पूर्व अर्थ राज्य मन्त्री ल्हारक्याल लामाले विभिन्न नाममा मुलुकबाट दोहोरो नागरिकता र विदेशबाट राहदानी लिएको विषयमा सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोग छानविनका क्रममा बिहीबार यहाँ आएको छ। पुनरावेदन अदालतका पूर्व न्यायाधीश भोला खरेल संयोजकत्वको तीन सदस्यीय आयोगसहित ६ जनाको टोली छानविन सहज बनाउन लामाको गृह जिल्ला आइपुगेको हो।
टोलीमा आयोगका सदस्यद्वय एसएसपी पशुपति उपाध्याय र उपन्यायाधिवक्ता रमेश शर्मा पनि थिए। जिल्ला प्रशासन कार्यालय पुगेर टोलीले लामाको विषयमा जानकारी मागेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले लामाले यहाँबाट बनाएको नागरिकताको ढड्डा टोलीले पल्टाएर हेरेको बताए। टोलीको आग्रहबमोजिम प्रशासनका कर्मचारीले ढड्डा देखाएका थिए। यसअघि प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सञ्चारकर्मीलाई लामाको नाममा जारी नागरिकताको नम्बर उपलब्ध गराए पनि ढड्डा हेर्न दिएका थिएनन्। टोलीले ढड्डाबाट लामाको नागरिकतासम्बन्धी तथ्याङ्क उतारेर लगेको प्रशासन स्रोतले बतायो। जिल्ला प्रशासन कार्यालयबाट २९ वर्षको उमेरमा २०५० माघ १८ गत लामाले ४८/६३७९८ नम्बरको नागरिकता लिएका थिए। २०२१ मङ्सिर १३ गते जन्म मिति उल्लिखित उनको नागरिकता प्रमाणपत्रमा तत्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेले हस्ताक्षर गरेका छन्। टोली बिहीबारै राजधानी फर्केको छ। राष्ट्रियता, नाम, ठेगाना र उमेर ढाँटेर नेपाल र भारतबाट राहदानी, तिब्बती शरणार्थीको परिचयपत्र लिएको, भारतीय राशन कार्ड प्रयोग गरेकोलगायत् विवादमा तानिएपछि लामाले पदभार ग्रहण गरेको १० दिनमै राजिनामा दिएका थिए। प्रधान मन्त्री झलनाथ खनालद्वारा चैत २८ मा राज्य मन्त्री नियुक्त उनले वैशाख ८ गते पत्रकार सम्मेलन गरी राजिनामा दिएका थिए। उनको राजिनामालगत्तै सरकारले पूर्व न्यायाधीश खरेको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.