Wednesday, September 20, 2017
आयल निगमका कार्यकारी निर्देशक खड्काले यिनीहरुलाई बुझाएका थिए थैली (नाम र रकम सहित)
रोशन कार्की
काठमाडौं । नेपाल आयल निगममा मौलाएको भ्रष्टचारमाथी को–कसको संलग्नता रहेको छ भन्ने बारे अहिले चर्चाको विषय बनेको छ । तर पछिल्लो पटक गोप्य रुपमा प्राप्त विवरण अनुसार देशमा भ्रष्टचार, अनियमिकता र अबैध कार्यमा उच्च पदस्थ कर्मचारी र राजनीतिक दलको शक्तिमा हुने गरेको खुलेको छ । जति चर्चा निगमका पदच्यूत भएका कार्याकारी निर्देशक गोपाल खड्काको भएको छ तर उनीले आफ्नो पद र लागेका आरोपबाट मुक्त हुनलाई हदै सम्मको हतकण्डा अपनाएको भेटिएको छ । खड्काले तत्कालिन समयमा आयत निगमको कार्यकारी निर्देशक बन्न बुझाएको ६ करोड रुपैयाँदेखिनै विवादमा तानिएका थिए । खड्काको कुशलताका कारण सो प्रकरणबाट बचे पनि अहिले जग्गा खरिद प्रकरणबाट भने नाङ्गिएका छन् ।
उनीले दलका उच्च नेताको आर्शिरबादमा भ्रष्टचार राज चलाउन प्रयोग गरेका व्यक्तीहरुको नाम सूची हेर्ने हो भने पत्याउन नसकिने अबस्था रहेको छ । तर उनले उच्च पदस्थव्यक्तीलाईनै लाखौ रुपैयाँ दिएर आफुमाथी लगाईएको आरोपबाट मुक्त गरिदिन हारगुहार गर्र्दै थैलि नेता र कर्मचारीलाई बुझाएको खुलासा भएको छ । गोप्य रुपमा स्रोतले दिएको विवरण अनुसार संसद अरजु राणालाई २१ लाख, रेणु दाहाललाई १६ लाख, रविन्द्र अधिकारीलाई ११ लाख, दीप बस्नेतलाई १८ लाख, नविन घिमिरेलाई १४ लाख र प्रेमकुमार राईलाई १७ लाख रुपैयाँको थैलि बुझाएको आरोप लगाएका छन् । सो बारे यर्थात के हो त भन्ने बारे थप खोजीकार्य भई रहेको छ । मन्त्रीपरिषद्का बैठकले सोमबार पदबाट हटाएपछि दिएको खड्काको अभिव्यक्तिबाट पनि सो रुपैयाँतर्पm संकेत गरेको निगमका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताएका छन् ।
लाखको थैली बुझाएको आरोप लागेका नेता तथा कर्मचारीः
आरजु राणा –२१ लाख
दीप बस्नेत – १८ लाख
प्रेमकुमार राई –१७ लाख
रणु दाहाल– १६ लाख
नविन घिमिरे– १४ लाख
रविन्द्र अधिकारी–११ लाख
खड्काले भनेका छन्,‘अहिले मलाई मात्रै जसरी दोषी देखाएर कारबाही गरिएको छ यसको कुनै औचित्य छैन, म निराश भएको छैन, झन मजबुत भएको छु, किनकि यसको मुख्य नाइके म नै हैन, अहिले भन्न अलि मिल्दैन, समय आएपछि आफै थाहा हुने नै छ, तर यस विषयमा मलाई मात्र दोषी देखाईएको छ त्यसको आधार स्पष्ट छैन ।’ खड्काले आफूलाई बिनाकारण हटाइएको भन्दै खैलाबैला मच्चाउन थालेसंगै आफूसँगै संलग्न भएका उच्च तहका व्यक्तिहरू बचेको आरोप समेमत लगाएका छन् । उनी सोमबार पदच्यूत परेसँगै भने,‘मैले जग्गा खरिद गर्दा कहाँ कहाँ कमजोरी कहाँ गरे ? कसले ग¥यो ? यसबारे संसदीय समितिकले पूर्ण प्रतिवेदन तयार खै ? प्रतिवेदनमा कहाँ लेखिएको छ ? मलाई मात्र कारबाही गर्ने आधार ? त्यसैले खै के छ आधिकारिक प्रमाण ? कसैको इच्छापूर्तिको लागि मलाई पदबाट हटाइएको हो । मलाई त कारबाही गरियो तर अरू संलग्नलाई चाहिँ सरकारले सबैलाई कारबाही त हुनुपर्ने नै होला ।’ भन्दै अभिव्यक्ती दिएका छन् । खड्काले सो भ्रष्टचारमा प्रत्यक्ष रुपमा संलग्न भएको र सो समयआएपछि सार्वजनिक गर्ने भन्दै चुनौती समेत दिएकाले रकमको थैली बुझाएको उनले घुमाउरो पारामा पुष्टी गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.