चार क्यासिनोको लाइसेन्स खारेज
रोशन कार्की/राजधानी
काठमाडौं १९ असार
सरकारले तोकिएको समयभित्र राजस्व भुक्तानी नगरेको कारण नेपाल रिकि्रएशन सेन्टरद्वारा साचालित चार क्यासिनो जुवाघर को साचालन अनुमति पत्र लाइसेन्स खारेज गरेको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आइतवार राकेश वाधवाको नाममा रहेको नेपाल रिकि्रएशन सेन्टरद्वारा साचालित चार क्यासिनोको लाइसेन्स खारेज गरेको हो ।
खारेजीमा पर्ने क्यासिनोमा सोल्टी होटलस्थित क्यासिनो नेपाल होटल अन्नपूर्णस्थित क्यासिनो अन्ना एभरेष्ट होटलमा साचालित क्यासिनो एभरेष्ट र हायात होटलस्थित क्यासिनो तारा रहेका छन । चारैवटा क्यासिनोले राजस्व तिर्न आनाकानी गरेपछि असुल उपरका लागि सरकारले पटक-पटक सार्वजनिक सूचना जारी गरेको थियो । सरकारी चेतावनीका वावजुद पनि रिकि्रएशन सेन्टरको नाममा रहेको क्यासिनोले बक्यौता राजस्व नबुझाएपछि लाइसेन्स खारेज गरेको पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिब राजनकृष्ण अर्यालले जानकारी दिए ।
पर्यटन तथा उड्ययन मन्त्री खड्गबहादुर विश्वकर्माले राजस्व नतिर्ने क्यासिनोलाई गत शुक्रबारसम्मको अन्तिम समयावधि तोकी बक्यौता राजस्व असुली गर्न निर्देशन दिएपनि नतिरेकोले लाइसेन्स खारेज गर्न निर्देशन दिएको बताए । सो सेन्टर अन्र्तगत रहेको ४ क्यासिनोले ३४ करोड भन्दा बढी राजस्व तिर्न बाँकी छ ।
सरकारले ४ माघ २०५० मा रिकि्रयशन सेन्टरलाई क्यासिनो साचालनको अनुमति पत्र दिएको थियो ।
बक्यौता रकम नतिरेपछि राजस्व अनुसन्धान विभागले रिकि्रएशन सेन्टरको नाममा रहेको सवै जग्गा लिलामीका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ ।
क्यासिनोको लाइसेन्स खारेजी विरुद्ध सेन्टरका प्रमुख कार्यकारी अधिकृत राजेश्वर बाधवाले सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन् ।
क्यासिनोको लाइसेन्स खारेजीप्रति मजदुरहरुले भने आपत्ती जनाएका छन । सरकारको निर्णयले मजदुरहरुको रोजीरोटी खोसेको भन्दै उनीहरुले प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् । ुसरकारले खारेजी गर्नुभन्दा पहिले मालिकलाई दवावमुलक कार्यक्रम गरेर बक्यौता रकम असुली गरिनु पर्ने हो तर ९ सय मजदुरको रोजीरोटी खोसेर गलत काम गर् योु एकीकृत नेकपा माओवादी निकट होटल तथा रेष्टुरा मजदुर संघ रोयल क्यासिनो का अध्यक्ष खिलबहादुर खनालले भने । यद्यपी तारा क्यासिनो मजदुर संघका सचिव केशव थापाले आफुहरुको क्यासिनो रिकि्रयशन सेन्टरबाट स्वामित्व हस्तान्तरण भइसकेको बताए । उनका अनुसार गत शुक्रवार नै िसंगापुरे कम्पनी एशियन रिशोर्ट क्यासिनोज एआरसी को नाममा स्वामित्व हस्तान्तरण भइसकेको जिकिर गरे ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.