Friday, May 27, 2011

आचरण सुधार नगर्ने भन्सार कर्मचारीलाई हदैसम्मको कारबाही गरिने


रोशन कार्की
काठमाडौं २७ चैत
भन्सार कार्यालयमा कार्यरत कर्मचारीले आफ्नो आचरणमा सुधार नगरे विभागलले उनीहरुलाई हदै सम्मको कारबाही गर्ने भएको छ । भन्सार कार्यालयमा कार्यारत अधिकांश कमर्ंचारीहरुले कमीशनको चक्करमा फसेर भन्सार राजस्व चुहावट गरेको भन्ने विषयमा गरेको अनुगमनमा खुल्न आएपछि विभागले त्यस्तो कारबाही गर्ने तयारी गरेको हो । भन्सार राजस्व संकलनमा भैइरहेको गिरावटलाई नियन्त्रण गरि लक्षित राजस्व संकलन गर्न पहिलो कदम कर्मचारीले चाल्नु पर्ने भन्दै सवैभन्दा पहिले कर्मचारीको आचारणमा सुधारको विकल्प नभएको विभागका महानिर्देशक टंकमणी शर्माले बताए ।
अनुगमनकै क्रममा हाल साचालनमा रहेका सवै भन्सार कार्यालयहरुलाई १ वर्षभित्रमा अन्र्तराष्ट्रिय मापदण्ड अनुसार निमार्ण गर्ने योजना भन्सार विभागले सार्वजनीक गरेको छ । हाल साचालनमा रहेका सवै भन्सार कार्यालयहरु अन्र्तराष्ट्रिय मापदण्ड विपरित साचालनमा रहेका भन्दै विभागले केही दिन अगाडी मुख्य भन्सार कार्यालयमा अनुगमन गरि कर्मचारीलाई निर्देशन समेत दिइ सकेको छ । भन्सार कार्यालयहरुको स्थलगत अनुगमनपछि ती भन्सार कार्यालयलाई एक वर्षभित्रमा अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको निमार्ण गरि सक्ने प्रतिबद्धता विभागले गरेको छ । सोही कार्यकालागि विभागले आवश्यक प्रकृया अगाडी बढाई सकेको विभागका महानिर्देशक शर्माले राजधानीलाई बताए ।ुहामी आगामी १ वर्षमा सवै भन्सार कार्यालयहरु अन्र्तराष्ट्रिय मापदण्ड अनुसार पूर्णरुपमा साचालन गर्ने योजना ल्याएका छौंसो कार्यलाई विभागलले आबश्यक प्रकृया सुरु गरिसकेको र केही महिना भित्रमा काम साचालन हुन्छुउनले भने । हाल अन्र्तराष्ट्रिय स्तरको मापदण्ड नहुँदा कर्माचारी र व्यवसायीहरुको चाहाना अनुरुप काम भएका कारण भन्सार नाकालाई अन्र्तराष्ट्रिय मापदण्ड अनुसार साचालन गर्नुको विकल्प नभएको उनले बताए । विभागले पहिलो चरणमा भन्सार कार्यालयको भौतिक संरक्षणमा बृद्धि र कर्मचारीको आचरणमा परिबर्तन गर्ने कार्य सुरु गरेको जनाएको छ । अन्र्तराष्ट्रिय मापदण्ड अनुसार साचालन गर्न पहिलो चरणमा भौतिक संरक्षण र कर्मचारीको आचरणमा परिवर्तन नभएसम्म अन्तराष्ट्रिय मापदण्ड अनुसार भन्सार कार्यालय निमार्ण गरेपनि सो लागु गर्न नसकिने भएको महानिर्देशक शर्माले बताए । ुकर्मचारीको आचरणमा सुधारको कार्याक्रमलाई पहिलो प्राथमीकतामा विभागले राखेको छ । आचरण खराब भएका कर्मचारीको हकमा पहिलो पटक आचरण सुधार गर्ने मौका दिने र सो मौकालाई बेवास्था गरेको खण्डमा कानुनभित्र रहेर निर्देशन पालना नगर्ने कर्मचारीमाथी हदै सम्मको कारबाही गर्ने अधिकार समेत विभागले प्रत्याभूत गरेको जानकारी उनले दिएका छन् । पहिलो पटक विभागका महानिर्देशक शर्माको नेतृत्वमा भन्सार कार्यालयको अनुगमनमा गएको एक टोलीले कर्मचारीमा लोभ र आशा गर्ने प्रबृद्धि भेटिएको कारण कर्मचारीलाई एक पटक अफ्नो आचरणमा सुधार गर्न मौका दिएको छयदी सो मौकालाई अटेर गर्ने र आचरणमा सुधार नगर्ने कर्मचारीको हकमा तत्काल कारबाही गर्न समेत निर्देशत दिइएको शर्माले बताए । अनुगमनकै क्रममा स्थानीय स्तरमा सकृय जिल्ला उद्योग संघ स्थानीय प्रशासन सुरक्षा निकाय र स्थानीय बासिन्दाद्धारा प्राप्त सुझाबलाई मध्यनजर गर्दै भन्सार कार्यालयमा गरिनु पर्ने सुधारका योजनाहरु क्रमैसंग सम्पन्न गर्दै लैजाने विभागले जनाएको छ । विभागले नेपाल उद्योग वाणिज्य महासंघ÷संघचेम्बर नेपाल उद्योग परिसंघ लगाएत अन्य संस्थाहरुलाई अबैध कार्यमा सकृय भएका व्यक्ति तथा फर्महरुलाई आबद्ध नगर्न र नेपालको आर्थिक विकासमा सहयोग गर्न समेत आग्रह गरिएको छ ।
विभागले त्रिभुबन अन्र्तराष्ट्रिय विभानस्थल भन्सार कार्यालयतातोपानी भन्सार कार्यालयविरगाज भन्सार कार्यालयभैरहवा भन्सार कार्यालयसुख्खा बन्दरगहा भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयमा महानिर्देशक शर्माको नेतृत्वमा भन्सार अनुगमन गर्नुका सार्थ मेची र विराटनगर भन्सार कार्यालयमा उप-महानिर्देशक मधुसुदन पोखरेलको नेतृत्वमा भन्सार अनुगमन गरेको विभागले जनाएको छ । सो अनुगमनबाट अधिकाशं नाकामा भौतिक संरक्षण नभएको र कर्मचारीको नाजाईज प्रबृद्धिका कारण भन्सार नाकामा तत्काल सुधारको खाँचो भएको निष्कर्ष निष्किएको महानिर्देशक शर्माले बताए ।
अनुगमनबाट निष्किएको सो प्रतिबेदनलाई विभागले चाडैनै तयार पारी भन्सार ऐनको दफा ६७ बमोजीम रिपोर्ट अर्थमन्त्रालयमा पठाउने र मन्त्रालयले मन्त्री परिषदमा पठाएपछि पूर्णरुपमा कार्यान्वयनमा आउने उनले जनाएकाछन् ।
अबैधरुपमा भन्सार राजस्व चुहावट हुने भएकाले भन्सार सुधारीकरण कार्यक्रम अन्तरगतनै यो कार्य साचालन गरेको विभागले जनाएको छ । विभागले मुलुकका मुख्य भन्सार कार्यलयमा जडान गरेको ुबृहत्त सूचना साजालु लाई बढी कृयाशिल बनाउनका लागि विभिन्न अभियान साचालनमा ल्याएको विभागले जनाएको छ ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...