Sunday, December 31, 2017

चौधरी ग्रुपलाई समाचार लेखेकै आधारमा पत्रकालाई धम्की नदिन पत्रकार महासंघको चेताबनी (पत्र सहित)

क्राइम व्यूरो प्रमुख काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार लेखेकै भरमा कोही पनि पत्रकारलाई धम्की नदिन चौधरी ग्रुपलाई चेताबनी दिएको छ । आईतबार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै चौधरी ग्रुपले नेपाल सरकारलाई बुझाउनु पर्ने कर, नक्कली भ्याटबीलका बारेमा तीब्रखबर डटकममा आएको समाचालाई लिई फोनमार्फत हत्या समेत गर्न पछि नपर्ने भन्दै धम्की दिएकोमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । महासंघका महासचिब रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ,काठमाडौंबाट सञ्चालित तीब्रखवर डटकम अनलाइनमा चौधरी ग्रुपको विषयमा प्रकाशित समाचारलाई लिएर विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
सो अनलाइनका कार्यकारी सम्पादकका रोशन कार्कीका अनुसार चौधरी ग्रुपले नेपाल सरकारलाई बुझाउनु पर्ने कर, नक्कली भ्याट विलका सम्बन्धमा समाचार प्रकाशित भएपछि टेलिफोनबाट ‘चौधरी ग्रुपले कर नतिर्दा तेरो के जान्छ, तुरुन्त चौधरी ग्रुपको विरुद्ध समाचार लेख्न बन्द गर नत्र भौतिक कारबाही गर्न पछि नपर्ने’ भनी धम्की आएको थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।’ विश्वभर कम्पनी खोल्दै व्यापार गर्दै आएको चौधरी ग्रुपले सो समुहले कर नतिरेको समाचार प्रकाशन भएपछि समाचार लेख्नेलाई धम्की दिन मान्छेनै खटाएको खुलेको छ । विश्वको धनीको सूचीमा नाम भएका चौधरी समुहका अध्यक्ष बिनोद चौधरीले आफु विरुद्ध समाचार लेख्नेलाई कारबाही गर्न समिट होटलमा रात्रीभोजकै आयोजना गरेर समाचार लेख्नेमाथी के कस्तो कारबाही गर्ने भन्ने उपाय खोजेदेखि पटकपटक ल्याण्डनम्बरबाट समाचार नलेख्न धम्की दिनै आएको र समाचार लेखेमा जे पनि हुन सक्ने भन्दै धम्की दिने कार्यमा तीब्रता आएपछि सुरक्षाकालागि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा र्औपचारीक रुपमा निबेदन दर्ता गराएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष महेश श्रेष्ठ र उपाध्यक्ष ज्ञानेन्द्र तिमलसेनकै रोहबरमा सुरक्षाको माग राख्दै तीब्रखबर डटकमले लिखित उजुरी दर्ता गराएका थियो । तीब्रखबरर डटकमले चौधरी समुहले कर नबुझाएको बारे समाचार प्रकाशन गर्दै आएको छ । देशलाई बुझाउनु पर्ने कर छली गरेर अहिले उनी शक्ति केन्द्रको शरणमा पुगेका छन् । संविधान सभाको निर्वाचनबाट एमालेको कोटामा समानुपातिक सभासद बनेका चौधरीले तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई आफ्नो नियन्त्रणमा पारी अबैध रुपमा कमाएको रकमलाई विदेश लैजान सफल चौधरी अहिले सो दल छोडी एकाएक नेपाली काँग्रेसमा प्रबेश गरेसंगै उनको असली चरित्र बाहिरएको छ । धम्की दिनेक्रममा तीब्रबता आएपछि चौधरीलाई पटकपटक सम्र्पक गर्दा उनी सम्र्पकमा आउन चाहेनन । उनकै होटल ‘समिट होटल’ मा विना कारण रात्रीभोजको आयोजना गरेर आफ्नोबारेमा बोलीदिन र लेखिदिन समेत आग्रह गरेको भोजमा सहभागी एक सदस्यले बताएका छन् । सो होटलमा राखिएको कक्टेल पाटीमा पत्रकार, दलका केही नेता र चौधरीका केही कर्मचारीहरुको सहभागीता रहेको थियो । स्मरण रहोस चौधरी समुहले स्थापना काललदेखि कर छली गरेको भन्ने समाचार तीब्रखबर डटकमले निरन्तर प्रकाशन गर्दै आएको छ । सो पाटीमा आमन्त्रण गरिएका अधिकाशंलाई एक्लाएक्लै भेट गरि आफ्नो बिरुद्धमा बोल्ने र लेख्नेलाई के कसरी ठिक पार्ने भन्दै समधानको उपाय समेत खोजेको थाहा हुन आएको छ । सो पाटीमा सहभागी अधिकाशं पत्रकारहरुले कहाँ के कस्ले के लेख्छ भन्नेमा चासो नदिन र प्रतिकृया समेत नदिन सुझाब दिएका थिए । जस्ले जहाँ जे लेखेपनि त्यसको कुनै प्रभाब नरहेको हामी राष्ट्रिय मिडियामा भएकाले नडराउन समेत सुझाब दिएको स्रोतको दाबी रहेको छ । जव चौधरीलाई संकट आइपर्छ तब उनले यसरीनै रात्रीभोजको आयोजना गरि आफ्ना समर्थनमा बोल्न र लेख्न आग्रह गर्ने गरेका छन् । नक्कली मुल्यअभिबृद्धि कर (भ्याट) का बारेमा छानविन हुदाँ पनि उनले रात्रीभोज र दशैतिहारमा उपहार समेत उपलव्ध गराएका थिए । उनले आफ्नो विरुद्धमा लेखिएका सवै समाचार रोक्न र समर्थनकोमात्र समाचार लेख छापिदिन समेत आग्रह गरेका थिए । भने विभागका कर्मचारीलाई आफुले मिलाउने र सो कुरा कहि कतैबाट आएमा रोकिदिन आग्रह गरेको स्रोतको दाबी छ । चौधरीले सार्वजनिक सभामा दिएको भाषणको सामाजिक सञ्जाल र मिडिया व्यापक आलोचना हुदै आएको छ । सायद चौधरीले अहिलेसम्म यति चर्को आलोचना व्यहोर्नु परेको थिएन । चौधरी सबैभन्दा बढि अवैध धन्दा गर्ने र कर छली गर्ने व्यक्ति हुन । सरकारले उनीमाथि कुनै कोणबाट छलफल थाल्यो भने चौधरी हरेक कोणबाट फस्ने निश्चित छ । लहरो तान्दा पहरो गर्जयो भने उनले स्वर्गिय बिरेन्द्रको सम्पत्ति हत्याएको र सो सम्पत्तीको समेत खोजी हुने स्रोतको दाबी रहेको छ ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...