Wednesday, September 28, 2011




सामान छोडाउन राजस्वले २४ लाख लिएको आरोप

 विराटनगरका विभिन्न व्यापारीको सामान ल्याएको अनुराग ट्रान्सपोर्ट कम्पनीले राजस्व अनुसन्धान इकाई कार्यालय पथलैयालाई २४ लाख रुपैयाँ अतिरिक्त रकम ‘घुस' दिनु परेको भन्दै व्यापारीसँग थप रकम असुलेको छ।  राजस्व कार्यालयले ५ दिनसम्म सामान नियन्त्रणमा लिएको र त्यसलाई छुटाउन कर्मचारीलाई घुस खुवाउन परेको भन्दै ट्रान्सपोर्ट कम्पनीका अधिकारीले अहिले थप रकम लिएको व्यापारीहरुको आरोप छ।'राजस्वका कर्मचारीलाई मिलाउन २४ लाख रुपैयाँ खर्च भएको जानकारी गराउँदै ट्रान्सपोर्टका अधिकारीहरुले हामीसँग थप रकम लिएका छन्,' सामान मगाएका एक व्यापारीले  भने ' कम्पनीले भाडा बाहेक प्रति पोका १२ हजार रुपैयाँ अतिरिक्त असुली गरेको छ।' ट्रकमा विराटनगरका २० भन्दा बढी खुद्रा व्यवसायीका दुईसय पोका सामान थिए। ट्रान्सपोर्ट कम्पनीले प्रतिपोका १२ हजार रुपैयाँ तिर्नुपरेको बताउँदै उनीहरुले आफुहरुसँग पनि प्रतिपोका १२ हजार नै लिएको व्यापारीहरुको भनाई छ। केही व्यापारीहरुले अतिरिक्त रकम बुझाएर सामान लगिसकेका छन् भने केहीले थप पैसा बुझाउन इन्कार गरेका छन्। ट्रान्सपोर्ट कम्पनी मोरङ व्यापार संघका महासचिव समेत रहेका प्रकाश मुन्दरा र दिलिप घाडेवालको संयुक्त लगानीमा संचालनमा छ। विराटनगरका चर्चित कपडा तथा फैन्सी पसल ग्यालेक्सी, साकेत, इन-लुक, अम्बे र ओएसिसलगायतले सामान झिकाएका थिए। स्रोतका अनुसार अनुरागले १२ हजार मागे पनि इन-लुकले ६ पोका सामानको ६ हजारका दरले ३६ हजार रुपैयाँ अतिरिक्त तिरेर सोमबार साँझै लगिसकेको छ। ‘सामान छुट्टाउन राजस्वलाई अलिअलि पैसा तिरेको होला, तर ट्रान्सपोर्टका अधिकारीले हामीसँग बढी रकम असुल्न खोजेका छन्'-ट्रान्सपोर्टबाट सामान बुझन नमानेका एक व्यापारीले नागरिकसंग भने,‘त्यत्रो रुपैयाँ बुझाए सामान महँगोमा बेच्नुपर्छ। 'अनुरागका संचालकमध्ये एक मुन्दराले राजस्व कार्यालयले २४ लाख रुपैयाँ नलिएको बताउँदै ५ हजार रुपैयाँ मात्र अतिरिक्त रकम बुझाएको जानकारी दिए। उनले किन अतिरिक्त रकम बुझाएको भन्ने नागरिकको प्रश्नमा भने स्पष्ट जवाफ दिन सकेनन्। गत असोज ४ मा काठमाण्डौंबाट कपडा र फैन्सीका सामान बोकेर विराटनगर आएको ना.३ ख ४८८२ नम्बरको ट्रकमा रहेको सामान ‘शंकास्पद' देखिएको भन्दै इकाई कार्यालयले ५ दिनसम्म नियन्त्रणमा राखेको थियो। विराटनगरका व्यापारीहरुले काठमाण्डौं र खासामा खरिद गरेका कपडा र फैन्सीका सामान अनुरागले उक्त ट्रकबाट ल्याउँदै थियो। स्रोतका अनुसार दशैंको किनमेल सुरु भइसके पनि रेडिमेड कपडा र फैन्सीका सामान ५ दिनसम्म पथलैया राजस्वमा थन्किए पछि व्यवसायीहरुले ट्रान्सपोर्टलाई ताकेता गरिरहेका थिए। गत बुधवार काठमाण्डौंबाट हिडेको ट्रक सोमवार मात्र विराटनगर आइपुगेको छ। ‘सामान आएन भनेर ताकेता गर्दा ट्रान्सपोर्टले जाँचका क्रममा पथलैयामा रोकिएको छ, तुरुन्तै छुट्टिहाल्छ मात्र भने'-एक कपडा व्यापारीले नागरिकसंग भने,‘पछि सामान बुझ्न जाँदा प्रति पोका १२ हजार रुपैयाँ अतिरिक्त मागे। 'यसैबीच व्यापारीसित १२ हजार रुपैयाँ माग्न थालेपछि जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार अनुराग ट्रान्सपोर्टको विराटनगरस्थित सात घुम्तीमा रहेको गोदाम नियन्त्रणमा लिएको छ। मोरङका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले अनुराग ट्रान्सपोर्टले काठमाण्डौंबाट ल्याएका सामानमा ‘लफ्डा' देखिएकाले गोदाम नियन्त्रणमा लिएको बताए। ‘ अहिले व्यापारिको गुनासोका आधारमा गोदाम नियन्त्रणमा लिइएको हो, ट्रान्सपोर्ट शुल्क वाहेक अतिरिक्त रकम असुली गरेको व्यापारीहरुले लिखित उजुरी दिए कार्वाही चलाउँछु'-उनले भने। राजस्व अनुसन्धान इकाई कार्यालय पथलैयाका अधिकारीले भने अनुराग ट्रान्सपोर्टको समान बोकेको ट्रकलाई ५ हजार रुपैयाँ मात्र जरिवाना गरिएको र अतिरिक्त रकम नलिएको मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीलाई फोनमा जानकारी दिएका छन्। ‘ट्रान्सपोर्टका सञ्चालकलाई बोलाएर सोध्दा पथलैया राजस्वमा थप पैसा तिरेको स्वीकारेका छन्'- प्रजिअ अधिकारीले नागरिकसँग भने,‘व्यापारीसित थप पैसा लिएको फेला परे कार्वाही हुन्छ।'

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...