आन्तरिक राजस्व बढाउने उपाय
राजन खनाल |
नेपालको कर प्रणाली व्यापारमुखी छ । अर्थात् आयातबाट हामीले बढी राजस्व
सङ्कलन गरिरहेका छौं । आयातबाट बढी कर सङ्कलन हुनु भनेको निर्यात कम हुनु
हो । आयातबाट प्राप्त करले राजस्वको स्थायित्व हुँदैन । आन्तरिक स्रोतबाट
राजस्वको आकार बढ्नुपर्छ । यसले करलाई दिगो र बलियो बनाउँछ । पछिल्ला केही
वर्षदेखि हाम्रो निर्यात क्रमशः कमजोर बन्दै गइरहेको छ । अर्थात् आयात
बढेको छ । यसबाटै बढी कर सङ्कलन भइरहेको छ ।
त्यसैले आन्तरिक करलाई बलियो बनाउनका लागि उद्योगधन्दाको विस्तार हुन अति जरुरी छ, जसबाटै आन्तरिक कर बलियो हुन्छ । आन्तरिक कर तीन प्रकारका छन्– आय कर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क । यी तीन प्रकारकै कर सन्तुलित भए आन्तरिक राजस्व प्रणाली दिगो हुन्छ । अहिले कुल राजस्वको ५० प्रतिशत भन्सार बिन्दुबाट सङ्कलन भइरहेको छ । यसको अर्थ कुल राजस्वको ५० प्रतिशत अंश आयातमा नै निर्भर छ । तर, यस्तो कर दिगो र स्थायी हुँदैन । त्यसैले यसलाई कम गर्न आवश्यक छ । आन्तरिक कर बलियो हुनका लागि उद्योगधन्दाको विस्तार र सेवाक्षेत्रलाई बढाउनुपर्छ । साथै कृषिमा यन्त्रीकरण हुँदै औद्योगिकीकरणमा लैजानुपर्छ ।
त्यस्तै आन्तरिक रूपमा दूरसञ्चार, शिक्षा र स्वास्थ्यलाई करको दायरामा ल्याएर मूल्य अभिवृद्धि करमा जोड्नुपर्छ । यो भनेको उपभोगमा आधारित कर हो । त्यसैले मूल्य अभिवृद्धि करलाई नै अब करको मूलस्रोतका रूपमा लिइनुपर्छ, यो स्थायी र दिगो कर हो । त्यस्तै आयकर राम्रो हुनका लागि उद्योगधन्दा बढी स्थापना हुनुपर्छ । त्यसका लागि मुलुकमा औद्योगिक वातावरण बन्नुपर्छ । बहुराष्ट्रिय कम्पनीको आगमनका लागि लगानी अनुकूल वातावरण हुनुपर्छ । यस्ता कम्पनीले बढी नाफा गरी कर तिर्छन् । चालू आवको अर्धवार्षिक समीक्षा अवधिमा आयकर ३० प्रतिशत सङ्कलन भएको छ । यसलाई सन्तोषजनक मान्नुपर्छ ।
बैङ्क तथा वित्तीय संस्थाको सञ्जाल विस्तार भएको छ । यसले रोजगारी बढाएको छ भने संस्थाको नाफा पनि बढेको छ । यसो हुँदा आयकर बढेको हो । तर, आयकरको अर्को प्रमुख पाटो पनि छ– संस्थान, उद्योगधन्दा र तिनको उत्पादन । अहिले उद्योगधन्दा र संस्थानहरू घाटामा छन्, यसकारण अहिलेकै आकारको आयकर आउँदा वर्षमा कायम रहनेमा शङ्का छ । त्यसैले आयकरको स्थायित्व पनि कमजोर देखिन्छ ।
भएका उद्योगधन्दा नाफामा जाँदा नयाँ उद्योगका लागि लगानीकर्ता आकर्षित हुन्छ । त्यसो हुँदा एकातिर नयाँ रोजगारीको अवसर सृजना हुन्छ भने अर्कोतिर रोजगारीले व्यक्तिको आम्दानी बढ्छ, जसले आयकर बढाउँछ । आयकर बढ्नु भनेको राजस्वको स्रोत दिगो र स्थायी हुनु हो । मुलुक धनी हुनुका लागि व्यक्ति धनी हुनुपर्छ, जसले आर्थिक वृद्धिदर बढ्न सहयोग पनि हुन्छ । त्यसैले अहिले सरकारले गर्ने लगानी र निजीक्षेत्रले गर्ने लगानी राजस्वलाई पक्षपोषण गर्ने खालको हुन आवश्यक छ । यसो भयो भने व्यक्तिले रोजगारीका अवसर पाउँछन् । यसले करको संरचनालाई फराकिलो बनाउँछ ।
करको तेस्रो महत्वपूर्ण स्रोत भनेको अन्तशुल्क नै हो । व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर पर्ने रक्सी, चुरोट, बियरजस्ता वस्तुमा सरकारले अन्तःशुल्क कर लगाउँछ । अन्तःशुल्क अधिकांशतः सरकारले प्रत्येक वर्ष बढाउँछ । जनस्वास्थ्यमा असर कम होस् भन्नका लागि कर प्रत्येक वर्ष बढाइएको हो । यद्यपि यसको प्रयोग भने बढ्दो रूपमै छ । कुन क्षेत्रबाट बढी अन्तःशुल्क सङ्कलन भएको छ भन्ने कुराको पनि विश्लेषण गर्नु जरुरी छ । अन्तःशुल्कमा सबभन्दा बढी योगदान चुरोटबाट हुने गरेको छ । त्यस्तै मिनरल वाटर, बालुवा, ढुङ्गामा पनि अन्तःशुल्क लगाई करको दायरा अझ फराकिलो बनाउन आवश्यक छ । यसो भयो भने आयातबाट प्राप्त हुने करलाई पनि कम गर्न सकिन्छ । यसबाट हाम्रो आन्तरिक करसमेत बलियो हुन्छ ।
हामीले आयातबाट प्राप्त हुने राजस्वलाई कम गर्न सम्भावित क्षेत्रको पहिचान गर्नुपर्छ । जस्तो मोटर, इन्धन हाम्रो मुलुकमा उत्पादन गर्न सकिँदैन । यी वस्तुको आयातको विकल्प छैन । तर, हामी चामल त उत्पादन गर्न सक्छौं । चामल पनि अहिले आयात गर्नुपरिहेको अवस्था छ । यति मात्रै होइन, हामीले मासु, दूध हरियो सागसब्जी पनि आयात गरिरहेका छौं । यी वस्तुको आयात प्रतिस्थापन गर्न सरकारले यी क्षेत्रमा लगानी विस्तार गर्नु आवश्यक छ । आन्तरिक उत्पादन बढी भएपछि आन्तरिक राजस्व पनि बलियो हुन्छ । सरकारले आयात कम गर्नमा बढी ध्यान दिनुपर्छ । यसका लागि त आन्तरिक उत्पादनलाई बढाउन आजकै दिनबाट ठोस कामको शुरुआत गर्नुपर्ने देखिन्छ ।
हाम्रो अर्थतन्त्रलाई आयातले थिचेको अवस्था छ । आयातको तुलनामा निर्यातको अवस्था दयनीय छ । यसले मुलुकको आर्थिक सन्तुलनमा नै प्रतिकूल प्रभाव पार्छ । आयात र निर्यातलाई सन्तुलनमा ल्याउनका लागि आन्तरिक उत्पादन वृद्धि गर्नुपर्छ । आन्तरिक राजस्वको आकारलाई फराकिलो बनाउने र निर्यातमूलक अर्थतन्त्रमा जोड दिने भरपर्दो क्षेत्र कृषि नै हो । शुरुआती चरणमा कृषि उत्पादनमा कर पनि लगाउनु हुँदैन । कृषि उद्योगका रूपमा स्थापना भएपछि करको दायरामा ल्याउनुपर्छ । जस्तो गहुँमा कर नलगाए पनि मैदा उत्पादन गर्ने उद्योगलाई कर लगाउन सकिन्छ । यस्ता उद्योगले एकातिर रोजगारी अभिवृद्धि गर्छ भने अर्कोतिर आन्तरिक मागलाई पूरा गरी निर्यात पनि गर्छ । त्यसैले यस्ता उद्योगलाई करको दायरामा ल्याउन आवश्यक हुन्छ । अहिले औपचारिक क्षेत्रमात्र करको दायरामा आएका छ । तर, अनौपचारिक क्षेत्र पनि निकै सक्रिय भइरहेको छ । त्यसैले उल्लेख्य कारोबार गर्ने तर करको दायरामा नसमेटिएका क्षेत्रलाई करको दायरामा ल्याउने हो भने पनि आन्तरिक करको बलियो बन्छ । साना तथा घरेलु उद्योगलाई पनि करको दायरामा ल्याउनुपर्छ । बढी कर नलगाउने तर दायरा फराकिलो बनाउने रणनीति सरकारको हुनुपर्छ । यसो गरियो भने पनि आन्तरिक कर बलियो बन्दै जान्छ ।

राजस्व वृद्धिलाई स्थायी बनाउने हो भने करको दर होइन दायरा बढाउनुपर्छ ।
दायरा मात्र फराकिलो बनाउने हो भने कर बढी सङ्कलन हुन्छ । आन्तरिक करको
दायरा फराकिलो बनाउनका लागि निजीक्षेत्रलाई सरकारले लगानीको वातावरण
मिलाउनुपर्छ । अहिले कृषिका धेरै क्षेत्र करको दायरामा आएका छैनन् । कृषि
आधुनिकीकरण हुँदा करको दायरा पनि बढ्छ । त्यसैले सरकारले प्रारम्भिक चरणमा
निजीक्षेत्रलाई आकर्षण गर्नै लगानीका लागि प्रोत्साहन र सहयोग गर्नुपर्छ ।
जलस्रोतबाट पनि ठूलो मात्रामा कर सङ्कलन गर्न सकिन्छ । कृषि
क्षेत्रबाट उठाइने करभन्दा जलस्रोतबाट बढी हुन्छ । भुटानले विद्युत्बाटै
ठूलो कर सङ्कलन गरेको छ । त्यसैले जलस्रोतबाट ठूलो मात्रमा कर सङ्कलन गर्न
सकिन्छ भन्ने प्रमाणित भएको छ । यसबाट प्राप्त हुने विदेशी मुद्राले
शोधनान्तर बचत पनि बलियो हुन्छ । साथै, व्यापारघाटा पनि कम गर्न सकिन्छ ।
निजीक्षेत्रले कृषि, जलविद्युत् र उद्योगमा लगानी बढाउनुपर्छ न कि
व्यापारमा मात्रै । यसो हुँदा निजीक्षेत्रको लगानी पनि सही क्षेत्रमा आउँछ ।
र, आन्तरिक करको दायरा पनि फराकिलो हुन्छ ।
लेखक अर्थ मन्त्रालयका सहसचिव हुन् ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.