सिलबन्दी कन्टेनरबाटै राजस्व चुहावट
भन्सारले चेक जाँच गरी सिलबन्दी गरेको कन्टेनरबाट पनि राजस्व चुहावट ? सामान्यता चुहावटको परिकल्पना गरिँदैन । तर वीरगन्ज भन्सारले चेकजाँच गरी सिलबन्दी गरेको कन्टेनरबाटै बारम्बार चुहावट हुने गरेको तथ्य फेला परेको छ ।
केहीअघि भन्सारबाट सिलबन्दी भई काठमाडौं जाँदै गरेको ना२ख ४७८० नम्बरको ट्रकमा प्रज्ञापनपत्र -एलडिआर १४२०) मा उल्लेख गरिएभन्दा तीन लाख रुपैयाँ बढीको सामान पाइएको राजस्व अनुसन्धान इकाईले फेला पारेको हो । भन्सारले उक्त ट्रकमा साउन २२ मा सिल लगाएको थियो । बढी सामान बोकेको पाइएपछि राजस्वले जरिवानासहित ट्रक जफत गरिसकेको छ ।
त्यसैगरी प्रज्ञापनपत्रभन्दा बढी सामान फेला परेपछि राजस्वले ना२ख ९३९७ नम्बरको सिलबन्दी ट्रक पनि नियन्त्रणमा लिएको छ । यो ट्रक पनि जफत हुने राजस्वले जनाएको छ । भन्सारले यो ट्रकलाई कात्तिक ८ मा सिलबन्दी गरेको थियो । राजस्व इकाईले भन्सारबाट छुटेका सिलबन्दी गाडीलाई चेकजाँच गर्दा राजस्व छलेको फेला परेको हो ।यता भन्सारले सिलबन्दी गरेको गाडीलाई सुराकीका आधारमा राजस्वले धमाधम पक्राउ गर्न थालेपछि व्यवसायी भने आक्रोशित भएका छन् । राजस्वले व्यवसायीमाथि पूर्वाग्रही भएर सामान बरामद गर्न थालेको उनीहरूको आरोप छ । अर्को मुलुकबाट पैठारी गर्दा भन्सारले सिलबन्दी कन्टेनरमा मात्र सामान भित्र्याउन पाउने व्यवस्था सरकारले चालू वर्षदेखि गरेको हो । आयातीत सामानको चेकजाँच भन्सारमा हुन्छ र त्यहाँ सिलबन्दी गरिएपछि सोझै गन्तव्यमा पुर्याउन सकिन्छ ।
सिलबन्दी कन्टेनरमा सामान पैठारी गर्नुपर्ने नीति ल्याएपछि खुला ट्रक ढुवानी व्यवसायी सरकारविरुद्ध केही समयसम्म आन्दोलित भएका थ्ािए । पछि सरकार र व्यवसायीबीच तत्काललाई खुला ट्रकलाई पनि आयात गर्न दिने सहमति भएको थियो । यता विभागको लिखित आदेशमा आफूले सिलबन्दी चेकजाँच गरेको इकाईका प्रमुख राजन खड्काले बताए । 'विशेष सुराकीको अधारमा राजस्व छलेको विभागले सूचना पाएपछि सिलबन्दी ट्रकको नम्बरसहित चेकजाँच गरेका हांै,' उनले भने, 'यसरी सिलबन्दी गरिएको ट्रकमा चुहावट हुनु मिलोमतोको संकेत गर्छ ।'

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.