Saturday, May 28, 2011

तातोपानी भन्सार कार्यालय बन्द
भन्सार मुल्याङकन फिर्ता हुदैनः-विभाग

रोशन कार्की
काठमाडौं८ जेठ

हालै भन्सार विभागले भन्सार कार्यालयबाट हुदै आएको व्यापारिक कारोबारको आधारमा गरेको भन्सार मुल्याङकनको विरोध गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको आव्हानमा आईतबारदेखि तातोपानी भन्सार कार्यालय बन्द गराएका छन् ।
लक्षित भन्सार राजस्व असुली पुरा गर्न नसकेकॊ जनाउदै हाल कायम रहेको भन्सार मुल्याङकमा २५ देखि १०० प्रतिशत सम्म भन्सार बस्तु मुल्याङकनलाई तत्काल घटाउनु पर्ने माग राख्दै सो नाकाबाट हुदै आएको व्यापारिक कारोबार बन्द गराएको व्यवसायीहरुले जनाएकाछन् । भन्सार कार्यालयले अन्धधुन्ध खासाबाट आयात हुने सवै बस्तुको मुल्याङकनमा बृद्धि गरेको कारण त्यसको प्रत्यक्ष असर व्यावसायीलाई परेको भन्दै वन्द भएको हो त्यस समबन्धमा पटक-पटक छलफल गर्दा समेत सो बारेमा भन्सारले मुल्याङकन घटाउने तर्फ चासो नदेखाएका कारण नाकाबाट हुने कारोबारमा अबरोध पुर् याएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जनाएको छ ।
ुहाल बृद्धि भएको सवै भन्सार बस्तुमा हाम्रो विरोध होईन तर खासा बजारबाट नेपाल आयात हुने लेडिज सेन्डलप्लाष्टिकका सामाग्रीसेलो टेप लगाएत ८ ओटा बस्तुमा २ देखि ८ डलर बृद्धि गरेका कारण तातोपानी नाकाबाट हुने व्यापारिक कारोबारमा अबरोध पुगेको होुसंघका प्रथम उपाध्यक्ष निमफुज्जो शेर्पाले बताए । उनका अनुसार अन्य नाकाको आधारमा यस नाकाबाट आयात हुने बस्तुमा समान भन्सार मुल्याङकन कायम गरिदा चोरी निकासीमा बृद्धि हुने भएकाले भन्सारले पुर्ववत मुल्याङकनमा नै सामान छुटाउनु पर्ने माग राख्दै आएको जानकारी दिएकाछन् ।
सो समस्याका बारेमा सम्बन्धित पक्षसंग छलफल भएतापनि उनीहरुको मागलाई सम्बोधन गर्न नसकिने भएकाले सो समस्या यथावत रहेकेा तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत निर्मलहरि अधिकारीले बताएकाछन् । ुहामीले विभागीय निर्देशन अनुसार बृद्धि भएको भन्सार मुल्याङकन अनुसार व्यापारिक कारोबार गर्ने छौ व्यवसायीहरुले सोही अनसार कारोबार गर्न अनुरोध गरेका छौंुउनले भने ।
यस सम्बन्धमा सम्बन्धित भन्सार कार्यालयमा बार्तां भएको छ लामो समयदेखि भन्सार मुल्याङकनमा समायोजन नभएका कारण सो मुल्याङकनमा बृद्धि गरेका कारण व्यवसायीहरुले माग राख्दैमा सो मुल्याङकन फिर्ता नहुने भन्सार विभागका महानिर्देशक टंकमणी शर्माले बताए । यो नियमीत प्रकृया हो कुनै नयाँ बहानामा भन्सार मुल्याङकनमा बृद्धि नगरेका कारण सो मुल्याङकनलाई सवै व्यवसायीहरुले स्वीकार्नुको विकल्प नभएको उनले बताए ।
विभागले हाल साचालनमा रहेको सवै भन्सार कार्यलमा २५ बैसाखदेखि ८ जेठ सम्ममा सो बृद्धि भएको मुल्याङकनमा व्यापारिक कारोबार गर्न निर्देशन दिईसकेको थियो ।
भन्सार नाकाबाट व्यापारिक कारोबार गर्ने व्यवसायीहरुले न्यून मुल्य धोषणा गर्ने कार्यामा तिब्रता आएपछि सम्बन्धित भन्सार कार्यालयले कारोबार मुल्यको आधारमा सो भन्सार मुल्याङकनमा थप घट गर्ने निर्देशन विभागले दिएको महानर्देशक शर्माले बताए । विभागले दिएको निर्देशन भित्र रहेर भन्सार कार्यालयले आबश्यकता अनुसार वर्षको ३ पटक भन्सार मुल्याङकनलाई समायोजन गर्न सक्ने भन्सार ऐनमा उल्लेखीत भएको विभाले जनाएको छ । न्यून विजकीकरण भएको शंक्का लागेमा विभाग या सम्बन्धित भन्सार कार्यालयले आयात÷निर्यात हुने बस्तुको भन्सार मुल्याङकन थप घट गर्दै आएको छ । विभागले स्थानीय बजार मुल्यउत्पादक कम्पनीको मुल्य र विदेशी मुद्राको मुल्यलाई आधारमानी वर्षको तीन पटक मुल्याङकनमा समायोजन गर्ने गरेको छ ।
तातोपानी भन्सार नाकाबाट आयात÷निर्यात हुने सामानहरुमा न्यूनतम १० देखि अधिकतम १ प्रतिशत सम्म मुल्याङकन बृद्धि गरेका कारण उपभोक्ताहरु मंहगोमा सामान खरिद गर्नु पर्ने नेपाल चेम्बर अफ कमर्शको आयात तथा वाणिज्य समितिका सभापति नीरज राईले बताए । राईले भने-ुअन्य भन्सार कार्यालयको भन्दा तातोपानी भन्सार नाकाबाट आउने सामानको गुणस्तरियता न्यून हुने भएकाले सो नाकाबाट आउने बस्तुमा समेत १० देखि १०० प्रतिशत सम्मको मुल्याङकन बृद्धि गरनु उचित होईनयस तर्फ सम्बन्धित निकायले यस बृद्धिमा पूर्नमूल्याङकन गरिनु पर्छ ।ु नेपाल चीनबीचको व्यापारिक कारोबार हुने सवैभन्दा छोटो स्थलमार्गमा रहेको तातोपानी भन्सार कार्यालयबाट दैनिक १ करोड रुपैयाँको कारोवार हुने गरेको छ ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...