Wednesday, June 22, 2011

सुरज उद्योगीका नयाँ नेता उपाध्यक्षमा पाण्डे, राणा र मुरारका विजयी

सुरज वैद्य
शिव दुवाडी, रोशन कार्की/राजधानी
काठमाडौं, २९ चैत
उद्योगी ब्यवासायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा सुरज वैद्य निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी आजाद श्रेष्ठलाई पराजित गर्दै वैद्यले जित हासिल गरेका हुन् ।
उपाध्यक्षमा जिल्ला नगर उद्योग वाणिज्य संघका तर्फाट वैद्य समूहकी भवानी राणा विजयी भएकी छन् । राणाले ६१ मत ल्याई श्रेष्ठ समूहका निरक केसीलाई पराजित गरिन । केसीले २६ मत पाएका थिए । वस्तुगत संघका तर्फाट श्रेष्ठ समूहका प्रदीपजंग पाण्डे विजयी भएका छन । पाण्डेले ४६ मत प्राप्त गरी वैद्य समूहका किरणप्रकाश शाखलाई पराजीत गरेका हुन् । शाखले २७ मत पाप्त गरेका थिए । यस्तै एसोसिएट्सतर्फो उपाध्यक्षमा वैद्य समूहका पशुपति मुरारका विजयी भएका छन । उनले २ सय २४ मत प्राप्त गरेका छन भने प्रतिद्वन्द्वी प्रदीपमान वैद्यले एक सय ६५ मत प्राप्त गरेका थिए ।
वस्तुगत संघतर्फसदस्यहरूमा निर्मलराज पौडेल, कमला थापा, अशोक शर्मा, दिनेश श्रेष्ठ, विप्लवमान सिंह, राजन शर्मा, सकुन्तलाल हिराचन विजयी भएका छन् । यस्तै, नन्दकिशोर श्रेष्ठ, विराट थापा, सञ्जय गिरी, शंकर पाण्डे निर्वाचित भएका छन् । उदयराज पाण्डे र सञ्जिव पाण्डेले भने बराबरी मत प्राप्त गरेका छन् । वस्तुगततर्फ१२ पदका लागि २५ जनाको उम्मेदवारी परेको थियो । यस्तै, जिल्ला नगर उद्योग वाणिज्य संघबाट १४ पदका लागि २५ जनाको उम्मेदवारी परेकोमा ओमप्रकाश बंशल, कल्याणकृष्ण ताम्राकार, डीबी बस्नेत, दामोदर आचार्य, दीपक लम्साल, नरेन्द्रकुमार खड्का, पर्ूण्ाप्रसाद पलाञ्चोके निर्वाचित भएका छन । यसैगरी, प्रमोद श्रेष्ठ, विजयकुमार सरावगी, विष्णु खत्री, मीनबहादुर श्रेष्ठ, लोकविक्रम थापा र शंकर श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, एसोसियट्सतर्फअन्जन श्रेष्ठ, अनुपबहादुर मल्ल, अशोककुमार टेडी, उमेशलाल श्रेष्ठ, çराज भण्डारी, जगदीशचन्द्र राठी, धु्रवकुमार श्रेष्ठ, प्रकाश गिरी, बिके श्रेष्ठ, मनिषकुमार अग्रवाल, रामचन्द्र सर्ंर्घइ, विजयसिंह श्रेष्ठ, सहीमा अग्रवाल, गोरख गोल्छा, सौरभ ज्योति र ज्ञानेन्द्रलाल प्रधान विजय भएका छन् ।
द्विराष्ट्रिय उद्योग वाणिज्य संघका प्रतिनिधि चन्द्र ढकाल र १२ अञ्चल प्रतिनिधि भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । अञ्चलबाट निर्विरोध निर्वाचित हुनेमा मेचीबाट केशवराज पाण्डे, जनकपुरबाट निर्मलकुमार चौधरी, नारायणीबाट मदनलाल जोशी, बागमतीबाट कृष्णप्रसाद ताम्राकार, गण्डकीबाट चोकनारायण श्रेष्ठ, लुम्बिनीबाट भूषण राजलवट, धौलागिरिबाट होमनारायण श्रेष्ठ, राप्तीबाट ध्रुवराज श्रेष्ठ, कर्ण्ाालीबाट लंकमान रोका, भेरीबाट कुमुदकुमार दुगड, सेतीबाट गोपाल हमाल र महाकालीबाट भाष्करराज राजकणिर्कार छन् ।
सगरमाथा र कोसी दर्ुइ अञ्चल प्रतिनिधिका लागि भने निर्वाचन भएको थियो । सगरमाथाबाट तर्ीथकुमार श्रेष्ठ र कोशीबाट श्यामसुन्दर उदास निर्वाचित भएका छन् ।
महासंघको नयाँ नेतृत्वका लागि ६१ पदमा एक सय दर्ुइ जनाले उम्मेदवारी दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष वैद्य यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष थिए ।                     २०६७ - चैत्र - ३०

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...