Thursday, March 22, 2018
वैदेशिक रोजगारीमा जाने कसरी लुटिन्छन् ? महासंघका अध्यक्ष र बंगाली नागरिक अमिनको साँठगाँठमा श्रममन्त्री फस्दै
रोशन कार्की
काठमाडौं
बढ्दो बेरोजगारीको मौका उठाउदै बेरोजगार युवायुवतीलाई विदेशमा रोजगारीमा पठाउने भन्दै विभिन्न लोभ देखाएर ठगी कार्यले तीव्रता पाएको छ । महिनैपिच्छे परिवर्तन हुने सरकार र मन्त्रीकै कारण आफूखुसी शुल्क निर्धारण गर्दै ठगिन बाध्य बेरोजगार युवायुवतीहरु गाउँदेखि विदेशसम्म ठगिन बाध्य भएका छन् । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई ठग्ने जो कोहीलाई पनि नछोड्ने सार्वजनिक घोषणा गरिरहे पनि युवायुवती रोजगारीको नाममा ठगिँदै आएका छन् । मन्त्री विष्टको सो घोषणा गरे पनि कामदारहरुको शोषण, रोजगारीमा जाने युवायुवतीसँग चर्को शुल्क संकलन गर्ने, ओएससीलगायतका संस्थाहरुका विरुद्धमा परेका सबै उजुरी अझै अलपत्र परेका छन् ।
नेपाली युवायुवतीहरुलाई मलेसियाको रोजगारी कटौती गर्ने र बंगलादेशी युवायुवतीलाई लैजाने वा नेपालीलाई लैजाने भन्नेबारे अमिन नामका एक जना बंगलादेशी र ओएससीका राम श्रेष्ठबीच आफ्नो फाइदा हेरी निर्णय गरेको आरोप उनीहरुमाथि लागेको छ । तत्कालीन श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङको पालामा सुुरु गरेको फ्रि–भिसा, फ्रि–टिकेटकै बहानामा समेत म्यानपावर कम्पनीका सञ्चालकहरुले प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँभन्दा बढी रकम ठगी गर्दैै आएका छन् भने पछिल्लो समय विभिन्न स्वास्थ्य परीक्षणकै नाममा अत्यधिक शुल्क असुली गर्दै ठगी धन्दालाई मन्त्रीहरुले नै संरक्षण गरेका कारण उक्त धन्दा नियन्त्रण हुनसकेको छैन ।
हालै माओबादी केन्द्र र एमालेको गठबन्ध सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक विस्तार गरेको मन्त्रीमण्डलमा ऊर्जा मन्त्रालय सम्हाल्दा राम्रो काम गरेको भन्दै प्रशंसा बटुलेका गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै वैदेशिक रोजगार क्षेत्रका विभिन्न एजेण्टहरु मन्त्रीलाई फसाएर आफू कमाउने उद्देश्यका साथ ‘लबिङ’मा लागेको स्रोतको दाबी छ ।
म्यानपावर सञ्चालक र केही एजेण्टहरु सके मन्त्री विष्टलाई फकाएर आफ्नो स्वार्थपूर्ति गर्ने, नसके गलाएरै छाड्ने रणनीतिमा जुटेको एक उच्च स्रोतले बतायो । स्वास्थ्य परीक्षणको नाममा मलेसिया जाने नेपालीहरुबाट अवैध तवरले रकम असुल्ने बायोमेट्रिकका मुख्य व्यक्तिको रुपमा रहेका नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का सो अवैध कार्यमा ज्यान दिएर लागिपरेको स्रोतको भनाइ छ । स्रोतले गोप्य रुपमा दिएको जानकारीअनुसार मलेसियाका बंगाली अमिन नामको साँठगाँठमा अध्यक्ष खड्काले एकलौटी स्वास्थ्य परीक्षणका नाममा नेपालीहरुबाट करोडौ रकम अवैधरुपले असुल गरिँदा समेत सम्बन्धित निकायले सोबारे कुनै कारबाही अगाडि समेत बढाएको छैन । मन्त्री विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै एमालेका उच्चपदस्थ नेतालाई भेटेर आफ्नो अवैध धन्दा चलाइरहने योजनामा सक्रिय भएर लागेका अध्यक्ष खड्का बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने आफ्ना निकटस्थहरुलाई समेत लिएर फूलका गुच्छासहित मन्त्री विष्टलाई भेट्न गत सोमबार मन्त्रालय पुगेका थिए ।
मन्त्रीलाई शुभकामना दिने बहानामा मन्त्रालय पुगेका खड्कालगायत उनीसँग गएकाहरुलाई मन्त्री विष्टले कुनै पार्टी, क्षेत्र वा नातासम्वन्धको आडमा कसैले कसैलाई ठग्न पाइँदैन भनेर बोलेपछि सो समूह रन्थनिएर मन्त्रालयबाट बाहिरएको मन्त्रालयस्थित एक उच्च स्रोतले बताएको छ । तत्कालीन श्रममन्त्रीमा टेकबहादुर गुरुङ हुँदै दिपक बोहोरा, सूर्यमान गुरुङ र फरमुल्लाह मन्सुरलाई आफ्नो पक्षमा राखेर अवैध धन्दा चलाएका खड्काले तत्कालीन श्रम समितिका सभापति प्रभु साहलाई अष्ट्रेलियाकै भ्रमण गराई ठगी कार्य गरेको आरोप खड्कामागि लागेको छ । मलेसियाका बंगाली अमिनसँगको साँठगाँठमा खड्काले एकलौटी स्वास्थ्य परीक्षणका नाममा नेपालीहरुबाट प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँमा हुँदै आएको स्वास्थ्य परीक्षण बायोमेट्रिकको नाममा पाँच हजार पाँच सय रुपैयाँ पु¥याएर उनले प्रतिव्यक्ति तीन हजार रुपैयाँ लुटिरहेका छन् ।
सो तीन हजार रुपैयाँको सबै हरहिसाब अध्यक्ष खड्का आफैँले राख्ने गरेको र सो पैसालाई विभिन्न समूहमा वर्गीकरण गरेर मन्त्री, नेता, कर्मचार, सचिव र पत्रकारसम्मलाई थैली बुझाउने गरेको मन्त्रालय स्रोतको भनाइ छ । केही वर्षसम्म सरकारबाट सूचीकृत तीन सय पाँच संस्थाले स्वास्थ्य परीक्षण गर्दै आएका थिए । उनीहरुले प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ शुल्क लिने गरेका थिए । त्यसलाई विस्थापित गर्दै पाँच हजार पाँच सय रुपैयाँ प्रतिव्यक्ति शुल्क राखेर सीमित मेडिकल सेन्टरबाट बायोमेट्रिक स्वास्थ्य परीक्षणको सुरुवात उनै अध्यक्ष खड्काले गरेका थिए । वैदेशिक रोजगारीमा जानेले बायोमेडिकलका नाममा कामदारसँग एक सय २५ मलेसियन रिंगेट ९३ हजार तीन सय रुपैयाँभन्दा बढी शुल्क उठाएर अनलाइन दर्ता गर्नुपर्ने हुन्छ । त्यहाँ पैसा तिरेको रसिद नदेखाई बायोमेडिकल नहुने व्यवस्था गरेर वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई खुलेआम ठगी गरिँदै आए पनि सरकारी निकायबाट कुनै अनुसन्धान समेत हुने गरेको छैन ।
तत्कालीन श्रम राज्यमन्त्री गुरुङले २०७२ असार २५ गते बढीमा छ महिना परीक्षणकाल भन्दै बायोमेडिकलमार्फत कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति दिएका थिए । यसरी अनुमति दिँदा श्रम मन्त्रालयको शर्त प्रस्ट रहेको थियो । जहाँ नेपालमा मात्रै पाइलट प्रोजेक्टका रूपमा यो व्यवस्था लागू भएको छ । यस्तै सफ्टवेयर अनलाइन प्रणालीमार्फत निःशुल्क रूपमा उपलब्ध हुनुपर्ने, सूचीकृत सबै स्वास्थ्य संस्थालाई समावेश गर्नुपर्ने, सरकारले निर्धारण गरेको शुल्कमात्रै लिनुपर्ने जस्ता व्यवस्था त्यसमा उल्लेख गरिएको छ । तर, ती सबै नियम उल्लङ्घन गर्दै अध्यक्ष खड्काले अत्यधिक मात्रामा शुल्क असुली गर्ने गरेको पाइएको हो ।
बायोमेट्रिक मेडिकल लागू गर्ने जिम्मा पाएको मलेसियास्थित बेस्टिनेट कम्पनीलाई सदस्यता शुल्कबापत ५० लाख रुपैयाँ बुझाउनसक्नेहरूले मात्रै यो काम गर्न पाएका थिए । अध्यक्ष खड्काको निर्देशनमा नै आर्थिक लाभ लिएर ३९ वटा मेडिकल सेन्टरलाई छानी सो सेन्टरसँग प्रतिमहिना कमिसन लिने गरी छानिएको थियो । जसका कारण नेपालीहरु ठगिनुपरेको छ । बढीमा छ महिना ‘परीक्षण’ भनिएको भए पनि आजको मितिसम्म सरकारले न यसलाई बन्द गर्नसकेको छ, न अनुमति नै दिएको छ । यसरी विना अनुमति सो अवैध कार्य तीव्रताका साथ चलिरहेको छ ।
केही वर्षअघि वैदेशिक रोजगारीको लागि नेपाली कामदारको प्रमुख आकर्षकका रुपमा रहेको मलेसिया अहिले रोजाइमा समेत पर्न छाडेको छ । सरकारले शून्य लागतको घोषणा गरे पनि म्यानपावर कम्पनीले एक लाखभन्दा बढी रकम लिने गरेको, मलेसियन रिंगेटको भाउ घटेको तथा स्वास्थ्य परीक्षणका बायोमेट्रिक प्रणाली लागू भएका कारण नेपाली कामदार मलेसिया जानेक्रम घट्दै गएको हो । म्यानपावर कम्पनीले सम्झौता गरेअनुसार काम, पारिश्रमिक र सेवा सुविधा नपाउने मात्र होइन ठूलो संख्यामा कामदार अलपत्र पार्ने, चोरीडकैती र लुटपाटका घटना पनि मलेसियामा बढ्दै गएसँगै सो मुलुकमा जाने कामदारको रुचिमा परेको छैन ।
रोजगारीका लागि मलेसिया जाने प्रक्रिया सुरु हुँदादेखि नै कामदार ठगिने क्रम पनि सुरु हुने गरेको छ । म्यानपावरले १० हजारको रसिद दिएर एक लाखदेखि एक लाख ५० हजारसम्म रकम असुल्ने तर काम र पारिश्रमिकको ग्यारेन्टी नहुने भएपछि सो बारेमा वैदेशिक रोजगार विभागमा उजुरी समेत पर्ने क्रममा वृद्धि भएको छ । मलेसिया सबैभन्दा बढी नेपाली कामदार रोजगारीमा रहेको मुलुक हो । वैधानिक रुपमा मात्र करिब आठ लाखभन्दा बढी नेपाली मलेसियामा कार्यरत रहेको सरकारी अनुमान रहेको छ । मलेसियाको रोजगारीमा बाधा देखेपछि यतिबेला नेपाली युवा धमाधम खाडीतिर लागेका छन् । कम लागत र मलेसियाभन्दा बढी कमाइ र सुरक्षा देखेपछि खाडी मुलुक जानथालेका हुन् ।
मन्त्री विष्टले पदभार ग्रहण गरेपछि सार्वजनिक रुपमै वैदेशिक रोजगारीका क्षेत्रमा सम्बद्ध व्यवसायीले नै विकृति ल्याएको बताउँदै म्यानपावर व्यवसायीहरुलाई तत्काल सुध्रिन चेतावनी दिएका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सहभागी भएका मन्त्री विष्टले भनेका थिए, ‘तै पनि किन तपाईंहरु समाजमा बदनाम हुनुहुन्छ, तसर्थ अबका दिनमा यस व्यवसायमा शुद्धीकरण जरुरी छ ।’ उनले सो बेला वैदेशिक रोजगार व्यवसायमा धेरै विकृति भएको भन्दै आजैबाट खराब आचरण त्यागेर सुध्रिन व्यवसायीलाई निर्देशन दिएलगत्तै एक समूह उनीलाई खुसी पार्नका लागि मन्त्रालयमै गएका थिए ।
मन्त्री विष्टले यदि कुनै व्यवसायीले आफ्नो खराब आचरणमा सुधार ल्याउनसक्दैन भने उसको डाइनोसरको हालत हुने चेतावनी दिएका थिए । अबका दिनमा वैदेशिक रोजगार क्षेत्रमा कुनै पनि संघ÷संस्थाको नाममा सिण्डिकेट लागू नहुने भन्दै यसअघि भएका सबै संघ÷संस्था खारेज गरिने बताए पनि उनी पछिल्लो समयमा तिनै सिण्डिकेट लागू गर्ने प्रमुख योजनाकारसँग घुममिल हुँदै आएका छन् । मन्त्री विष्टले भनेका थिए, ‘अहिले बायोमेट्रिक, भीएलएन, माइग्राम, जीएसजी, गाम्कालगायत विभिन्न संघ÷संस्थाले सिण्डिकेट खडा गरेको सुनिएको छ, यसलाई ऐन नियममा नै परिमार्जन गरेर भए पनि खारेज गरिन्छ ।’
हाल व्यवसायीले नेपालमा एउटा शर्तनामा गरी विदेशमा अर्को काममा पठाएर कामदारलाई दुःख दिने गरेको जानकारी पाए पनि सोहीबारे कुनै कारबाही मन्त्री विष्टले अगाडी बढाउनसकेका छैनन् । वैदेशिक रोजगार विभागका कर्मचारीलाई आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्न निर्देशन दिएको जानकारी दिँदै नसुध्रिने कर्मचारीलाई पनि तत्काल कारबाही गरी कानुनी कठघरामा उभ्याइने बताए पनि सो विभागमा हुने अवैध धन्धाको बारेमा छानबिन गर्न समेत उनले सकेका छैनन् ।
यसरी रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारहरूलाई विभिन्न गिरोह नै सक्रिय भएर निर्बाध रूपमा ठगी हँुदा समेत मन्त्री भने कारबाही गर्ने सार्वजनिक कार्यक्रममा बताइरहेका छन् । मलेसियामा पछिल्लो समयमा बायोमेट्रिक मेडिकल माइग्राम्स, वन स्टप सेन्टर (भीएलएन नेपाल), आईएससी (जीएसजी) नामक संस्थाले खुले आम नेपाली कामदारमाथि ठगी धन्दा चलाउँदै आएको छ । मलेसियाको अल्ट्रा किनारा एसडीएम बीएचडी नामक कम्पनीले नेपालको वभि लुर नेगारा (भीएलएन) संस्थासँग २०७० सात कात्तिक ८ गते कामदारको प्रवेशाज्ञा प्राप्ति प्रक्रिया गर्ने सम्झौतामार्फत अवैधानिक रूपमा कामदारसँग रकम असुली गर्दै आएको छ ।
विगत एक वर्षदेखि मलेसियामा जाने नेपाली कामदारहरूबाट एक निजी कम्पनीले अवैधानिक रूपमा प्रतिकामदारसँग अतिरिक्त रूपमा उठाइरहँदा कोही÷कसैको पनि ध्यान पुग्नसकेको छैन । र त्यो संस्था भीएलएन नेपाल र हामेष्ट मुन ट्राभल र वाइड स्पेस ओभरसिजका सञ्चालक समेत रहेका अध्यक्ष राम श्रेष्ठले ठगी धन्दा चलाउँदै आएका छन् । भीएलएनको गतिविधिप्रति शंका गर्दै यसअघि श्रम, पराराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिन गरे पनि अहिलेसम्म कुनै कारबाही गर्नसकेको छैन । यसैगरी नेपाली युवा ठग्ने अर्काे कम्पनी आईएसी रहेको छ । यो कम्पनी २०७३ भदौ ३० गतेदेखि नै महाराजगञ्जमा कार्यालय स्थापना गरी कामदारको औँठाछाप लिँदै ठग्दै आएको छ । यसले प्रतिकामदार तीन हजार दुई सय रूपैयाँ असुलिरहेको छ । म्यानपावर व्यवसायी गोविन्द थपलियाले यस्तो ठगी धन्दा चलाइरहेको स्रोतको दाबी रहेको छ । विदेशमा कामदार पठाएर ठगी गर्ने गरे पनि कोशी इन्टरनेशनल म्यानपावरका सञ्चालक थपलिया त नेपालमा नै बसेर दैनिक लाखौँ रूपैयाँ ठगी गर्र्दै आएका छन् । उनीहरु आफैँ पूर्वप्रहरी भएका कारण कताबाट ‘सेटिङ’ मिलाउँदा कति पचाउन सकिन्छ भन्नेमा उनी पूर्ण जानकार रहेकाले सो धन्दा चलाएको आरोप स्रोतको रहेको छ ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघको नाममा बायोमेट्रिक प्रणालीको स्वास्थ्य परीक्षणले कामदार लुट्ने क्रम रोकिएको छैन । तीन हजार दुई सय रूपैयाँमा स्वास्थ्य परीक्षण भइरहेको समयमा बायोमेट्रिक मेडिकल गर्ने नाममा चार हजार पाँच सय रूपैयाँ प्रतिकामदार उठाइरहेका ३८ वटा मेडिकल संस्थालाई कोही÷कसैले रोक्नसकेका छैन् । स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काकै योजनामा सो अवैध धन्दा सञ्चालन हुँदै आएको छ । उनले विभिन्न राजनीतिक शक्तिको आड भरोसा लिने गरेका छन् । उनले श्रम मन्त्रालय, स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई ‘सेटिङ’ मिलाएर धन्दा चलाएको आरोप मन्त्रालयका एक कर्मचारीले बताएका छन् । भीएलएनका राम श्रेष्ठ, सीएसजीका गोविन्द थपलिया र बायोमेट्रिकका कैलाश खड्काले मलेसिया जाने कामदारसँग लाखौँ ठगिरहेको गुनासो आए पनि मन्त्रीको त्यसतर्फ भने ध्यान जानसकेको छैन ।
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.