कोषद्वारा ‘भवन भाडा टेन्डर’ रद्ध, पुन व्यापारिक प्रयोजनकालागि टेन्डर आह्वान
रोशन कार्की
काठमाडौं । कर्मचारी र ठेकेदारबीचको अबैध संलग्नतामा ललितपुरस्थित कर्मचारी सञ्चय कोषको भवन फरार सूचीका व्यक्तिलाई भाडामा दिने सम्बन्धमा स्वीकृत भएको बोलपत्र रद्ध गरिएको छ । ललितपुर उपमहानगरपालिका–५ स्थित कोषको नवनिर्मित ‘कर्मचारी सञ्चय कोष’ भवन व्यापारिक प्रयोजनका लागि भाडामा दिन टेन्डर आह्वान भई टेन्डर स्वीकृत फरार वित्तिय अमियोग लागेका व्यक्तीको कोषले बोलपत्र स्वीकृत गरेको थियो । टेन्डर आह्वानपछि परेका बोलपत्रमध्ये कोषका कर्मचारीको मिलेमतोमा रकम र जग्गा ठगी गिरोहका मुकुन्द माली (मालाकार) को टेन्डर बोलपत्र स्वीकृत भएको समाचार कमाण्डर पोष्ट दैनिकले प्रकाशित भएपछि कोषले बाध्य भएर सो टेन्डर रद्ध गरेको कोषका एक कर्मचारीले जनाएका छन् । नाम नछाप्ने सर्तमा दिएको जनाकारी अनुसार वित्तिय अभियोग लागेका मालीको बोलपत्र स्वीकृत भएकामा चौतफी विवाद भएपछि कोषले सो टेन्डर रद्ध गरेको बताए ।
‘कोषले दैनिक पत्रिकामा ‘भवन भाडा’ का बारेमा सार्वजनिक गरेको सूचनामा १० वटा बोलपत्र परेका थिए । बोलपत्रमध्ये मिलेमतोमा सुरक्षा निकायको रेकर्डमा ‘मोस्ट वान्टेड’ मा रहेका मालीलाई मासिक ६२ लाख ८ सय ८० रूपैयाँको बोलपत्र स्वीकृत गरिएको सूचना प्रकाशन भएपछि ठेकेदार मालीलाई टेन्डर दिएकोमा अन्य प्रतिस्पर्धीले आपत्ति जनाएका थिए । कोषले बोलपत्रदाता मुकुन्द माली –मालाकार) ले भाडा करार सम्झौतागर्न तोकिएको समयभित्र नआएको भन्दै उनको नाममा रहेको बोलपत्र रद्ध गरी पुन ः बोलपत्र आह्वान गरेको छ ।
ठेकेदार मालीबाट ठगिएका पीडितहरूले दिएको जानकारीअनुसार उनी ३० करोड रूपैयाँभन्दा बढी रकम ठगी गरी फरार रहेको जनाएका छन् । पीडितले दिएको विवरणमा मालीले झापास्थित ५० लाख रूपैयाँ पर्ने जग्गालाई ५५ लाख रूपैयाँ दिने लिखित सहमति गरेर तत्कालीन मनकामना बैंक (हालको यति डेभलपमेन्ट बैंक) मा जग्गा राखेर रकम लिएर भागेको, काठमाडौं महानगरपालिकाको त्रिपुरेश्वर, टेकुमा रहेको जग्गा, वसुन्धराको जग्गा र कीर्तिपुरको चोभारमा रहेको २१ आना जग्गासमेत विभिन्न बैंकमा राखेर रकम झिकी भागेको आरोपमा गत वर्ष नै प्रहरी प्रशासनमा मालीविरुद्ध उजुरी परेको थियो ।
मालीले चोभारको २१ आना जग्गा ज्योति विकास बैंकका कर्मचारीलाई झुक्याएर बिक्री गरेको समेत खुल्न आएको छ । जग्गाधनीलाई बचत नै नभएको बैंकको चेक दिएर झुलाउने र एक साताभित्र जग्गा अन्यलाई बिक्री गर्ने कार्यमा उनी संलग्न भएको समेत आरोप पीडितको छ । मालीले दर्ता गराएको ०७०÷७१÷१२५० को बोलपत्र ललितपुर–१ कुपण्डोलको ठेगानामा कोषमा पेस भएको थियो । कोषले कबोल गरेको मासिक भाडा एकमुष्ट एक वर्षको रकम ७ दिनभित्र नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको खाता नम्बर ७०००१०० मा जम्मा गर्न सूचना जारी गरेपछि रकम संकलन गर्नसमेत उनले विभिन्न आश्वासन दिँदै अग्रिम रकम उठाएको आरोप उनलाई लगाइएको छ । मालीले कोषलाई एक वर्षको भाडा ८ करोड रूपैयाँ बैंकमा जम्मा गरेको भौचर कोषको कार्यालयमा पेस गर्नुपर्ने थियो । मालीको ठगीका बारेमा समाचार प्रकाशित भएपछि उनी सो सम्झौता करार गर्न नआएको कोषले जनाएको छ । ३० व्यवसायीलाई कोषको भवनमा व्यापारिक सटर भाडामा दिने भन्दै अग्रिम ७० लाख रूपैयाँसमेत उठाए आरोप मालीमाथी लागेको छ ।
कुनैपनि टेन्डर आह्वानमा वित्तीय अपराध गरेर सुरक्षा निकायको ‘मोस्टवान्टेड’ को सूचीमा रहेका व्यक्तीलाई टेन्डर दिनु गैरकानूनी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले बताएका छन् । सरकारी काम कार्य वित्तीय अपराधीका रूपमा रहेका, कालोसूचीमा भएका र सुरक्षाकर्मीको खोजीमा रहेकालाई दिनु दिलाउनु कानुनविपरीत भएकाले सत्यतथ्य जाँचगरी कारबाही हुने उनले बताएका छन् ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.