Tuesday, November 13, 2018

पत्रकारिता क्षेत्रकै बदनाम : समाचारलाई विज्ञापनको रुपमा प्रसारण गरि हजारौको बिल पेस

रोशन कार्की
काठमाडौं । पछिल्लो समय नेपालमा विभिन्न समाचारलाई प्रशारण प्रकाशन गर्ने भन्दै सरकारी निकायबाट स्वीकृत लिएका केही व्यक्तीगत मिडिया हाउसबाट समाचार प्रकाशन/प्रशारण गरेपछि हजारौ रुपैयाँको विल पेस गरी अबैधरुपमा रकम संकलन गरेको प्रमाण प्राप्त भएको छ । विभिन्न नामका मिडिया हाउस खोल्ने र विशेषगरी आर्थिक पत्रकारिता संग आबद्ध भएका केही मिडिया सञ्चालकले पत्रकार सम्मेलन र अन्य कार्याक्रमको समाचार प्रकाशन/प्रसारण गरे वापत हजारौ रुपैयाँ समाचार प्रसारण प्रकाशन भएपछि विल पठाई रकम संकलन गर्ने गरेको प्राप्त विलबाट खुलेको छ । प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचार सहिंता अनुसार कुनै पनि समाचार प्रकाशन/प्रसारण गरेपछि रकम असुली गर्न नहुने उल्लेख गरेको छ । काउन्सिलको दफा ७ को समाचार,विचार र विज्ञापन छुट्टीने गरी सम्प्रेषण शिर्षकको १ मा पत्रकार तथा सञ्चारमाध्यमले पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी प्रचलित विश्वव्यापी मान्यता अनुसार समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पष्ट अन्तर हुनेगरी सम्प्रेषण गर्नुपर्दछ भन्ने उल्लेख छ । तर यहाँ समाचारलाई नै विज्ञापनको रुपमा प्रसारण गरेर लामो समयदेखि विद्यमान आचार सहिंता विपरित रकम असुली गरिदै आएको पाइएको हो । आफुलाई बरिष्ठ आर्थिक पत्रकारको परिचय दिदै हिड्ने सो समुहबाट सञ्चालनमा रहेको टेलिभिजनको समय खरिद गरी नेपाल टेलिभिजनमा प्रसारण हुदै आएको पाइएको छ । नेपाली पत्रकारिता जगतमै कालो दाग लागाउदाँ समेत सो समुहमाथी सम्बन्धित निकायबाट कुनै चासो दिएको छैन भने अधिकाश विल सरकारी मातहतकै कार्यालयबाट भुक्तानी समेत हुदै आएको छ । आम पाठक, दर्शक र श्रोताहरुको नजरमा पत्रकार र पत्रकारिताप्रति एकखाले नकारात्मक धारणा उत्पन्न समेत हुदै गएको छ । सो धारणालाई प्रमाणित गर्ने केही नीजि मिडिया हाउस खोलेर समय खरिद गरी टेलिभिजनबाट प्रसारण गर्दै आएको समुहले गरेको छ । पत्रकारिताको आफ्नै सिद्धान्त छ यसलाई आफू अनुकुल ब्याख्या गर्न मिल्दैन । अर्कोकुरा सामान्य आँखाले देखिने कमजोरीलाई अन्तराष्ट्रिय सिद्धान्तको अनुकुलित ब्याख्या गरेर भ्रमित पार्ने र धुल्मुल्याउने चेष्टा गर्न पनि मिल्दैन । तर सो हाउसका सञ्चालकबाट आफै व्याख्य गरेर अबैधरुपमा समाचारलाई विज्ञापनको रुपमा देखाई रकम असुली हुने कार्यमा तीब्रता आएको छ । कानुनको नजरमा सवै बरावर छन । यसको उल्लंघन गर्ने जो कोहीलाई कानुन अनुसार कारवाही गर्नुपर्छ । तर अर्थमन्त्रालय, राष्ट्र बैंकदेखि नेतासम्मको आर्शिबाद लिएर प्रचलित कानुनलाई समेत बेवास्था गरी कानुन हातमा लिदै आएको छ । नेपाली पत्रकारिता र पत्रकारमाथि जालझेलको आरोप लादै आएको छ । यहाँ पत्रकारिताको भेषमा कुम्ल्याउनेहरुका जमात ठूलो रहेको समेत भेटिएको छ । एक जनाको बदमासीलाई लिएर समग्र पत्रकारिता पेशालाई नै बदनामी भएको छ । अर्काे कुरा जो सुकैले जुनसुकै पेशा गरेपनि त्यो पेशाको मर्यादा ख्याल राखेर मात्रै अघि बढ्नुपर्छ ।

मेघा बैंकमा एकपछि अर्को ठगीधन्धा : चल्ती खातामा रहेको पैसा बैंक कर्मचारीकै खातामा

रोशन कार्की
काठमाडौं । बचतकर्ताहरुले आफ्नो रकम सुरक्षित र तोकिएको व्याज आउने आशामा जम्मा गरेको रकम र व्याजनै बैंककै कर्मचारीबाट हिनामिना गर्दै पटक पटक बिबादमा तानिएको मेघा बैंक फेरि बिबादमा तानिएको छ । ढिलो गरि प्राप्त समाचारका अनुसार मेघा बैंकमा खाता भएका खतावालाको रकम पुन हराएको पाईएको छ । प्राप्त विवरण अनुसार सो बैंकका खातावाला ओम साई कन्ट्रक्सन हेटौडाका प्रवन्ध निर्देशक होमनाथ गौतमले आफ्नो चल्ती खाता नं ००१००१००७५१५५ मा रहेको रकम तत्कालिन मेघा बैक कान्तिपथ काठमाडौका डाइरेक्टरले दुरुपयोग गरेको दावी गरेका छन् । उनले २०६८ सालमा खोलेको खातामा ३० लाख रकम जम्मा गरिएको थियो, सो रकम मेघा बैंकका तत्कालिन डाइरेक्टर डा दुमन थापाले आफ्नो नाममा दर्ता भएको हाइल्याण्ड माइनिङ प्रालि काठमाडौको नाममा टान्स्फर गरी लगेको आरोप लगाएका छन् निर्देशक गौतमले रकम निकासा गर्न जाँदा अर्को चेक बनाएर हाइल्याण्ड माइनिङ प्रालिको नाममा टान्स्फर गरी लगेको थाहा भएको जानकारी दिएका छन् । तत्कालिन कार्यकारी निर्देशक अनिल शाहसँग लिखित निवेदन दिएपछि गत वर्षको मंसिर ८ गते पुनः खातामा पैसा जम्मा भएपनि नेपालका बैंक र तिनमा काम गर्ने जिम्मेवार ब्यक्ति कति गैरजिम्मेवार हुँदारहेछन् भन्ने कुरा यस घटनाबाट प्रष्ट भएको छ । यसैगरी, मेघा बैंक लिमिटेडमा रहेको खाता बन्द गर्दा पनि मंहगो शुल्क असुली हुने गरेको अर्को घटनाले प्रमाणित भएको छ । कुनै पनि बैंकमा रहेको खाता बन्द गर्दा बैंकले १००, २०० या ५०० रुपैयाँ रकम कटाउला भन्ने सोचमा रहेका खातावालाहरु मेघा बैंकको खाता बन्द गर्दा लाग्ने शुल्क देखेर चकिन भएका छन । तर मेघा बैंक नारायणगढ शाखाले सेवाग्राहीले आफ्नो खाता बन्द गर्दा पाँच हजार रुपैयाँ काट्ने गरेको रहस्य बाहिर आएको छ । खाता खोल्दा शून्य बचतमा नै खोलिदिने बैंकले खाता बन्द गर्दा भने ५ हजार रुपैयाँ काट्दै सो बैंकले उपभोक्तामाथी ठगी कार्य गर्दै आएको पाईएको छ । आफ्ना दुई छोराछोरीको नाममा बैंकमा रहेको सून्य मौजात खाता बन्द गर्दा १० हजार रुपैयाँ काटेको गुनासो खातावाला रचना रेग्मी खरेलले गरेकी छिन् । आफ्ना छोराछोरी इशान खरेल र बुनु खरेलको खाता बन्द गर्न जाँदा नारायणगढको पुल्चोकमा रहेको मेघा बैंक लिमिटेडको शाखाले सो बापत जनही ५ हजार रुपैयाँका दरले पैसा असुलेको बताइएकी छिन् । उनले केही महिना अगाडि मात्रै बैंकका कर्मचारीहरुले खाता खोल्नका लागि बारम्बार तारताकेता गरेपछि खाता खोलेको बताउँदै अहिले ती खाताहरुको आवश्यकता नरहेको महसुस भएकाले बन्द गर्न जाँदा शून्य मौज्दात भएपनि हुने खाता बन्द गर्दा ५ हजार लाग्ने भन्दा आफू आश्चर्यमा परेको बताइन । यसरी च्याउ उम्ररेझै खुलेका बैंकहरुले सेवा सुरु गर्दा उपभोक्तालाई विभिन्न उपहार र प्रलोभनका भरमा खाता खोल्न लगाउने र बन्द गर्दा ठग्ने प्रवित्ति बढ्दा समेत केन्द्रीय बैंक मौन बसेको छ्र । सो बैंकबाट सर्वसाधारणदेखि उच्च घरानीयासम्मको पैसा बैंकबाटै गायव भएको भन्दै अहिले दुखेसो गर्दै हिडेका छन् । सुरुमा विभिन्न आश्वासन दिदै विभिन्न सेवा सुबिधा उपलव्ध हुने भन्दै ग्राहकलाई आकर्षण गराउदै आएको सो बैंकले स्थापना कालदेखि शेयरधनीदेखि सर्वसाधारणको रकमलाई केही व्यक्तिहरुको मिलिमतोमा आफुखुशी चलाउदै आएको आरोप लगाएका छन् । सो बैंक स्थापना गर्नुपुर्व संकलन गरेको लगानीकर्ताको ५ अर्ब देखिनै सो बैंकभित्र विवाद हुदै आएको थियो । ऋणीलाई फोन गरेर ऋण चुक्ता गर्न आउनुभन्दै दिनमा ५ पटकसम्म फोन गरेर अत्याधिक मंहगो शुल्क जोड्दै अबैध रकम संकलन गरेको सो बैंकमा पछिल्लो समयमा निक्षेपनै गायव बनाउन बैंक संञ्चालकहरु संलग्न हुनथालेपछि बैंकमा पैसा राख्नु कतिको सुरक्षित भयो त अब । बैंकमाथिको विश्वासघात गरेको छ मेगा बैंकले । सो बैंकमा निक्षेपकर्ता ग्राहकको रकम नै गायब हुुने समस्याले उग्ररुप लिएको छ । बानेश्वर शाखाबाट सुरु भएको सो समस्या अहिले प्रायः सवै शाखाहरुमा देखिन थालेको पिडितहरुले बताएका छन । अन्य खाताको तुलनामा मुुद्दती खातामा निक्षेप राख्दा अलि बढी ब्याज आउँछ । सोही ब्याजको आशामा पैसा राखे अहिले बैंकले ब्याज नै गायब गरिदिएपछि अर्धचेतमा रहेका छन् । मेगाले मुुद्दती खातामा पैसा राख्ने आफूजस्तै धेरै ग्राहकको ब्याज रकम नै गायब गरिदिएको ती ग्राहकले बताएका छन् । रकम गायब भएको विषयमा बैंकको बानेश्वर शाखामा ‘कम्प्लेन’ गर्दा केही समस्या देखिएको बताए पनि ब्याज फिर्ता कहिले हुन्छ भन्नेबारे बैंकले कुुनै जानकारी दिन सकेको छैन । मेगाकै एक जना सञ्चालकको आफन्तको मुुद्दती खाताको ब्याज रकम गायब भएपछि ती ग्राहकले बैंकका सञ्चालकलाई भनेका थिए । सोही कारण बैंकभित्र देखिएको ब्याज गायबको समस्या छताछुल्ल भयो । मेगा बैंकको बानेश्वर शाखामा सम्पर्क गर्दा त्यहाँ कार्यरत महिला कर्मचारीले सुरुमा त्यस्तो समस्या नभएको दाबी गरिन । पछि ती कर्मचारीले केही दिनमा खातामा पैसा आउछ अरुलाई पनि सोही भनिदिनु होला रकम गायव भएको बारे कसैलाई पनि जानकारी नगरिदिन आग्रह गर्दै थिइन । बैंकको माथिल्लो तहबाट कुनै ग्राहकले ब्याज रकम गायब भएको भनेर ‘कम्प्लेन’ गरेमा केही दिनभित्र नै समस्या समाधान हुुने भन्दै सम्झाउन भनेको मेगाको बानेश्वर शाखामा कार्यरत एक जना महिला कर्मचारीले बताए । यता बैंकका ग्राहकहरुले भने पछिल्लो समय मेगा बैंकको सेवा निकै नै कमजोर भएकाले बैंकलाई विश्वास गर्नसक्ने ठोस आधार समेत नभएको बताए । बानेश्वर शाखामा मात्र नभई बैंकको अर्घाखाँची, जावलाखेल, कपन, पोखरा, बुुटवल, न्युुरोडलगायतमा शाखामा पनि यस्तै समस्याहरु आएको भन्दै ग्राहकहरुले गुनासो व्यक्त गर्न थालेको ती ग्राहकको भनाइ छ । मेगा बैंकको नक्कली ‘प्रोक्सी’ सम्बन्धी विवादले पनि अहिले नेपाल धितोपत्र बोर्डमा के गर्नेभन्ने विषयमा बहस भएको छ । बैंकले गत असार २९ गते सातौं वार्षिक साधारणसभामा सञ्चालक समितिको निर्वाचन पनि गरेको थियो । उक्त निवार्चनमा व्यापक मात्रामा नक्कली ‘प्रोक्सी’को प्रयोग भन्दै सोको जानकारी बोर्डमा समेत पुुगेपछि बोर्डले नक्कली ‘प्रोक्सी’का बारेमा सत्यतथ्य जानकारी लिने तयारी गरेको भएपनि सो बारे गुपचुप बनाउने तयारीमा मेगा बैंक क्रियाशिल बनेको छ । मेगा बैंकका ठूला लगानीकर्ताहरुले धितोपत्र बोर्डमा हालेको पत्रमा भनिएको छ, ‘यही असार २६ मा जम्मा बुुझाएको प्रोक्सी फारममध्ये ६६ वटा प्रोक्सी थान हामीलाई बुुझाएको लिष्टमा कतै नभएको र बदर भएको प्रोक्सी पनि के कारणले बदर भएको कारण पनि नभनी यसरी निर्वाचन गर्नुु खुल्लारुपमा बदमासी र बदनियत भएको देखिन्छ । तसर्थ तुुरुन्तै यसको समाधान गरी सदर र बदर लिष्ट यथाशक्य उपलब्ध गराउन माग गर्दछौं ।’ निर्वाचन प्रक्रियामा धाँधली भएकाले प्रोक्सी पुुनः एकीन गरिपाऊँ भन्नेसम्बन्धी उक्त पत्रको बोधार्थकोरुपमा नेपाल राष्ट्र बैंक, मेगा बैंक, अख्तियार दुुरुपयोग अनुसन्धान आयोग, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेपाल धितोपत्र बोर्ड एवं कम्पनी रजिष्टर्ड कार्यालयलाई समेत बोधार्र्थकोरुपमा उल्लेख गरेको छ । लगानीकर्ता स्रोेतका अनुसार निर्वाचनको समयमा मुक्तिराम पाण्डको नाउँमा ४३ लाख कित्ता नक्कली प्रोक्सी दर्ता गराए । सोमध्ये ३३ लाख कित्ता प्रोक्सी मात्र सदर भयो । मेगाले निर्वाचनको लागि ईश्वरीप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकेको थियो । निर्वाचन अधिकृत भट्टराई मेगा कलेजका समेत कानुुनी सल्लाहकार हुुन । स्मरण रहोसः मेगा कलेज मेगा बैंककै सञ्चालक गोपाल खनालको हो । सोही आधारमा खनालले मेगा बैंकको लागि पनि भट्टराईलाई नै निर्वाचन अधिकृत तोकेका थिए  । मेगा बैंकका अध्यक्ष भोजबहदुर शाहका अधिकांश मान्छेहरु अर्घाखाँचीको रहेको र तिनै व्यक्तिहरुले बैंक कब्जा गरेको बताएको छ । बैंकले उक्त वार्षिक साधारणसभा सर्वसाधारण सेयरधनी समूहबाट तीन जना र संस्थापक थियो । यसरी उम्मेदवारी दिनेमध्ये हाल पनि बैंकको सञ्ञ्चालक समितिमा रहेका अध्यक्ष भोजबहादुर शाह, गोपाल खनाल र मदनकुमार आचार्यको एउटा गुट रहेको थियो  । यसको लागि यो समूहले बैंकको छाप र कम्पनी सचिवको हस्ताक्षर नै नभएको ‘प्रोक्सी’ समेत वितरण गर्दै आएको आरोप लागेको दाबी स्रोतले गरेको छ । ‘प्रोक्सी’मा समस्या देखिएपछि अधिकांश ठूला लगानीकर्ताहरुले निर्वाचनको मिति घोषणा भएदेखि नै वितरण गरेका‘प्रोक्सी’हरु बदर हुनुपर्ने आवाज समेत उठाउँदै आएका छन । जसले ‘प्रोक्सी’ नै उठाएका छैनन, उसको नाउँमा ३५ लाखको ‘प्रोक्सी’ भएको, वर्तमान सञ्चालक मदनकुमार आचार्यको ‘प्रोक्सी’ नै नक्कली भएको आरोप पनि लगानीकर्ताहरुको रहेको छ । बलराम पन्त र बालकृष्ण सिवाकोटी सुरुदेखि नै बैंकमा प्रमोटरकोरुपमा रहेका छन । यी ता बैंकहरुले गर्ने एक उदाहरणमात्र हुन् । नेपालका बैंकहरु सेवामुखी हुनुपर्नेमा शहरमुखी बन्दै र बैंकका उपभोक्तामाथी लुटको धन्धा चलाउदै आएको पाइएएको छ । बैंकले पछिल्लो समय आयमुलकम भन्दापनि अनुपात्पातक क्षेत्रमा लगानी गरेर ठूलै कमिशन समेत लिदै आएको पाइएको छ । घरजग्गा , सवारी साधान, भ्याकुम क्लिनरदेखि ल्याण्डरोवरसम्म अनि जग्गादेखि कोलोनी जस्ता सुविधासम्पन्न क्षेत्रमा बैंकको लगानी हँुदै गएकोछ । मुलुकका ग्रामीण किसानदेखि उद्योग कलकारखानामा उनीहरु लगानी प्रायः शुन्य छभन्दा पनि फरक नपर्ने अबस्था रहेको नेपाल चेम्बर अफ कर्मशका बरिष्ठ उापध्यक्ष राजेन्द्र मल्लको भनाई रहेको छ । बैंकका अध्यक्ष र सिईओको चरम लापर्वाहीका कारण ऋण प्रवाहमा अनियमितता भइरहेकाले कुनै पनि वेला बैंकहरु डुब्ने खतरा उत्तिकै बढ्दै गएको छ । कैयौं बैंकर प्रहरी खोरमा पुगेको घटना पनि छँदै छन् । बैंकका सिईओले कमिशनको लोभमा परेर विभिन्न प्लटिङ जग्गा, कोलोनीमा खराब कर्जा प्रवाह गर्दै बैंकलाई धरासायी हुने अवस्थामा पु¥याएका छन् । कतिपय सिईओ आफैं बैंकको पैसामा मोज गरिरहेका छन् र आफैं धनी हुने ताकमा छन् । तलब खाने, अनि खराब कर्जा प्रवाह गरेर कमिशन कुम्ल्याउने र संचालकहरुको पैसामा रजाइँ गर्ने भनेर उनीहरुको आलोचना हुदै आएको छ । मेघा बैंकको होडिर्ङ बोर्ड राख्दा समेत कमिशन खाएको आरोप समेत रहेको छ । ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने मूल नारा बोकेर स्थापना भएको मेघा बैंक लिमिटेडमा शुरुमा १२१९ जना संचालक थिए । अहिले यो १ लाख ४५ हजार ६७५ नेपाली लगानीकर्ताको बैंक बनेको छ । तर उनीहरुको पैसामा मोज गरिरहेका छन् । २०६७ साउन ७ गतेदेखि बैंकिङ कारोबार शुरु गरेको यो बैंक भित्रभित्र खोक्रो भइसकेको त्यहाँ कार्यरत एक कर्मचारी बताउँछन् । सुरेन्द्र पाण्डे अर्थमन्त्री भएकै वेला उनले भनेका थिए, ‘कतिपय संस्थामा तलब खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत सीईओ एक्लैले लिएर बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीलाई दिने गरेका रहेछन् ।’ पाण्डेले पारिवारिक कम्पनीमा आफैं सीईओ बस्ने, मासिक तलब बिसौं लाख रुपैयाँ लिने, श्रीमती, छोराछोरीलाई पनि माथिल्लो तहको कर्मचारी राखेर तलब धेरै दिने गरेको बताएका थिए । पाण्डेको संकेत अनिल शाह जस्ता बैंकरतर्फ रहेको थियो । उनले भनेका थिए, ‘आम्दानी जति तलब, भत्तामा आफैंले खाएर कम्पनी चाहिं घाटामा देखाइन्छ । कम्पनी घाटामा गएको देखाएपछि कर तिर्नुपरेन । त्यसैले आम्दानी जति परिवारले तलबमा खान्छन् र लेखा परीक्षाण घाटा देखाउँदै आएका छन् । आफू, श्रीमती, छोराछोरीदेखि नातिपनातिसम्म लाखौं खाने अनि मजदूरलाई दिन पुगेन, कम्पनी घाटामा छ भन्ने चलन अहिले बैंकहरुमा देखिएको छ । कतिपय संस्थामा पारिश्रमिक खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत एक्लैले लिने र बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीले लिने गरेको पाइएको छ । माथिल्लो र तल्लो तहमा रहेको यस्तो असमानतालाई छाडा रुपमा सरकारले छोडेकै कारण बैंकहरुमा ठगीमा तीब्रता आएको हो ।

किसानलाई उखुको भुक्तानी नदिने चिनी व्यवसायी भागाभाग : केश मिलाईदिन भन्दै लुकीलुकी शक्तिकेन्द्र धाउदै

रोशन कार्की काठमाडौं । किसानको उखु लिने तर भुक्तानी नदिई सरकारसँग भने सहुलियत अनुदान लिँदै आएका चिनी उद्योगका व्यवसायीहरु पछिल्लो समयमा बक्यौता रकम नबुझाई भाग्नथालेका छन् । यसैक्रममा सरकारले पटक–पटक बक्यौता रकम किसानलाई भुक्तानी गर्नू–गराउनू भन्दै दिएको निर्देशनलाई समेत बेवास्ता गर्दै आएका चिनी उद्योगीमध्ये केही व्यवसायीहरुलाई पक्राउ गरेपछि बाँकी व्यवसायीहरु रातारात सम्पर्कविहीन भएका छन् । एकाएक अर्धभुमीगत भएका चिनी व्यवसायीहरु शशिकान्त अग्रवालकै नेतृत्वमा रकम जम्मा गरी शक्तिकेन्द्र धाई रहेको समेत फेला परेको छ । उनीहरु लुकिलुकी शक्तिकेन्द्र गएको स्रोतको दाबी रहेको छ । सरकारी निर्देशनको बेवास्ता गर्दै आएकामध्ये इन्दिरा सुगरमिलका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेपछि अन्य व्यवसायी भागेको सूचना प्राप्त भएको छ । प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट अग्रवाललाई पक्राउ गरेको हो । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिल प्रालिको समेत सञ्चालक हुन् । उनी नेपाल चिनी उत्पादनक संघका अध्यक्ष शशिकान्त अग्रवालकै भाइ समेत हुन् । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले आठ करोड ५८ लाख ९६ हजार ४ सय ८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले ३८ करोड ६८ लाख रुपैयाँ किसानको बक्यौता नतिरी बसेको तर सरकारी सहुलियतको रकम भने लिइसकेको पाइएको छ । कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा गत मगलबारमात्रै गृहमन्त्रालयलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो । उक्त निर्देशनपछि उद्योगी अग्रवाल काठमाडौंबाट पक्राउ परेका प्रहरीपरिसरका प्रमुख वसन्त लामाले जानकारी दिए । यसरी सरकारी निर्देशनको बेवास्ता गर्ने अन्य चिनी व्यवसायीलाई पनि नियन्त्रणमा लिने प्रहरीले जनाएको छ । यसरी चिनी व्यवसायीहरुले पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट ५० करोड रुपैयाँभन्दा बढी रकम पाउनुपर्ने बताएका छन् ।सो जिल्लामा रहेको तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी रकम हालसम्म पनि नदिई चिनी व्यवसायी भने भारतको नाकाबाट चोरीपैठारी गरी चिनी नेपाल भित्र्याएर महंगोमा बेच्दै आएका छन् । चोरीपैठारी गरी ल्याएको चिनीको बोरामा नेपाली उत्पादनको लोगो (ट्याग) टाँसी सरकारसँग सहुलियतको रकम समेत भुक्तानी लिइसकेका छन् । गत महिनामै बाँकी सबै किसानलाई रकम चुक्ता गर्नू, गराउनू भन्दै चिनी उद्योगीहरुलाई सरकारले निर्देशन दिए पनि सो निर्देशनको अवज्ञा गरेपछि चारवटा उद्योगका सञ्चालकहरुलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । त्यस समयमा शक्तिकेन्द्रकै कारण उनीहरु पक्राउ गरिएको थिएन । पक्राउ गर्नका लागि वाग्मती सुगर मिल्स नवलपरासीका सञ्चालक जगदीशकुमार अग्रवाल र एभरेष्ट सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज महोत्तरीका सञ्चालक तथा चिनी उत्पादनक संघका अध्यक्षसमेत रहेका शशिकान्त अग्रवाल, अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डस्ट्री प्रालि सर्लाहीका सञ्चालक राकेश अग्रवाल र इन्दिरा सुगर मिल्स नवलपरासीका सञ्चालक ज्ञानप्रसाद भट्टराईलाई तत्कालै पक्राउ गर्न गृहमन्त्रालयले जिल्ला १२ वटा उद्योगीले किसानलाई ७ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । प्रशासनलाई निर्देशन दिएको थियो । उनीहरुमध्ये राकेश अग्रवालमात्र पक्राउ परेका छन् भने अरु भागेका छन् ।सो समितिका अनुसार चिनी उद्योगले ७५ करोड रुपैयाँमध्ये हालसम्म २५ करोड रुपैयाँ बराबरकोमात्र भुक्तानी गरेको र बाँकी सबै सबै रकम भुक्तानी गर्न बाँकी रहेको जनाएकोछ ।तीनवटा उद्योगले १६ लाख बढी क्विन्टल उखु क्रसिङ गरी चिनी उत्पादन गरेको समितिले जनाएको समाचार आर्थिक दैनिकले छापेको छ । भुक्तानी नपाउँदा जिल्लाका१० हजार बढी किसान समस्यामा परेका छन् ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुई महिनाअघि उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका थिए । समयमा भुक्तानी नपाउँदा जिल्लामा हरेक वर्ष उखु उत्पादन घट्दै गएकोे छ । दुई वर्षअघि २५ लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा गत वर्ष २० लाख मात्र उत्पादन भएको थियो । यसवर्ष १६ लाख क्विन्टल उत्पादन भएको समितिले जनाएको छ ।
स्थानीय बासिन्दाहरुले आम्दानीको स्रोत उखु खेतीलाई बनाएपनि चिनी उद्योग सञ्चालकबाट रकम भुक्तानी नगर्दा अधिकाशं किसान ऋणमा ढुबेका छन् । लामो समयदेखि सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले भुक्तानी नदिएपछि उखुको लाँक्रासहित केही दिनअघि जिल्ला प्रशासन पुगेर धर्ना समेत दिएका थिए । सो उद्योग उनै अग्रवालको रहेको छ । गत भदौ २२ गते बालुवाटारमा भएको छलफलमा उपस्थित भएका चिनी उद्योगीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले १५ दिनभित्र किसानलाई उखुको भुक्तानी दिन निर्देशन दिएका थिए । तर सो निर्देशन दिएको ३ महिना वित्नलाग्दा समेत अन्नपूर्णले किसानलाई भुक्तानी नदिएपछि अहिले पक्राउमा परेको मन्त्रालयले जनाएको छ । यसैगरी, गत असोज २२ गते उद्योग तथा आपूर्तिमन्त्री मातृका यादवको संयोजकत्वमा बसेको बैठकले ५ दिनभित्र उद्योगले उखुको भुक्तानी दिने निर्देशन दिँदै नदिए कारबाहीका लगि अनुरोध गर्ने निर्णय गरेको थियो । किसानले भने उद्योगबाट रकम पाएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रीको निर्देशनलाई चिनी उद्योगले अटेरी गर्दै शक्ति केन्द्र धाउदै आएका थिए । प्रधानमन्त्री, अर्थ, कृषि, उद्योगमन्त्री, चिनी उद्योगी र किसानका प्रतिनिधिको उपस्थितिमा भएको छलफलमा उखु किसानले राज्यबाट पाउने ६५ रुपैयाँ २८ पैसा अनुदान र उद्योगले दिनुपर्ने ४ सय ७१ रुपैयाँ २८ पैसा तुरुन्त भुक्तानी गर्ने सहमति भएको थियो ।अन्नपूर्ण चिनी उद्योगबाट ३३ करोड रुपैयाँ किसानले पाउन बाँकी छ । अन्नपूर्णले विगतमा पनि भुक्तानी गर्न आलटाल गर्दै आएको थियो । नेपालकै ठूलो चिनी उद्योगका रुपमा रहेको दाबी गर्दै आएको शिशिकान्त अग्रवालको एभरेष्ट चिनी उद्योगले समेत किसानलाई उखुको भुक्तानी दिएको छैन । सो उद्योगले गत चैत्रमा दुई अर्ब १० करोड ६१ लाख, २० हजार आठ सय ८३ रुपैयाँ बराबरको ३९ लाख ६४ हजार आठ सय ३६ क्वीन्टल क्रसिङ्ग गरेको थियो सो अनुसार किसानलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ९० कारोंड ६१ लाख २० हजार आठ सय ८३ रुपैंया भुक्तानी अझै गरेको छैन । भुक्तानी नपाउँदा महोत्तरी, सर्लाही, धनुषा, सर्लाही रौतहट, बारा, पर्साका हजारौं किसान समस्यामा परेका छन् । चिनी नबिकेकोले किसानलाई भुक्तानी दिन नसकिएको भन्दै सरकार र किसानलाई झुट बोल्दै आएका व्यवसायीहरुले चोरीपैठारीको चिनी बिक्री गर्दै आएको भएपनि कारबाही भने भएको छैन । उद्योगमन्त्री यादवले भने,‘हामीले एक उद्योगीलाई हत्कडी लगाएर पक्राउ गर्नुपरेको छ, नथुनी भएन, के गर्ने ? तीन वर्षदेखि किसानको उखुको रकम दिएका रहेनछन्, यस्ता उद्योगीलाई पक्रनै पर्छ, मलाई पनि दोहोरो समस्या छ, हत्कडी नलगाऊँ, मातृका किसानविरोधी–जनविरोधी भयो भनिन्छ, हत्कडी लगाऊँ, मातृका व्यवसायीविरोधी भन्ने नारा लाग्छ, जे जस्तो नारा लागोस् तर किसानलाई दिनुपर्ने रकम नदिने व्यवसायीमाथि कडा कदम चालिनेछ ।’ उनले त्यस्तै उद्योग–व्यापारलाई व्यवस्थित गर्न लागौं लगानीमैत्री भएन भनेर तपाईंहरू भन्ने र व्यवस्थित नगरौँ भने जनताको समस्या हेरेन, मन्त्री जनविरोधी भयो भन्ने आरोप लाग्ने दोहोरो समस्या रहेको टिप्पणी गरे ।उनले भने, ‘गडबड गरेपछि त थुन्ने नै हो । नथुने सीमापारि टप्किहाल्छन् ।बदमासी गरेको छ भन्ने थाहा पाउँदापाउँदै नथुनेर के गर्ने त ?’यसैबीच, प्रतिनिधिसभा संसद्को सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएको थियो तर सो निर्देशन दिएसँगै बजारमा भएका सबै चिनी समेत लुकाएर अभाव सृजना गरिएको थियो। व्यापारीहरुले कोटा प्रणाली लाउनका लागि सरकारसँग लबिङ गरेको र त्यसक्रममा १ अर्ब ६९ करोड रुपैयाँ सरकारका सम्बन्धित अधिकारीहरुले घुस खाएको चर्चा समेत चलिरहेको छ ।लेखा समितिको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चिनीको मूल्य ६३ रुपैयाँ कामय गर्न निर्देशन दिएको थियो । चिनीको कारोबार गर्दै आएको सरकारी निकाय साल्ट ट्रेडिङ कर्पोरेसनले आफूनो चिनी बिक्री नभएपछि गोदाममै थन्किएको जानकारी दिँदै आएको थियो । विगत धेरै समयदेखि चिनी उद्योगीहरूले आम उपभोक्ताको सोझोपनको फाइदा उठाउँदै सरकारमाथि लात्ती हान्दै आएको आरोप राष्ट्रिय उपभोक्ता मञ्चले लगाएको छ । सो मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार अहिले पनि यही चिनी उद्योगीहरूले केही भ्रष्ट कर्मचारीहरूलाई ललीपप खुवाएर सरकारलाई बदनाम हुने गरी चिनीको कारोबारमा चलखेल गरेको बताए । उनले भने,‘तत्काल आपूर्ति व्यवस्था सहज गर्नको लागि र चिनी कच्चा पदार्थको रूपमा प्रयोग गर्ने उद्योगहरूलाइ संरक्षण गर्नको लागि साल्ट ट्रेडिङ वा अन्य सार्वजनिक संस्थानहरूमार्फत बजार हस्तक्षेप गर्नसक्ने गरी स्वदेश वा विदेशबाट आपूर्ति गर्नसक्ने वातावरण सरकारले तयार गर्नु जरूरी छ।’ यता किसानसँग उखु लिने र रकम भने नदिने व्यवसायीलाई सरकारले पक्राउ गरेको विरोध गर्दैै नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्तिनै जारी गरी सरकारलाई व्यवसायी पक्राउ नगर्न चेतावनी समेत दिएको छ । महासंघको नाम लेखिएको पन्नामा विना हस्ताक्षर जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको छ । बक्यौता रकम तिर्न लगाउने राज्यसँग अनेकौँ विधि, प्रक्रिया र कानुन हुँदाहुँदै पनि सो माध्यम नअपनाई सिधै प्रहरी प्रशासन लगाएर पक्राउ गर्दा कस्तो प्रकारको सन्देश जाला गम्भीर भएर सोच्न महासंघ नेपाल सरकारसमक्ष आग्रह गर्दछ ।’ सो विज्ञप्तिमा लगानीको वातावरण निर्माणसहित लगानी आकर्षणका लागि सरकार तथा निजी क्षेत्रबाट बारम्बार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा समेत पहल भइरहेको वर्तमान परिस्थितिमा यस्ता घटना तथा कार्यले लगानीको वातावरणमा सहयोग नपु¥याउने हुँदा मुलुकले अवलम्बन गरेको विधि, प्रक्रिया र कानुनअनुसार नै सरकार अगाडिबढ्नुपर्नेमा महासंघले जोड दिन चाहेको उल्लेख गरिएको छ । महासंघका अनुसार किसानको रकम नदिने र सरकारी सहुलियतको रकम लिने व्यवसायीलाई नियन्त्रणमा लिएर कारबाही गर्दा लगानीमैत्री वातावरण बिग्रिनसक्छ ।

पाँच हजारमा बिक्री हुनेगरेका पत्रकार……. !!!

लेखक-------------------- रोशन कार्की भनिन्छ पत्रकार समाजको ऐना । जस्तो सुकै बहुमल्य रत्न जडित ऐना हेरे पनि वास्तविकता देखाउँछ । अर्थात हेर्नेको असली रुप जो छ त्यही । त्यही भएर होला पत्रकार समाजको ऐना भनेको । यो एक ताकाभन्दा सुहाउँथ्यो । तर, अहिले पत्रकारभन्दा पनि दलाली र पत्रकारिताको आडमा अवैध कार्य गर्ने समूहको भीड हुनपुगेको छ । किनकि पत्रकारको परिचय पत्र बोकेर कतै धम्काउने, कतै समाचार र सूचना नै बेच्ने त्यो पनि पाँच सय रुपैयाँदेखि नै सुरु गर्ने महान वरिष्ठ पत्रकारहरु हाम्रो समाजमा पाइलैपिच्छे भेटिन्छन् । अनि चिया पसलमा उनीहरुकै हुँकार हुन्छ भ्रष्टाचारी, तस्करी र अनियमितता गर्नेमाथि मैले यस्तो लेखेँ उस्तो लेखँे । वास्तविक समाचार लेख्ने पत्रकारकै समाचारलाई आफूले लेखेको भन्दै उल्टो धम्काउने पत्रकारको खाँचो छैन हाम्रो देशमा । ९८ प्रतिशत पत्रकारहरु कि ‘र’ का ऐजेण्ट, प्रहरी, अनुसन्धान, शिक्षक, व्यापारी, ठेकेदार रहेका छन् । उनीहरुको मुख्य काम भनेकै पत्रकारितको नाममा रकम सङ्कलन गर्ने रहेको छ । यसैक्रममा यसरी आफ्नो पत्रकारिता बिक्री गर्ने आफूलाई ठूला मिडियाका पत्रकार हुँ भन्नेहरु पहिलो नम्बरमा रहेका छन् बिक्री हुनेमा । उनीहरुलाई धेरै रकम दिनु पर्दैन मात्र पाँच हजार रुपैयाँ दिएमा मिडिया हाउस, गोप्य सूचना सबै बेच्न तयार हुने गरेका छन् । यसरी पत्रकारलाई नै खरिद गरेर आफ्ना कालाकर्तुतलाई लुकाएर अति नै राम्रो गरेको भनेर देखाउनेमा पहिलो नम्बरमा रहेको छ आफूलाई विश्वको धनीको पगरी गुथेका विनोद चौधरीको कम्पनी चौधरी ग्रुप, गोल्छा समूह, शंकर समूह, विशाल समूह, खेतान समूह, ज्योती समूह, भाटभटेनीलगायत अग्र पङ्क्तिमा रहेका छन् । उनीहरुको काम गैरकानुनी कार्य गर्ने तर सोही कार्या देशहित रहेको छ भन्दै बनावटी समाचार लेख्ने हाम्रा पत्रकारमित्रहरुले पेसालाई नै धरापमा पारेर कार्य गर्दै आएको पाइएको छ । पछिल्लो समयमा यसरी बिक्री हुने गरेका छन् भन्ने प्रमाण धादिङको बालुबा काण्डबाट प्रस्ट भएको छ । बालुवा तस्करीसँग धादिङका १० जना पत्रकारले पैसा लिएको विषयमा अहिले देशको मौसम चिसो भए पनि पत्रकारिता जगत भने हाई भोल्टेज करेण्टझंै तातेको छ । सो बारे सामाजिक सञ्जालमा पत्रकारदेखि अन्य व्यक्तिहरुले सो विषयमा स्टाटस र कमेन्ट गरेर सार्वजनिक गरे । त्यसबाट पनि प्रस्ट हुन्छ पत्रकारको परिचय पत्र देखाई अवैध धन्दामा संलग्न भएका छन् भन्ने बलियो प्रमाण । यो विषयमा सबैभन्दा बढी पत्रकारहरु नै स्टाटस पोष्ट गर्न बढी सक्रिय भए । प्रदेश नं. ३ ले बालुवा तस्कर र क्रसर माफियालाई फाइदा पुग्ने कानुन ल्याउने तयारी गरेको सार्वजनिक भएसँगै पत्रकारलाई मासिक रकम दिने गरेको समेत सार्वजनिक भयो र हुँदैछ । यस विषयमा दियोपोष्ट डटकमले समाचार लेखे लगत्तै कान्तिपुर दैनिकका धादिङ संवाददाता हरिहरसिंह राठौरले बालुबा तस्करसँग पैसा लिने पत्रकारहरुको लिष्ट (सूची) आफूसँग छ भन्दै फेसबुकमा स्टाटस लेखे । उनले लिष्ट आफूसँग छ भन्दै सामाजिक सञ्जालमा कमेन्ट गरेसँगै धादिङ जिल्लामा कार्यरत पत्रकारहरुले आ–आफ्नो धारणा प्रस्तुत गरे । कसैले लिष्ट मसँग छ भन्नेहरुले नै पैसा बुझेको धारणा व्यक्त गरे भने कसैले लिष्ट भएको भए पनि सार्वजनिक नगरेको ? भन्दै प्रश्न गरे । केही पत्रकारहरुले लिष्ट आफंैले हेरेको भन्दै हरिहर सिंह राठौरसहित १० जना पत्रकारलाई ५० हजारका दरले पाँच लाख रुपैयाँ दिएको भनेर लेखिएको दाबी गरे । यो एउटा उदाहरण मात्र हो । तस्करसँग अवैधरुपमा रकम लिने पत्रकारहरुको तर काठमाडौंमै पत्रकारिता गर्ने नाम कलाएका पत्रकार समेत पाँच हजार रुपैयाँमा बिकेका उदाहरण हामीसमक्ष धेरै छ । केही महिनाअघि चौधरी ग्रुपको समाचार लेख्दा पत्रकारहरुबाटै धुमाउरो पारामा नलेख्न धम्की यस स्तभकारमाथि पनि आएकै हो । चोरीपैठारीको चिनीलाई नेपाली उत्पादन भन्दै महँगोमा बिक्री गर्ने शशिकान्त अग्रवाल हो भनेर समाचार लेख्दा पत्रकारमित्रहरुबाटै धम्कीपूर्ण व्यवहार मैले भोग्नु परेको छ । पेसा पत्रकारिता काम तस्करका ऐजेन्ट भएर बसेकाहरु धेरै छन् हाम्रो समाजमा । तस्करी र कर छलीको समाचार लेखेपछि भोलिपल्ट आफूलाई टाइकुन पत्रिका र ठूला मिडियाका कथित पत्रकारहरुले तीनै व्यापारीको प्रोफाइल लेखिन्छ । देशमा उद्योगधन्दाको नाममा करोडौं रुपैयाँ कर छली गर्ने उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने मन्द विष बेच्दै आएको चौधरी ग्रुपको वाइवाइ चाउचाउको समाचार लेख्दा मेरा मित्रहरुले सबैभन्दा गुणस्तर चाउचाउ छ भन्दै ५÷७ हजारमा बिक्री भई समाचार लेखे । अनि लगत्तै भारतको विहारमा रहेको उद्योग घुम्न गए । किनकि यहाँ पेसा देखाउने दाँत बनेको छ । काम तस्करी उपभोक्ता विरोधी गर्दै आएका छन् आफ्नो सबै धर्म नै छोडेर कमाउ धन्दामा लागेका पत्रकारबाटै आउने गर्छ घुमाउरो पारामा समाचार लेख्दा तपाईसँग प्रमाण छ ? एक पत्रकारले अर्को पत्रकारलाई गर्ने प्रश्न हो यो ? किनकि त्यो प्रश्न चौधरीका केही दलालीहरुको निर्देशनमा सोध्न लगाएको थियो । त्यस्तै चौधरी ग्रुप र चिनीको समाचार लेख्दा पनि सोही अवरोध भोग्नु परेको छ । अहिले तीनै बिक्री हुने पत्रकारहरु महान पत्रकारको पगरी गुथेर हिँड्छन् प्रत्येक महिना चौधरीको ढोकामा गएर जदौ गर्दै आफू बेचिएको रकम मासिक बुझ्दै आउने गरेका छन्. । यसैगरी, कपडा उद्योग चलाउने व्यवसायीले पनि चोरीपैठारी गरी नेपाल भित्राएर ठगीधन्दा गरेकै कारण नेपाली उद्योग बन्द भयो भनी समाचार लेख्दा पनि तिनै बिक्रीमा रहेका पत्रकारबाट धम्कीपूर्ण फोन आएको धेरै प्रमाणहरु रहेका छन् । एकातर्फ दलीय पत्रकार र अर्कोतर्फ बिक्रीमा रहेका पत्रकारकै कारण देशको पत्रकारिता पेसा संकटमा पर्दै गएको छ भने सबैलाई एउटै बाकसमा राखेर हेरिने गरेको छ । हुन पनि ९८ प्रतिशत पत्रकारहरुको देखाउने पेसा पत्रकारिता गर्ने धन्दा अवैध रहेको भेटिएको छ । समाजमा पत्रकारिताबाटै विभिन्न स्थानमा प्रवेश गर्ने गरेका छन् । उनीहरुले आफूअनुसार नभए र माग गरेअनुसार रकम नदिएमा समाचार लेख्ने दिएमा नलेख्ने समूह काठमाडौंबाटै प्रकाशन भएका मिडिया हाउसमा कार्यरत रहेका छन् । उनीहरु दुई समूहमा रहेका छन् । एक समूह दलभित्रबाट प्राप्त निर्देशन अनुसार भ्रष्टाचारको समाचरलाई नै रोक्ने र गुलामी पत्रकारिता गर्ने गरेका छन् भने अर्को समूह पैसामा बार्गेनिङ गरेर माग गरेअनुसार पाए नलेख्ने नपाएमा पत्रकारिताको धर्म र आचार संहितालाई नै उल्लंघन गरेर समाचार लेख्दै आएका छन् । यसरी पत्रकारहरु पाँच सयदेखि नै बिक्री हुन थालेपछि र उनीहरुको पहिचान सबैलाई थाहा हँुदासमेत पत्रकारिताको नामका लुटधन्दा चलाउनेहरुमाथि कारबाही हुने हो भने पत्रकारिता पक्कै समाजको ऐना हुने थियो । यसरी अवैध धन्दामा हौसला दिनेमा मन्त्री, सांसद, व्यापारी र सरकारी कर्मचारी नै हुने गरेका छन् । प्राप्त विवरणअनुसार प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जम्मकट्टेलले बालुवा तस्करबाट १५ लाख रुपैयाँ दशैं खर्चबापत लिएको भन्ने बारे पनि अहिले चर्को बहस भइरहेको छ । क्रसर उद्योग सञ्चालन हुने राजमार्ग क्षेत्रकै स्थानीय र सांसदसमेत रहेका जम्मकट्टेल यसअघि पनि पटक–पटक विवादमा तानिएका व्यक्ति हुन् । क्रसर व्यवसायीसँगको मिलेमतोमा उनले नयाँ कानुन कार्यविधि ल्याउन प्रस्ताव समेत संसद्मा पेस गरेका छन् । विशेष स्रोतका अनुसार प्रदेश ३ का क्रसर उद्योगीले जम्मकट्टेललाई रकम उठाएर नै पैसा दिएको खुल्न आएको छ । प्रदेश ३ का मन्त्री जम्मकट्टेललाई व्यवसायीहरुले करिब आठ करोड रुपैयाँ बराबरको रकम बुझाएको व्यवसायीहरुको भनाइ रहेको छ । धादिङमा मात्र दशैं खर्चबापत यो वर्षको क्रसर व्यवसायीले ४७ लाख रुपैयाँ बाँडेको धादिङका पत्रकारहरुको फेसबुकमा सार्वजनिक भएको छ । सांसद तथा मन्त्री जम्मकट्टेलसँगै सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठीले पनि १० लाख रुपैयाँ लिएको चर्चा छ । यसअघि पनि क्रसर उद्योगको नाममा ठूलो आर्थिक चलखेल हुने गरेका समाचारहरु प्रकाशित हुँदा पनि अहिलेसम्म कुनै कदम चालिएको छैन । कारण नियामक निकाय नै आर्थिक प्रलोभनमा फसेका रहेछन् । फेसबुकमा राखिएको स्टाटस अनुसार धादिङका प्रमुख जिल्ला अधिकारी, एसपी र डीएसपीलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँको दरले क्रसर माफियाले रकम बुझाएको भनिएको छ । यस्तै गजुरी ट्राफिक कार्यलयलाई एक लाख रुपैयाँ दिएको पनि पत्रकार राठौरसँग भएको सूचीमा उल्लेख गरिएको छ । जय होसा । karkirimn@gmail.com (जनमञ्चबाट साभार) ।

शिवम् सिमन्टको ठगीधन्धा : ‘गुणस्तरमा नो कम्प्रोमाइज’ भन्दै गुणस्तरहीन सिमेन्ट बेच्दै

रोशन कार्की
काठमाडौं । आकर्षक विज्ञापन गरी आम उपभोक्तालाई रणभुल्लमा पारी गुणस्तहिन सिमन्ट उत्पादन गरेर बिक्री गर्दै आएको शिब्म सिमन्टको सञ्चालबाट उपभोक्ताको जीबनसंगै खेलवाड गरेको खुलासा भएको छ । अत्याधिक गुणस्तर र भरपर्दो टिकाउ भन्दै विज्ञापन बजाएर अथवा छपाएर उपभोक्ताको जीबनसंग गुणस्तहिन सिमेन्ट बेची खेलवाड गरेको आरोप सो कम्पनीमाथी लागेको छ । देशलाई स्वदेशमै सिमेन्ट उत्पादन गरेर आत्मनिर्भर बनाउने भन्दै सरकारसँग सहुलियत लिँदै सिमेन्ट उत्पादन गर्दै आएका अधिकांश कम्पनीबाट उत्पादित सिमेन्टहरु गुणस्तरहीन भएको पाइएको छ । अधिकांश सिमेन्टहरु गत तीन वर्षअघि गएको भूकम्पको झट्का थेक्न नसकेर घरहरु भत्किन पुगेका थिए । स्वदेशी उत्पादनको लोगो र ट्याग लगाएर बजारमा बिक्रीका लागि पुगेका अधिकांश सिमेन्टहरुबाट उपभोक्तामात्र हैन व्यवसायीले सरकारसम्मलाई ठगी गरेको फेला परेको छ । केही महिनाअघि लगानीकर्ताहरुलाई मुर्ख बनाउन कम्पनीहरुले प्राथमिक सेयर बिक्री गर्ने र प्रिमियम थपेर लगानीकर्ताबाट पैसा थुत्ने क्रममा नयाँ श्रृंखलामा शिवम् सिमेन्ट नामको कम्पनीबाट ठगी धन्दाको कार्य सुरु भएको पाइएको छ । एकातर्फ गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको छ भने अर्कोतर्फ सेयरको नाममा ठगी धन्दा चलाएको आरोप सो कम्पनीमाथि लागेको छ । शिवम्ले सेयरबजारमा चलाइने ठगी धन्दाको चरण गत साउन १३ गतेबाट सुरु गर्दै पहिलो निशाना मकवानपुरबासीलाई बनाएको छ । शिवम् सिमेन्ट्सले उद्योग प्रभावित मकवानपुरवासीहरुका लागि प्रतिकित्ता ३ सय रुपैयाँका दरले प्रिमियमसहितको मूल्यमा साधारण सेयर बिक्री सुरु गरेर ठगी गरेको खुलेको छ । कम्पनीले उच्च प्रिमियम राखेर तीन वर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाउने सेयर उद्योग प्रभावित मकवानपुरवासीहरुलाई बेचेर ठगी गरेको भेटिएको हो ।
मकवानपुरको हटियाबासीले आफ्नै गाउँमा स्थापित उद्योगमा प्रतिकित्ता एकसय रुपैयाँमै सेयर पाउने आशामा रहेकाहरुमाथि सो कम्पनीले दुई सय रुपैयाँ प्रिमियम थपेर तीन सय रुपैयाँमा सेयर बेचेर, तीन वर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाउने सेयर दिने तयारी गरेको छ । विद्यमान ऐनअनुसार उद्योग प्रभावितहरुका लागि बिक्री गरिएको सेयर तीन वर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाइने र त्यसलाई धितो राखेर कर्जा पनि नपाइने धितोपत्रसम्बन्धी नियममा उल्लेख छ । यसको प्रत्यक्ष मारमा अहिले शिवम्ले महंगो मूल्यमा बिक्रीमा राखेको आठ लाख ८० हजार कित्ता सेयर किन्ने मकवानपुरबासीहरु ठगिन पुग्नेछन् । शिवम्ले स्थानीयबासीहरुलाई बेच्न लागेको प्रतिसेयर नेटवर्थ न्यूनतम १ सय ५९ रुपैयाँ रहेको सेयरलाई कम्पनीले तीन सय रुपैयाँमा बेच्न लागेको छ । यसैबीच, गुणस्तरहीन सामान उत्पादन गरेको भन्दै सरकारको सम्बधित निकायबाट कारबाहीमा समेत परिसकेको उद्योग हो शिवम् सिमेन्ट । गुणस्तर तथा नापतौल विभागले सरकारी मापदण्डभन्दा कम गुणस्तरको सामान उत्पादन गरेको भन्दै कारबाही गरेको थियो । तत्कालीन समयमा विभागले सबैभन्दा बढी सिमेन्ट र डण्डी उद्योगमाथि कारबाही गरेको थियो । जसमा हिमाल आइरन एन्ड स्टिल्स, रिलायन्स सिमेन्ट, नेपाल सिलिण्डर उद्योग, शिवम् सिमेन्टलगायतका कम्पनीहरुबाट उत्पादन भएका समानहरु गुणस्तरहीन भएको भन्दै कारबाही गरिएको थियो । त्यसैगरी, ओम, बुटवल र घोराही सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टमा खराबी फेला परेपछि त्यस ब्याजका सम्पूर्ण सामान बजारबाट फिर्ता लिन र बिक्रीवितरणका रोक लगाइएको थियो । विभागले कम गुणस्तरको सिमेन्ट उत्पादन गर्दै बजारमा पठाएको अभियोगमा शुभश्री जगदम्बालाई समेत कारबाही गरेको थियो । त्यसैगरी, नेपाल गुणस्तरले तोकेभन्दा कम गुणस्तरका सिमेन्ट उत्पादन गरेको भन्दै सिद्धार्थ सिमेन्टको उत्पादनमा रोक लगाए पनि अहिले फुकुवा गरेको छ । त्यस्तै, अरनिको सिमेन्ट, सुप्रिम सिमेन्ट, सर्वोत्तम सिमेन्टमाथि पनि विभागले कारबाही गरेको कम्पनी हुन् । यसरी कम गुणस्तरका सिमेन्ट उत्पादन गर्ने विशाल, अम्बे, इस्टर्न कसमस, बुटवल सिमेन्ट, आरएमसी, कलश ब्रान्डको सिमेन्ट उत्पादन गर्ने श्री सिमेन्ट, शिवम् सिमेन्ट, चितवन सिमेन्ट र जय मंगलम् सिमेन्टमाथि पनि कारबाही गरिएका कम्पनीहरु रहेका छन्भन्दै आर्थिक दैनिकले समाचार छापेको छ । यसरी पटक–पटक गुणस्तरहीन रहेको भन्दै सरकारले कारबाही गरेका कम्पनीबाट विना अवरोध सिमेन्टहरु उत्पादन हुँदै आएको छ । सरकारले अनुगमन गरेर कारबाहीमा परेको शिवम् सिमेन्टले आम उपभोक्ताहरुलाई झुक्काउने योजना नै बनाएर ‘गुणस्तरमा नो कम्प्रोमाइज’ भन्दै विज्ञापन गरेर उपभोक्तामाथि ठगी धन्दा चलाएको पाइएको हो ।

शिवम् सिमेन्टद्वारा ‘हाम्रो सिमेन्टको समाचार लेख्दा विचार पु¥याउनु’ भन्दै धम्की

रोशन कार्की
काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै रड र सिमेन्ट कम्पनीहरुले सोही मागको फाइदा उठाउँदै उपभोक्ता ठगी गर्ने कार्यमा पनि नयाँ–नयाँ तरिका अपनाएको भेटिएको छ । देशभर स्थापना भएका विभिन्न ब्राण्डका सिमेन्ट उद्योगबाट बोरामै तोकिएको तौल कम प्याकिङ गरी महंगोमा बिक्री गरेको भेटिएको हो । यसैक्रममा निजी घर बनाउन खरिद गर्ने र सरकारी ठेक्कापट्टामा बनाउने भवनमा अहिले कम तौलका सिमेन्टको कारोबार बढी हुने गरेको पाइएको छ । कम्पनीहरुले प्याकिङ गरी बोरामा लेखिएको तौलकै आधारका उपभोक्ताहरुले विश्वासका आधारमा सिमेन्टबोरा पुनः नतौलने गरेका कारण सो कमजोरीको फाइदा उठाउँदै पछिल्लो समयमा शिबम् सिमेन्ट नामबाट बिक्रीमा रहेको सिमेन्ट कम्पनीबाट कम सिमेन्ट भरी महंगोमा बिक्री गरेको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागद्वारा केही महिनाअघि गरिएको अनुगमनका क्रममा व्यापारीले सिमेन्टमा व्यापक ठगी गर्ने गरेको प्रतिवेदन सरकारलाई बुझाए पनि सो प्रतिवेदनका आधारमा कारबाही नहुँदा ठगी कार्यमा समेत तीव्रता आएको हो । विभागको अनुगमन टोलीले राजधानीको विभिन्न स्थानमा गरेको अनुगमनबाट व्यापारीहरुले सिमेन्टमा ठगी गर्ने गरेको पाइएको ठहर गरी प्रतिवेदन तयार गरेको थियो । सोहीअनुसार शिवम् सिमन्टले ५० किलोग्राम हुनुपर्ने बोरामा ८ किलो कम तौल राखेर बिक्री गरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ । व्यापारीहरुले उपभोक्ताबाट ५० किलोको रकम असुलेर ४२ किलो मात्रैको बोरा उपलब्ध गराउँदै आएको पाइएको समाचार आर्थिक दैनिकले प्रकाशन गरेको छ । यसरी तौल कम गर्नेमा महालक्ष्मी सिमेन्ट र शिवम् सिमेन्ट नामक कम्पनीको रहेको छ । यसरी एउटै बोरामा ८ किलोसम्म कम तौल राखेर बिक्री गरेको भेटिए पनि सरकारले अहिलेसम्म कुनै पनि कारबाही भने गरेको सार्वजनिक गरेको छैन । एड्भान्स पावर सिमेन्टको ३ किलो तौल कम रहेको पनि प्रतिवेदनमा उल्लेख छ । यसरी उपभोक्तालाई बढ्दो मागको फाइदा उठाउँदै कृत्रिम अभाव सृजना गरेर कम तौलको सिमेन्ट बिक्री गर्दै आएको उद्योगमाथि सरकारले भने कुनै अनुगमन गरेको छैन । एकातर्फ कम तौलमा सिमेन्ट प्याकेजिङ गर्ने अर्कोतर्फ आकर्षक विज्ञापन बजाएर ‘गुणस्तरमा नो कम्प्रमाइज’ भन्दै बजारमा बिक्रीवितरण सुरु भएको शिवम् सिमेन्टको ठगी धन्दाबारे आर्थिक दैनिकले समाचार लेख्दा सो कम्पनीका कर्मचारीबाट फोनमा धम्की समेत दिएका थिए । सो कम्पनीको आधिकारिक व्यक्ति हुँ भन्दै ल्याण्डलाइन नम्बरमा फोन गरी भने,‘यहाँलाई हाम्रो सिमेन्टको झूटो समाचार कसले लेख्न भन्यो, विभागको कुन कर्मचारीबाट सो विवरण लिएको, जे पायो त्यही लेख्ने तपाईं को ? यस्ता समाचार नलेख्दा विचार पु¥याउनु होला ।’ सो फोनवार्तामा पटक–पटक नाम के हो ? भनी सोधेपछि कुनै पनि जवाफ नदिई फोन राखेका थिए । सो कम्पनीले कहिले ५ किलो बढी, कहिले १ बोरा सित्तैमा भन्दै झूटो योजनाको प्रचार गरेर उपभोक्तालाई विभिन्न तरिकाले ठगी गर्दै आएको शिवम् सिमेन्ट उद्योगको कालाकर्तुत एकपछि अर्को आउनेक्रममा समेत वृद्धि भएको छ । हेटौंडामा रहेको शिवम् सिमेन्ट उद्योगबाट बजारमा बिक्रीका लागि पठाएको सिमन्टको विभागले काठमाडौंलगायत विभिन्न सहरमा गरेको डिलरमा अनुगमनबाट ५० किलोको बोरामा कुनैमा ४२ कुनैमा ४४, ४६ किलो मात्र सिमेन्ट रहेको पाइएको जनाएको छ । विभागका अनुसार ठगी गर्ने उद्योगलाई कारबाही गरिने जनाए पनि सो कम्पनीमाथि सम्बन्धित सरकारी निकायबाट कुनै कारबाही भने भएको छैन । एकै बोरामा ८ किलो कम हुनु भनेको सोझै ठगी धन्दा भएको जनाएको विभागले कालोबजारी ऐनअन्तर्गत कारबाही हुने उल्लेख गरेपनि विना कारबाही विभागबाटै उन्मुक्ति पाएको छ । सो सम्बन्धमा शिवम् सिमेन्ट उद्योगमा पटक–पटक सम्पर्क गर्दा आधिकारिक व्यक्ति सम्पर्कमा आउन चाहेनन् । उपभोक्ताहरुलाई लोभ देखाउँदै विभिन्न उपहारहरु दिने घोषणा गरेर बजारमा आएका सो सिमेन्ट खरिद गर्ने उपभोक्ता सुरुका दिनदेखि नै ठगिँदै आएको गुनासो समेत उपभोक्ताहरुको भनाइ छ । हेटौंडामा गोयल समूहद्वारा उत्पादित शिवम् सिमेन्ट खरिद गर्नेहरु यसरी ठगिनुपरेको हो । आफ्नो उत्पादनको बजार प्रवद्र्धन गर्ने विज्ञापनमा प्रतिबोरामा ५ किलो तौल बढी राखिएको मात्र हैन २० बोरा सिमेन्ट किन्दा १ बोरा सित्तैमा दिने योजना सार्वजनिक गरेर विज्ञापन गर्दै उपभोक्ता झुक्याउन तल्लीन रहेको पछिल्ला घटनाबाट पुष्टि समेत भएको छ । विभागले गरेको अनुगमनपछि शिवम् सिमेन्टको ठगी धन्दा बाहिर आएको हो । उता सो उद्योगको व्यवस्थापनले भने डिलर र बिक्रेताले यस्तो चोरी धन्दा गरेको आरोप लगाउँदै आएको छ । आफ्नै उद्योगबाट कम तौल पठाएर एकाएक कारबाहीमा पर्ने भएपछि सो कमतौल भएको आरोप डिलर र बिक्रेतामाथि लगाएर पानीमाथिको ओभानो बनेको पाइएको छ ।

उद्योग वाणिज्य महासंघको इतिहाँस अध्यक्ष राणाकै कारण संकटमा !!!

रोशन कार्की< div class="separator" style="clear: both; text-align: center;">
काठमाडौं । केही लामो समयदेखि उद्योग विहिन र कालोसूचीमा परेका व्यक्तिको इसारामा संस्थालाई चलाउदा पछिल्लो समयमा आएर व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको इतिहाँसमै कालोधब्बा लाग्न पुगेको छ । संस्थाको नेतृत्व गर्ने समुहको असक्षमताका कारण ५३ वर्षदेखिको साथ एकाएक छुट्टीएर आप्mनै विधान अनुसार संगठन विस्तारमा नेपाल चेम्बर अफ कमर्स लागेसंगै महासंघको इतिहाँस नै संकटमा परेकोभन्दै आरोपप्रत्यारोपमै बितेको छ । २०७४ सालबाट भवानी राणाले महासंघको नेतृत्व सम्हालेको १६ महिना पुग्दा नपुग्दै इतिहासमै दुःखदायी घटना घट्न समेत हुन पुगेको छ । २००७ सालमा स्थापना गरेको नेपाल चेम्बर अफ कमर्श एकाएक महासंघबाट अलगिएपछि व्यापारीहरुको संस्थाको इतिहासनै खराब हुन पुगेको महासंघकै पूर्वअध्यक्षहरुले बताएका छन् । गौरवमय इतिहास बोकेको महासंघ नीजि क्षेत्रको प्रतिनिधिमूलक संस्थाको नेतृत्वको होडबाजी सत्तालिप्सा स्वार्थले गर्दा अध्यक्षमा भारीमतले विजय भएका प्रदिपजंग पाण्डेलाई पुरानो मुद्दालाई उल्टाएर अयोग्य ठहरगरी जेलसमेत हाल्न केही व्यवसायीहरु सफल भएसंगै महासंघमा भाँडभैलोको अवस्था सिर्जना सुरु भएको थियो । शिशाको घरमा बसेर ढुंगाहानेर रमाईलो गरेपछि महासंघमा बरिष्ठ उपाध्यक्ष भएका पशुपति मुरारकालाई अध्यक्ष बनाएदेखि नै महासंघको इतिहासमा कालोछाँया छाउदै आएको पुर्वअध्यक्षहरुको भनाई रहेको छ । यसरी ३२ वर्ष पुरानो मुद्दालाई उल्टाउदै दोष ठहर गराएको सो समुहले पनि सन्तुलित नेतृत्व प्रदान गर्न नसक्दै नेतृत्व अबधि सकिएको थियो । प्रदिपजंग पाण्डे अवैधानिक रुपमा अध्यक्षामा निर्वाचित भएको भन्दै पूर्व अध्यक्षहरु महासंघबाट अलगसमेत भएका थिए । पशुपति मुरारका पछि महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको योजनामा महासंघको विधान समेत संशोधन गरेर वरिष्ठ उपाध्यक्ष भवानी राणालाई महासंघको नेतृत्व दिएसंगै महासंघको इतिहास समेत खोज्नु पर्ने अबस्थामा पुगेको आरोप व्यवसायीहरुको रहेको छ । भवानी राणाले अध्यक्षको कार्यभार सम्हालेपछिको एक वर्ष तीन महिनाको अवधिमा महासंघले इतिहासमै पहिलो पल्ट आफ्नो सस्थापक संस्थालाई ५२ वर्ष पछि गुमाउनु प¥यो । महासंघका अग्रज, पूर्व अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने विषय महासंघको हितमा नभएको भनेर सल्लाह सुझाव दिंदादिंदै पनि ढकालले जबर्जस्ती विधान संशोधन गरेर अघि बढेपछि पूर्वअध्यक्षहरु महासंघबाट अलग भई ‘नेपाल उद्योग बाणिज्य महासंघ पूर्व अध्यक्ष परिषद्’ नै गठन गरेका थिए । यसरी नेतृत्व समुहबाट नेपाल चेम्बर अफ कमर्शले विधान विपरित हिडेको भन्दै कारबाही गर्ने पत्र महासंघले पठाएपछि चेम्बर २०७५ साउन २० गते सर्वसम्मत निर्णय गर्दै महासंघबाट अलग भएको, आफू सदस्य नरहेको पत्र २०७५ साउन २१ गते महासंघमा पठाएको अध्यक्ष राजेशकाजी श्रेष्ठले जनाएका छन् । संघको संस्थापक सदस्य रहेको चेम्बर ५३ वर्षपछि आफू सदस्य नरहेको घटनालाई महासंघको वर्तमान नेतृत्वबाट भने सामान्य प्रतिकृया दिएको छ भने, पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठले सार्वजनिक रुपमै चेम्बर महासंघबाट अलगिनु अत्यन्त दुखदायी भएको बताएका थिए । पूर्वअध्यक्ष श्रेष्ठले महासंघको अस्तित्वसमेत संकटमा परेको सुन्नु पर्दाे संस्थाकै इतिहासको धरोहरमा आँच पुगेको भन्दै दुख ब्यक्त गरेका थिए । महासंघको नेतृत्व भवानी राणाले सम्हालेपछि यसको सांगठानिक अवस्था इतिहासमै कमजोर सावित हुन पुगेको छ । अध्यक्ष राणाको असन्तुलित नेतृत्व, सांगठानिक, प्रशासनिक क्षमता अति कमजोर र जनसम्पर्क विहीन भएकाले महासंघको गतिविधि नै ठप्प हुन पुगेको भन्दै कार्यकारिणी समितिका सदस्यहरुले समेत आलोचना गर्दै आएका छन् । विगतमा उद्योगी–ब्यवसायीहरुको छाता संगठनको रुपमा उभिएको महासंघ राणाको कार्यकालमा यसको इतिहास र गौरवमाथि नै आँच आएको ठहर समेत पूर्व अध्यक्षहरुले गरेको समाचार आर्थिक दैनिले प्रकाशन गरेको छ । यसरी कालोसूचीबाट जोगिनकै लागि महासंघमा हैकम चलाउदै आउका पूर्वअध्यक्ष चण्डीराज ढकालको योजनामा महासंघको विधान समेत संशोधन गरेर वरिष्ठ उपाध्यक्ष राणालाई महासंघको सिंहासनमा बसाएपछि उनको अक्षमताले गर्दा महासंघमै अस्तित्वको लडाई लड्नु पर्ने अवस्था सिर्जना भएको छ । महासंघको अध्यक्ष भवानी राणाकै अक्षमताले गर्दा महासंघका राष्ट्रिय/अन्तर्राष्ट्रिय गतिविधि ठप्पै रहेको अवस्था रहेको छ । राष्ट्रिय गतिविधिमा नेपाल चेम्बर अफ कमर्शले दैनिक जसो कार्यक्रम गरेर महासंघलाई ओझेलमा पारेको छ । चेम्वरले ब्यवसायी र ब्यवसायका बारेमा गर्दै आएको अन्तक्र्रियाले उसको नेतृत्वको सक्षमता र क्रियाशीलताको परिचय दिदै आएको छ भने महासंघको गतिबिधिमा समेत ठप्प रहेको महासंघकै एक सदस्यले बताएका छन् । चेम्बरले आफ्नो सांगठानिक गतिविधि पनि सातै प्रदेशमा पु¥याएर छ । नेपाल चेम्बर महासंघबाट अलगिएपछि विधान अनुसार अहिले ६५ जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बताएका छन् ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...