भन्सार चेकपोष्ट हटाउदाँ अबैध सामानको आयात निर्यातमा तीब्रता
रोशन कार्की
काठमाडौं । बर्तमान सरकारले सार्वजनिक गरेको चालु आथिक वर्ष २०७०÷०७१ को बजेटबाट अस्थायी भन्सार चेकपोष्ट हटाउदा अबैध सामानको आयात÷निर्यातमा तीब्रता आएको छ । निर्वाचन गराउने चुनावी सरकारका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्वजनिक गरेको बजेटबाट काठमाडौंको थानकोट र काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेका आन्तरिक राजस्वका चेकपोस्ट हटाएका कारण सो नाका बढीमात्रामा अबैध सामान भित्रीएको एक उच्च स्रोतको भनाई रहेको छ ।
स्रोतका अनुसार अन्य नाकाबाट भन्सार कर्मचारीको मिलेमतोमा नक्कली भन्सार प्रज्ञापन पत्र दिएर अबैध सामान नेपाल भित्राउने गरेको र सो को चेकजाँच थानकोट र धुलीखेलमा पनि हुने गरेको थियो । तर सो चेकपोष्टहरु सरकारले विधिबत रुपमा हटाएपछि व्यवसायीहरुले चोरबाटोहुदै नेपाल भित्राएको सामान विना भन्सार ल्याउने कार्यमा तीब्रता आएको छ ।
नाम नलेख्ने सर्तमा एक भन्सार कर्मचारीले भने, ‘अर्थमन्त्रीले बजेट भाषण मार्फत नीतिगत भ्रष्टाचारको जालो बिच्छाउनकै लागि सो पोष्ट हटाएको हो, नत्र सो पोष्टबाट चोरीनिकासी गरी आयात भएका सामान चेकहुदाँ नियन्त्रणमा परेका थिए अहिले सो कार्य बन्द भएको छ ।’ अर्थमन्त्री कोइरालाले बवेट भाषणका क्रममा ती चेकपोस्टलाई केही समयपछि आवश्यकता अनुसार प्रभावशाली बनाइने उल्लेख गरेका थिए । भन्सार नाका भएर आउने मालवस्तुको चेकजाँच गर्ने, बिलबिजकको अवस्था हेर्ने, सामानको प्रज्ञापनपत्र र बिलबिजक इन्ट्री गर्ने र अनधिकृत रूपमा आएका मालसामानबाट राजस्व असुल्ने काम ती चेकपोस्टबाट हुने गरेका थिए ।

नेपालमा भारतबाट आयात हुने सामान थानकोट र चीनबाट आउने सामान धुलिखेल नाकाबाट भित्रन्ने गरेका छन् । त्यस हिसाबले पनि यी दुई चेकपोस्टलाई अबैध रुपमा भित्रिएको सामाना नियन्त्रण गर्ने पोस्टका रूपमा लिइन्थ्यो । तर, अहिले चेकपोस्ट हटाइएपछि वीरगन्ज भन्सारबाट आउने सामानबाट उठ्ने राजस्वमा साउन महिनामा लक्ष्यभन्दा कम संकलन भएको छ । साउन महिनामा ६ अर्ब रुपैयाँ उठाउने लक्ष्य लिइएकोमा १ अर्बभन्दा कमी आइ सकेको छ । गत वर्ष यही अवधिमा लक्ष्यभन्दा बढी राजस्व उठेको थियो । व्यापारीहरूसँग कुरा मिलाएर मन्त्री कोइरालाले चेकपोस्ट हटाउने निर्णय गरेको र त्यसबाट करोडौ रुपैयाँ लिएको आरोप समेत सम्बन्धित भन्सार कार्यालयका कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । वीरगन्ज नाकाबाट सामान ल्याउँदा व्यापारीले एउटै प्रज्ञापनपत्रलाई पटक–पटक फोटोकपी गर्ने र भन्सार नाकामा पेश गर्ने गरेको समेत खुल्न आएको छ । व्यवसायीले एक पटक प्रयोग गरेको प्रज्ञापन पत्र अर्को पटक सामान आयात गर्ना देखाउन पादैन । तर चीनको खासाबाट तातोपानी भन्सार कार्यलय र भारतीत नाकाबाट नेपाल भित्रने सामानलाई भन्सार कर्माचारीको मिलेमतोमा एउटै प्रज्ञापन पत्र पटक–पटक देखाएर सामान छुटाउने गरेका पाईएको छ । अर्थमन्त्रल मन्त्रालयको एक उच्च स्रोतका अनुसार अन्य नाकाबाट फुत्किएकाहरूलाई समाउने नाका नै नभएपछि ठूलो राजस्व गुमि रहेको छ, जसमा स्वयं मन्त्रीकै सहयोग रहेको दाबी गरेको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.