कर्मचारीकै मिलेमतोको खुलासा
रोशन कार्की
काठमाडौं । सन्धुपाल्चोकको तातोपानी नाकाबाट भन्सार कर्मचारीको मिलेमतोमा अवैध कारोबार भएको खुलासा भएको छ । सो नाकाबाट व्यवसायीको नाममा चीनको खासाबाट नेपालतर्फ सामान आयात गर्ने जिम्मेवारी लिएका व्यापारीले भन्सार कर्मचारीसँगको मिलेमतोमा सामान चेकजाँचविनै भन्सार प्रज्ञापनपत्र बनाई छुटाउने गरेको प्रमाणित भएको छ । गत बिहीबार १३ वटा कन्टेनर भ्यान राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि यस्तो तथ्य बाहिर आएको हो । भन्सारबाट सबै प्रक्रिया पूरा गरी ऐन–कानुन र वित्तीय ऐनअनुसार ठीक भएको प्रमाणित गरी खासाबाट नेपाल भित्रिएका १३ वटा कन्टेनरमा अवैध सामान लिएर काठमाडौं आउँदै गर्दा काभ्रेबाट राजस्व अनुसन्धान विभागले ती गाडी नियन्त्रणमा लिएको थियो ।
राजस्व विभाग स्रोतका अनुसार भन्सार कर्मचारीको मिलेमतोमा नेपाल सामान भित्र्याउने अवैध फर्ममा जिएन इन्टरप्राइजेज, एसकेजे इन्टरनेसनल बिजनेस प्रालि, गोसाइँकुण्ड इन्टरनेसनल बिजनेस प्रालि, जुगल इन्टरनेसनल प्राइजेज, सिन्धु इन्टरनेसनल बिजनेस प्रालि, कान्तिपुर बिजनेस ग्रुप र अरनिको ग्रुप, साइनो बिजनेस ग्रुप, हेम चौलागाईं, विचारी पराजुली, इन्द्र श्रेष्ठ, बुद्धराज नामका व्यक्ति र फर्म रहेका छन् । राजस्व अनुसन्धान विभागको तथ्यांकले पनि चोरी–पैठारीका घटना बढ्दै गएको देखाइरहँदा वास्तविक रूपमा चोरी–निकासामा झन् तीव्रता आएको देखिएको हो । खुला सिमाना, चुहावटका नयाँ तौरतरिका र सञ्जालकै रूपमा विकसित बन्दै गएको अवैध कारोबारका कारण नेपालमा तस्करी मौलाउँदै गएको विभागको ठहर छ ।
सीमाबाट भित्रिएका सबै सामान काठमाडौं भित्रिने चेकपोस्टमा जाँच गर्न साध्य नहुने भनेर सामान्य कागजात हेरी छाडिने गरेकाले पनि चोरी–पैठारी गर्नेलाई सजिलो भएको छ । नेपालमा आयात–निर्यात व्यापारका लागि पशुपतिनगर, काँकडभिट्टा, विराटनगर, सुनसरी, राजविराज, सिरहा, जलेश्वर, गौर, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली, राजापुर, कञ्चनपुर, तातोपानी र त्रिभुवन विमानस्थलका नाका खोलिएका छन् ।
अनियमितता भएको आशंकामा विभागले ती कन्टेनर भ्यान नियन्त्रणमा लिई अनुसन्धान जारी राखिएको जनाएको छ । अवैध कारोबारमा तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीको मुख्य भूमिका रहेको आशंकासमेत विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो । तातोपानी भन्सार नाकाबाट छुटेका ती गाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा राजस्व अनुसन्धान विभागले नियन्त्रण लिएको थियो । स्रोतका अनुसार तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अधिकारीको मनोपोलीका कारण विभागबाट खटिएको राजस्व गस्ती टोली अनुसन्धानमा जुटेको हो ।

![]() |
| भन्सार प्रज्ञापनपत्र प्रकरण |
विभागले छानबिन भइरहेकाले अनुसन्धान नसकी अहिल्यै थप जानकारी उल्लेख गर्न नसकिने जनाएको छ । अधिकृत अधिकारी पहिलोपटक तातोपानी भन्सारमा पुग्नासाथ २२ वटा कन्टेनर नियन्त्रणमा परेको थियो । अधिकारी सो भन्सार नाकामा गत ६ महिनामा ३४ वटा कन्टेनर गाडी नियन्त्रणमा लिई अनुसन्धान भएकाले अधिकारीको कार्यसम्पादन कमजोर रहन गएको भन्सार विभागले जनाएको छ । ‘यसबारे विभागले गोप्य अनुसन्धान गर्छ, यदि, व्यापारीसँग मिलेर विनाचेकजाँच प्रज्ञापनपत्र दिएको रहेछ भने ऐनअनुसार कारबाही हुन्छ,’ विभागले उल्लेख गरेको छ । यसैबीच, सो नाकामा पुनः अवैध ‘मेस’ सञ्चालकसँगको मिलेमतोमा भन्सार जाँच नगरी व्यापारीको भनाइअनुसार भन्सार प्रज्ञापनपत्र बन्ने गरेको व्यवसायीको आरोप छ । भरियाको नाममा बिजनेस फर्म दर्ता गराई नेपालबाट खासातर्फ अवैध डलर र लागुपदार्थ कारोबार गर्दै आएका केही व्यापारीले सो नाकामा जाने भन्सार अधिकृतलाई मोटो रकम दिएर अवैध सामान नेपाल भित्र्याउने गरेका छन् ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.