अर्थमन्त्रीको ठाडो आदेशमा विभागीय कारबाहीमा परेकालाई भन्सारमा सरुवा
रोशन कार्की
काठमाडौं, मंसिर १६ । राजस्व छलीमा सहयोग पु¥याएको आरोपमा भन्सार विभागले विभागीय कारबाही गरेका कर्मचारीलाई अर्थमन्त्रालयले भन्सार कार्यालयमा सरुवा गरेको छ । केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रहँदा राजस्व चुहावट गरेको अभियोगमा विभागीय कारबाहीमा परेकालाई अर्थमन्त्री वर्षमान पुनको ठाडो आदेशमा तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोक सरुवा गरिएको छ । गत कात्तिक १ गतेको मिति राखी दशैंको फूलपातीका दिन मन्त्री पुनले प्रशासन महाशाखाका सहसचिव शिशिर ढुंगानालाई जबरजस्ती टिप्पणी उठाउन लगाएर शाखा अधिकृत यम ढुंगाना र नायबसुब्बा भूपेन्द्र मैनालीलाई सो भन्सार कार्यालयमा सरुवा गरेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्री पुनको दबाबमा भन्सार विभागबाट हुनुपर्ने सरुवालाई अर्थमन्त्रालयबाटै भएपछि अहिले भन्सार विभाग र मन्त्रालयबीच केही चिसोपन देखा परेको छ । मन्त्री पुनको दबाबमा उनको निजी सचिवालयका शाखा अधिकृत ढुंगाना र नासु मैनाली अर्थको सर्वाधिक आकर्Èकको केन्द्र मानिने तातोपानी भन्सार कार्यालयमा सरुवा गरिएकोप्रति विभाग असन्तुष्ट भएको स्रोतको भनाइ छ ।
गत महिना एअरपोर्ट भन्सारबाट भन्सार छलीका सामानलाई विनाभन्सार चेकजाँच पास गराएको अभियोगमा विभागले उनीहरूलाई विभागीय कारबाही गरेको थियो । कारबाहीमा परेका नासु मैनाली तातोपानी भन्सारमा सरुवा भएका छन् । अधिकृत ढुंगाना २०६८ फागुनमा नेपालगञ्ज आन्तरिक राजस्व कार्यालयबाट भन्सार विभागअन्तर्गत सरुवा भई एअरपोर्टमा खटिएका थिए । २१ दिनभित्र पदस्थापन भएको कार्यालयमा हाजिर हुनुपर्नेमा ऐनमै नभएको सरुवा संशोधन गराएर मन्त्रालयमा सिधैं तातोपानी भन्सारमा सरुवा गराइएको थियो ।
यसैगरी राजस्व चुहावट र अनियमिततामा संलग्न अन्य कर्मचारीहरू पनि ऐनविपरीत मन्त्रालयबाट आफ्नो इच्छाअनुसार र भनेको स्थानमा सरुवा हुन सफल भएका छन् । मन्त्री पुनलाई खुशी पारी शाखा अधिकृत भीम घिमिरे, खरिदार शिवराज विष्ट, नासु तुल्सीराम चुवाई सरुवा हुन सफल भएका छन् । यसरी सरुवा हुनेमा घिमिरे आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी, विष्ट आन्तरिक राजस्व कार्यालय ललितपुरबाट राजस्व अनुसन्धान विभाग, खरिदार राजनकुमार बीसीको पनि अवधि नै नपुगी सरुवा गरिएको छ । त्यस्तै ट्रेड युनियनहरूले सो अवैध सरुवाको विरोध गर्न नपाउन् भन्ने उद्देश्यले नेपाली कांग्रेस निकट ट्रेड युनियनका शंकर पुरीलाई मेची भन्सारबाट राजस्व अनुसन्धान विभाग, एमालेनिकट निजामती कर्मचारी संगठनका नासु विनोद श्रेष्ठलाई मन्त्रालयबाट राजस्व अनुसन्धान विभागमा सरुवा गरिएको छ ।
सरकारको राजस्व अभिवृद्धि स“गस“गै आर्थिक एवं वित्तीय Ôेत्रमा हुने आर्थिक अपराधको आयतनमा वृद्धि भएको समेत मन्त्रालयका एक कर्मचारीले बताए । उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अर्थमन्त्रालयमा दिनानुदिन बढ्दै गएको भ्रष्टाचारको प्रवृत्ति र स्वरूप देख्दा आम कर्मचारीमा लज्जाबोध हुन गएको छ ।’ अर्थमन्त्रालयअन्तर्गतका निकायमा हाल मौलाइरहेको आर्थिक अपराधजन्य क्रियाकलाप र राजस्व चुहावटलाई अविलम्ब नियन्त्रण गरी चुस्तदुरुस्त अवस्थामा ल्याउन र गलत क्रियाकलाप बन्द गर्नसमेत विभिन्न कर्मचारी संगठनले दबाब दिँदै आएका छन् । कर्मचारी संगठनहरूले भन्सार कार्यालय तथा राजस्व अनुसन्धान विभागअन्तर्गतका कार्यालय एवं आन्तरिक राजस्व कार्यालय, उद्यमी, व्यवसायी, भन्सार एजेण्ट, कर लेखापरीÔक बीच मिलेमतो गरी अत्यधिक राजस्व चुहावट हुने दाबी गरेका छन् ।

दैनिक भन्सार प्रशासनको मिलेमतोमा मालसामानको मूल्यांकन, परिमाण तथा गुणस्तर गलत घोÈणा र जा“चपासबाट भइरहेको राजस्व चुहावट गर्ने प्रवृत्ति अविलम्ब बन्द गरी वस्तुनिष्ट गर्ने कार्य तुरुन्त थालनी गर्नुपर्ने माग गर्दै कर्मचारी संघ÷संगठनले सम्बन्धित निकायको ध्यानाकर्Èण गराउँदै आएका छन् । अर्थमन्त्रालयले निजामती सेवा ऐन, नियमावली र मन्त्रालयको नीतिअनुसार अवधि नपुगेका र विवादमा परेका कर्मचारीको सरुवा÷बढुवा गर्न नमिल्ने प्रावधान छ । अर्थमन्त्री पुनको दबाबमा मन्त्रालयले बनाएको नीति र पद्धतिसमेत मिचेर सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
निजामती सेवा ऐनअनुसार ‘क’ वर्गको कार्यालयबाट ‘क’ मै सरुवा नगर्ने मन्त्रालयको नीति छ । तर २०६९ कात्तिक १ गतेको मिति राखी दशैंको फूलपातीका दिन गरिएका सबै सरुवा ‘क’ बाट ‘क’ वर्गकै कार्यलयमा गरिएको छ । यसरी कुन विभागअन्तर्गतको कर्मचारी सरुवा÷बढुवा गरिनुपर्ने हो सोही विभागले टिप्पणी उठाई सरुवा÷बढुवा गर्ने ऐनमा उल्लेख छ, तर पछिल्लो समय विभागले गर्नुपर्ने सरुवा सिधंै मन्त्री पुनको दबाबमा प्रक्रिया मिचेर अर्थमन्त्रालयले गरेको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.