कर छलीगर्ने पेशाकर्मीको अनुसन्धान गर्न छुट्टै इकाई
रोशन कार्की
काठमाडौ । विभिन्न पेशा र विलाशिता जीबन विताएकाहरुलाई करको दायराभित्र ल्याउनकालागि सरकारले छुट्टै इकाइ बनाएर छानविन गर्ने भएको छ । सरकारलाई बुझाउनु पर्ने आयकर र अभिवृद्धिकर (भ्याट) नबुझाउने तर विलाशिता जीवन बिताएकाबाट करोडौ रुपैयाँको कर छली गरेको सूचना आन्तरिक राजस्व विभागमा गरेपछि सो इकाइ स्थापना गरेर अनुसन्धान गर्ने तयारी सरकारले गरेको हो । करोडौंको आम्दानी गर्ने ठूला व्यवसायीहरु कहिले कर छली, कहिले नक्कली भ्याट बिल प्रकरण, कहिले मिसम्याच प्रकरणमा राजस्वको अनुसन्धान भएपनि लामो समयदेखि अन्य पेशामा रहेकाहरु करको दायरामा नआएपछि विभागले कडाइकासाथ नयाँ कारवाहीको योजना अगाडि सारेको हो ।
मासिक लाखौं रुपैयाँ कमाउने, तर कर नतिर्ने पेशाकर्मीहरु पनि अब राजस्वको अनुसन्धानको कठघरामा पर्ने प्राय ः निश्चित रहेको छ । विभागले यस्ता ‘हाई नेटवर्थ इन्डिभिजिवल’ अर्थात उच्च आय गर्ने ब्यक्तिहरुको विवरण तयार पारि सकेको जनाउदै सो विवरणमा अनुसन्धान भइरहेको जनाएको छ ।
ठूलो आम्दानी गर्ने तर कर नतिर्ने पेशाकर्मीको फाईलमा डाक्टर, इन्जिनियर, वकिल, एनजीओ, आइएनजीओमा काम गर्ने र विदेशी कम्पनी तथा संस्थाहरुमा कन्सल्ट्यान्टको रुपमा काम गर्नेहरुको नाम र विवरण बढीमात्रामा रहेको छ । विभागले उनीहरुको बैङ खातादेखि अन्य सबै सम्पत्तीको प्रारम्भिक अनुसन्धान गरेको छ । सोही अनुसन्धानबाट फाईल नै तयार गरिसकेको छ । हाल विभागले अनु्सन्धान भईरहेका विवरणमा ठूला राजनीतिक पार्टी निकट र बिभिन्न पेशा गरेर उच्च आम्दानी गर्नेहरु धेरै रहेका छन् । उच्च जीवन शैलि भएका तर कर नबुझाएका पेशाकर्मीको अनुसन्धान गर्न छुट्टै इकाई नै बनाएर काम सुरु गरेको विभागका महानिर्देशक टंकमणि शर्माले बताए ।

उनका अनुसार पहिलो चरणमा मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाउने वकिल १० हजार जना रहेको जनाए । महानिर्देशक शर्माका अनुसार डाक्टर, वकिल, इन्जिनियर जस्ता उच्च तहको पेशा गर्नेहरुमध्ये धेरै करको दायराबाट बाहिर रहेका छन् । दायरामा आएकाहरुले पनि आफ्नो यथार्थ आम्दानीको विवरण नबुझाएको उनले बताए । ‘करको दायरामै नआएहरुको अनुसन्धानसँगगै कर तिरि रहेकाहरुले बुझाएको विवरण पनि ठीक छ कि बेठिक छ भन्नेबारे पनि अनुसन्धान भई रहेको महानिर्देशक शर्माले भने । धेरै कमाउने धनी पेशाकर्मीहरुको अनुसन्धानमा विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागबीच सहकार्य हुने भएको छ । सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले पनि नवधनाढ्य र यस्ता उच्च आम्दानी गर्नेहरुको अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा राजस्वले संकलन गरेको सूचनालाई पनि लिएर सहकार्य गर्ने अनुसन्धान विभागले जनाएको छ ।
विभागले १ सय ३१ जना अनुसन्धानमा पनि यस्ता नवधनाढ्यहरु परेका छन् त्यसबाहेक अरुको पनि अनुसन्धानका क्रममा रहेको जनाएको छ । विभागले पनि यो अनुसन्धानमा सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागसँग सहकार्य हुने जनाएको छ ।
उच्च आम्दानी गर्ने पेशाकर्मीहरुको बारेमा अनुसन्धान सुरु गर्न लागेको विभागले उनीहरुलाई करको दायरामा आउन नयाँ योजना समेत ल्याएको जनाएको छ । विभागले बजेटमै व्यवस्था भए अनुसार चिकित्सक, कलाकार, इन्जिनियर, वकिल, लेखापरीक्षक, लगानीकर्ता, परामर्श सेवा प्रदायक, कमिसन एजेन्ट, सेवा निवृत्त कर्मचारी, शिक्षक, प्रध्यापक लगायतलाई करको दायरामा आउन योजना सहितको सुविधा ल्याएको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०६७÷०६८ र २०६८÷ ६९ को आय विवरण बुझाएर लाग्ने कर तिरेमा त्यसअघिको आम्दानी जति भए पनि कर नलाग्ने र विवरण खोजी नहुने ‘योजना’ ल्याएको हो । त्यसैगरी, कर नतिर्ने व्यवसायिक फर्मको विवरण तयार छ । साना व्यवसाय, घरेलु उद्योग, सहकारी लगायत छन् । सहकारी विभागमा २७ हजार सहकारी दर्ता भएपनि करको दायरामा १० हजार मात्रै आएको रावस्व विभागले जनाएको छ । घरेलु उद्योग विभागमा १ लाख फर्म दर्ता भएपनि ५० हजार मात्रै करको दायरामा छन् । साना होटलहरु ५ हजार भन्दा धेरै भएपनि २ हजार मात्रै करको दायरामा छन् । यी करको दायरामा आउन बाँकी सबै फर्मको विवरण विभागले तयार गरेको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.