दशैंको पुर्वसध्यामा काला बजारिया बढे
रोशन कार्की
काठमाडौं । चाडपर्वको पूर्वसध्यामा व्यवसायीहरुले विभिन्न बहाना देखाएर अत्याबश्यक बस्तुहरुको कालाबजारी सूरु गरेका छन् । अस्थिर सरकारको मौकाछोपी व्यवसायीहरुले अत्याबश्यक बस्तुदेखि सवै सामानमा आफु खुशी मुल्यवृद्धि र कृत्तिम अभाब सृजना गर्न सुरु गरेको सम्बन्धि उपभोक्ताहरुले बताउन थालेका छन् । हिन्दुहरुको महान पर्वको रुपमा रहेको वडादशै र तिहारमा अत्याधिकमात्रामा खाद्यन्न र अन्य सामानको खपत हुनेभएपछि व्यवसायीहरुले आफुखुशी मुल्यवृद्धिसंगै कृत्तिम अभाव सृजना गरेको चावहिलका रत्नलाल मर्हजनले बताए ।
नेपालमा काला बजारियाहरुकोे नियन्त्रणमा बजार रहेका कारणले उपभोक्ताहरुले मंहगोमा दैनिकी चलाउनु पर्ने बाध्यता रहेको छ । दैनिक प्रयोगमा आउने दुध, चिनी, मट्टीतेल, नुन, पिठो र मसला जस्ता चिजहरुमा मनलागि मूल्य बढाएका छन । बजारमा ति सामानहरु प्रशस्तै छन् तर, आफुखुशी मुल्य तोकी उपभोक्तासंग चर्को मूल्य असुल्नकालागि सामानको कृत्तिम अभाव नै सृजना गरेका छन् । यो पटक सामान नै नआएको, डिलरले नदिएको भन्दै अनेक बहाना देखाई मंहगोमा सामान बिक्री गदै आउदा समेत सरकारको ध्यान त्यसतर्फ जाननसक्दा उपभोक्ता मारमा परेका हुन । व्यवसायीले दोब्बर मुल्य असुली गर्ने गरेका छन् ।
काला बजारियाहरुलाई स्थानिय स्तरमै कारवाही गर्न सक्ने अधिकार उपभोक्ता सरक्षण ऐनले पनि दिएको छ । त्यस्तो अनुगमन र कारवाही गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई छ । तर सरकारले तिनलाई परिचालित गर्न नसकेका कारण व्यवसायीका अनुसार मुल्य तिर्नू परेको गुनासो उपभोक्ताहरुको रहेको छ ।
चाडपर्व नजिकै गर्दा यतिबेला देशैभर खाद्यान्नको मुल्यमा ह्वात्तै बढेको छ । धेरैजसो दशै तिहार जस्ता ठूला चाडपर्वको मुखमा व्यापारीले कृतिम अभाव खडा गरी खाद्यान्नको मूल्य बढाउने गरेका छन् । दाल, चामल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुमा अहिले १ किलोग्राममा ५ देखि ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् ।
व्यापारीहरुले भने अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले यस्तो परिस्थिती आएको बताएका छन् । सरकारले नजिकिएको चाडपर्वको मुखमा व्यापारीहरु बाट बजारमा कृतिम अभाव सृजना गरेर सामानको कालो बजारी गर्न सक्ने आशंकाका सरकारले बजार अनुगमन गर्ने भनेपनि त्यसको खासै प्रभाव व्यवसायीहरुमा परेको छैन् । काला बजारी नियन्त्रणका निम्त्ति बजारमा हस्तक्षेप गर्ने योजना कार्यान्वयन गर्ने रणनीती सरकारले अपनाएपनि सो अनुसार कार्यान्वयन नहुदाँ उपभोक्ताहरु मारमा पर्नु परेको छ । स्थानीय प्रशासन, प्रहरी, भन्सार विभाग, आन्तरिक राजस्व कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले अनुगमन थाल्ने सरकारले जनाउदै आएको छ । वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले अनियमिततामा संलग्न देखीएमा त्यस्ता व्यापारीलाई तत्काल कारबाही गर्ने अधिकार स्थानीय अनुगमन अधिकारीलाई नै दिइएको बताइ ।
अभियान अन्तर्गत् थोक तथा खुद्रा उपभोग्य सामानका गोदाममा छापा मार्ने योजना सरकारको भएपनि अझैसम्म सो कार्य कार्यन्वयनमा आउन सकेको छैन । दशै तिहार आउन १ महिना बाँकी रहदाँ व्यापारीहरुलाई भने छोई सकेको छ । यही मौकालाई छापेर अहिले उनीहरुले धेरैजसो दैनिक उपभोग्य बस्तुको मूल्यमा भारी वृद्धि गरेका हुन । बजारमा उपभोग्य बस्तुको कृतिम अभाव खडा गरी थोक बिक्रेता देखि खुद्रा व्यापारीसम्मले आफु खुसी भाउ निर्धारण गर्दै आएका छन् । एउटै बस्तुको मूल्य पनि प्रत्येक खुद्रा तथा किराना पसलमा फरक फरक रहेको पाईएको छ । नेपाल बजारमा अधिंकाश खाद्यान्न भारतबाट आउने र त्यही मूल्य बढेकाले आफूहरु बाध्य भई भाउ बढाएको व्यापारीहरु दाबी रहेको छ । अहिले पनि सरकारले कालाबजारीलाई कारबाही गर्न सकेको छैन । बजारमा माग बढ्ने देखेपछि व्यापारीहरुले खाद्यान्नको कृतिम अभाव खडा गरी मूल्य बढाउने परम्परा नै बनेको छ ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.