Saturday, February 7, 2015
मजदुर मालिकको नङ र मासुको सम्बन्ध छ
सुरज बञ्जाडे प्रबन्ध निर्देशक पवित्र (बञ्जाडे) शु कम्पनी
२०३५ सालमा अर्धखाँची–वाङलामा आमा तारदेवी र बुबा पारसश्वरको कोखबाट जेठो सुपुत्रको रुपमा जन्मीएका हुन सुरज बञ्जाडे । जिल्लाकै सन्धीखर्कमा रहेको पार्वती निम्न माध्यामिक विद्यालयबाट औपाचारीक ‘कखरा’ अध्ययन गर्न थालेका बञ्जाडेले २०५३ सालमा विद्यालय डिवर्ना गाउँ विकास समितिमा रहेको विजय माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो । ग्रामिण भेगमा भने जस्तो उच्च शिक्षा हासिलकालागि उपयुक्त क्याम्पस नभएका कारण उनी उच्च शिक्षाकालागि काठमाडौं आए । २०५८ सालमा रत्नराज्य क्याम्पसबाट आर्टमा व्याचलर पुरा गरेका बञ्जाडे क्याम्पस अध्ययनकै क्रममा व्यवसायमा लागे । आजभन्दा १४ वर्ष अगाडि भाञ्जा दिपक पौडेलकै फ्याक्ट्रिमा काम सिकेका बञ्जाडे अहिले आफ्नै फ्याक्ट्रि स्थापना गरेर छुट्टै पहिचान राख्न सफल भएका छन् । उनले नेपाली बजारमा विदेशी चप्पलको भिड्मा पहिलो पटक ‘लेडिज शु’ को मात्र उत्पादन गरेर बजारमा पठाउन थाले । जुन समयमा विदेशी सामानले बजार पिटेको समयमा नेपाली उत्पादनको लेडिज चप्पलको उत्पादन गरेर बिक्री गर्नु फलामको चिउरा खानु जस्तै थियो उनीलाई । भाञ्जासंग काम सिकेर शहरको मुटु न्यूरोडमा १२ वर्ष अधिदेखि आफ्नै स्वामित्वमा लेडिज चप्पलको होलसेल पसलबाट सुरु गरेका बञ्जाडे अहिले पवित्र (बञ्जाडे) शु कम्पनीको प्रबन्ध निर्देशक रहेको छन् ।
चप्पल पसलबाट व्यवसाय सुरु गरेका बञ्जाडे विभिन्न संघ÷संस्थामा आबद्ध भई सामाजिक उत्तरदायित्वका कार्यमा पनि सक्रिय रहँदै आएका छन् । काठमाडौंको ज्ञानेश्वरमा बस्दै आएका बञ्जाडे चप्पलको व्यवसाय गर्दाको अनुभवकै कारण पछिल्लो समय उनले स्वदेशमै उत्पादन हुने जुताचप्पलको उत्पादन र बिक्री सुरु गरेका छन् । गुणस्तरीय सामान उत्पादन गरी उपभोक्तमाझ लोकप्रिय बनाउने सोचका साथ बञ्जाडे आफ्नो सीप र प्रविधि प्रयोग गरी नेपाली चप्पलको गुणस्तर उत्पादन गर्दै आएका छन् । नेपाली उत्पादनको सम्भावना, चुनौतीका बारेमा केन्द्रीत भई कमाण्डर पोष्टका रोशन कार्कीले गरेको अर्थसम्बाद :
नेपाली चप्पलको अवस्था र यसको भविष्य कस्तो छ ?
जब मैले यो व्यवसाय सुरु गर्दा अहिलेको जस्तो अबस्था थिएन । बजारमा विदेशी उत्पादनको बचस्व रहेको थियो । अहिले त्यो अबस्था छैन । किनकी सुरुको समयमा नेपाली उत्पादन भन्दासाथ बिक्री हुने अबस्था थिएन । त्यस सयममा स्वदेशी बस्तुलाई विदेशी हो भनेर बिक्री गरिनु पर्ने अबस्था रहेको थियो । अहिलेसम्म हाम्रो देश आफ्नै उत्पादनमा निर्भर नभई सकेको अवस्था रहेको छ । ५० प्रतिशतभन्दा बढी फुटवेयर सामानहरू आयात हुनेगरेको छ । त्यसैकारण पनि स्वदेशी चप्पलको माग दैनिक रूपमा बढ्दो छ । अहिले स्वदेशी उत्पादनले माग पूरा गर्न सकेको छैन । विगत ४÷५ वर्षदेखि विदेशी चप्पलभन्दा स्वदेशी चप्पलहरूको माग बढेका कारण यसको भविष्य राम्रो देखिएको छ । सुरुका दिनमा नेपाली उत्पादनलाई उपभोक्ताहरुले नरुचाएको अबस्था थियो । अहिले त्यो अबस्था छैन । तर, हामीहरुले उत्पादन सुरु गरेर चप्पल बजार पठाएपछि थाहा भयो हाम्रा उपभोक्ताहरु विदेशीभन्दा स्वदेशी सामानको खोजीमा रहेछन् भन्ने । त्यसैले अहिले यो व्यवसाय फस्टाउदो क्रममा रहेको छ । विदेशी चप्पलहरू देख्दा राम्रो झल्याक–झुलुकमात्र हुने गुणस्तर नहुने कारण पनि विदेशी ब्राण्डभन्दा स्वदेशमै उत्पादन गरिएका चप्पल गुणस्तरीय हुने विश्वासका साथ केही वर्षदेखि स्वदेशी सामान प्रयोग गर्नेहरूको संख्या बढेको छ ।
विदेशी कम्पनीको जुत्ताभन्दा नेपाली उत्पादनका चप्पलमा फरक विशेषता चाहिँ के छ ?
उत्पादनमा पक्कै पनि फरक विशेषता छ । हाम्रो अनुभवीबाट सञ्चालित कम्पनी हो । हामीले पटक–पटक विदेशमा गई गुणस्तर सम्बन्धी तालिम र अनुभवलाई समेटेर नेपाली उत्पादनै उपभोक्ता माझ लैजाउन हामीले उत्पादन सुरु गरेका हांै । लगाउँदा आरमदायी र हलुका सबै पिढीलाई सुहाउँदो चप्पलहरू बजारमा ल्याएका छौं । त्यसो त यो विशेषता छ भनेर प्रचार गर्नुभन्दा पनि अन्यभन्दा नेपाली उत्पादनका यस्ता विशेषता रहेछ भनेर ग्राहकबाटै आओस् भन्ने चहान्छौं । कम्पनीले सुधार गर्नुपर्ने कुरामा पनि प्रचार बाजीभन्दा हामीलाई भनेर सहयोग पु¥याउनुु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं । विदेशबाट आयत भएका चप्पलकामा प्रयोग भएका छालाहरु गुणस्तर छ भन्नेमा विश्वास लिन सकिदैन् । विदेशी चप्पल हेर्दा झिलिक्क चिल्ला हुन्छन् तर त्यसबाट उपभोक्ताहरु ठगीने गरेका छन् । विदेशबाट आयत हुने चप्पलको भन्सार मुल्याङकमा समेत छली गरेका हुन्छन् त्यसैले उपभोक्ताहरु मंहगोमा चप्पल खरिद गर्नु पर्ने बाध्यता छ । अब सो बाध्यता नेपाली उत्पादनकहरुबाट हटेको छ । प्रयोग गर्नेहरुले सहजै सम्बन्धित कम्पनीका प्रमुखसंग खुलेर आफ्ना कुरा राख्न र सुझाब समेत दिन सक्ने भएकाले विदेशी भन्दा स्वदेशीमा यही फरक हुन्छ ।
विदेशबाट आयातित सस्ता चप्पलले बजार लिइरहेको अवस्थामा यहाँहरूको कम्पनीले विदेशी जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्न सक्ला र ?
हामीले विदेशी उत्पादनसंग सुरुका दिनदेखिनै प्रतिस्पर्धा गरेका छौ अब प्रतिस्पर्धा हैन प्रतिस्थापन गर्नेमा पुगेका छौ । पछिल्लो समयमा ठूला मेसिनहरु र नयाँ प्रविधिबाट उत्पादन सुरु गरेका छौं । तरपनि आबश्यकता अनुसार नेपालमा कच्चा पदार्थ नभएकाले कठिन भएको छ तर पनि कच्चा पदार्थ आयात गरेर भएपनि हामी विदेशी चप्पलको विस्थापन गर्नेमा सक्षम हुने छौ ।
आयातित सामानको भीडमा हामीहरू विदेशीभन्दा स्वदेशी उत्पादन बढी टिकाउ र गुणस्तरीय हुन्छ । आयातित चप्पलहरू कति समय टिक्छ भन्ने पनि वारेन्टी छैन । किनेको भोलिपल्टै पनि च्यातिन सक्छ । त्यसबारे उपभोक्ताहरूले कहाँ गएर उजुरी÷गुनासो गर्ने भन्ने ठाउँ नै छैन । हेर्दा झिलिक्क राम्रो देखिन्छ तर गुणस्तर हुँदैन । त्यसैले आम उपभोक्तालाई सामान खरिद गरेपछि राम्रोसँग उपयोग गर्न पाउन्, उपभोक्ता नठगिउन् भन्ने हाम्रो मुख्य उदेश्य हो । सोहीअनुसार हामी अघि बढेका कारण आयातित चप्पलका कारण कुनै असर पर्दैन भन्ने लाग्छ । हामी हाम्रोे लक्ष्यअनुसार विदेशीभन्दा स्वदेशी उत्पादन नै प्रयोग गरौं भन्ने भावना आम उपभोक्तालाई जागृत गराउने छौं ।
नेपाली उत्पादनको नाममा स्वदेशी कच्चा पदार्थ प्रयोग गर्नेभन्दा पनि अर्ध तयारी चप्पल बाहिरबाट ल्याएर टुक्राहरू जोड्ने काम मात्र भएको भन्ने आरोप पनि लाग्दै आएको छ नि ?
व्यवसायमा केही विसंगती, विकृति भित्रिएका होलान् सवै ठिक भन्न सकिदैन् । कोही कोही व्यवसायले चाँडो नाफा कमाउने उदेश्यले यस्तो कार्य भएका होलान् । त्यसोभनी रहदाँ सवैले त्यो कार्य गरेर उपभोक्तालाई ठगी गरेका छन् भन्नेमा चाही म विस्वास लिन सक्दिन । किनकि चप्पलको काम भनेको करिब ८० प्रतिशत हातले गर्नुपर्ने हुन्छ । यहाँले भने झै नेपालमा आवश्यकता अनुसार कच्चा पदार्थ पाइँदैन । चप्पलका लागि नपुग कच्चा पदार्थ विदेशबाट आयात गर्दैमा नेपालमा ल्याएर जोड्ने भन्ने कुरा हुँदैन । त्यो गर्ने हो भने करोडौं रुपैयाँ लगानी गरेर किन कम्पनी स्थापना गर्नु प¥यो ? बैंकबाट महँगोमा ब्याज किन लिनुप¥यो, होइन र ? त्यसैले यो नबुझिकन लगाएको आरोपमात्र हो । अन्य उद्योगहरूले के गर्छन् थाहा छैन, तर मैले भने कच्चा पदार्थ आयात गरेपछि पुनः त्यसलाई प्रशोधन गरेर नेपाली चप्पल उत्पादन गर्छाैं ।
अहिले नेपाली उत्पादनका नाममा बजारमा आएका विभिन्न ब्रान्डका चप्पल अत्यधिक महँगा छन् भनिन्छ नि ?
मंहगीलाई कसरी लिने, कुन कुरालाई मंहगी भन्ने र कुन आधारलाई मंहगो भयो भनेर भन्ने । मुल्यका आधारमा हेर्नेहो भने हामीले उत्पादन गरेका चप्पलहरु २ सय ७५ रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँमा बिक्री वितरण भएको छ । तर विदेशी चप्पलको हकमा न्यूनतम १ हजार रुपैयाँभन्दाबढीमा बिक्री भएको छ । मुल्यका आधारमा हेर्दापनि मंहगो जस्तो लाग्दैन । स्वदेशी चप्पलहरु गुणस्तरितामा कुनै सम्झौता गरिएको छैन । हामीले उत्पादन गरेका सवै उत्पादनका चप्पलहरु गुणस्तरमा उच्च छ । यति हुदाँपनि हामीले चप्पल बनाउने कच्चा पदार्थ आयत गर्नुपर्छ । स्वदेशमा पाउने हो भने अझै मुल्यमा कमी आउने छ । यो गुनासो आउने छैन् । डलरको मूल्यमा भएको वृद्धि ३० प्रतिशतले भएकाले केही मंहगो हुन गएको हो । आयातित सामानहरू सिधैं बिक्री वितरणमा लैजान सकिन्छ, लागत पनि कम पर्छ ।
आफ्नो उत्पादनको खुवै चर्चा गर्नुभयो, तर उपभोक्ताले भने नेपाली चप्पल लगाउँदा पैताला पोल्ने, औंला सुनिनेलगायतका आरोप लागएका छन् नि ?
अरुको कस्तो छ मैले भन्न मिल्दैन । कुन ब्रान्डको कस्तो छ त्यो प्रयोग नगरि आरोप लगाउने गरेको हामीले पाएका छौ । कुनै पनि सामानको परिक्षण गर्दा त्यसको प्रयोग अनिर्वाय हुन्छ । यहाँ नेपाली ब्राण्डका सामानलाई विना प्रयोग आरोप लगाउने चलन बढ्दो रहेको छ । सवैमा गुणस्तर छ भनेर ठोकुवा गर्ने पक्षमा फेरी म छैन । किनकी उत्पादन गरिदा एक दुई जोरमा त्यस्तो भेटीनु स्वभाविक हो । यसो भनी रहदाँ आफ्नो उत्पादन गुणस्तरीय हुनु हुदैन भन्ने हैन् । किनकी उपभोक्ताहरुको गुनासाका आधारमा आफ्नो कमीकमजोरीलाइै सुधार गरेर गुणस्तरीय चप्पल उत्पादन गरिनुमा विकल्प छैन् । कुनै पनि लगानीकर्ताले आफ्नो लगानी डुबोस् भन्ने चहाना राखेको हँुदैन । त्यसैले आफ्नो लगानी उठाउने भनेको आम उपभोक्ताले उत्पादित सामानको प्रयोग गरे दिएपछि मात्र हो । पैलाता पोल्ने, औला सुनिनेलगायतका समस्या नआओस् भन्ने कुरामा लगानीकर्ताले ध्यान दिएकै हुन्छ । त्यस्तो भएकै रहेछ भने पनि सम्बन्धित ठाउँमा गुनासो गरेमा उपभोक्तामाथि परेको असुविधाबारे कम्पनीले कुनै कन्जुस्याई नगरी समस्याको समधान गर्छ ।
आफ्नो उत्पादन गुणस्रीय भएको दाबी गर्नुभयो, कसरी प्रमाणित गर्न सक्नु हुन्छ ?
सरकारी निकायमै लेडिज जुत्ताचप्पलकालागि प्रदानगर्ने गुणस्तर चिन्ह दिने मापदण्ड नै छैन । पटक–पटक नापतौल तथा गुणस्तर विभागमा गएर यस बारे माग राखे नेपाली उत्पादनका बस्तुलाई परिक्षण गरेर चिन्ह दिन आग्रह गरे तर हाल सम्म सरकारले सुनेको छैन । यो मेरो गल्ती हैन किनकी म सवै प्रमाण लिएर चिन्ह लिन गएकै हो अझै जादै छु । गुणस्तरका बारेमा हामीहरुले दाबी गर्ने होइन् । उपभोक्ताहरुले नै हाम्रा उत्पादन प्रयोग गरेर पहिचान गर्नु हो । हामी दाबी पनि गर्देनौ । तर विदेशीभन्दा १० औं गुणा बलियो र गुणस्तरिय चप्पल नेपालमा उत्पादन हुने गरेको १२ वर्षको अनुभबबाट पनि भन्न सकिन्छ । किनकी, मंहगोमा खरिद गरेपछि २÷३ मा च्यातिने गरेको छ तर, हामीले उत्पादन गरेका हरुमा ६ महिनाको वारेन्टी दिएका छौ । कम्पनीले आफ्नो सामान गुणस्तर छ भनेर दाबी गनेनै होइन् नी । करोडौं लगानीमा सञ्चालन गरेको कम्पनीले गुणस्तरहीन सामान उत्पादन गरेको खण्डमा त उसको लगानी त ढुब्छ होइन र । आफ्नो लगानी सुरक्षित गर्न पनि गुणस्तर चप्पल उत्पादन गर्नुको विकल्प छैन् ।
यहाँहरूकै उत्पादन गरिएका जुत्ताचप्पल मंहगो भएकाले सबै नेपालीको पहँुच पुग्न नसकेको भनिन्छ नी ?
यहाँले भने झै झट्ट मुल्य सुन्दा मंहगो लाग्न सक्छ । तर त्यो यर्थात हैन । किनकी हामीले सवै कच्चा पदार्थ विदेशबाट आयात गर्नु पर्ने हुन्छ । स्वदेशमा कच्चा पदार्थ पाउने हो भने यहाँहरुले नसोचेको मुल्यमा चप्पल बजारमा बिक्री गर्न सक्ने छौ । तरपनि सवै कच्चा पदार्थ आयात गर्नुपरेपनि चप्पलको हकमा १ सय ७५ रुपैयाँ देखि १ हजार या योभन्दा माथीका चप्पलहरु रहेका छन् । नेपाली मुद्राको अवमूल्यनका कारण सामान पनि मँहगो भएको छ । यहाँ छिमेकी देशबाटै आयात भएको चप्पलको मूल्य गत वर्ष र यस वर्षमा फरक छ ।
पटक–पटक उद्योगमा मजदुर समस्याहरू आउने गरेका छन् । मजदुर समस्या कसरी समाधान गर्नुभएको छ ?
खासै मेरोमा चाँही त्यो समस्या आएको छैन । आएपनि दुवैपक्ष बसेर समधान गरि रहेका छौ । अन्य उद्योगमा त्यो समस्या आएको छ । तर समस्या समधान गर्न आफ्नै बलबुताले समधान गरेका छौ । यहाँ एउटा उद्योग सञ्चालनका लागि मजदुर मालिकबीच नङ मासुको सम्बन्ध हुनु पर्छ । मजदुरको समस्यालाई पनि मालिकले बुझ्नु पर्छ मालिकको समस्यापनि मजदुरले बुझ्नु पर्छ यसो भएमा मजदुर समस्या आउदैन भन्ने लाग्छ ।
यस व्यवसायमा कत्तिको प्रतिस्पर्धा छ ?
नेपाली व्यवसायीबीच प्रतिस्पर्धा भन्दा पनि बिदेशी हरूनै हाम्रो मुख्य प्रतिस्पर्धी हुन् । खासगरी नक्कली बिदेशी ब्राण्डका ले हामीलाई समस्या भएको छ । पाइरेसीहरू ठुलो मात्रामा नेपालमा भित्रने गरेको छ । यसमा भन्सार कार्यालयले पनि चासो दिन सकेको छैन् । यसले हाम्रो व्यवसायलाई असर परेको छ । नेपालीको व्यवसाय राम्रो हुदा हुदै पनि जून रुपमा औद्योगिक राष्ट्रका रुपमा विकसित हुनुपर्ने हो त्यो हुननसकेकाले यो व्यवसायले पनि सोचेअनुरुप प्रगति भने गर्न सकेको छैन् । दलहरुले आर्थिक क्रान्तिको नारा दिएपनि त्यसको साकार पार्नका लागि काम हुन सकेको छैन् । हामीले पनि गुणस्तरमा धेरै सुधार गरिसकेका छौं । नयाँ नयाँ डिजाइनमा उत्पादन गरेका छौं । बजार विस्तार भएको छ । नेपाली उत्पादन भन्ने बित्तिकै नाक खुम्चाउनेहरुले अहिले नेपाली उत्पादनकाहरु खोजी खोजी प्रयोग गर्ने गरेका छन् ।
अहिले कुल बजारमा कति प्रतिशत नेपालीको स्थान छ ?
ठ्याक्कै भन्न सकिने आकलन हामीसँग छैन । तथापी ७० प्रतिशतभन्दाबढी बजार नेपालीले ओगटेको छ भन्न सक्छौं । अझै दक्ष जनशक्ति पाउने हो भनेर माग अनुसार सामान बजार लैजान सकेमा सतप्रतिशत हामी बजार ओकट्न सक्ने छौ ।
समस्या चाहिँ के छ यो व्यवसायमा ?
मुख्य समस्या भनेको दक्ष जनशक्तिको अभाव नै हो । दोस्रो कुरा राज्यले पनि यो व्यवसायलाई प्रबद्र्धन गर्ने खालको नीति ल्याउन सकेको छैन । हामीचाहिँ त्यहि मुलुकबाट सम्पूर्ण सामान खरिद गरेर ल्याई लोडसेडिङ झेलेर उत्पादन गरी त्यहि देशमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । बिदेशबाट आउनेको वास्तविक भन्सार मूल्याङकन हुनु जरुरी छ । तबमात्र हामी प्रतिस्पर्धा गर्न सक्षम हुनेछौं ।
यहाँले पनि लामो समयदेखि ‘शु ल्याण्ड चप्पल’ को उत्पादन गर्दै बिक्री गर्दे आउनु भएको छ, सो पनि चीनको खासाबाट आयात गरेर नेपाली ब्राण्डको स्टीकर टाँस्ने गरेको भन्ने आरोप रहेको छनी ?
सुरुमा नेपाली उत्पादन गरेका चप्पलहरुलाई विदेशी नै भनेर बिक्री गर्नु पर्ने बाध्यता थियो । नेपाली उत्पादन भनेको खण्डमा उपभोक्ताहरु नाक खुम्चाउने गरेका थिए । अहिले त्यो अबस्था छैन । किनकी नेपालीलाई नेपाली नै हो भनेर बेच्दा ग्राहकहरु आकर्षण बढ्को छ । जुन समयमा त विदेशीको माग हुदा नेपाली चप्पल बिक्री गरेको अबस्था अहिले हामीलाई खासाबाट ल्याएर स्टिकर टाँस्नु पर्दैन । त्यो आरोपमात्र हो । आरोप लगाउन सजिलो हुन्छ तर त्यो अनुसार काम गर्न कठिन हुने गरेको छ । मेरो उत्पादनका चप्पल नेपाली ब्राण्डको स्टिकर टाँस्ने हो भने कामदार किन राख्नु प¥यो र । ल्यायो अनी २÷३ जना राखेर रातभरी टाँसे भयो हैन् र ? एउटा उत्पादनमा अर्को लेवल टाँसिदैन् । एक÷दुई पटक त्यो सफल होला तर लामो समयसम्म यै व्यवसाय गर्ने भएपछि त त्यो सम्भाबना नै रहदैन । उपभोक्ताले एक पटक लगाएको अर्कोपटक खोज्न आएनन् भने त लगानी ढुव्ने खतरा कुनै व्यवसायीले गर्दैन् नी ।
सरकारले कस्तो सहयोग गर्नु पर्छ होला यहाँहरुको उद्योगलाई ?
लामो समयदेखि सरकारले औद्योगिक ऐन ल्याउन सकेको छैन, औद्योगिक क्षेत्रको अभाब रहेको छ, भन्सार, करमा मेलखाने ऐन लगायत अन्य समस्याहरु धेरै रहेका छन् । यसमा सरकारले विशेष ध्यान दिनु जरुरी देखिन्छ । जब सम्म सरकारले उद्योग नीति ल्याउदैन र कार्यान्वयन हुदैन तवसम्म नेपाली उद्योगहरु बढो दुःखका साथ सञ्चालन हुनु पर्ने हुन्छ । स्वदेशी उत्पादनकालागि दक्ष जनशक्तिको अभाब भएकाले सरकारले तालिमको व्यवस्था गर्नु पर्ने पर्छ । दक्ष जनशक्ति, आबश्यकता अनुसारको कच्चा पदार्थ पनि स्वदेशमै पाउने व्यवस्था सरकारले गर्नु पर्छ ।
अन्तमा..............
सरकारद्वारा श्रम ऐनलाई कानूनीरुपमा लागू गरिनु पर्छ भन्नेमा छौ । सरकारले फुटवयर टेक्नोलोजी कलेज स्थापना गर्ने, सो सम्बन्ध पुस्तक प्रकाशन गर्ने जस्ता कार्या गरेमा हामी स्वदेशी उत्पादनमै आत्मनिर्भर भई आयातलाई विस्तापन गर्न सक्षम हुने थियौ । सरकारले सहि नीति नियम बनाउनु पर्छ र त्यसलाई समयमै कार्यान्वयन गरेमा नेपाली उत्पादनहरुले स्वदेशमा मात्र हैन विदेशमा समेत निकासी गर्न सक्षम छन भन्ने प्रमाणीत हामी गरेर देखाई दिने छौ । त्यसैले यस विषयमा सरकार गम्भीर भएर विना राजनीति यस व्यवसायको प्रबद्र्धन गर्न र स्वदेशी उद्योगको बिकास गर्न लाग्नु पर्छ ।
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.