अनियमिता गर्नेलाई पक्राउ गर्ने भन्सारको योजना विफल
रोशन कार्की
काठमाडौं, २६ मंसिर
मुलुकका भन्सार नाकाबाट तीव्र रूपमा राजस्व चुहावटमा वृद्धि भई लक्षित राजस्व संकलन गर्न नसकेपछि भन्सार विभागले त्यसलाई नियन्त्रण गर्न ल्याएको अनियमिता गर्ने ‘तस्करलाई पक्राउ’ अभियान विफल भएको छ । विभागले भन्सार सुधारीकरण योजनाअन्तर्गत नै सो योजना ल्याए पनि हालसम्म अनियमिता गर्नेलाई पक्राउ गरेको रेकर्ड नै भन्सार विभागमा छैन । विभागले चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले सामान बरामदसँगै तस्करलाई तत्काल कारबाही गर्ने योजनाअनुसार सबै भन्सार कार्यालयलाई विभागले निर्देशनसमेत दिएको थियो । सो योजनाअनुसार भन्सार नाकामा तैनाथ सुरक्षाकर्मीको सहयोग लिए अवैध रूपमा भन्सार कारोबार गर्ने व्यवसायीलाई पक्राउ गरी कारबाही गर्ने जनाएको थियो ।
विभाग र सम्बन्धित कार्यालयमा अवैध रूपले भन्सार कारोबार गर्नेको सही पहिचान हुँदासमेत भन्सार कर्मचारी र सुरक्षाकर्मीले उनीहरूलाई सो अवैध कार्यमा रोक लगाउन सकेको छैन । भन्सार नाकाबाट सामान नियन्त्रणमा परे पनि सामानधनी पक्राउ नपर्ने भएपछि सम्बन्धित सामानधनी नै पक्राउ गर्ने रणनीतिअनुसार सो अभियान सञ्चालन गरेको विभागले जनाएको थियो । सो अभियानअन्तर्गत सक्कली सामानधनीलाई नियन्त्रणमा लिई उसले गरेको कारोबारका आधारमा कारबाही गरी हिरासतमा समेत पु¥याउने अभियान विभागले अगाडि सारेको थियो ।
विभागका महानिर्देशक रणबहादुर श्रेष्ठले विभागले आफ्नो क्षेत्राधिकारभित्र रहेर ल्याएका कुनै पनि योजना र अभियानलाई नरोक्ने बताए । ‘यस अभियानलाई पूर्णरूपमा कार्यान्वयन गरी अवैध रूपमा भन्सार नाकाबाट कारोबार गर्नेलाई कारबाही गर्नेछौं,’ उनले भने, ‘अभियानलाई अब केही दिनपछि पूर्णरूपमा कार्यान्वयन गरिनेछ ।’ नक्कली व्यक्ति खडा गरी भन्सार कारोबार गर्ने जो कोही व्यापारीलाई पनि कानुनसम्मत नछोड्ने विभागको नीतिअनुसार नै विभागमा कार्यरत सबै कर्मचारी र भन्सार नाकामा तैनाथ सुरक्षाकर्मीका साथै नागरिकहरूको सहयोगमा यो कार्यलाई अगाडि बढाउने रणनीति तय भएको महानिर्देशक श्रेष्ठले भने ।
अवैध रूपमा काम गर्नेका हकमा हाल भन्सार ऐन कानुनसमेत परिवर्तन गरेर भए पनि भ्रटाचारको रूपमा कहलिएको भन्सार कार्यालयलाई स्वच्छ र निष्कलंकित बनाउने समेत विभागको रणनीति रहेको उनले जिकिर गरे । यस कार्यलाई कार्यान्वयन गर्न विभागले सम्बन्धित भन्सार कार्यालयलाई यसअघि नै निर्देशन दिए पनि राजनीतिक हस्तक्षेपका कारण सो अभियान असफल हुन गएको प्रमुख भन्सार अधिकृतहरूले बताएका छन् । विभागमा प्राप्त सूचनाका आधारमा गोप्य सूचना संकलन गरी विभाग र सीआईबीको संयुक्त टोलीले छापा मार्ने कार्यक्रम तयसमेत गरेको विभागले जनाएको छ ।
यसरी सो अभियानलाई सम्बन्धित भन्सार कार्यालयबाट कार्यान्वयन गर्दा राजनीतिक दबाब र धम्की आउने भएकाले सो अभियान विभागले केन्द्रबाटै गर्नुपर्ने सुझावसमेत भन्सार अधिकारीहरूले दिएको सो अभियानलाई केन्द्रबाटै सञ्चालन गरिन लागेको समेत महानिर्देशक श्रेष्ठले जनाए ।
विभागले पछिल्लो चरणमा पुनः कार्यान्वयनमा ल्याउन लागेको ‘तस्कर नियन्त्रणमा लिई कारबाही’ अभियानमा भरियालाई नियन्त्रणमा लिई सामानधनीलाई पक्राउ गर्ने रणनीति तय गरेको छ । यसरी मुलुकका ३१ ओटा मुख्य भन्सार कार्यालयबाट अवैध रूपमा भरियालाई प्रयोग गरी हजारौं जनालाई व्यापारीले प्रयोगमा ल्याएको राजस्व चुहावट उच्चस्तरीय अनुगमन टोलीले जनाएको छ ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.