व्यवसाय नदेखाउने तर गाडि चढ्नेमाथी सरकारको निगरानी
रोशन काकी
काठमाडौं । सरकारले आम्दानीको स्रोत लुकाई महँगा सवारी साधन र आलिसान महलमा बस्नेहरुको गोप्यरुपमा सम्पत्तिको छानविन सुरु गरेको छ । यस कार्यमा आफ्नो आम्दानीको स्रोत लुकाई कम सम्पत्ति देखाउने तर महँगा सवारी साधान खरिद गरि चढ्ने र महलमा बस्नेहरुको सम्पत्तिको छानविन गर्न थालेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
विभागका अनुसार कम आयस्रोत देखाउनेहरुलाई विलासी जीवनयापनको भरपर्दो आधरका बारेमा गोप्य अनुसन्धान गरेको विभागले जनाएको छ । यसरी विवरण पेसगर्न नसकेको खण्डमा उनीहरुमाथी कानुनी कारवाही गरिने समेत विभागले जनाएको छ । विभागका एक अधिकृतले भने सम्पत्तिको स्रोत र आयस्रोत कम देखाउनेहरुले कसरी महँगा गाडी र आलिसान महल बनाए सो रकम कहाँबाट आयो सो बारे छानविन गरिन लागेको हो । विभागका अनुसार यस्ता धनाढ्यहरुको सम्पत्तिको स्रोत नखुले सोको कारवाहीका लागि सम्पत्ति शुद्धिकरण नियन्त्रण कानुन अनुसार सरकारले कारवाही गर्ने जनाएको छ । स्रोत नखुलेको सम्पत्ति सरकारले जफत गर्ने छ । यदी स्रोत खुलेको तर कर नतिरेको फेला परेमा कानुन अनुसार जरिवाना र व्याजसहित असुल गरिने कानुन विद्यमान रहेको छ ।

विभागले दिएको जानकारी अनुसार पहिलो चरणमा वाग्मती आचलनमा दर्ता भएका पछिल्ला आठौं लटका मोटरगाडीमा अनुसन्धान सुरु गरिने भएको छ । सो लटमा जो कोहीले खरिद गरेको ५० लाख रुपैयाँ भन्दाबढीको सवारी साधान चढ्ने व्यक्ति तथा कम्पनीलाई विभागले अनुसन्धान गर्ने भएको छ । सो सम्बन्धमा यातायात व्यवस्था विभागको तथ्याङकमा सो लटमा ५० लाख रुपैयाँ भन्दामाथीको सवारी साधानहरु एक दर्जनभन्दामाथी दर्ता भएको जनाएको छ । राजस्व अनुसन्धान विभागले सोही सवारी साधान मालिकको कारोबार र कर विवरणबाट अनुसन्धान सुरु गरेको छ ।
आम्दानी र सम्पत्तिको स्रोत लुकाउनेहरुले बढीमात्रामा राजस्व हिनामिना गरेको र कर छली गरेको विभगको अनुसन्धानबाट खुल्न आएको छ । विभागले गरेको अनुसन्धानमा २ करोड १० लाख रुपैयाँमा खरिद गरेको कम्पनीले त्यही गाडीको खरिदमा तिरेको मुल्य अभिवृद्धि कर (भ्याट) बाहेक अन्य कर नतिरेको खुल्न आएको छ । त्यस्ता कम्पनीलाई सरकारले कालोसुचीमा राखी कारबाहीकालागि सिफारीस गरेको समेत विभगले जनाएको छ ।
विभागको अनुसन्धानमा सामान्य उपहारका सामानको पसलगरी बस्ने व्यक्तिले ७० लाख रुपैयाँको पजेरो खरिद गरेको, जग्गाको कारोबार गर्नेहरुले एक कारोड ३० लाख रुपैयाँको प्राडो किनेको र एक करोड भन्दाबढीको मर्सिडिज गाडी दाइजोमा दिएको समेत अनुसन्धानबाट खुलेको छ । विभागले तीनीहरुमाथि अनुसन्धान गरिरहेको छ भने एक कारोड भन्दाबढीको मर्सिडिज गाडी दाईजोमा दिनेको हैसियत र कारोबारमाथी पनि गोप्य रुपमा अनुसन्धान गरि रहेको छ ।
त्यसैगरी, सरकारले सामान्य व्यवसाय गरेको तर आलिसान महल बनाई विलासिता जीवन विताउनेहरु माथीपनि अनुसन्धान सुरु गरेको विभागले जनाएको छ । यस सम्बन्धमा विभागमा अबैधरुपमा सम्पत्ति कमाई राजस्व छली गर्ने र आलिसान महल र गाडी चढ्नेहरुको सूचना प्राप्त भईरहेको र सोही सूचनाका आधारमा आरोपीत व्यक्तिको डाटावेस बनाई निगरानी समेत सुरु गरेको जनाएको छ । व्यवसाय सामान्य देखाउने तर स्वीमिङ पुलसमेत बनाएर घर बनाउनेहरुमाथि विभागले पहिलो प्राथमिकतामा राखी अनुसन्धान सुरु गरेको छ । व्यवसाय गर्ने र अन्य तबरबाट सम्पत्ति कमाउनेहरुले प्रत्येक वर्ष सम्पत्तिको विवरण बुझाउनु पर्ने व्यवस्ता सरकारले गरको छ । यसरी सम्पत्ति विवरण बुझाउदा सम्पत्ति बढे अनुसार कर बुझाउनु पर्ने ऐनमा उल्लेख गरिएको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.