Tuesday, December 5, 2017
समिट होटलमा बिनोद चौधरीले खोजे आफ्नो बिरुद्धमा लेख्नेलाई ठिक पार्ने उपाय
रोशन कार्की
काठमाडौं । विश्वको धनीको सूचीमा नाम भएका चौधरी समुहका अध्यक्ष बिनोद चौधरीले देशलाई बुझाउनु पर्ने कर छली गरेर सहि बिवरण लुकाएको आरोपमा उनीमाथी छानविन हुने भएपछि शक्ति केन्द्रको शरणमा पुगेका छन् । संविधान सभाको निर्वाचनबाट एमालेको कोटामा समानुपातिक सभासद बनेका चौधरीले तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई आफ्नो नियन्त्रणमा पारी अबैध रुपमा कमाएको रकमलाई विदेश लैजान सफल चौधरी अहिले सो दल छोडी एकाएक नेपाली काँग्रेसमा प्रबेश गरेसंगै उनको असली चरित्र बाहिरएको छ ।
एकताका चौधरी ग्रुपकै एक लेखनदास ९मुन्छी० पदमा जागीर खाएका अधिकारीलाई सोझो पनको फाईदा उठाउदै रातारात रकम बिदेश लैजान सफल भएका थिए । पछिल्लो समयमा सरकारी रेकर्डमा न्यून आय भएको सूचीमा चौधरी र उनको कम्पनी दर्ता भएपछि कसरी भए विश्वको धनी भन्ने प्रश्न उठेको थियो ।
आपूmलाई नेपालको एक मात्र डलर अर्बपति दाबी गर्ने चौधरी एकाएक किन कांग्रेस पसे भन्ने रहस्य खुल्दै जान थालेको छ । कांग्रेसलाई चुनाव खर्च बुझाएर समानुपातीकमा नाम लेखाउन सफल चौधरी माथी ठूलै समस्या आउन लागेपछि र सो समस्यालाई समधान गर्नकै लागि काँग्रेस प्रबेश गरेको काँग्रेसकै एक उच्च स्रोतले जनाएको छ ।
नाम नलेख्ने सर्तमा काँग्रेस स्रोतले भन्यो,‘विनोद चौधरी विरुद्ध सम्पति शुद्धिकरण विभागमा अकूत सम्पति आर्जनको मुद्दा परेपछि र उनी विरुद्ध देशको सम्पति बाहिर लगेको विषयमा पनि छानविन हुने अबस्थामा पुगेकाले सो रोक्नकै लागि उनी काँग्रेसको शरणमा आएका हुन उनी राजनिति गर्नेभन्दा पनि उनी आफ्नो अकुत स्रोत नखुलेको सम्पत्ती जागाउनमात्र काँग्रेसको साथ लिएको हो ।’
विनोद विरुद्ध सम्पति शुद्धिकरणमा परेको मुद्दाका बारेमा विभागले महत्वपूर्ण विवरण सहितको प्रमाण समेत जम्मा गरि सकेको र निर्वाचनपछि सो मुद्दाबारे छानविन गर्ने सुचना चौधरीले पाएपछि रातारात काँग्रेस प्रबेश गरेको आरोप समेत चौधरीलाई लगाइएको छ । सो बारे पटकपटक चौधरीलाई सम्र्पक गर्दा उनी सम्र्पकमा आउन चाहेनन ।
चौधरी निकट एक उच्च स्रोतले दिएको जानकारी अनुसार आफ्नै भाईहरुसंग समेत राम्रो सम्बन्ध नभएको र भाईहरुलाई पुर्खौली सम्पति समेत बाँडफाँड नगरि आफैले भोगचलन गरेको आरोप समेत लागेको छ । बिनोद चौधरीले चौधरी ग्रुपको सबै सम्पत्ती र पुर्खौली सम्पत्ती समेत एकल देखाएर बिश्बको धनीको सूचीमा परेको आरोप समेत स्रोतको रहेको छ । चौधरी ग्रुप अन्तर्गत कार्यरत कर्मचारीहरुप्रतिको ब्यवहारका कारण विनोद चौधरी विरुद्ध प्रमाण जुटाउन विभागलाई सहज भएको हो ।
आपूmलाई अप्ठेरो पार्नेगरी मुद्दाहरु परेपछि विनोद चौधरी एकाएक कांग्रेस पस्न बाध्य बनेको बताएको छ । उनका भारतीय गडफादरहरु पनि कांग्रेसलाई समर्थन गरेमा समस्याबाट बचाईदिने आश्वासन दिएको पनि बुझिएको छ । भारतको राम्रो सम्बन्ध काँग्रेसको भएको भन्दै उनी रातारात प्रबेश गरेको बताइएको छ । उनले सो मुद्दालाई फितलो बनाई आफुलाई जोगाई दिएमा ठूलै धनराशी खर्चनुपर्ने पनि गर्न तयार भएको उनी निकट स्रोतले बताएको छ ।
यसरी भित्रभित्रै विभागमा उजुरी परेपछि उनकै होटल ‘समिट होटल’ मा विना कारण रात्रीभोजको आयोजना गरेर आफ्नोबारेमा बोलीदिन र लेखिदिन समेत आग्रह गरेको भोजमा सहभागी एक सदस्यले बताएका छन् । गत शुक्रबार ९मंसिर १५ गते० सो होटलमा राखिएको कक्टेल पाटीमा पत्रकार, दलका केही नेता र चौधरीका केही कर्मचारीहरुको सहभागीता रहेको थियो ।
स्मरण रहोस चौधरी समुहले स्थापना काललदेखि कर छली गरेको भन्ने समाचार तीब्रखबर डटकमले निरन्तर प्रकाशन गर्दै आएको छ । सो पाटीमा आमन्त्रण गरिएका अधिकाशंलाई एक्लाएक्लै भेट गरि आफ्नो बिरुद्धमा बोल्ने र लेख्नेलाई के कसरी ठिक पार्ने भन्दै समधानको उपाय समेत खोजेको थाहा हुन आएको छ । सो पाटीमा सहभागी अधिकाशं पत्रकारहरुले कहाँ के कस्ले के लेख्छ भन्नेमा चासो नदिन र प्रतिकृया समेत नदिन सुझाब दिएका थिए । जस्ले जहाँ जे लेखेपनि त्यसको कुनै प्रभाब नरहेको हामी राष्ट्रिय मिडियामा भएकाले नडराउन समेत सुझाब दिएको स्रोतको दाबी रहेको छ ।
जव चौधरीलाई संकट आइपर्छ तब उनले यसरीनै रात्रीभोजको आयोजना गरि आफ्ना समर्थनमा बोल्न र लेख्न आग्रह गर्ने गरेका छन् । नक्कली मुल्यअभिबृद्धि कर ९भ्याट० का बारेमा छानविन हुदाँ पनि उनले रात्रीभोज र दशैतिहारमा उपहार समेत उपलव्ध गराएका थिए ।
उनले आफ्नो विरुद्धमा लेखिएका सवै समाचार रोक्न र समर्थनकोमात्र समाचार लेख छापिदिन समेत आग्रह गरेका थिए । भने विभागका कर्मचारीलाई आफुले मिलाउने र सो कुरा कहि कतैबाट आएमा रोकिदिन आग्रह गरेको स्रोतको दाबी छ । चौधरीले सार्वजनिक सभामा दिएको भाषणको सामाजिक सञ्जाल र मिडिया व्यापक आलोचना हुदै आएको छ । सायद चौधरीले अहिलेसम्म यति चर्को आलोचना व्यहोर्नु परेको थिएन ।
चौधरी सबैभन्दा बढि अवैध धन्दा गर्ने र कर छली गर्ने व्यक्ति हुन । सरकारले उनीमाथि कुनै कोणबाट छलफल थाल्यो भने चौधरी हरेक कोणबाट फस्ने निश्चित छ । लहरो तान्दा पहरो गर्जयो भने उनले स्वर्गिय बिरेन्द्रको सम्पत्ति हत्याएको र सो सम्पत्तीको समेत खोजी हुने स्रोतको दाबी रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.