Wednesday, June 29, 2011

राजमार्गमा आतंक फैलाउनेलाई कारवाही भएन
                                                                                                February 29 2008 
                                                                                                                                            रोशन कार्की, 
सिन्धुपाल्चोक,चीनको स्वशासित क्षेत्र तिव्वतको खासा बजारबाट सिन्धुपाल्चोक जिल्लाको तातोपानीस्थित कोदारी राजमार्ग अन्तरगत भन्सार नाका खुलेपछि नेपालमा व्यवसायिक रुपमा खासाको व्यापार सुरु भएको हो । खासाको छोटो स्थलमार्गको रुपमा रहेको तातोपानी भन्सार नाका काठमाडौबाट १ सय १४ किलो मिटर सवारी साधनमा पार गर्न सकिने सो नाका भएर नेपाली र विदेशी व्यापारीले तस्करी कार्यको धन्धा चलाउदै आएकाछन् । ताकी व्यापारीले सजिलो मार्गको रुपमा तस्करी गर्ने कार्यमा परिचित गराउदै आएकाछन् । सरकारी मातहतको नाकामा खुल्ला चोरी निकासीको सामानको कारोवार भन्सार कर्मचारीको सहायोगमा भएपछि एउट कलमजीवी सञ्चारकर्मीले आफ्नो अगाडी भएको तस्करीको समाचार मार्फत आम जनमानसमा सत्यतथ्य समाचार दिनु कर्तव्यमात्र हो । सोही समाचार दिएको आधारमा व्यापारीले सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिदै आउनु र्सार्वजनीक ठाउँमा अपशव्द बोल्दै अपमानीत गर्नु सिन्धुपाल्चोकका सञ्चारकर्मीलाई सामान्य भएको थियो । जुन अरनीको राजमार्गमा एकाधिकार जमाएर सञ्चालन गरिएका सार्वजनीक सवारी साधनमा अबैध सामान ल्याउने कार्यमा समेत त्रि्रता आउन थालेको छ । भारतको कर्णाटक प्रदेशको जंगलबाट लुकाई छिपाई नेपालको नाकाहुदै प्रतिबन्धित रक्तचन्दनको कारोवार होस या तातोपानी भन्सार बाट राजश्व छलेको सामान ओासार पसार किन नहोस त्यसको प्रतिस्पर्धामा समेत अरनीको यातायातले जितेको छ । सञ्चारकर्मीले समाजमा भएका खराव कार्यको भन्डाफोर गर्नु कर्तव्य हो । तीनै समाचार लेख्दा र प्रशारण गर्दा अरनीको यातायातका अध्यक्ष केदार क्षेत्री नामक व्यक्तिको निर्देशनमा पहिलो सञ्चाकर्मीको सञ्चार सामाग्री दिउसै लुट्न लगाए । अरनीको राजमार्गमा सुरुदेखीनै सञ्चारकर्मी र अन्य यात्रुहरुलाई असुरक्षित भएको हो अरनीको यातायातको मनोपोलीको समाचार संकलन गर्न सिन्धुपाल्चोक र काभ्रेको सिमाना दोलालघाटमा पुगेको सञ्चारकर्मीका क्यामेरा र अन्य सवै सामान दिउसै अरनीको यातायातका तत्कालिन सचिव हालका अध्यक्ष केदार क्षेत्री नामका व्याक्तिले गुण्डा लगाएरे सामान लुटिदा उक्त दिन विजय भएको गरी आक्रमण समेत गरे । सञ्चाकर्मीको समान लुटेर लैजादा र पटक-पटक मार्ने धम्की आउदा सो को बारे न पत्रकार महासंघ न कुनै मानवअधिकारबादी भन्ने सस्थाले आवाज उठायो । अरनीको राजमार्गमा दिनप्रतिपद सो सस्थाका अध्यक्षनै लावालस्कर गुण्डाहरु अगाडी पछाडी लगाएर सो रुटमा अरनीको स्विकृति विपरित गएका गाडीलाई आगो लगाउने र सो गाडीमा यात्रा गर्नेलाई समेत हातपात गर्ने कार्यमा समेत त्रि्रता आएपछि सो राजमार्गनै असुरक्षित हुन पुगेको छ । सरकारले सो राजमार्गमा हुने अपराधिक कार्यलाई आखाँ चिम्लिएर जुन रुपमा कारवाही अगाडी बढाउन सकेको छैन भोली त्यसैले सरकारलाई ठूलै नोक्सानी हुने प्राय निश्चित छ । त्यसैले सरकारले बेलैमा रोग लाग्नु पूर्वनै यो समस्या आउछ भनी सोची दिएर उपचारको बाटोमा नलागेमा आफै सहिद हुनुपर्ने अवस्था आउने छ । रोग लाग्नु पूर्वनै विरामीको उपचार गर्ने कार्यमा पहिलो प्रथमीकता दिनु जरुरत हुन आउछ । विरामीको अन्तीम अवस्थामा पुगेछि उपचार गर्नु कुनै औचित्य हुने छैन् । हामीले सप्रमाण समाचार संप्रेषण गर्दा सहनु परेको मार्ने धम्कीले राज्य, राजनैतीक दल, मानव अधिकारबादी र खुद नेपाल पत्रकार महासंघको समेत कुनै ध्यान गएन । सिन्धुपाल्चोक जिल्लाको हकमा अधिकाशं राजमार्ग अतिनै संवेदनशिल रहेकोछ । जहाँ तस्करले हजारौ रुपियाँको रक्सी खुवाएर हत्या गर्न समेत पछि नहट्ने सो समुहले हामी फुटपाते सञ्चारकर्मीलाई हत्या गर्न कुनै अवरोध नहुने पंक्का छ । किनकी नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूव जिल्ला सभापतिको अगाडीनै आफूले गरेको गल्ती स्विकार्दा समेत कुनै कारवाही अगाडी नबढाउनुको रहस्य खुलेकोछ । सघ स्ास्थाले तस्करीहरु रिसाउंदैछन की भनेर आवाज उठाउने आँट नगरेका कारण अरनीको राजमार्गमा सञ्चालनमा आएका प्राय सवारी साधनाले यात्रुलाई बोक्ने भन्दा नि भन्सारबाट तस्करी गरेर आएको सामान बोक्ननै सो यातायात समितिले गाडी चालकहरुलाई अध्यक्ष केदार क्षेत्रीले निर्देशन दिईएकाछन् । सो मार्गमा गरेको गैरकानुनी कार्यको पर््रदाफास हुने भयका कारण सो राजमार्गमा गएको कुनै पनि रिर्जभ गाडी हो या निजी सवारी साधन सवैलाई अध्यक्ष क्षेत्रीको ठाडो निर्देशनमा उक्त सवारी साधनलाई तोडफोड गर्नुका साथै यात्रुहरुमाथी नै आक्रमण गर्ने गरेकाछन् । गत वर्षदोलखाको चरिकोट बाट आएको रोल्वालिङका दुइ वटा सवारी साधनलाई आगो लगाई ध्वस्त बनाउदा समेत अरनीको यातायातका तत्कालीन सचिव केदार क्षेत्रीको कमाण्डमा गएको एक हुल गुण्डाले तोडफोड हुदा समेत सरकारी प्रशासन लाई कुन् जानकरी भएन ता की पिडीतले कारवाहीको लागी किटानी जाहेरी दिदा समेत कारवाही भएन ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...