क्यासिनो नेपालका कर्मचारी नहटाउन अदालतको आदेश
रोशन कार्की
काठमाडौं, माघ २५ । श्रम अदालतले क्यासिनो नेपालमा कार्यरत कर्मचारी तथा कामदारलाई सेवामा निरन्तरता दिन क्यासिनो माजोङका नाममा आदेश दिएको छ । क्यासिनो माजोङले ४६ जना कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएपछि अन्तरकालीन आदेश माग गर्दै दिएको निवेदनमा दुुईतर्फी बहसपछि श्रम अदालतले बुधबार सेवामा निरन्तरता दिन आदेश दिएको हो ।
क्यासिनो नेपालमा विगत ३० वर्Èभन्दा बढी समयदेखि काम गर्दै आएका कामदार कर्मचारीहरूले नया“ व्यवस्थापन माजोङले सेवा÷सुविधाको सर्तमा गरिएको गैरकानुनी परिवर्तनविरुद्ध न्याय खोज्दै श्रम अदालतमा मुद्दा दायर गरेका थिए । कानुनी उपचार खोज्न पाउने मौलिक अधिकारको बेवास्ता गर्दै व्यवस्थापनले न्यायको प्रक्रियामा अवरोध गर्दा अदालतको अवहेलनासमेत भएको भनी उनीहरूले २०६९ माघ २१ गते श्रम अदालतमा निवेदन दायर गरेका हुन् ।
राजधानीभित्र र बाहिर हाल सञ्चालनमा रहेको जुवाघर (क्यासिनो) मा लामो समयदेखि कर्मचारी र व्यवस्थापनबीच चल्दै आएको विवाद श्रम अदालत हुँदै सडकमा आएपछि सञ्चालक र कामदारबीच थप विवाद उत्पन्न भएकोे छ । क्यासिनो सञ्चालकहरूले विभिन्न बहानामा कार्यरत कर्मचारीलाई लामो समयदेखि तलबभत्ता नदिई नाफा कमाएको र भित्रभित्रै व्यवस्थापकसमेत परिवर्तन गरी बिनाकारण कर्मचारीमाथि दुःख दिएको भन्दै कर्मचारीले राजधानीको सोल्टी होटलस्थित क्यासिनो नेपालका कामदारले मुद्दा हालेसँगै विवादले चर्को रूप लिएको हो ।
क्यासिनो नेपालमा नयाँ व्यवस्थापन समूह ‘माजोङ इन्टरटेन्मेन्ट’ ले जिम्मा लिएसँगै ३० वर्Èदेखि कार्यरत कर्मचारीको तलब घटुवा गरी नयाँलाई नियुक्ति दिएपछि सो पुराना कर्मचारी अदालतको शरणमा पुगेका थिए । उक्त क्यासिनोले विभिन्न कारण देखाउ“दै दुई वर्Èदेखि तलबभत्ता तथा ४८ महिनादेखि सञ्चय कोÈको रकमसमेत नदिई विचल्ली बनाएको आरोप लगाउ“दै कर्मचारीले मुद्दा दायर गरेका थिए । सो क्यासिनोको नयाँ व्यवस्थापक माजोङ इन्टरटेन्मेन्ट, विगतको व्यवस्थापक नेपाल रिक्रियशन सेन्टर तथा अर्थमन्त्रालय र पर्यटन मन्त्रालयसमेतलाई विपÔी बनाई श्रम अदालतमा मुद्दा दायर गरिएको हो । क्यासिनोमा विभिन्न तहका ४६ जना कामदार तथा कर्मचारीले श्रम अदालतमा मुद्दा दायर गरेका हुन् । क्यासिनोले हालसम्म तलबभत्ता, सञ्चयकोÈ, बिदाबापतको रकम, प्रोत्साहन भत्तासमेत गरी गत नोभेम्बर अन्तिमसम्म जम्मा ९ करोड ३४ लाख ६३ हजार ४ सय २२ रुपैया“ बक्यौता दिन बाँकी रहेको दाबी गरिएको छ ।
पुरानो क्यासिनो सञ्चालक नेपाल रिक्रियशन सेन्टर प्रालिले सरकारलाई बुझाउनुपर्ने राजस्व नबुझाएर फरार रहेको अवस्थामा भित्रिएको नयाँ व्यवस्थापन समूह माजोङ इन्टरटेन्मेन्टले दीर्घसेवा गरेका कामदार कर्मचारीलाई विनाजानकारी कामबाट हटाउने निर्णय गरेको थियो । सो सम्बन्धमा क्यासिनो सञ्चालकसँग पटक–पटक सम्र्पक गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । यसअघि व्यवस्थापिका संसद्अन्तर्गत सार्वजनिक लेखा समितिले २०६७ साल चैत ११ गतेको निर्णयानुसार होटल सोल्टीको क्यासिनो सञ्चालन गर्ने इजाजत रद्द गरेको थियो । सरकारले रद्द गरेको सो क्यासिनो नेपालको कानुनविपरीत जबर्जस्ती भित्रिएको क्यासिनो माजोङले २०६९ साल कात्तिक २३ गतेदेखि सूचना प्रकाशित गरी विगत ३० वर्Èभन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई समेत नयाँ नियुक्तिको फर्म भर्न दबाब दिँदै आएको थियो । यसअघि २०६८ असार २ गते श्रम कार्यालय वागमती अञ्चलले क्यासिनो नेपालमा मजदुरले पाउनुपर्ने भनी फैसला गरेको रकम र त्यसपछि थप बक्यौता एकमुष्ठ दिलाउन माग गर्दै उनीहरूले श्रम कार्यालयमा पनि उजुरी गरिसकेका छन् ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.