स्याउको बाक्सामा अवैध सामान, भन्सार प्रमुखद्वारा स्वीकार
रोशन कार्की
काठमाडांै । भन्सार विभागले विभिन्न नाकाबाट अवैध रूपमा प्रतिबन्धित सामानको खुलेआम आयात हुन थालेपछि गरेको कडाइलाई समेत चुनौती दिँदै व्यापारीले नयाँ तरिकाबाट सामान आयात गर्ने गरेको खुलासा भएको छ । भन्सार कर्मचारीको मिलिमतोमा हुने गरेको चोरी निकासी कार्यलाई पछिल्लो समयमा कर्मचारीकै योजनाअनुसारै व्यापारीले अवैध सामान बिनाभन्सार आयात गर्ने गरेको खुलासा भएको हो । प्राप्त विवरणअनुसार व्यापारी र भन्सार कर्मचारीको मिलिमतोमा पछिल्लो समयमा आएर स्याउ, लसुन, खुर्सानीको बाकसभित्र प्रतिबन्धित विद्युतीय सामग्री र पटकका आयात हुन थालेको सम्बन्धित भन्सार कार्यालयका भन्सार प्रमुखहरूले स्वीकारेका छन् ।
गत सातामात्र सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट कर्मचारीकै योजनाअनुसार पाँच कन्टेनर भ्यान स्याउ, लसुनको बाकसभित्र ती सामान आयात हुने गरेको एक व्यवसायीले जानकारी गराएका थिए । तातोपानी भन्सार कार्यालयका निमित्त भन्सार अधिकृत दयानन्द केसीले भने, ‘यस नाकाबाट अत्याधिकमात्रामा स्याउ र लसुनको आयात हुने गरेको छ, सबै बाकस खोलेर हेर्ने सम्भावना हँुदैन, सो बाकसमा व्यापारीले अवैध सामान लैजान सक्छन् ।’ उनले सबै बाकसको चेक जाँच गर्न जनशक्ति, समय र स्थानको अभावले सबै बाकस खोलेर चेकजाँच गर्न नसकिने भएकाले व्यापारीकै अनुसार भन्सार प्रज्ञापनपत्र दिएर सामान छुटाउने गरेको बताए । निमित्त भन्सार अधिकृत केसीले भने, ‘कम जनशक्ति र छिटो गाडी छुटाउन व्यापारीबाट दबाब हुने गरेकाले सामान्य चेकजाँच गरेर छोड्ने गरेका छांै ।’ स्याउ र लसुन ‘नन्रिक्स’ को कोटामा परेका कारण हामीले सामान्य चेकजाँच गरेर भन्सार प्रज्ञापनपत्र दिने गरेको बताए ।
सम्बन्धित व्यापारीले अवैध सामान ल्याउने दिन एकाएक भन्सार यार्डलाई खाली गराउने गरेको आरोपसमेत एक व्यवसायीले नाम नछाप्ने सर्तमा बताए । उनका अनुसार खासाबाट प्रतिबन्धित सामान आएको खण्डमा एकाएक भन्सार यार्डमा रहेका सबैलाई हट्न लगाउने गरेको र त्यहाँ एक÷दुईवटा कन्टेनरको चेक जाँचगरी अरू सबै बिनाचेक प्रज्ञापनपत्र तयार गर्ने गरेको जनाए । सो सामानको चेकजाँच गर्न अरू बेला जाँचकी जाने गरेको भए पनि प्रतिबन्धित सामानको आयात भएको समयमा आठजना भन्सार प्रमुखमध्ये व्यापारीले चाहेको मात्र भन्सार अधिकृत चेकजाँचमा जाने गरेका छन् ।

कमाण्डर पोष्ट दैनिकको कार्तिक १५ गतेको अर्थ पेजमा प्रकाशित |
निमित्त भन्सार अधिकृत केसीले सो कार्यलाई व्यापारीले दिएको विवरणलाई आधार मानेर मूल्यांकन गर्ने गरेको समेत बताए । यसै सम्बन्धमा सो नाकाका प्रमुख भन्सार अधिकृत मिमांशु अधिकारीसँग पटक–पटक सम्र्पक गर्दा पनि उनी सम्र्पकमा आउन चाहेनन् । निमित्त भन्सार अधिकृत केसीले प्रमुख भन्सार अधिकृत मिमांशु बुधबार बिहान ११ बजे नै कार्यक्षेत्रबाट काठमाडौं गएको बताए । उनले अधिकारी किन काठमाडांै गएको भन्नेबारे केही बताउन चाहेनन् । हाल सो भन्सार नाकामा केसीसहित दानबहादुर केसी, हरिभक्त केसी, श्यामप्रसाद बस्नेत, निरज रेग्मी, यमप्रसाद ढुंगाना, अर्जुन पाठक र विष्णुकुमार श्रेष्ठ भन्सार अधिकृतको रूपमा कार्यरत छन् । प्रमुख भन्सार अधिकृत मिमांशु सो नाकामा गएपछि अवैध रूपमा प्रतिबन्धित सामान आयतमा तीव्रता आएको पाइएको छ । सोही क्रममा ६ महिनाभित्र ३२ वटा कन्टेनर भ्यानलाई राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ भने अझै १३ जना भन्सार कर्मचारीलाई विभागीय कारबाही गरी अनुसन्धान गरिरहेको छ । नेपाली बजारमा चाडपर्वको अवसरमा फलफूलको माग उच्च रहने भएकाले सो मागलाई पूरा गर्ने भन्दै चीनको स्वशासित क्षेत्र तिब्बतको खासा बजारबाट स्याउले भरिएको कन्टेनरमा विद्युतीय सामग्रीको पाटपूर्जा राखेर नेपाल भित्र्याउने गरेको रहस्य स्थानीय व्यवसायीहरूले खोलेका हुन् । भन्सार कर्मचारीकै मिलिमतोमा हुने गरेको सो अवैध करोबारका कारण दैनिक करोडभन्दा बढी राजस्वसमेत गुमेको छ । हाल ९० प्रतिशत स्याउ चीनबाट आयात भइरहेको छ । गएको वर्ष चीनबाट ५० हजार मेट्रिक टन स्याउ आयात भएको थियो । आयात गर्न पूर्णरूपमा प्रतिबन्ध लगाएका कम्प्युटरको पाटपूर्जा, ल्यापटप, फोटोकपी मेसिनलगायत अन्य सामाग्रीको पाटपूर्जा रहेका छन् ।
कर्मचारीको आचरणमा सुधार भएन
काठमाडौं (कस) । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारी कर्मचारीहरूको आचरणमा सुधार गर्न कडा निर्देशन दिएको भए पनि अझैसम्म कर्मचारीको आचरणमा सुधार हुन नसकेको बताए । मन्त्री कोइरालाले विशेषगरी राजस्वअन्तर्गतका कर्मचारीका आचारणका कारण सेवाग्राही मारमा परेको गुनासो बढ्दै गएपछि आचारणमा सुधार गर्न निर्देशन दिए पनि भन्सार विभागअन्तर्गतका कर्मचारीमा भने अझै सुधार हुन सकेको छैन ।
व्यवसायी र कर्मचारीको मिलिमतोमा अवैध कारोबार हुने गरेका कारण राजस्व संकलनमा गिरावट आएको सेवाग्राहीले दुःख पाएको भन्ने सूचनाका आधारमा सरकारी कर्मचारीमाथि आफ्नो आचरण तत्काल सुधार्न अर्थमन्त्री कोइरालाले निर्देशन दिएका थिए । बुधबार अर्थमन्त्री कोइरालाले आचरण र व्यवहार सुधार्न कर्मचारीलाई निर्देशन दिएकै भोलिपल्ट भन्सार विभागका सुब्बा रेशम भण्डारीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर आएर आफ्नो आचरणमा सुधार नभएको प्रमाणित गरेका छन् । विभागका महानिर्देशक सूर्य आचार्यको पीएको रूपमा रहेका भण्डारीले महानिर्देश आर्चायलाई फोनमा खोजिएकोमा फोन नदिई हप्काउने र फोन दिन नमिल्ने भन्दै गालिगलौजसमेत गर्ने गरेका छन् ।

मन्त्री कोइरालाले कर्मचारीको व्यवहार सिंगो निकायकै परिचय भएकाले सदाचारी व्यवहारलाई आत्मसात् गर्न र जिम्मेवार भएर प्रस्तुत हुनसमेत निर्देशन दिएका थिए । अर्थमन्त्री कोइरालाले नियम, कानुन र राजस्वमा काम गर्ने कर्मचारीको आचरणमा समयसापेक्ष परिवर्तन नहुदाँ र बढी आलोचित भएको भन्दै सुधार्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनलाई लत्याउँदै विभागका कर्मचारीले महानिर्देशकलाई फोन नदिई अनावश्यक कुरा बोलेर हैरान बनाउने गरेको दुःखेसो सेवाग्राहीले पोखेका छन् । बिहीबार भन्सार विभागको परिसरमा पुगेका सञ्चारकर्मीसँग दुःखेसो पोख्दै एक सेवाग्राहीले नाम नछाप्ने सर्तमा भने, ‘भन्सार कार्यालयका कर्मचारीले विभिन्न बहानामा रकम मागेको बारे विभागका महानिर्देशकसँग प्रत्यक्ष भेटेर दुःखेसो पोख्न भनेर समय लिन खोज्दा निजका पीए भण्डारीले हकारेर बाहिर निकाले ।’ उनले अर्थमन्त्रीबाट आचरण सुधार गर्न निर्देशन दिएको भए पनि अझै सुधार नहुदाँ सेवाग्राहीले दुःख भोग्नुपरेको बताए । कर्मचारीहरूको व्यवहारबाट करदाताले हैरानी भोग्नुपरेको उजुरी मन्त्रालयमा परेको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.