Wednesday, June 29, 2011

२ लाख केजी रक्तचन्दन अलपत्र


दुई वर्षअघिका वनमन्त्री मातृका यादवको जम्मै ध्यान अवैध रक्तचन्दन बरामदमै केन्दि्रत हुन्थ्यो । सुरक्षाकर्मी र कर्मचारी परिचालन गरेर उनले धेरै ठाउँबाट ठूलो परिमाणमा रक्तचन्दन बरामद गरे । रक्तचन्दन बरामद गरेरै केही समय उनी चर्चामा पनि आए ।

त्यसरी बरामद गरिएको झन्डै दुई लाख केजी रक्तचन्दन बबरमहलस्थित वन विभाग परिसर र अन्य १५ जिल्ला वन कार्यालय परिसरमा बेवारिसे बनेको छ । बबरमहलमा मात्रै साढे ८२ हजार केजी रक्तचन्दन अलपत्र छ । यादवको कार्यकालमा विभिन्न स्थानबाट अवैध ढंगबाट निकासी गर्न लाग्दा झन्डै साढे दुई लाख केजी रक्तचन्दन बरामद गरिएको थियो ।

झन्डै दुई वर्षदेखि उक्त रक्तचन्दन खुला राखिएकाले घामपानीबाट सड्ने अवस्थामा पुगेको छ । रक्तचन्दन निकासी गर्न 'साइटिस' कानुनले प्रतिबन्ध लगाएकाले बरामद गरिएको थियो । भारतबाट नेपालको नाका हुँदै तिब्बत निकासी गर्न लाग्दा  बरामद गरिएको निष्कर्ष निकाल्दै मन्त्रालयले बेवारिसे अवस्थामा फेला परेको मध्येबाट २८ हजार ६ सय ५७ केजी भारतलाई हस्तान्तरण गरिदिएको हो । नेपालस्थित भारतीय दूतावासले उक्त रक्तचन्दन फिर्ता लगिसकेको छ ।

भारतलाई दिएपछिको बाँकी दुई लाख केजी रक्तचन्दन १५ जिल्लामा अलपत्र राखिएको छ । व्यवस्थित ढंगले नराखिएकाले सबै रक्तचन्दन सड्ने अवस्थामा पुगेको वन विभागका एक कर्मचारीले बताए । यसअघि सरकारले रक्तचन्दन टेन्डर गर्न न्यूनतम मूल्य प्रतिकेजी ८ सय रुपैयाँ तोकिसकेको

छ । सबै रक्तचन्दन बिक्री गरी रकम वन संरक्षणमै लगाउने उद्देश्यले त्यो निर्णय लिइएको थियो । बरामद गरिएको रक्तचन्दनको पुनरावेदन र जिल्ला अदालतमा मुद्दा चलिरहेकाले टेन्डर प्रक्रिया अघि बढ्न नसकेको वन विभागका अधिकारीहरूको भनाइ छ । मुद्दा चलिरहेकै बेला पनि केही वन कार्यालयले रक्तचन्दन टेन्डरमा 'चलखेल' गरिरहेका छन् । पछिल्लोपटक रसुवाका वन अधिकृत (डीएफओ) विष्णुकान्त मिश्रले झन्डै ७५ लाख रुपैयाँ बराबरको रक्तचन्दनको टेन्डर नियमविपरीत स्वीकृत गरेका थिए । मन्त्रालय र विभागलाई जानकारी नदिई बिनाप्रतिस्पर्धा टेन्डर स्वीकृत गरेपछि उनलाई मन्त्रालय बोलाइएको छ । मन्त्रालय स्रोतले उनलाई निलम्बन गर्ने तयारी भइरहेको जानकारी दियो । यस्तै कपिलवस्तुबाट वन विभाग, काठमाडौंमा सरुवा गरिए पनि त्यहीं बसेर डीएफओ प्रकाशनाथ प्याकुरेलले रक्तचन्दन टेन्डर गर्ने प्रयास गरे । प्याकुरेलले कपिलवस्तु वन कार्यालयमा रहेको ८ सय ८३ केजी रक्तचन्दन टेन्डर गर्न खोजेका थिए । प्याकुरेलेका ठाउँमा सरुवा विभागबाट सरुवा भएर गएका कृष्णप्रसाद पोखरेलले आपत्ति जनाएपछि टेन्डर प्रक्रिया रोकिएको थियो । वन विभागका उपसचिव रामानन्दन साहका  अनुसार १५ जिल्लामा एक लाख ९९ हजार ४ सय ६५ केजी रक्तचन्दन छ । त्यसमध्ये ८२ हजार ५ सय ४४ किलो बबरमहलस्थित वन विभागको परिसरमा थुपारिएको छ । विभाग परिसरमा थुपारिएको रक्तचन्दन संरक्षण गर्न सशस्त्र प्रहरी खटाइएको छ । वन विभागका महानिर्देशक माधव आचार्यले मुद्दा चलिरहेको रक्तचन्दन सिधै टेन्डर गर्न नमिल्ने भएकाले सड्ने अवस्थामा पुगेको बताए । 'बेलैमा टेन्डर गर्न नसकिएकाले गुणस्तर खस्किएको छ,' आचार्यले भने, 'अदालतबाट मुद्दा फैसला नभईकन टेन्डर गर्न सकिन्न ।'विभागको तथ्यांकअनुसार ललितपुरमा ५ सय ५०, भक्तपुरमा १७ हजार सात सय सात, रसुवामा १३ हजार ८ सय ८२, सिन्धुपाल्चोकमा १८ हजार नौ सय ५९, रुपन्देहीमा ११ हजार तीन सय ७३, नवलपरासीमा सात हजार ६ सय २८ केजी रक्तचन्दन अलपत्र छ । चितवनमा ६ हजार एक सय ८०, सर्लाहीमा ५ हजार ८९, झापामा २९ हजार ८ सय ८४, काभ्रेमा ५७, तेह्रथुममा २ हजार ६५, ताप्लेजुङमा चार सय ८० र कपिलवस्तुमा ८ सय ८३ केजी छ ।



                                                                                                                 प्रकाशित मिति: २०६६ चैत्र १८

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...