुर्ण विवरण संग्रह गरेको कम्प्युटर हार्डडिक्स नै लिएर गएपछि सो हार्डडिक्स परिर्वतन गर्न आफ्नो कर्मचारी खटाएको समेत एक उच्च स्रोतले जनाएको छ ।
नाम नछाप्ने सर्तमा विभागका एक कर्मचारीले दिएको गोप्य सूचनाअनुसार ‘कम्प्युटरको हार्डडिक्स, महत्वपूर्ण विवरण रहेको हस्तलिखीत फाईलहरु गायब गराई सो स्थानमा नक्कली विवरण भरिएको र कारोबार कम गरेको, मूल्य अभिबृद्धि कर, राजस्व तिरेको विवरणमात्र भएको फाईल र हार्डडिक्स राख्नकालागि कम्पनीको एक समुहले प्रस्ताब गरेको छ ।’ सो कम्पनीले भने अनुसार विवरण हेरफेर गर्नकालागिमात्र विभागका कर्मचारीबाट ५ लाख अमेरिकी डलर अर्थात ४ करोड ३० लाख रुपैयाँ माग गरेको समेत खुलसा भएको छ ।
टीएम दुगड समूहले गरेको अनियमिताबारे थप सूचनाहरु प्राप्त भईरहेको समेत विभागले जनाएको छ । कम्पनीको काठमाडौंस्थित मुख्य कार्यालयमा प्रयोग भएको कम्प्युटरसहित विभिन्न कागजात र मौज्दात रहेको निर्यातजन्य सामग्री नियन्त्रणमा लिएपछि सो बारे छानविन नगर्नकालागि कम्पनीले ठूलो रकमको लेनदेन गर्न समेत आफ्नो कर्मचारी खटाएको छ । विभागले तोलाराम दुगड समूहले केन्द्रीय कार्यालयमा प्रयोग गरेको कागपत्र, डाटा, स्टक अर्डरको कागजपत्र नियन्त्रणमा लिएको छ । मुख्य कार्यालयमा प्रयोग भएको कम्प्युटर र त्यसमा प्रयोग भएको विवरणबाट यर्थाथ कुरा खुल्ने भएपछि सक्कली विवरणको स्थानमा नक्कली विवरण राख्न समेत अनुरोध गरेको एक अधिकृतले बताए ।
कम्पनीले प्रयोगगरेको कम्प्युटरको पासवर्ड समेत हालसम्म अनुसन्धानमा रहेका कर्मचारीलाई दिएको छैन । विभागले पत्र नै पठाई बयानमा बोलाएको भएपनि विहिबारसम्म कुनै पनि सञ्चालक सम्पर्कमा नआएको विभाग स्रोतले जनाएको छ । सो कम्पनीले भारतबाट दालजन्य वस्तुको आयात गरी नेपालमा प्याकेजिङ गरी बंगलादेशलगायतका मुलुकभर निर्यात गर्ने गरेको छ । सोही क्रममा नक्कली विलविजक बनाई कर छली गरेको आशंकामा विभागले छापा मारेको हो ।
प्रारम्भिक अनुसन्धानमा ठूलै कर छली गरेको देखिन आएको समेत विभागले जनाएको छ । यस कम्पनीले कतिको छली गरेको छ भन्ने विवरण अझै नआई सकेका कारण अब अनुसन्धानबाटमात्र खुल्ने विभागले जनाएको छ । दुगडको कारखाना, कार्यालय र गोदाम तीनओटै ठाउ“मा छापा मारेको राजस्व विभागले पुष्टी गरेको छ ।
विभागका महानिर्देशक जन्मजय रेग्मीले दुगडले गरेको कारोबारमाथि निगरानी र अनुसन्धान भइरहेको बताएका छन् । तोलाराम दुगड समूहको पूजा, दाल, अमृत पल्सेसको साथै कोहिनुर दाल उद्योगमा छापा मारि कागजात नियन्त्रणमा लिएको छ । भारतबाट आयात गरी तेस्रो मुलुकमा दालजन्य वस्तुको कारोबारमा संलग्न एजन्ट र उनीहरुको कारोबारमाथि पनि विभागले निगरानी बढाएको छ ।
वीरगञ्ज, नेपालगञ्ज र टीकापुरमा भएको उद्योग र गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेर सील लगाएको छ । केएल दुगड समूह नक्कली भ्याट विल प्रकरणमा समेत परेको थियो । गत वर्ष यस प्रकरणबाट कममात्रामा राजस्व छली गरेको देखाउन सफल भएको सो कम्पनी यस पटकपनि सोही विषयमा पुनः छापा मारेपछि आफ्नो अबैध कारोबार ढाकछोपगर्न करोडौ रुपैयाँ दिने तयारीमा समेत रहेको स्रोतले जनाएको छ ।
यस कम्पनीस“ग दैनिक ५० मेट्रिकटन दाल प्रशोधन गर्ने Ôमता रहेको छ । कम्पनीले ज्ञान मसुर (रातो), चना र कालो दाल, दालबाट उत्पादन गरेको आशिर्वाद बेसन निर्यात गदै आएको छ ।
सो कम्पनीले भारतबाट चोरीनिकासी गरी ल्याएको अबैध दाललाई बंगलादेश निर्यात गरेको सूचनाको आधारमा विभागको केन्द्रबाट गएको टोलीले उद्योग र गोदाममा छापा मारेको हो । टिएम दुगड ग्रुपले जलविद्युत्, बिमा, बैंकिङलगायतका Ôेत्रमा समेत लगानी गरेको छ । भारतबाट ल्याएको वस्तु अर्को मुलुकमा निर्यात गर्न नपाउने कानुनी व्यवस्था छ ।
विभागका अनुसार दुगड समूहले भारतबाट चोरीपैठारी गरी ल्याएको दाल नेपाली उत्पादन भन्दै बंगलादेशमा बेच्ने गरेको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विभागका निर्देशक भरत सुवेदी नेतृत्वको टोलीले नेपालगञ्जमा रहेको पूजा दाल मिल र कैलालीको टीकापुरमा रहेको शाखामा छापा मारेको थियो । निर्देशक सुवेदीले उत्पादनभन्दा निर्यात बढी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाए । त्यसैगरि, अर्जुन थापा नेतृत्वको टोलीले वीरगञ्जमा रहेको अमृत पल्र्समा छापा मारेको थियो । गु्रपले भारतबाट चोरीनिकासीमार्फत ल्याएको दाल बंगलादेश पठाएर सरकारबाट नगद अनुदान लिने गरेको विभागको आशंका छ । नेपालमा दुगड समूहले ठूलो परिमाण्मा स्थानीय किसानस“ग दाल खरिद गरेको देखाएर भारतबाट आयातित दाल बंगलादेश निकासी गर्दै आएको समेत सूचनामा उल्लेख गरिएको छ ।
सूचना दिने समुहको पहिचान भने विभागले गोप्य राखेको छ । उद्योगपति मोतिराम दुगड समुहले सरकारका कर्मचारीस“ग मिलि स्वदेशी भन्दै भारतीय गुणस्तरहिन सामान तेस्रो मुलुक निकासी गर्दै आएको छ । सो कम्पनीले दलहन भित्रयाएर नेपाली उत्पादनको उत्पतिको नक्कली प्रमाण–पत्र बनाएर बंगलादेशको बजारमा निर्यात गर्दै आएको आशंकामा विभागको रहेको छ । स्वदेशी उत्पादन विदेश निकासी गर्दा सरकारले निकासी मूल्यको चार प्रतिशत सम्म अनुदान दिने गरेको कारण व्यवसायीले सो नक्कली प्रमाणहरु प्रयोगगरि सरकारको ढुकुटीबाट रकम लिएको खुलासा समेत भएको छ ।
दुगडको दाल उद्योगले लामो समयदेखि राजस्व छल्दै आएको भन्ने ७ वटा गोप्य सुचनाका आधारमा छापा मारिएको बताइएको छ । यसरी सरकारी कर्मचारीको मिलेमतोमा भारतबाट दाल आयात गरि बंगलादेश पठाएर सरकारबाट वार्Èिक करोडौं रुपैया“ अनुदान लिंदै आएको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.