१४ भदौ, काठमाडौँ । चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाको लार्चामा यसै वर्षदेखि सुक्खा बन्दरगाहको निर्माण गर्ने भएको छ । उक्त बन्दरगाह सञ्चालनमा आएपछि तातोपानी नाकाबाट हुने चीनसँगको व्यापार वृद्धि तथा सामान ढुवानी सस्तो हुने जनाइएको छ । चीन सरकारले रु.२५ करोडको लागतमा निर्माण गरिदिने उक्त बन्दरगाहको सम्पूर्ण कार्य काम थालेको साढे दुई वर्षपछि पुरा हुने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक शरदविक्रम राणाले राससलाई बताउनुभयो । लार्चामा बन्दरगाह निर्माण गर्न तीन वर्षअघि सम्भाव्यता अध्ययन भएको थियो । लार्चामा निर्माणकार्य प्रारम्भ भएपछि रसुवामा पनि त्यस्तै बन्दरगाह चीनले बनाइदिने प्रतिबद्धता व्यक्त गरेको कार्यकारी निर्देशक राणाले जानकारी दिनुभयो । खासामा मालसामान भण्डारण गरेर तातोपानीबाट आयात गर्नुपर्दा नेपाली उद्यमी-व्यवसायीले कठिनाइ झेल्नु परेको छ । साथै, कोदारी राजमार्गमा मालवाहक सवारीसाधनको चाप बढेपछि लार्चामा त्यस्तो बन्दरगाह निर्माण गर्न सरकारले चीनसँग आग्रह गरेको हो । लार्चामा बन्दरगाह बनेपछि भीमकाय चिनियाँ मालवाहक कन्टेनर सोझै लार्चा आउने उल्लेख गर्दै श्रीराणाले पाँच सय रोपनी क्षेत्रफलमा बन्ने उक्त बन्दरगाहमा एकपटकमा दुई सय कन्टेनर राख्न सकिने जानकारी दिनुभयो । चीनसँगको नेपालको व्यापार तातोपानी नाकाबाट हुँदै आएको छ । लार्चामा बन्दरगाह बनेपछि द्विपक्षीय व्यापारको मात्रा विस्तार हुने अपेक्षा गरिएको छ । चीनले चार सय नेपाली उत्पादनलाई भन्साररहित बजारसम्मको पहुँच उपलब्ध गराए पनि नेपालले चीनसँग ठूलो व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार तथा लगानी प्रवर्द्धन केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षमा नेपालले रु. ५५ करोडका सामग्री निर्यात गरेको थियो भने चीनबाट रु. ३८ अर्ब २२ करोडका मालसामान आयात गरेको थियो
Thursday, September 1, 2011
चीनले लार्चामा सुक्खा बन्दरगाह बनाइदिने

Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
उद्योग वाणिज्य महासंघमा तीब्र विवाद पहिलो केन्द्रीय बैठकमा २९ सदस्य अनुपस्थित रोशन कार्की÷राजधानी काठमाडौं १ असार व्यवसायीहरुको छाता स...
-
एनसेलको ‘लुट’ प्रकरण स्वीडीश पत्रिकामा काठमाडौ, २६ असोज। नेपाली मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको हामीले विज्ञापनजन्य खवर मात्र पढ्...
-
सरकार र ग्यास उद्योगीबीच अवैध सम्झौता रोशन कार्की काठमाडौं । ऐन–कानुनको बेवास्ता गर्ने अभिव्यक्ति दिने एलपी ग्यास उद्योग र सरकारब...

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.