उद्योग वाणिज्य महासंघको इतिहाँस अध्यक्ष राणाकै कारण संकटमा !!!
रोशन कार्की<
div class="separator" style="clear: both; text-align: center;">
काठमाडौं । केही लामो समयदेखि उद्योग विहिन र कालोसूचीमा परेका व्यक्तिको इसारामा संस्थालाई चलाउदा पछिल्लो समयमा आएर व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको इतिहाँसमै कालोधब्बा लाग्न पुगेको छ । संस्थाको नेतृत्व गर्ने समुहको असक्षमताका कारण ५३ वर्षदेखिको साथ एकाएक छुट्टीएर आप्mनै विधान अनुसार संगठन विस्तारमा नेपाल चेम्बर अफ कमर्स लागेसंगै महासंघको इतिहाँस नै संकटमा परेकोभन्दै आरोपप्रत्यारोपमै बितेको छ । २०७४ सालबाट भवानी राणाले महासंघको नेतृत्व सम्हालेको १६ महिना पुग्दा नपुग्दै इतिहासमै दुःखदायी घटना घट्न समेत हुन पुगेको छ । २००७ सालमा स्थापना गरेको नेपाल चेम्बर अफ कमर्श एकाएक महासंघबाट अलगिएपछि व्यापारीहरुको संस्थाको इतिहासनै खराब हुन पुगेको महासंघकै पूर्वअध्यक्षहरुले बताएका छन् । गौरवमय इतिहास बोकेको महासंघ नीजि क्षेत्रको प्रतिनिधिमूलक संस्थाको नेतृत्वको होडबाजी सत्तालिप्सा स्वार्थले गर्दा अध्यक्षमा भारीमतले विजय भएका प्रदिपजंग पाण्डेलाई पुरानो मुद्दालाई उल्टाएर अयोग्य ठहरगरी जेलसमेत हाल्न केही व्यवसायीहरु सफल भएसंगै महासंघमा भाँडभैलोको अवस्था सिर्जना सुरु भएको थियो । शिशाको घरमा बसेर ढुंगाहानेर रमाईलो गरेपछि महासंघमा बरिष्ठ उपाध्यक्ष भएका पशुपति मुरारकालाई अध्यक्ष बनाएदेखि नै महासंघको इतिहासमा कालोछाँया छाउदै आएको पुर्वअध्यक्षहरुको भनाई रहेको छ । यसरी ३२ वर्ष पुरानो मुद्दालाई उल्टाउदै दोष ठहर गराएको सो समुहले पनि सन्तुलित नेतृत्व प्रदान गर्न नसक्दै नेतृत्व अबधि सकिएको थियो । प्रदिपजंग पाण्डे अवैधानिक रुपमा अध्यक्षामा निर्वाचित भएको भन्दै पूर्व अध्यक्षहरु महासंघबाट अलगसमेत भएका थिए ।
पशुपति मुरारका पछि महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको योजनामा महासंघको विधान समेत संशोधन गरेर वरिष्ठ उपाध्यक्ष भवानी राणालाई महासंघको नेतृत्व दिएसंगै महासंघको इतिहास समेत खोज्नु पर्ने अबस्थामा पुगेको आरोप व्यवसायीहरुको रहेको छ । भवानी राणाले अध्यक्षको कार्यभार सम्हालेपछिको एक वर्ष तीन महिनाको अवधिमा महासंघले इतिहासमै पहिलो पल्ट आफ्नो सस्थापक संस्थालाई ५२ वर्ष पछि गुमाउनु प¥यो । महासंघका अग्रज, पूर्व अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने विषय महासंघको हितमा नभएको भनेर सल्लाह सुझाव दिंदादिंदै पनि ढकालले जबर्जस्ती विधान संशोधन गरेर अघि बढेपछि पूर्वअध्यक्षहरु महासंघबाट अलग भई ‘नेपाल उद्योग बाणिज्य महासंघ पूर्व अध्यक्ष परिषद्’ नै गठन गरेका थिए ।
यसरी नेतृत्व समुहबाट नेपाल चेम्बर अफ कमर्शले विधान विपरित हिडेको भन्दै कारबाही गर्ने पत्र महासंघले पठाएपछि चेम्बर २०७५ साउन २० गते सर्वसम्मत निर्णय गर्दै महासंघबाट अलग भएको, आफू सदस्य नरहेको पत्र २०७५ साउन २१ गते महासंघमा पठाएको अध्यक्ष राजेशकाजी श्रेष्ठले जनाएका छन् । संघको संस्थापक सदस्य रहेको चेम्बर ५३ वर्षपछि आफू सदस्य नरहेको घटनालाई महासंघको वर्तमान नेतृत्वबाट भने सामान्य प्रतिकृया दिएको छ भने, पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठले सार्वजनिक रुपमै चेम्बर महासंघबाट अलगिनु अत्यन्त दुखदायी भएको बताएका थिए । पूर्वअध्यक्ष श्रेष्ठले महासंघको अस्तित्वसमेत संकटमा परेको सुन्नु पर्दाे संस्थाकै इतिहासको धरोहरमा आँच पुगेको भन्दै दुख ब्यक्त गरेका थिए ।
महासंघको नेतृत्व भवानी राणाले सम्हालेपछि यसको सांगठानिक अवस्था इतिहासमै कमजोर सावित हुन पुगेको छ । अध्यक्ष राणाको असन्तुलित नेतृत्व, सांगठानिक, प्रशासनिक क्षमता अति कमजोर र जनसम्पर्क विहीन भएकाले महासंघको गतिविधि नै ठप्प हुन पुगेको भन्दै कार्यकारिणी समितिका सदस्यहरुले समेत आलोचना गर्दै आएका छन् । विगतमा उद्योगी–ब्यवसायीहरुको छाता संगठनको रुपमा उभिएको महासंघ राणाको कार्यकालमा यसको इतिहास र गौरवमाथि नै आँच आएको ठहर समेत पूर्व अध्यक्षहरुले गरेको समाचार आर्थिक दैनिले प्रकाशन गरेको छ । यसरी कालोसूचीबाट जोगिनकै लागि महासंघमा हैकम चलाउदै आउका पूर्वअध्यक्ष चण्डीराज ढकालको योजनामा महासंघको विधान समेत संशोधन गरेर वरिष्ठ उपाध्यक्ष राणालाई महासंघको सिंहासनमा बसाएपछि उनको अक्षमताले गर्दा महासंघमै अस्तित्वको लडाई लड्नु पर्ने अवस्था सिर्जना भएको छ ।
महासंघको अध्यक्ष भवानी राणाकै अक्षमताले गर्दा महासंघका राष्ट्रिय/अन्तर्राष्ट्रिय गतिविधि ठप्पै रहेको अवस्था रहेको छ । राष्ट्रिय गतिविधिमा नेपाल चेम्बर अफ कमर्शले दैनिक जसो कार्यक्रम गरेर महासंघलाई ओझेलमा पारेको छ । चेम्वरले ब्यवसायी र ब्यवसायका बारेमा गर्दै आएको अन्तक्र्रियाले उसको नेतृत्वको सक्षमता र क्रियाशीलताको परिचय दिदै आएको छ भने महासंघको गतिबिधिमा समेत ठप्प रहेको महासंघकै एक सदस्यले बताएका छन् । चेम्बरले आफ्नो सांगठानिक गतिविधि पनि सातै प्रदेशमा पु¥याएर छ । नेपाल चेम्बर महासंघबाट अलगिएपछि विधान अनुसार अहिले ६५ जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बताएका छन् ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.