काठमाडौं। महासंघमा प्रचण्ड बहुमतले सुरज वैद्य टिम बिजयी भएको दुई महिना पनि नपुग्दै यो नेतृत्व विरुद्ध अविश्वास प्रस्तावको चर्चा समेत अग्रज उद्योगीहरुले चलाउन थालेका छन्। त्यसको पहिलो शिकार बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलाई बनाउने प्रयास भइरहेको छ। अध्यक्ष सूरज बैद्यलाई साथ दिएको र पूर्वअध्यक्षहरुको मोर्चाबन्दीमा सामेल नभएका कारण भाष्करलाई तारो बनाइएको स्रोतले जनाएको छ।कार्यकारिणी समितिबाट निर्वाचित भएका कारण पनि अविश्वास प्रस्ताव ल्याएर हटाउन सजिलो हुने ठानेर यस्तो कदम चाल्न खोजिए पनि सहज रुपमा भाष्करलाई हटाउन निकै गाह्रो छ। महासंघको बिधानको धारा ६२ मा अविश्वास प्रस्तावको बारेमा उल्लेख छ। बिधान अनुसार 'कार्यकारिणी समिति वा अध्यक्ष विरुद्धको अविश्वासको प्रस्ताव पारित गर्न सदस्यहरुको कुल मत संख्याको घटीमा ६० प्रतिशत हुनु अनिवार्य हुनेछ' भनिएको छ। विधानका यो व्यवस्था अनुसार भाष्करलाई बरिष्ठ उपाध्यक्षबाट हटाउन महासंघको केन्द्रीय कार्यकारिणी समितिका ६० प्रतिशत पदाधिकारी तथा सदस्यहरु उनको विपक्षमा उभिनुपर्छ।
पूर्वअध्यक्षहरुको समूहले जेठ ३० गतेको विशेष साधारणसभापछि असहयोग आन्दोलन थाल्ने र त्यसको पहिलो कार्यक्रम अविश्वास प्रस्ताव हुने तयार गरेको कुरा गार्डेन रेष्टुरेन्टमा पनि चर्चा चलेको थियो। यद्यपि बरिष्ठ उपाध्यक्ष भाष्करले भने आफूले बिधान विपरीत केही काम नगरेको र महासंघ तथा उद्योगी व्यवसायीको हितमा मात्र समर्पित रहेकाले जस्तोसुकै अवस्थाको सामना गर्न पनि तयार रहेको प्रतिक्रिया दिएका छन्। 'व्यक्ति व्यक्तिको मनमा के के चाहना हुन्छ, त्यो सबै पूरा गर्न सकिंदैन।
महासंघको नेतृत्वले बिधानलाई सम्मान गर्ने र संस्थागत निर्णयलाई कार्यन्वयन गर्ने हो। म पनि संस्थागत निर्णयको सम्मान गर्छु, बिधानको सर्वोच्चतालाई अँगाल्छु। यति गर्दागर्दै पनि बिधानले गरेको व्यवस्था अनुसार कुनै सजाय भोग्नुपरेमा तयार छु।
दुई महिनाको बीचमा मैले उद्योगी व्यवसायी र महासंघको हित बाहेक कुनै काम गरेको छैन' भाष्करले भने।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.