अस्थिर सरकारका कारण गलैंचा निर्यातमा गिरावट
रोशन कार्की
काठमाडौं । केही वर्ष अत्याधिकमात्रामा विदेशी बजारमा निर्यात हुने गरेको नेपाली गलैचा पछिल्लो समयमा आएर वृद्धि हुने भन्दापनि झन् गिरावट हुनेक्रममा तीब्रता आएको छ । डेढ दशक अघि सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउने नेपाली गलैंचाको निर्यातमा गिरावट आउनुमा मुख्य रुपमा अस्थिर सरकारको कारण हुन गएको आरोप समेत सम्बन्धित व्यवसायीहरुले लगाएका छन् । व्यवसायीहरुका अनुसार स्थायी सरकार र अस्थिर राजनीतिकका कारण बढ्दो बन्द हड्तालले गर्दा समयमा माग भएको गलैचा पु¥याउन नसक्दा त्यसको प्रभाब निर्यातमा परेको जनाएका छन् । आर्थिक वर्ष ०६८÷०६९ मा २२ प्रतिशतले निर्यात बढेकोमा आर्थिक वर्ष ०६९÷०७० मा ५ दशमलव ७ प्रतिशतले गिरावाट छ । व्यवसायीहरुका अनुसार माग भएको समयमा सामान पु¥याउन नसक्नु, दक्ष जनशक्तिको कमी जस्ता कारणले गलैंचा निर्यातमा कमी आएको गलैंचा उद्योग संघको दाबी रहेको छ ।
गलैंचा उत्पादन गर्नका लागि चाहिने आवश्यक कच्चा पदार्थ ऊनी नेपाली बजारमा नपाउनु, माग भएको गुणस्तरीय सामान समेत बन्द हड्तालका कारण समयभित्र पु¥याउन नसक्नुले पनि निकासीमा गिरावट आएको दाबी संघको रहेको छ । हाल नेपाली बजारमा उच्च, मध्य र न्यून गरी तीन गुणस्तरको गलैंचा उत्पादन हुने गर्छ । कच्चा पदार्थको गुणस्तर, साइज र डिजाइन अनुसार मूल्य निर्धारण हुन्छ । आकार, प्रकार र गुणस्तर अनुसार मूल्य पर्ने भएपनि नेपाली बजारमा न्यूनतम ७ हजारदेखि २० हजार रुपैयाँ मूल्य पर्ने गलैंचा पाइन्छ ।

हाल नेपालमा झण्डै ९ सय गलैंचा उद्योग सञ्चालनमा रहेका छन् । उपत्यकमा मात्र ९५ प्रतिशत उद्योग रहेको व्यवसायीहरु बताउँछन् । गलैंचा निर्यात गर्दा शून्य भन्सार शुल्क लाग्ने गरेको छ । सरकारले गलैंचा प्रवद्र्धन र निर्यातकर्तालाई प्रोत्साहित गर्न २ प्रतिशत सहुलियत समेत दिदै आएको भएपनि सो निकासीमा गिरावट आइरहेको छ ।
नेपालमा उत्पादन भएको गलैंचा ९५ प्रतिशत युरोपियन देशमा निर्यात हुने गरेको छ । बाँकी ५ प्रतिशत नेपाली बजारमा नै खपत हुने गरेको संघले जनाएको छ । नेपाली गलैंचा जर्मनी, बेलायत, अमेरिका, फन्स, अष्ट्रेलिया, स्वीटजरल्याण्ड, इटली, टर्की र डेनर्माक लगायतका देशहरुमा निर्यात हुने गरेको छ । ऊनीबाट निर्मित गलैंचाको विदेशमा बढी माग हुने गरेपनि प्राकृतिक रेशादारमा पनि उत्तीकै आकर्षण छ । प्राकृतिक रेशाबाट निर्मित गलैंचाको प्रयोगले एलर्जी, उच्च रक्तचाप हुने मानिसलाई लाभदायक हुने विज्ञहरु बताउँछन् ।
विश्व वजारमा नै लोकप्रियता कमाउन सफल नेपली गलैँचाको निर्यात दर क्रमश ः घट्दै गएको छ । नेपालमा श्रमिक समस्या र राष्ट्रिय समस्याका रुपमा रहेको ऊर्जा संकटले गलैँचा निर्यातमा समेत प्रभावित भएको व्यवसायीको भनाइ रहेको पाइन्छ । नेपाल कार्पेट निकासी कर्ता संघका अनुसार एक दशकको अनुपातमा नेपाली गलैँचाको परिणत्मक रुपमा ७५ प्रतिशतले निर्यातमा गिरावट आएको छ । मूल्यको अनुपातमा गलैँचा निर्यातमा ५० प्रतिशतले गिरावट आएको संघको दाबी रहेको छ ।
पछिल्लो समयमा नेपालमा गलँैचाको भौतिक तथा रासायनिक परीक्षण गर्न प्रयोगशालाको अभाव रहेको कारणले पनि अन्तर्राष्ट्रिय बजारमा बजार लिन समेत कठिन भएको छ । नेपालको निर्यात घट्नुको मुख्य कारणको रुपमा गलँैचा उद्योगी यस पेसाबाट पलायन हुनुलाई पनि लिने गरिएको छ । हालसम्म उद्योगीहरु झण्डै ६० प्रतिशत पलायन भइसकेको संघको दाबी रहेको छन् ।
सन् १९९० मा देशभर भण्डै एक हजार चार सयको संख्यामा रहेका उद्योग अहिले पाँचदेखि ९ सयमा सीमित हुन पुगेको छ र उद्योग बन्द हुने क्रम बढ्दो छ । उद्योग बन्द हुने क्रमसँगै उत्पादनमा कमी आएको छ र यसले निर्यातमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । गलैँचा उद्योग संघका अनुसार सन् १९९४ मा झण्डै ३४ लाख वर्ग मिटर गलैँचा निर्यात भएकोमा सो परिणाम ११ लाख वर्ग मिटरमा सिमित हुन पुगेको छ ।
आर्थिक वर्ष २०५३÷०५४ मा २८ लाख ९० हजार वर्ग मिटर गलैचा निर्यात भएकोमा आव २०५४÷०५५ मा १५ प्रतिशतले गिरावट भई २४ लाख ४७ हजार वर्ग मिटर मात्र निर्यात भएको थियो । त्यस्तै सो परिणाममा गिरावट हुँदै आव २०६२÷०६३ सम्म आई पुग्दा १४ लाख २१ हजार वर्ग मिटर मात्र निर्यात हुन सक्यो । आव २०६३÷०६४ मा सो निर्यातको अवस्था १३ लाख ४१ हजार वर्ग मिटर हुँदै आव २०६४÷०६५ मा ११ लाख ४९ हजार वर्ग मिटरमा सीमित हुन पुग्यो । विश्व बजारमा हातबाट निर्माण गरिएको नेपाली गलँैचाको माग हुने गरेको छ । नेपालको निकासीजन्य वस्तुमा गलैँचा प्रमुख वस्तुको रुपमा रहँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सस्तो मूल्यमा गलैँचा माग भए अनुरुप नेपाली गलैँचा उत्पादन हुन थालेपछि गुणात्मक पक्ष खस्कँदै गएको छ । अनुसार सन् २००८ मा सबैभन्दा बढी जर्मनीमा ३७ प्रतिशत नेपाली गलैँचा निर्यात भएको थियो । त्यस्तै अमेरिकामा ३१ प्रतिशत, अस्ट्रेलियामा ८ प्रतिशत र बेल्जियम र बेलायतमा झण्डै चार–चार प्रतिशत निर्यात भएको थियो । २०६७÷६८ मा ४ अर्ब ८६ करोड ४ लाखको निर्यात भएको थियो । २०६६÷६८ मा ४ अर्ब ७ करोड ८७ लाखको निर्यात भएको नेपाल राष्ट्र बैंकको तथ्याङकमा उल्लेख छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.