हुन्डीमार्फ दैनिक रकम पलाएन
रोशन कार्की
काठमाडौं । नेपालीहरुले विदेशमा बैकिङ बैंकिङ प्रणालीबाट पुँजी नलगी हुन्डीबाट रकम बाहिरिने क्रममा वृद्धि भएको छ । राजधानी र बाहिर प्रशस्तै खुलेका हुन्डी कारोबारीले यहाँ रकम बुझाएपछि विदेशमा त्यहीको मुद्रा वा डलर दिने सजिलो सुविधा भएकाले नेपाली व्यापारीहरुले अबैध हुन्डीको करोबार गरेका छन् । सरकारलाई कर बुझाउनु नपर्ने र आफुलाई चाहे अनुसारको रकम लैजाने भएकाले कानूनी रुपमा भन्दापनि अबैधरुपमा रकम विदेश पठाउने माध्यमका रुपमा हुन्डीलाई रोजेको पाइएको छ ।
भारतको उत्तराखण्ड, सिक्किमलगायत तेस्रो मुलुकमा समेत नेपालीहरुको ठूलो मात्रामा बसोबास भएकाले नेपाल आउने र जानेको सहायतामा रकम विदेश पठाउने गरेका छन् । यहाँबाट हुन्डीबाट जति पनि पैसा बाहिर लैजान सकिने भएकाले व्यवसायीहरुले हुन्डीको कारोबार रोजेका हुन । हुन्डी सञ्चालकले बैंकभन्दा बढी कमिसन लिने गरेका छन् । व्यवसायीका अनुसार अहिले १ डलर बराबर ९१ रुपैयाँ तिर्ने हो भने हुन्डी कारोबारीले जति पनि पैसा विदेशमा भुक्तानी दिने गरेका छन् । यो प्रचलित विनिमय दरभन्दा दोव्वर रहेको छ
पछिल्लो समयमा वैदेशिक रोजगारीमा गएकाले ज्यालाबापत थाप्ने विदेशी मुद्रा समेत हुन्डीमार्फत कारोबार हुदै आएको छ । अर्थमन्त्रालयको अनुमानमा कोरियामा रोजगारी गर्ने नेपालीले गत वर्ष १५ अर्ब रुपैयाँ ज्यालाबापत बुझेको जनाएको छ । सो रकम अधिकाशं हुन्डीमार्फत नेपाल पठाउने गरेको अनुमान मन्त्रालयको रहेको छ । रेमिट्यान्सको उल्लेख्य हिस्सा कोरियाबाट हङकङ हुँदै अमेरिकासम्म पुग्ने गरेको सूचना प्राप्त भएको अर्थसम्बद्ध उच्च स्रोतले जनाएको छ । रेमिट्यान्सबापत मुलुकमा भित्रिनुपर्ने पुँजी बाहिरै कब्जा हुन थालेकाले पनि रेमिट्यान्सको वृद्धिदरमा गिरावट आउन थालेको स्रोतको दाबी रहेको छ ।
यो प्रवृत्ती नियन्त्रण गर्न नसके मुलुकको विदेशी विनिमय सञ्चितीमा गम्भीर असर पर्न सक्ने अर्थस्रोतको रहेको छ । दिल्ली, हङकङ र सिंगापुर नेपालसँग जोडिएको हुन्डी कारोबार हुने प्रमुख केन्द्र हुन् । पछिल्लो समयमा राष्ट्र बैंकले समेत हङकङमा हुन्डी कारोबार मौलाएको जनाएको छ । हुन्डी कारोबारीले विदेशी मुद्रा प्राप्त गर्ने अर्को स्रोत विदेशी कम्पनीका नेपालस्थित कमिसन एजेन्टले पाउने गरेको छ । यस्ता एजेन्टले कमिसनबापत पाउने रकम विदेशमै खाता खोेलेर राख्ने गरेका छन् । यिनले हुन्डी कारोबारीलाई विदेशी मुद्रा बिक्री गर्ने गरेको स्रोतको भनाई रहेको छ ।

यसबाहेक स्थानीय तहमा विदेशी मुद्रा संकलन गरी बाहिर लैजाने पनि गरिएको छ । गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवा करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएपछि सो रह¥य खुलेको हो ।
यसैविच, काठमाडौंका विभिन्न स्थानबाट अवैध रुपमा साचालन भइरहेको हुन्डीको कारोबार रोक्न र सो कार्यामा संलग्न रहेकामाथि कडा कारबाही गर्ने भन्दै गत वर्षदेखि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेपनि अझै सो कारोबारमा संलग्नमा रहेकालाई कारवाही गर्न सकेको छैन । विभागले गत वर्षको वैशाख महिनामा राजधानीको विभिन्न स्थानमा छापा मारेर पक्राउ परेकाबाट पाएको विवरण अनुसार विभागले सो कार्यलाई नियन्त्रण गर्न र चाँडोभन्दा चाँडो सो समस्या समाधान गर्न नेपाल राष्ट्र बैंक, केन्द्रीय अपराध अनुसन्धान ब्युरो सीबीआई र नेपाल प्रहरीको संलग्नतामा सो विषयमा अनुसन्धान गरेको भएपनि सो बारे सरकारले कुनै कारवाही गर्न सकेको छैन् । अनुसन्धानबाट प्राप्त रिपोर्टका आधारमा सो कार्यमा संलग्न भएको भेटिएको खण्डमा अवैध कार्य गर्नेमाथि राजस्व चुहावट विदेशी मुद्रा अपचलन ऐनअनुसार कारबाही हुने प्राबधान रहेको छ । विभागका अनुसार हाल राजधानीमा मात्र सो अवैध धन्धा साचालन गर्नेको संख्या चार दर्जनको हाराहारीमा रहेको अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।
यसरी अन्य व्यवसायको नाममा राजधानीको विभिन्न स्थानमा स्थापना गरेको कार्यालयबाट लामो समयदेखि हुन्डीको कारोबार गर्नेहरुमा नारायण पौडेल, बच्चु पौडेल, विष्णु खत्री, सुमन खत्री, राजेन्द्र श्रेष्ठ, प्रदीप सरिया, गोविन्द सरिया, शोभा खरेल, मोहन अग्रवाल, पवन सरिया, हरि चिरानिया, राजु मालु, मदन केसी, कृष्ण ज्ञावाली, शिवरत्न पोछार, दिनेश श्रेष्ठ, अशोक श्रेष्ठ, नेत्रविक्रम पौडेललगायत अन्य रहेको अनुसन्धानबाट खुलेको छ । विभिन्न तवरबाट गरको अनुसन्धानबाट हुन्डी कारोबार गर्नेको पहिचान भएपनि उनीहरुमाथी अझैसम्म कुनै कारवाही हुन सकेको छैन ।
विभिन्न स्थानमा भिन्न प्रयोजनका लागि खुलेका कार्यालय होटल र गेस्टहाउसबाट अवैध रुपमा हुन्डीको कारोबार हुने गरेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतका बजारमा उनीहरुले हुन्डीमार्फत कारोबार गर्ने गरेका छन् । नेपाल र चीनबीचको व्यापारिक कारोबारमा नेपाली व्यापारीहरुले राजधानीको नयाँ बसपार्कस्थित रहेका विभिन्न होटल र गेस्ट हाउस र आफ्नै घरबाट हुन्डीमार्फत रकम तिब्बतको ग्वान्जाउ सहरसम्म पठाउने गरेका छन् ।
ट्राभल एन्ड टुरको कार्यालय स्थापना गरी तेस्रो मुलुक र भारत चीनमा हुन्डीको कारोबार गर्ने भएकाले अर्बौं रुपैयाँ राजस्व देशलाई नोक्सानी भएको भएको समेत विभागले जनाएको छ । ट्राभल्सको कारोबार गर्ने भन्दै खुलेका ट्राभल्स ऐजेन्सीहरु सिंगापुर इन्टरप्राइजेज सुन्धारा, धाख्वा विलिङ, मनकामना ट्राभल्स दरबारमार्गको इमिरेट्स ट्राभल्स सुन्धाराको युनिक ट्राभल्स एन्ड टुस्र एडभान्स मनी ट्रान्सफर र पशुपति मनी ट्रान्सफरबाट भारत चीन अस्ट्रेलिया दक्षिण कोरिया र खाडी मुलुकमा बढी मात्रामा हुन्डीमार्फत कारोबार हुने गरेका छन् ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.