विस्तारीत सडकले पु¥याएको असुविधा समाधान गर्न उजुरी
रोशन कार्की
काठमाडौं । सरकारले संचालनमा ल्याएको हेलो सरकारको उजुरीमा विस्तारीत सडकले जनजिवनमा पु¥याएको असरलाई समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा उजुरी परेको छ । तत्कालिन प्रधान्मन्त्री डा. वावुराम भट्टराईको पालामा स्थापना गरेको ‘हेलो सरकार’ कार्याक्रममा सवैभन्दा बढी गुनासो र उजुरी गृहमन्त्रालय मातहतको आएको छ । ०६८ कार्तिक १७ देखि २०७० मंसिरमसान्त सम्ममा सो सेवामा २७ हजार ३ सय ३४ वटा गुनासो तथा उजुरी आएकोमा गृहमन्त्रालय अन्तरगतमात्र ४ हजार २ सय ६२ वटा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयका सचिब कृष्णहरि बाँस्कोटाले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मंगलबार पत्रकार भेटघाट गरी सचिब बाँस्कोटाले सो उजुरी तथा गुनासो सार्वजनिक गरेका हुन । उनले मंसिरमसान्तसम्म प्राप्त २७ हजार ३ सय ३४ उजुरीमध्ये २६ हजार ३ सय २१ वटा फछ्यौट भई फछ्यौट भएको बताए । कुल उजुरीमा ९७ दशमलव ३५ प्रतिशत गुनासो तथा उजुरीमाथी कारवाही भईसकेको जनाएका छन् ।
सचिव बाँस्कोटाका दोस्रोमा शिक्षा मन्त्रालय अन्तर्गत ३ हजार ३४ वटा, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत १ हजार ७ सय ८९ वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत १ हजार ६ सय १३ वटा, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत १ हजार १ सय ५६ वटा, अर्थ मन्त्रालय अन्तर्गत १ हजार १ सय १४ वटा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत १ हजार ८० वटा र नेपाल विद्युत प्राधिकरणको ९ सय ३७ वटा उजुरी हेलो सरकारमा परेको तथ्याङक सार्वजनिक गरेका छन् ।
प्राप्त उजुरीमध्ये कुन मन्त्रालय र निकायसंग सम्बन्धित छ सोही निकायमा तत्काल कारवाहीकालागि विद्युतिय माध्यममार्फत पठाउने गरेको सचिब बाँस्कोटाले बताए । प्राप्त सबै गुनासो माथी सम्बोधन नगर्ने निकायमा उद्योग, पर्यटन, भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालय रहेको समेत उनले जनाए । सो मध्ये गुनासो फछ्यौटमा सबैभन्दा कमजोर निकाय नेपाल दुरसंचार कम्पनी रहेको बताए । सो कम्पनीमाथी ४ सय ४१ वटा गुनासो प्राप्त भएकोमा १ सय ६७ वटा गुनासो मात्रै सम्बोधन भई फछ्यौट प्रतिशत ३८ प्रतिशत रहेको उनले बताए ।
सचिव बाँस्कोटाका अनुसार चालू आव २०७०÷७१ मा साउनमा ६ सय ४८ वटा गुनासो प्राप्त भएकोमा ६ सय २५ वटा फछ्यौट भएको, भदौमा ८ सय ४३ वटा प्राप्त भएकोमा ७ सय ६७ वटा फछ्यौट भएको र असोजमा ७ सय ५० वटा प्राप्त भएकोमा ५ सय ६६ वटा फछ्यौट भएको छ । यसैगरी, २०७० कार्तिकमा ७ सय ६७ वटा गुनासो प्राप्त भएकोमा ५ सय ४६ वटा फछ्यौट भएको छ । मंसिरमा ४ सय ७२ मा गुनासो प्राप्त भएकोमा ३ सय २५ वटा फछ्यौट भएको उनले बताए । यसरी गुनासो प्राप्तिको औषत् दर मासिक ७ सय जति आउने गरेको उनले बताए । मंसिरमा प्राप्त भएका गुनासाहरुमा ४३ वटा उपर स्वयं हेलो सरकार कक्षले सम्बोधन गरेको छ । बाँकी गुनासाहरु मध्ये ३० वटालाई उच्च प्राथमिकता, २ सय ८८ वटालाई प्राथमिकता र १ सय १२ वटालाई साधारणमा बर्गिकरण गरी फछ्यौटका लागि केन्द्रीय स्तरका विभिन्न ३३ वटा निकायमा पठाएको सचिव बाँस्कोटाले बताए ।

उनले २०७० मंसिरमा हेलो सरकारले सम्बोधन गरेका गुनासाहरुमा रात्री बसलाई सुरक्षाको लागि प्रहरी स्कर्टिङ्गको व्यवस्था गरेको, काठमाडौं–जनकपुरको बस भाडा १५ सयबाट घटाएर ७ सय ५० रुपैयाँ गरी बढी असुल्न खोज्नेलाई नियन्त्रण गरेको, मतदाता परिचय पत्रमा नाम भएकोलाई मतदान गर्न सघाएको रहेका छन् । यसैगरी, छिटो राहदानी दिने व्यवस्था मिलाएको, बासी खाना खुवाउने होटल उपर निग्रानी बढाएको, लोडसेडिङलाई तालिका अनुसार नै व्यवस्था गराएको, वैदेशिक रोजगारीको ठगीमा र ढिलाईमा कारवाही चलाएको, विवाहमा केटा र केटीपक्ष भएको विवादमा सम्झाई बुझाई गरेको, राजमार्गमा जाम खुलाएको, त्रिवि परीक्षा नियन्त्रणको कार्यालयलाई थप चुस्त तुल्याउन पहल गरेको, विग्रिएको टेलिफोन मर्मत गर्न लगाएको, गाविसमा सचिव रिक्त भई सेवा अवरुद्ध भएको कुरामा सम्बन्धित जिविसवाट व्यवस्थापन गर्न निर्देशन गरेको, अस्पतालमा चिकित्सक खटाई विरामीलाई सेवा प्रवाह गराएको उनले बताए । मंसिरमा प्राप्त भएका गुनासामा रोजगारीको विज्ञापन गरी ठगी गरेको, खानेपानीको पाईप फुटेर बाटो जलमग्न भएको, सार्वजनिक यातायातको साधनमा वन्दका बखत कानून बमोजिमको छुट नदिएको, नूनको कालाबजारी गर्नेलाई कारवाही नभएको, काठमाडौंमा घर भत्काएर काठमाडौं उपत्यका विकास प्राधिकरणले अन्याय गरेको, निर्वाचनको वखत पूर्वाञ्चलमा वन फडानी भएको, माईक्रोबसले विद्यार्थीलाई छुट नदिएको, धेरै स्कूलमा अनिवार्य गरी चिठ्ठा बिक्री भैरहेको, केशर पुस्तकालय, केन्द्रीय पुस्तकालय लगायत सबै पुस्तकालयहरु सार्वजनिक विदामा खोल्नु पर्ने जस्ता गुनासो आएको उनले बताए ।
सरकारले रोजगारीको अवसर श्रृजना गरेन, विगत ४ वर्षदेखि मलेशियामा गएका श्रीमान्को अवस्था वुझीदिन, डिलक्स एसी बसले विद्यार्थी सहुलियत नदिएको, वागलुङमा यातायातको निकै समस्या छ । ललितपुरको अतिरिक्त हुलाकमा, साउनदेखि तलव नपाएएको श्रीमान्को मृत्यु भएकाले ऋण मिन्हा गरीदिनकालागि गुनासो आएको बताए । उनले प्राप्त गुनासो र उजुरीलाई तत्काल सम्बन्धित निकायसम्म पठाई सकेका कारण यि उजुरीपनि समधान हुने बताए ।
सातदिनभित्र चौतारामा डाक्टर पठाउन पत्राचार
काठमाडौं (कस) । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सिन्धुपाल्चोकको चौतारा अस्पतालमा ७ दिनभित्र डाक्टर पठाउन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ । अत्याधुनिक अस्पताल भवन भएपनि डाक्टर नभएकाले सो जिल्लाका अधिकाशं सेवाग्राहिले काठमाडौं या काभ्रेपलाञ्चोक जिल्लामा आश्रीत हुने परेकाले अब सो समस्याबाट सेवाग्राहीलाई मुक्त गराउनकालागि तत्काल डाक्टर पठाउन परिपत्र गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयका सचिब कृष्णहरि बास्कोटाले बताए । सचिबा बास्कोटाले भने,‘मैले सो जिल्लाको बस्तुअबस्था अनुगमन गर्नेक्रममा अत्याधुनिक अस्पताल भबन भएपनि डाक्टर नभएकाले समस्या परेको देखेपछि तत्काल डाक्टरको व्यवस्था गर्न परिपत्र गरेका हो, कार्यन्वयन गर्ने काम सम्बन्धित निकायको हो ।’
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.