Monday, November 25, 2013

उम्मेदवार बनेका व्यवसायी आर्थिक मुद्दामा केन्द्रीत 
रोशन कार्की
काठमाडौं ।
संविधान सभा भाग–१ मा घरानीय व्यवसायीहरुले विभिन्न दलको प्रतिनिधित्व गरेर पनि दलहरुलाई आर्थिक मुद्दामा एकमत बनाउन नसकेको भएपनि दोस्रो निर्वाचनमा उम्मेदवारी दिएका व्यवसायीहरु भने आर्थिक मुद्दामा केन्द्रीत हुने बताएका छन् । आर्थिक विकासका पक्षमा गैरव्यवसायीहरुले प्रतिनिधित्व गरेका कारण आर्थिक विकासमा अबरोध पुगेको भन्दै आवाज उठाउने नीजि क्षेत्रका अधिकाशं व्यवसायीहरु यस पटक पनि विभिन्न दलबाट प्रतिनिधित्व गर्ने सोचमा रहेका छन् । पहिलो निर्वाचनमा ठुला दलबाट प्रतिनिधित्व गर्ने व्यवसायीहरु यस पटक पछाडि हटेपछि नयाँ अनुहारका व्यवसायीहरुले उम्मेदवारी दिएका छन् ।
नयाँ संविधानमा आर्थिक स्वतन्त्रताको विषय स्थापित गराउन आफूहरुको उपस्थित भएको दाबी उनीहरुको रहेको छ । निजी क्षेत्रले गरे पनि अधिकांश व्यापारी उम्मेदवार व्यक्तिगत लाभका लागि राजनीतिमा आएकोमा भने कुनै  शंका छैन । मध्यम स्तरको व्यवसाय गर्ने व्यक्तिले पहिलेदेखि राजनीति, सामाजिक काम र व्यापारलाई सागै अघि बढाउादै आएका छन्, जुन स्वतन्त्र व्यापार सिद्धान्तको विपरीत हो ।
दलका उम्मेदवारमा ठूला ठेकेदार, मेनपावर कम्पनी सञ्चालक र व्यापारी देखिएका छन् । ठेकेदार र मेनपावर सञ्चालक सहजै पैसा कमाएर दललाई चन्दा दिनसक्ने हैसियत भएका व्यवसायीमा गनिन्छन् । धेरैजसो ठेकेदारले आम्दानी पनि राजनीतिक संरक्षणमै गर्दछन् । यस पटक चुनावमा विभिन्न दलबाट उम्मेदवार बनेका बिक्रम पाण्डे, जिपछिरिङ लामा, जयराम लामिछाने, जनार्दन ढकाल र बहादुरसिंह लामाहरु ‘क’ वर्गका ठेकदार हुन् । उनीहरु पहिलेदेखि नै राजनीतिमा आवद्ध रहदै आएका व्यवसायी हुन् । त्यसबाहेक साना ठेकेदार पनि उम्मेदवार बनेका छन् ।

उम्मेदवार बनेका मेनपावर कम्पनी सञ्चालकहरु एलपी सावाँ लिम्बू, तिलकबहादुर रानाभाट र टेकबहादुर गुरुङ पहिलेदेखि सम्बन्धित दलका कार्यकर्ता हुन् । हाल मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार सप्तरीका हेमराज तातेड सानैदेखि कांग्रेस कार्यकर्ता हुन । घरजग्गा व्यवसायीका इच्छाराज तामाङ एमालेका पुराना कार्यकर्ता हुन  । अभिनाश बोहोरा, ओमप्रकाश शर्मा, दिव्यमणि भण्डारी, हिरा केसी, वीरेन्द्रकुमार कनौडिया लगायतका व्यवसायी उम्मेदवार पहिलेदेखि नै दलका कार्यकर्ता हुन् । साथै उनीहरु स्थानीय व्यापारी संगठनका नेता पनि हुन् । अन्य उम्मेदवार महेश जाजू, सुरेश प्रधान, राजकुमार गोल्छा, दामोदर आचार्य, पवित्र बज्राचार्य, चिरञ्जीवी निधि तिवारीलगायत पनि स्थानीय व्यापारी संगठनको नेतृत्वबाट माथि उठेका व्यवसायी हुन् ।
पूर्वका मेडिकल कलेज सञ्चालक बसुरुद्धिन अन्सारी एमाओवादीबाट उम्मेदवार बनेका छन् भने मध्यपश्चिमका मेडिकल कलेज सञ्चालक सुरेश कनौडिया कांग्रेस उम्मेदवार बनेका छ । अन्सारी माओवादीमा पहिलेदेखि प्रतिवद्ध कार्यकर्ता भने होइन । श्रवणकुमार अग्रवालले मधेशी जनाधिकार फोरम नेपालबाट उम्मेदवारी दोहा¥याएका छन् । केडिया अर्गनाइजेसनबाट सदस्य फेरिएर अनिल केडिया तमलोपा उम्मेदवार बनेका छन् । राप्रपा नेपालबाट उम्मेदवार एजी शेर्पा नेपाल उद्योग वाणिज्य महासंघमा कार्यकारिणी सदस्य भइसकेका व्यवसायी हुन  ।

        तीन पूर्वअर्थमन्त्री जनताद्वारा अयोग्य  
रोशन कार्की
काठमाडौं ।
मंसिर चार गते सम्पन्न संविधान सभा–२ बाट ४ जना पूर्वअर्थमन्त्रीहरु जनताद्वारा अयोग्य धोषित गरेका छन् । देशको आर्थिक विकासमा ठूलो योगदान पु¥याएको भाषण गर्ने पूर्वअर्थमन्त्रीहरु यसरी एकपटक जनताले आफ्नो मत नदिएर अयोग्य ठहर गरेका छन् । यस पटकको निर्वाचनमा विभिन्न राजनीतिक दलबाट पटक–पटक देशको अर्थमन्त्रालय सम्हाली सकेका ७ जनाले उम्मेदवारी दिएका थिए । राज्य सञ्चालनमा शक्तिशाली पद मानीने अर्थमन्त्रालयको जिम्मेवारी सम्हाली सकेका सातजना मध्ये ४ जनाले यस पटकको संविधान सभा भबन प्रबेश गर्न नपाउने भएका छन् । उनीहरुलाई जनताले आफ्नो मत नदिएर बाहिरिएका छन् ।
यस पटक जनताबाट अयोग्य ठहरिएकामा एमाओबादीका बरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई, अर्का प्रवावशाली नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनी निर्वाचनबाट हारेका छन् । चुनावी मैदानमा उत्रेका उनीहरुमध्ये अन्यले भने जितेका छन् । सातै जना पुर्वअर्थमन्त्रीहरु आफ्ना दलभित्र तुलनात्मकरुपमा शक्तिशाली मानिने गरेका छन् । दलभित्र उनीहरुको जति बोलवाल चल्ने भएपनि निर्वाचनमा जनताले भने उनीहरुलाई अयोग्य ठह¥याएका छन् ।
२०४६ सालमा भएको राजनीतिक परिवर्तन पछि मुलुकमा ११ जना अर्थमन्त्री बनी सकेका छन् । यी ११ मध्ये रविन्द्रनाथ शर्माको निधन भएको छ । भने, राजाका शासनकालमा अर्थमन्त्री हुने तीन जना प्रत्यक्ष राजनीतिमा सक्रिय छैनन् । अर्थमन्त्री बनेकामध्ये एमाओवादी नेता डा. भट्टराई प्रधानमन्त्री समेत भईसकेका छन् । डा. भट्टराई सहित ६ जना पुर्वअर्थमन्त्री प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रेका थिए । एमालेका भरतमोहन अधिकारी समानुपातिकमा रहेका छन् । बहुदलीय व्यवस्था पुनस्र्थापनापछिका पहिलो अर्थमन्त्री महेश आचार्यदेखि वर्तमान चुनावी सरकारभन्दा अघिका वर्षमान पुन समेत चुनावी प्रतिस्पर्धामा रहेका थिए  । डा. भट्टराईलाई रुपन्देही ४ का जनताले हराइदिएका छन् । भने, उनी गोरखा क्षेत्र नं. १ बाट भने जितेका छन् । एक क्षेत्रबाटमात्र उम्मेदवारी दिएको भए उनीपनि पुर्ण अयोग्यको सूचीमा पर्ने पक्का भएको अर्थविद्हरुको भनाई रहेको छ । यसैगरी अर्का एमाओबादीकै प्रभाबशाली नेताका रुपमा रहेका पुन लाई मोरङ क्षेत्र नं. ९ बाट चौथो स्थानमा पुगेर हारेका छन् । अर्का राप्रपाका नेता लोहनी पनि नुवाकोटको क्षेत्र नं.  १ बाट हारेका छन् ।
अर्कोतर्फ ४ जना पूर्वअर्थमन्त्रीहरु भने यस पटकको निर्वाचनबाट विजय हुन सफल भएका छन् । विजयी हुनेमा नेपाली काँग्रेसबाट महेश आचार्य मोरङ क्षेत्र नं. ६ र  डा. रामशरण महत नुवाकोट क्षेत्र नं. २ बाट संविधान सभा–२ मा प्रतिनिधित्व गर्न पाएका छन् । एमालेका सुरेन्द्र पाण्डे चितवन क्षेत्र नं. १ बाट जित्न सफल भइका छन् । राजाले नियुक्त गरेका तीन अर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठ, मधुकरशम्सेर राणा र डा. रुप ज्योति राजनीतिमा निष्कृय भएका छन् । डा. महतले अघिल्लो निर्वाचनमा नुवाकोट २ बाटै झिनो मत अन्तरमा चुनाव जितेका थिए । त्यस्तै पुनले ललितपुर क्षेत्र नं. १ मा चुनाव जितेका थिए । २०६४ सालमा पुर्वअर्थमन्त्री आचार्य मोरङबाट पराजित भएका थिए । २०६४ सालको संविधानसभा–१ मा पाण्डे र डा. लोहनी समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए ।
अर्थमन्त्री बन्नेहरु जनतामा बढी चर्चित वा आलोचनाका पात्र हुने भएका कारण पनि अन्य मन्त्रीको तुलनामा अर्थमन्त्रीहरुलाई निर्वाचनमा विजय हुन मुस्कील पर्ने गरेको छ । सरकारी कार्यक्रम कार्यान्वयनको मुख्य साँचो हातमा लिने भएकोले पनि उनीहरु जनताको नजरमा पर्ने गरेका छन् । राज्यको ढुकुटी सञ्चालन गर्ने भएकोले जनताले पक्ष र विपक्षमा राखेर व्यवहार गर्ने गरेका छन् । जनताको आकांक्षा अनुसार विकासका काम अघि बढाउन सक्ने र जनताले महसुश गर्न पाउने गरी धेरथोर राहत पु¥याउने कार्यक्रम लागु गर्नेले आममतदाताको बढी नै समर्थन पाउने समेत यस पटकको निर्वाचनमा विजयी हुने सम्भावना बलियो बनेको छ । सरकारकै नीति तथा कायक्रम प्रभावकारी नभए पनि त्यसको अपजसको भागिदार धेरै मात्रामा अर्थमन्त्री बन्ने गर्छन् । अर्थमन्त्री बन्नेहरुले आफ्ना गृह जिल्लामा तुलनात्मक रुपमा बढी पैसा खर्च हुने वातावरण बनाएकाले पनि उनीहरु अन्य उम्मेदवारको तुलनामा आफ्नो जिल्लामा बलियो प्रतिनिधिको रुपमा देखा पर्ने गरेका छन् । त्यही भएकाले पूर्वअर्थमन्त्री डा. भट्टराई रुपन्देहीबाट पराजय भोग्नु परेको हो । अर्थमन्त्री बन्दाको अवधिमा जनताको आकांक्षा विपरित भएका कामको अपजसको भारी पनि जनताले यही बेला उनीहरुलाई बोकाउँने भएकाले पनि उनी आफ्नो मत अनेत्र नजाओस भन्ने हेतुले योजना पार्नै गरेको आरोप समेत अन्य दलका प्रतिनिधिहरुले लगाउने गरेका छन् । मुल्यवृद्धि नियन्त्रण गर्न नसकेको, आफ्ना क्षेत्रमा आयोजना नपारेको, रोजगारीको अवसर सिर्जना हुने वातावारण बनाउन नसकेको जस्ता आरोप अर्थमन्त्री बन्नेलाई बढी लाग्ने गरेको छ । यस्ता आरोपको जवाफ पनि उनीहरुले निर्वाचनकै समयमा दिनुपर्ने हुन्छ ।
अर्थमन्त्री बनेकाहरु आफ्नो दलभित्र पनि माथिल्लो तहकै नेताका रुपमा स्थापित छन् । यसले पनि उनीहरुलाई चुनावी वातावरण आफ्नो पक्षमा पार्न सहयोग पुग्ने भएपनि डा. लोहनी भने आफ्नै जिल्लाबाट हारेका छन् । उता पुन भने आफ्नो जिल्ला रोल्पा छोडी अर्को जिल्ला मोरङबाट उम्मेदवारी दिएका कारण पराजय भोगेका हुन् । 
अर्थविद्हरुले पुर्वअर्थमन्त्री आचार्यलाई उदारवादका संस्थापका रुपमा चित्रण गरेका छन् । २०४७ सालको निर्वाचनपछि नेपाली कांग्रेसले बहुमतको सरकार बनाएका बेलामा आचार्य अर्थमन्त्री भएका थिए । डा. लोहनी पञ्चायतकालमा अर्थमन्त्री भएका हुन् । उनकै पालामा नेपालमा पहिलो पटक बैंकहरुलाई निजीकरण गर्ने, नेपालमा विभिन्न किसिमबाट सरकारी नियन्त्रणमा रहेका क्षेत्रहरु निजी क्षेत्रलाई जिम्मा लगाउने काम गरेका थिए । उनले निजीकरण मार्फत आर्थिक उदारीकरणमा भारतभन्दा नेपाल अगाडि थियो भन्ने कुरालाई प्रमाणित गर्ने काम गरे । डा. भट्टराईलाई अर्थविद्हरुले असफल अर्थमन्त्रीका रुपमा चित्रण गरेका छन् । अर्थतन्त्रका ज्ञाता नभएका कारण उनी असफल भएको भन्ने भनाई बाहिर आएको छ । पाण्डेलाई उच्च महत्वाकांक्षी मन्त्रीको रुपमा हेरिन्छ ।  उनले सधै उच्च महत्वाकांक्षी कुरा मात्र गरेको अनुभव अर्थविद्हरुले बताउने गरेका छन् ।  
कमाण्डर पोष्ट मंसिर १० गते २०७० मा अर्थ पेज १० मा प्रकाशित


को बन्दैछ नयाँ सरकारको अर्थमन्त्री

कमाण्डर पोष्ट
काठमाडौं ।
नयाँ सरकार गठन भएमा एमाले वा कांग्रेसमध्ये कसैले सरकारको नेतृत्व गर्ने निश्चित देखिएको छ । यो स्थितिमा अर्थमन्त्रालय कसको पोल्टामा पर्ला भन्नेबारे आर्थिकवृत्तमा चासो बढेको छ । पूर्वअर्थमन्त्रीहरु महेश आचार्य, डा. रामशरण महत, सुरेन्द्र पाण्डेले प्रत्यक्ष तर्फबाट चुनावमा विजय हासिल गरेका छन् । अब बन्ने सरकारको अर्थमन्त्री यिनै बिजेता अनुहारमध्ये कुनै एक हुने भएकाले कसले अर्थमन्त्रालय सम्हाल्ला भनेर चर्चा आर्थिक वृत्तमा चल्न थालेको छ । एमालेका भागमा अर्थमन्त्रालय परेमा सुरेन्द्र पाण्डे  वा भरतोहन अधिकारीवीच अर्थमन्त्री बन्ने होडबाजी हुने देखिन्छ । त्यसैगरी, कांग्रेसले अर्थमन्त्रालय सम्हालेको अवस्थामा महेश आचार्य र डा. रामशरण महतवीच अर्थ मन्त्रालयका लागि हानाथाप हुने देखिन्छ । नेपालमा अर्थमन्त्रीको दक्षताले भन्दा पनि पार्टीको नीतिअनुसार काम गर्नुपर्ने वाध्यात्मक स्थिति भएका कारण अर्थमन्त्रीहरुले जनताको चाहनाअनुरुप काम गर्न सकेका छैनन् । पार्टीको लाइनअनुसार अर्थमन्त्रीले काम गर्नुपर्ने हँुदा जो अर्थमन्त्री भएपनि खासै फरक नपर्ने अर्थविद्हरुको भनाइ रहेको छ । अब बन्ने सरकारले संविधान निर्माणमा जोड दिनुपर्ने हुँदा जनताले महशुस गर्ने खालका विकास निर्माणका कामहरु होलान् भन्ने आशा राख्नु मूर्खता हुने समेत अर्थशास्त्रीहरुको भनाई छ । अब हुने अर्थमन्त्री जनताको चाहाना बमोजिमका कामहरु गर्न सक्नेखालको हुनुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् ।

Wednesday, November 13, 2013

  तातोपानीबाट ‘सेटिङ’ मिलाएर राजस्व छली
रोशन कार्की
काठमाडौं ।
अस्थिर राजनीतिकको मौका छोप्दै भन्सार कार्यालयमा कर्मचारी र व्यवसायीको सेटिङमा अर्बौ रुपैयाँ राजस्व छली कार्यमा तीब्रता आएको छ । भन्सार नाकाबाट प्रतिबन्धित सामान आयात गर्ने समयमा भन्सार कार्यालयमै बसी सामान आयात÷निर्यात हुने गरेको रह¥य खुलेको छ । अधिकाशं अबैध कारोबार हुनेमा राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयबाट सो सेटिङ मिलाएर सामान आयात÷निर्यात हुने गरेको रह¥य खुलेको हो ।  अर्थ मन्त्रालयले व्यापारीको दबाबमा तातोपानी भन्सार नाकाबाट अत्याधिकमात्रामा सो अबैध करोबार हुने गरेको समेत खुलेको छ । पछिल्लो पटक सो नाकामा प्रमुख भन्सार अधिकृत मिमाशुं अधिकारी पुगेपछि अबैध सामानको आयातमा अत्याधिक रुपमा वृद्धि भएको छ । कर्मचारी सरकारले आर्थिक वर्ष २०७०÷०७१ को बजेटबाटै थानकोट र धुलिखेलस्थित राजस्व अनुसन्धान विभागको चेकपोस्ट हटाएपछि अर्वौको रुपैयाँ राजस्व छली हुने गरेको तथ्य खुलेको हो । ती दुई चेकपोस्ट हटेपछि गत साउनमा भन्सार राजस्व १ अर्ब ५० करोड रुपैयाँ घट्नुले मुख्य कारण राजस्व छलीनै प्रमुख हो ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले साउन १ गतेदेखि लागू हुने गरी दुवै चेकपोस्ट हटाउने निर्णय बजेट बक्तव्यमार्फत सार्वजनिक गरेका थिए । चेकपोस्ट हटेपछि व्यापारीले राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालयका अधिकारीसँग ‘सेटिङ’ मिलाएर प्रज्ञापनपत्रमा कम मूल्य देखाई राजस्व छली गर्ने गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार तातोपानी नाकाबाट ट्रक तथा कन्टेनर छाड्दा विभागको सघन गस्ती टोली थानकोटतिर जाने र थानकोटबाट गाडी आउँदा टोली धुलिखेलतिर जाने गरेका छन् भने, अबैध सामान आयात गर्ने दिन तातोपानीका प्रमुख भन्सार अधिकृत कार्यकक्ष छोडी अनेन्त्र जाने गरेको समेत खुल्न आएको छ ।
तातोपानी नाका स्थित उच्च स्रोतले दिएको जानकारी अनुसार चीनको स्वशासित क्षेत्र तिव्वतको खास बजारबाट अबैध सामान आयात गर्ने दिन आफ्नो कार्यकक्ष छोडी निमित्तलाई जिम्मा लगाएर अबैध सामान आयात गर्ने गरेको बताए ।

‘तातोपानी नाकाबाट जाँचपास भइआएका सानातिना व्यापारीका गाडी राजस्व अनुसन्धान विभागले कब्जामा लिई जाँचको नाटक गर्ने गरेको छ ।’ स्रोेतले बताए । अवैध कारोबारमा तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत अधिकारीको मुख्य भूमिका रहेको आशंका भन्सार विभागले गरेको छ । विभागका महानिर्देशक सूर्यप्रसाद आर्चायले भने,‘तातोपानी नाकाको विषयमा विभागले गम्भीर भएर कारवाही अगाडि बढाएको छ, अनुसन्धानबाट अबैध कारोबारमा संलग्न भएको पुष्टी भएमा कारवाही हुन्छ ।’
सो अबैध कारोबारमा संलग्न भन्सार कर्मचारीको मिलेमतोमा नेपाल सामान भित्र्याउने अवैध फर्ममा रामायण ग्रुप, जिएन इन्टरप्राइजेज, एसकेजे इन्टरनेशनल बिजनेस प्रालि, गोसाइँकुण्ड इन्टरनेशनल बिजनेस प्रालि, जुगल इन्टरनेशनल प्राइजेज, सिन्धु इन्टरनेशनल बिजनेस प्रालि, कान्तिपुर बिजनेस ग्रुप, अरनिको ग्रुप, साइनो बिजनेस ग्रुप, साइनो मेस, सदाबहादुर मेस, क्षमादेवी मेस रहेको स्थानीय व्यवसायीहरुले बताएका छन् । स्रोतले भन्यो, ‘तातोपानी नाकाबाट भन्सार न्यून मूल्यांकन गरी गाडी छुटाएर करोडौं राजस्व छल्ने कार्यामा भन्सार कर्मचारीको मुख्य हात हुने गरेको छ ।’
अबैधरुपमा आयात हुन लागेका ती मेसबाट तोकीएको रकम भन्सार कर्मचारीलाई नदिएपछि प्रज्ञापनपत्र तोक लगाउन जाँदा कर्मचारी र व्यवापारीबीच विवादले गर्दा सो अबैध सम्बन्ध बाहिरिएको हो । सो कार्य सार्वजनिक हुने भएपछि भन्सार प्रमुख अधिकृत मिमाशुं अधिकारी विना कारण कार्यकक्ष छोडी काठमाडौं आएको तातोपानी उच्च स्रोतले बतायो । ३ सय वटा कन्टेनर भ्यानको प्रज्ञापनपत्र तोक लगाई छुटाउन तातोपानी भन्सार पुगेका व्यापारी र कर्मचारीबीच लेनदेनको विषयमा विवाद भएपछि समस्या समधान गर्न नसक्ने अबस्था देखेर भन्सार प्रमुख अधिकारी तस्करीका सामान लोड भएका ती गाडी कसरी छुटाउने भन्ने विषयमा सेटिङ मिलाउन विभागलाई गुर्हान काठमाडौं गएको स्रोतको दाबी रहोको छ । भन्सार छलीका गाडीमा तोक लगाउन भन्सार अधिकृत दानबहादुर केसीले नमानेपछि अर्का भन्सार अधिकृत दयानन्द केसीलाई निमित्तको जिम्मा दिई मिमाशुं काठमाडौं आएका थिए । केसी अर्थमन्त्री कोइरालाका सहयोगी भएको भन्दै आफ्नो क्षेत्राधिकार समेत विर्सिएर सो नाकाबाट अबैध सामान छुटाउनेमा पहिलो पंक्तिमा रहेका छन् । राजस्व अनुसन्धान विभागले सो नाकाबाट छुटेका केही मालवहाक गाडिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिदा १७ वटा गाडिका सामानको कम मूल्यांकन गरेको भेटेपछि २२ लाख रुपैयाँ जरिवना असुल गरि छाडिएको छ ।

Tuesday, November 12, 2013

दलहरुका आर्थिक एजेण्डा कार्यान्वयन हुनेमा शंका
रोशन कार्की
राजनीतिक दलहरूले यस पटक संविधान सभाको निर्वाचनमा आर्कषक आर्थिक एजेन्डा प्रस्तुत गर्ने प्रतिस्पर्धा नै चलेको छ । आर्थिक विकासबाट राजनीतिक उदेश्य प्राप्ती गर्न दलहरू यतिबेला प्रतिस्पर्धी नै देखिएका छन् । उनीहरूले आफूलाई आर्थिक क्षेत्रमा आफ्नो गम्भीरता प्रदर्शन नै गरेका छन् । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाओवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, मधेशबादीदलले अर्थतन्त्रका विषयलाई मुख्य प्राथमिकताका साथ अघि सारेका छन् । संविधान सभा निर्वाचनमा सहभागी हुन लागेका अन्य राजनीतिक दलहरूले आर्र्थिक विकासलाई मुख्य प्राथमिकता दिएका छन् । यस पटक राजनीतिक दलहरू जनताको समृद्धीप्रति बढी जिम्मेवार हुन खोजेको देखिन्छ ।
ऊर्जा, लगानी र विकास परियोजनालाई बढी प्राथमिकता दिएर उनीहरूले आफ्नो घोषणापत्र जारी गरेका छन् । यतिबेला निर्वाचन घोषणापत्रमा प्रस्तुत भएको आर्थिक एजेन्डाले लगानीकर्तालाई समेत उत्साहित बनाएको देखिन्छ । नेपालको अन्तर्राष्ट्रिय दातृ संस्था विश्व बैंकले समेत नेपालमा शान्तिपूर्ण निर्वाचन भएमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको अवस्था छ । नेपालको समग्र अर्थ व्यवस्था कमजोर हँुदै गएको अवस्थाप्रति दलहरू यस पटकको निर्वाचनमा बढी जिम्मेवार हुन खोजेको अर्थविद्हरूको भनाइ छ । दलहरूले आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिएर चुनावी घोषणापत्र बनाउनु भनेको अर्थतन्त्रप्रति उनीहरूको संवेदनशीलता प्रकट भएको नै हो । तर, यो संवेदनशीलता निर्वाचनमा मात्र होइन ।
निर्वाचनपछि बन्ने संविधान सभाको बैठकमा आर्थिक विकासलाई मुख्य प्राथमिकता दिएर नीति तथा नियम बन्न सक्योे भने मात्र आर्र्थिक विकासको एजेन्डाले सार्थकता पाउन सक्छ । लोडसेडिङ र ऊर्जासंकटको समस्या भोगिरहेको नेपाली अर्थतन्त्रमा ऊर्जाको विकास अनिवार्य भएको तथ्यलाई बुझेर दलहरूले यस पटक आफ्नो घोषणापत्रमा लोडसेडिङको अन्त्य गर्ने घोषणा गरेका छन् । राजनीतिक दलहरूमा यस पटक कुन दलले दरिलो आर्थिक एजेन्डा प्रस्तुत गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ । हरेक दलले आफूलाई राजनीतिक रूपमा मात्र नभएर आर्थिक समृद्धि प्रति गम्भीर रहेको अवस्थालाई प्रस्तुत गरेका छन् ।
तर, विडम्बना नै मान्नुपर्छ, विगत वर्षहरूमा दलबीचको आपसी सत्ता राजनीतिक र राजनीतिक अस्थिरताको कारण नै मुलुकको अर्थतन्त्र प्रभावित बन्न पुग्यो । राजनीतिक अस्थिरता, बन्दहडताल र औद्योगिक प्रतिष्ठानमा हुने राजनीतिक हस्तक्षेप जस्ता कारण मुलुकको आर्थिक विकासमा नकारात्मक प्रभाव प¥यो । सरकारले बजेटसम्म पनि प्रस्तुत गर्न नसक्ने अवस्था बन्यो । राजनीतिक दलहरूबीचको सत्ता खिचातानीको कारणा सरकारले राष्ट्रिय बजेटसम्म पनि प्रस्तुत हुन नसकेको पृष्ठभूमिलाई दलहरूले यस पटक राम्रो ख्याल गरेको हुनुपर्छ ।
विश्व समुदायमा नेपालको अर्थतन्त्र कमजोर हुन लागेको अवस्थालाई यस पटक दलहरूले गम्भीरतापूर्वक लिएका छन् । कांग्रेस, एमालेले आफ्नो चुनावी घोषणा पत्रमा नेपाल बन्द कहिले पनि नगर्ने घोषणा गरेका छन् । तर केही राजनीतिक दलले संविधान सभाको निर्वाचनलाई अबरोध पु¥याउने उदेश्यले बन्दकै बाटो रोजेको छ । ठूला राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा आर्थिक वृद्धिको नारा अघि सारेका छन् । राजनीतिक एजेन्डालाई मुख्य प्राथमिता दिएको एमाओवादीले यस पटक २० वर्षमा उच्च आर्थिक वृद्धि गर्ने महत्वाकांक्षी घोषणा गरेको छ ।
उसले १५ वर्षमा नेपालबाट गरिबीको अन्त्य गर्ने भनेको छ । दलहरूले महत्वाकांक्षी आर्थिक एजेन्डा अघि सार्नु आफंैमा उत्साहजनक पक्ष हो । तर, त्यसलाई व्यवहारमा उर्तान दलहरू कति सक्छन् भन्ने कुरा चाँही बढी महत्वपूर्ण हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । संविधानसभा निर्वाचन हुन अब ५ दिन मात्र छ । त्यसैले गाउँँसहर चुनावमय बन्दै गएको छ । निर्वाचनको माहोल बनेसँगै राजनैतिक दलहरुले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरिरहेका छन् । राजनीतिक दलहरुले अबको १ दशक भित्रै देश पूर्ण रुपमा आत्मनिर्भर हुने, सबै युवाहरुलाई रोजगार दिने र प्रतिव्यक्ति आयमा उल्लेखनीय वृद्धि गर्ने सपना पस्केका छन् । तर, राजनीतिक दलहरुले बाँडेका यी सपनाहरु बैज्ञानिक र व्यवहारिक नभएको अर्थविद्हरुले बताएका छन् ।

सबै राजनैतिक दलले संविधानसभा निर्वाचनका लागि जारी घोषणापत्रमा आर्थिक एजेण्डलाई प्राथमिकता दिएका छन् । लामो समयपछि राजनैतिक दलहरुले आर्थिक एजेण्डालाई अगाडि सारेपछि उद्योगी व्यवसायी मात्र खुसी भएका छैनन रोजगार विहीन भएर बरालिदै हिड्ने युवाहरुको मुहारमा पनि ऊर्जा थपिएको छ । राजनैतिक दलहरुले प्रतिव्यक्ति आयवृद्धि गर्ने, सबै युवाहरुलाई रोजगारी दिने, ऊर्जाको विकास गर्नेजस्ता सुन्दा मिठा लाग्ने सपना पस्केका छन् ।
एकीकृत माओवादीले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा आर्थिक विकासलाई प्राथमिकतामा राख्दै १५ वर्षमा गरिबी पूर्णरुपमा उन्मूलन गर्ने प्रतिबद्धता जनाएको छ, भने १५ वर्षमा वैदेशिक व्यापार घाटा अन्त्य गरेर आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने उल्लेख गरेको छ । प्रतिबद्धता पत्रमा दुई अंकको आर्थिक वृद्धि गर्ने लक्ष्य लिइएको छ । यस्तै आगामी दश वर्षमा ११ प्रतिशत, बीस वर्षमा १२ दशमलब ४ प्रतिशत र चालीस वर्षमा १२ दशमलब २ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य तय गरेको छ । यस्तै अमेरिकी डलर विनिमयको आधारमा वार्षिक प्रतिव्यक्ति आय अहिलेको ७ सय २१ डलरबाट बढाएर ५ वर्षको अन्त्यमा १ हजार ४ सय डलर, १० वर्षको अन्त्यमा ३ हजार ३ सय डलर, बीस वर्षको अन्त्यमा १० हजार ७ सय डलर र चालिस वर्षको अन्त्यमा ४० हजार डलर पुग्ने महत्वकाक्षि प्रक्षेपण गरेको छ ।
यस्तै, नेपाली काग्रेसले ३ वर्षभित्र नेपालमा लोडसेडिङ अन्त गर्ने दावी गरेको छ । अगामी २ वर्षभित्र औद्योगिक क्षेत्र, करिडरहरु र राजधानी क्षेत्रलाई लोडसोडि मुक्त गर्ने दावी नेपाली काँग्रेसको छ । आगामी पाँच वर्षभित्रमा कुल ५ हजार मेगावाट जलविद्य्ुत उत्पादन गर्ने लक्ष्य काँग्रेसको छ ।
नेकपा एमालेले ५ वर्षे आर्र्थिक कार्यक्रम सार्वजनिक गर्दै ५ वर्षभित्र प्रतिब्यक्ति आय वृद्धि गर्ने लक्ष्यसहित घोषणापत्र सार्वजनिक गरेका छन्  । त्यसैगरी, २५ लाख घरबार विहीन परिवारलाई आवासको ग्यारेन्टी गर्दै १० वर्षभित्र कुनै पनि नेपाली नागरिक आवास विहीन हुन नपर्ने अवस्था ल्याउने एमालेको दाबी छ । प्रतिवर्ष ३ लाख जनालाई रोजगारी सिर्जना गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ । खाद्यान्नमा पूर्ण आत्मनिर्भर बन्ने र १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित ५ वर्षमा ५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने एमालेको योजना छ । यी त भएका तीन ठूला राजनैतिक दलले प्रस्तुत गरेको आर्थिक एजेण्डा । अरु राजनैतिक पार्टीहरुले पनि आर्थिक एजेण्डालाई प्राथमिकतामा राखेका छन् । तर राजनैतिक दलहरुको यो प्रतिबद्धता व्यवहारिक र बैज्ञानिक नभएको अर्थविद्हरुले बताएका छन् । चुनावी घोषणा पत्रमा कहाँको सडक, विमानस्थल र कति जनालाई रोजगार दिन्छु भन्नुभन्दा पनि संविधानसभामा कस्तो किसिमको व्यवस्था हुन्छ, अर्थदर्शन, आर्थिक प्रणाली र आर्थिक अधिकार र आर्थिक स्वतन्त्रताका विषयमा स्पष्ट पार्नु पर्ने अर्थविद्हरुले जोड दिएका छन् । राजनीतिक दलहरुले सोबारे आफ्ना घोषणा पत्रमा कतै उल्लेख नगर्दा यो चुनावमा देखाउनैलागिमात्र तयार गरेको प्रष्ट भएको छ ।
संविधानले आर्थिक अधिकारलाई कुन धारामा कसरी सम्बोधन गर्ने, साझेदारहरुसँगको भूमिका के हुने ? निजि क्षेत्र, उद्योगी व्यवसायीहरुको भूमिका र राज्यले दिने सुविधा, जनताको सम्पत्ती माथिको अधिकारजस्ता विषयमा घोषणपत्र आउनुपर्ने थियो तर सो कुराको कतै कुनै दलहरुले समेटेको पाईदैन । घोषणापत्रमा समावेश गरिएका ५० प्रतिशत कुरा मात्र पुरा भए देश विकासित हुने अर्थविद्हरुको भनाइ छ । आफ्नो भौगोलिक अवस्था, वर्तमान आर्थिक अवस्था र दीर्घकालिन अर्थतन्त्र विश्लेषण नगरी गरिएका यस्ता घोषणा र प्रतिबद्धता पुरा गर्न कठिन हुने प्रष्ट रहेको छ ।
राजनैतिक दलहरुले यसपटक अथिक एजेण्डालाई पहिलेको भन्दा प्राथमिकतामा राखेका छन् । आफ्नो प्रतिबद्धता पुरा गर्ने दायित्व राजनैतिक दलहरुकै हो । त्यसैले राजनैतिक दलहरुले पस्केको सपना पुरा गर्न कसरी प्रस्तुत हुन्छन् त्यो हेर्न भने समय लाग्ने छ । जनताले सपनालाई यथार्थ कसी लगाउने समय भने निर्वाचन नै हो । त्यसैले यही बेला जनताले सही र बैज्ञानिक सपना चुन्नु आवश्यक देखिन्छ ।
महासंघले निजी क्षेत्रका आर्थिक एजेण्डालाई प्राथमिकता दिन प्रमुख राजनीतिक पार्टीको ध्यानाकर्षण गराउन सुरु गरेको छ । महासंघले नेपाली कांग्रेसका सभापति सुशिल कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा लगायतका नेतासँग अन्तरक्रिया गरि आर्थिक एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेको छ । कांग्रेसको घोषणापत्रमा समावेश हुनु पर्ने निजी क्षेत्रको अपेक्षाका विषयमा महासंघ पदाधिकारीले काँग्रेस नेतासँग छलफल गरि सकेको छ ।
कांग्रेस सभापति सुशिल कोइरालाले निजी क्षेत्र नै आर्थिक विकासको भरपर्दो इन्जिन हो भन्नेमा आफ्नो पार्टी पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो पार्टीले सधै निजी क्षेत्रको उन्नती र उत्थानमा सहयोग गर्दै आएको स्पष्ट पारेका छन् । कांग्रेसकै आर्थिक नीतिका कारण मुलुकभित्र निजी क्षेत्रले आफूलाई विकास र विस्तार हुने मौका पाएको बताउंदै उनले राष्ट्रको आर्थिक विकासमा आफ्नो पार्टी निजी क्षेत्रसंग सधै हातेमालो गर्दै जाने विश्वास समेत  दिलाएका छन् । निजी क्षेत्रबाट प्राप्त सुझावले काँग्रेसको घोषणापत्र तयार गर्न निकै ठूलो सहयोग पुगेको समेत भन्न पछि परेका छैनन् काँग्रेसका सभापति कोइराला । उनले भने झै सवै कुरालाई व्यवहारमा कार्यान्वय गरेको खण्डमा केही राहत नीजिक्षेत्रका व्यवसायीहरुलाई हुने देखिन्छ ।
पूर्व प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता देउवाले निजी क्षेत्रले दिएका सुझाव तथा प्रतिक्रियामा आफू र आफ्नो दलको कुनै विमती नरहेको समेत बताएका छन् । निजी क्षेत्रका सुझावलाई दलको घोषणापत्रमा समावेश गरेको दाबी समेत उनले गर्न छोडेनन् ।
त्यसैगरी काँग्रेस पार्टी कोषाध्यक्ष एवं नेतृ चित्रलेखा यादव, पूर्व अर्थमन्त्री डा. रामशरण महत, नेता दिपकुमार उपाध्यायले घोषणापत्रलाई व्यवहारिक, कार्यान्वयन गर्ने खालको बनाएको बताए महासंघका अध्यक्ष सुरज वैद्यले यतिखेर मुलुकले राजनीतिक स्थायीत्व, आगामी निर्वाचनको सुनिश्चितता, शान्ति सुरक्षा वहाली, मुलुकभित्र रोजगारी सृजना, उर्जा, पूर्वाधार विकास खोजेको बताएका छन्  । उनले नेपालको प्रमुख राजनीतिक दल कांग्रेसलाई आगामी संविधान सभाको निर्वाचनका लागि तयार गरेको घोषणापत्रमा यी विषयको प्रत्याभुति दिने नीति तथा कार्यक्रमको अपेक्षा गरेको बताएका छन् ।
काँग्रेसको आर्थिक एजेण्डामा महासंघका उपाध्यक्ष पशुपति मुरारकाले अत्यन्तै जर्जर बन्दै गएको मुलुकको अर्थतन्त्रलाई पुर्नजीवन दिन सक्नु पर्ने र सो कुराहरु कार्यान्वयन गर्नुपर्ने बताए । उद्यमी व्यवसायीहरुले काग्रेसको आगामी चुनावी घोषणापत्रमा मुलुकभित्र उद्योग व्यवसायका लागि लगानीमैत्री वातावरण बनाउने नीति समावेश गर्नुपर्ने, उर्जा, पूर्वाधार विकास, लगानीको सुरक्षा दिने विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्
उद्यमशीलता सृजना गर्ने खालको नीति तथा कार्यक्रम समावेश गर्नुपर्ने, व्यक्तिको सम्पतीको सुरक्षा, तीन खम्वे अर्थनीति, खपतमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने, उद्योगी व्यवसायी लगायत आम नेपाली जनतामा शान्ति सुरक्षाको प्रत्याभुति दिने कार्यक्रमहरु कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् व्यवसायीहरुले त्यसैगरी, व्यवस्थित शहरीकरणका योजना, कला संस्कृृति तथा मनोरञ्जनलाई राष्ट्रिय उद्योगको मान्यता दिने, व्यवसाय लागत कटौती गर्ने, नेपाललाई अतिकम विकसितवाट विकसित देशतर्फ लैजाने कांग्रेसको दीर्घकालिन नीति तथा कायक्रम र त्यसको कार्यान्वयनको प्रतिवद्धता खोजीएको छ ।
यसैगरी, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले देशमा राजनीतिक स्थिरता र आर्थिक विकास आफ्नो पार्टीको मूल एजेण्डा भएको बताउदै आएका छन् । देशमा आर्थिक अभावका कारण विदेशमा नेपाली पलायन हुनु राम्रो नभएको बताउँदै अध्यक्ष दाहालले सीप, दक्षतालाई बढाउनुपर्ने कुरामा जोड दिएका छन् । शान्ति सुरक्षा एवं विधिको शासनको सुनिश्चितता गराउन दण्डहीनताको अन्त्य, नागरिक हकको ग्यारेन्टी र विना भेदभाव राज्यबाट नागरिकले पाउनु पर्ने सेवालाई सर्वसुलभ ढंगले उपलब्ध गराउने, भ्रष्टाचार, राजश्व चुहावट जस्ता आर्थिक अपराधलाई कडाईका साथ नियन्त्रण गरिने, दण्डहीनता हटाउने जस्ता प्रतिबद्धता समेत गरेको पाईन्छ ।
राजनीतिक दलहरुको धोषणापत्रमा आर्थिक विकासको विषयलाई साझा राष्ट्रिय एजेण्डा बनाई आर्थिक वृद्धि, सामाजिक न्याय, समानुपातिक विकास, उत्पादन, आय एवं रोजगारी अभिवृद्धिको कार्यक्रममा जोड दिएको पाइन्छ । सामाजीक र आर्थिक रुपान्तरणको लागि राष्ट्रिय सहमतीको आधारमा सुधार कार्यक्रमलाई अघी बढाएका छन् ।  बन्द, हडताल एवं आर्थिक क्षती हुन, सर्वसाधारणको जनजीवनमा प्रतिकुल प्रभाव पार्ने र नोक्सान गर्ने कुनै पनि कार्यलाई निरुत्साहित गर्ने । समग्र आर्थिक विकासका लागि लगानीमुखी वातावरण निर्माण गर्ने जस्ता प्रतिबद्धता समेत सार्वजनिक भएका छन् ।
त्यसैगरी, विकास निर्माणका कार्यक्रमहरुको सिध्र कार्यान्वयनलाई जोड दिने, विकास निर्माणको कार्यमा अवरोध गर्ने, ढिला सुस्ती गर्ने, अनुचित लाभ उठाउने जस्ता कृयाकलाप विरुद्ध कडा कारवाही गर्ने विषयमा काँग्रेसको प्रतिबद्धता धोषणा पत्रमा उल्लेख छ । यसअधिनै घोषणा पत्रमा आर्थिक एजेण्डा नराख्ने दललाई कुनै सहयोग नगर्ने भन्दै महासंघले आफ्नो धारण सार्वजनिक गरेको छ । महासंघले आर्थिक मुद्दालाई ध्यान नदिने दललाई कुनै पनि सहयोग नगर्ने गरी निजी क्षेत्र अगाडि बढेको दाबी रहेको छ ।
कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले सन् १९९० मा कांग्रेसले अबलम्बन गरेको खुला अर्थनीति सफल भएको भन्दै उनले कार्यान्वयनमा भने सरकारहरु असफल भएको दाबी गरेका छन् ।
एमाओवादीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सामाजिक न्याय सहितको आर्थिक सम्मृद्धिलाई माओवादीले पहिलो प्राथमिकतमा राखेको धारण व्यक्त गरेका छन् । यसैगरी एमाले नेताहरु एवं पूर्व अर्थमन्त्रीद्वय भरतमोहन अधिकारी र सुरेन्द्र पाण्डेले निजी क्षेत्रले उठाएको आर्थिक एजेण्डा सकारात्मक रहेको भन्दै सोहि अनुरुप घोषणा पत्र तयार गरिएको दाबी गरेका छन् । एक वर्ष भित्रै संविधान जारी गर्ने प्रतिवद्धताका साथ दलहरुले मुलुकको महत्वपूर्ण सबै क्षेत्रको विकासलाई पनि उत्तिकै महत्व दिएर बनाएको घोषणापत्रमाथि अहिले देशव्यापीरुपमा वहस आरम्भ भएको छ । जनता तथा मतदाताको हातहातमा पुगेको घोषणापत्रमा दलहरुले आर्थिक पक्षलाई पनि उच्च महत्व दिएका छन् । आर्थिक विकास र संबृद्धिलाई प्राथमिकता दिदै दलहरुले बेरोजगारी अन्यको सवालमा पनि आप्mनो दस्तावेजमा महत्वपूर्ण स्थान दिएका छन्  ।
एमाओवादीको घोषणपत्रमा तीब्र आर्थिक विकास र समतामूलक समृद्धिलाई जोड दिदै उत्पादन र रोजगारी केन्द्रीत दुई अंकको आर्थिक वृद्धि गरी १५ वषमा आत्मनिर्भरता र समतामूलक समृद्धि हासिल गर्ने एजेण्डा तयार पारेको छ एमालेले कृषिमा आधुनिकीकरण, जलस्रोत र ऊर्जाको विकासलाई आर्थिक विकासको महत्वपूर्ण पक्ष मानेको छ । एक घर एक रोजगारको कायक्रम पनि एजेण्ड कै रुपमा प्रस्तुत गरिएको छ । मधेशी जनअधिकार फोरमले मुलुकका आर्थिक विकासका लागि कृषि, पर्यटन र जलविद्युतका क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने उल्लेख गरेको छ । फोरमले आफ्नो घोषणपत्रमा स्पष्ट रुपमा आर्थिक वृद्धिका योजना तथा कार्यक्रमका विषयमा उल्लेख गरेको छैन् ।
दलहरुको दस्तावेजमा अटाएका आर्थिक एजेण्डाका यस्ता सवालहरु निर्वाचनमा मत तान्ने माध्यम मात्र बन्नु भने हँदैन् । निर्वाचनलाई मात्र केन्द्रीत गरी बनाइएका झै लाग्ने दलहरुको घोषणापत्रलाई पार्टीले आफ्नो मुल दस्तावेजको रुपमा नै बोक्न आवश्यक छ । एमाओवादीले काठमाडांै–पोखरा–चितवन–सगरमाथा भन्दा वाहिरका महत्वपूर्ण पर्यटकीय स्थलहरुको विकास गरेर र एयरपोर्ट, होटेल जस्ता अत्यावस्यक पर्यटकीय पूर्वाधारहरुको तीब्र विकास गरेर आगामी १० बर्षमा २० लाख पर्यटक प्रतिबर्ष भित्र्याउने र निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको साथै पोखरा, भैरहवा, विराटनगर, धनगढी मा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने समेत उल्लेख गरेको छ ।
आगामी ५ बर्षमा थप ५ वटा ठूला हवाइजहाज खरिद गर्ने माओबादीको योजना छ । माओबादीले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एउटा नमूना सहकारी गाउँ निर्माण गरी अभियान चलाउने र प्रत्येक गाविस र शहरका वडामा स्थापना भएका सुपथ मूल्यका उपभोक्ता सहकारी पसलहरुको समीक्षा गर्दै तिनीहरुलाई नयाँ ढंगले अघि बढाउने तथा प्रत्येक गाविसमा कम्तीमा एउटा वित्तीय संस्था संचालन गर्ने जस्ता महत्वकाक्षि घोषणा गरेको छ ।
यसैगरी, राप्रपा नेपालको आर्थिक एजेण्डामा रोजगारी अभिवृद्धि र आर्थिक विकास, उन्नतिको साझा एजेण्डा  रहेको सो पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् । राप्रपा नेपालले राष्ट्रयता, प्रजातन्त्र र आर्थिक उदारिकरण बोकेर हिड्ने पार्टी भएको जनाएको छ । ०६४ सालको निर्वाचनमा पनि खुला अर्थनीतिलाई संविधानको अंग बनाऔं भन्ने एजेन्डा बोकेका थियौं, यसपटकको निर्वाचनमा पनि त्यही एजेन्डामा टेकेर ३० वर्षे योजना तयार पारेको अध्यक्ष थापाको दाबी रहेको छ । बन्दमाथि प्रतिवन्ध लगाउने, कहिले पनि बन्द नगर्ने, १० वर्षभित्र आर्थिक गतिविधि बढाउने, आयस्तर दुई अंकमा पु¥याउने, १५ वर्षभित्रमा आर्थिक गतिविधि बढाएर सामान्य रोजगारीको ग्यारेन्टी, विदेश पलायन भएकालाई समेत स्वदेशमै फर्कने वातावरण निर्माण गर्ने, ३० वर्षभित्र प्रतिव्यक्ति आय विकसित मुलुकसरह पु¥याउने, अर्थव्यवस्था मजबुत पार्न निजी, सरकारी र जनता ः मोडेल ल्याउने जस्ता महत्वकाक्षि प्रतिबद्धता राप्रपा नेपालको रहेको छ । आर्थिक रुपमा नेपाल दक्षिण एशियाका अन्य मुलुकको तुलनामा निकै पछाडि परेको छ । यसरी पछाडि पर्नमा मूलतः न्यून आर्थिक वृद्धिदर र रोजगारीका अवसरको कमी, व्यापारघाटा, चरम उर्जा संकट, विकासको असमान वितरण कमजोर पूर्वाधार, विग्रदो सामाजिक पूर्वाधार, कमजोर शासन व्यवस्था रहेका  राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्रमा उल्लेख  छ ।

राप्रपाले कृषि र उद्योग जलस्रोत र पर्यटन नेपाली अर्थतन्त्रका मेरुदण्ड भएको उल्लेख गर्दै यी क्षेत्रको अवस्था नाजुक भएकाले यसको विकास महत्वपूर्ण रहेको जनाएको छ । कृषि र औद्योगिक उत्पादनमा गिरावट आए पछि निर्यात घट्न गई आयात बढ्नु स्वाभाविक हो । यसले राष्ट्रिय अर्थतन्त्रको चरित्र र स्वरुपमा नै परिवर्तन ल्याएर नेपालको अर्थतन्त्र  आयातमुखी  चरित्रको भएको छ । फलतः व्यापार घाटा बढेको छ । निर्यात भन्दा आयात सातगुणा बढी छ । व्यापार घाटा नेपालको एक वर्षको बजेट भन्दा बढी छ ।
उद्योग र कृषिलाई चरम उर्जा संकटले नराम्रो प्रभावित तुल्याएको छ । विजुलीको अभावमा उद्योगधन्दा पूर्ण क्षमतामा संचालित हुन नसकेकाले स्वतः नै उत्पादनमा गिरावट आएको छ । यस्तै विजुलीको अभावले गर्दा बोरिङगबाट सिंचाई गर्न र कृषिजन्य एवं पशुजन्य उद्योग संचालनमा बाधा परेको छ । पेट्रोलियम पदार्थको प्रयोग गर्दा उत्पादन लागतमा वृद्धि भएर मूल्य बढेको अवस्था छ ।
विकाशको असमान वितरणले समाजमा असमानता र खण्डीकरणको स्थिति छ । पूर्वी र मध्य नेपालको तुलनामा मध्यपश्चिम र सुदूरपश्चिममा लगानी, उत्पादन र रोजगारीका अवसर कम छन् । उत्पादनशील उद्योग (सरकारी र निजी) पर्यटन क्षेत्र (होटल) यातायात क्षेत्र र शैक्षिक प्रतिष्ठान (विश्व विद्यालय देखि प्राथमिक विद्यालय सम्म) हरु कमजोर शासन व्यवस्थाको कारण राजनीतिकरण, भ्रष्टाचार एवं आर्थिक अनियमितताको चपेटामा परेका छन् ।
पार्टी पिच्छेका ट्रेड युनियनका अराजक व्यवहारले सिंगो उद्योग क्षेत्र मर्माहत भएको छ, अस्तब्यस्त एवं अराजक स्थितिमा छ । आर्थिक रुपमा मुलुकलाई आत्मनिर्भर तुल्याएर समृद्धि बनाउन राजनीतिक दलले देशमा आर्थिक क्रान्तिकालागि जुटनु पर्ने अबस्था आएको छ ।
चुरे संरक्षण र हरित (कृषि) क्रान्ति, जलस्रोत र उर्जा क्रान्ति, पर्यटन क्रन्त्रि, सूचना प्रविधि क्रन्त्रि, औद्योगिक क्रान्ति र  यातायात विकासमा विकास गर्न दलहरुले साझा एजेण्डा बनाउनुको विकल्प छैन । उत्तरी र दक्षिणी व्यापारी नाकाहरुमा सुख्खा बन्दरगाह निर्माण गर्ने क्रम जारी रहेको छ । यस क्रममा कञ्चनपुर जिल्लाको महाकाली पारी अवस्थित दोधारा–चाँदनीमा समेत सुख्खा बदरगाह निर्माण गरिने दलको घोषणा पत्रमा उल्लेख छ ।
नेपाल अल्पविकसित राष्ट्रको सूचिमा छ । राजनीतिक स्थायित्व र उच्च आर्थिक वृद्धिदर जस्ता भरपर्दा पूर्वाधार तयार गरेर नेपाललाई विकासशिल राष्ट्रको सूचिमा उकालिने दाबी समेत गरेका पाईन्छ । राजनीतिक दलहरुले भूमि सम्बन्धी नीति र कार्यक्रममा नेपाली साम्यवादी दलहरुले प्रत्येक निर्वाचनको बेला क्रान्तिकारी भूमिसुधारका आकर्षक नारा उराल्ने गरेका छन् । जग्गाधनीका जमीन हड्पेर भूमिहिनलाई बााड्ने उनीहरुको नारा न त व्यावहारिक छ, न त संभव नै । नेपालले अंगीकार गरेको उदार आर्थिक नीतिले यस्तो अनुमति दिदैन । उत्पादन, रोजगारी र दीगो विकासलाई भूमि सम्बन्धी नीतिको आधार मान्दछ । मुलुक संघीयता तर्फ उन्मुख भएकोले राज्यको पुनसंरचना पछि प्रदेशहरुको विशिष्ट अवस्थाका आधारमा दीर्घकालीन भूमि, नीति तय गरिनु पर्ने देखिन्छ । जुन अहिले सम्म दलहरुको नाराका रुपमा मात्र सिमित रहेको छ भने, गैरसरकारी संस्थाहरुलाई भुमीहिनहरुको नाममा राम्रो आम्दानीको स्रोत भएको छ । तराईका दलित र अल्पसंख्यक (सतार, मुसहर, बातर, डोम, दुषाध, चमार, चिडिमार) चुरे र महाभारत उपत्यकका माझी, बोटे, वादी, दनुवार, चेपाङग, कुसुण्डा र राउटे तथा हलखोर, हलिया–खलिया र अझै पनि केही मुक्त कमैया र कम्लहरीहरु पूर्ण रुपमा भूमिहिन रहेका छन् । मुलुकमा जत्रा र जस्ता सुकै परिवर्तन आए पनि यी भूमिहिन जनताको आर्थिक अवस्थामा अपेक्षाकृत परिवर्तन आएको छैन । भूमिहिन र एक अर्थमा फिरन्ते जीवनको अवस्थामा रहेका जाति र समूदायले राज्य तथा परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । यी वास्तविक भूमिहिनलाई गाासबास र कपासको व्यवस्था गर्न अब नारामा मात्र हैन व्यवहारमा उतारी कार्यान्वयन गरिनु आबश्यक रहेको छ ।
नीजि क्षेत्रका व्यबसायीहरुले राजनीतिक दलको घोषणापत्रमा व्यक्त गरिएका प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्न कठिनाई हुने गरेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले दलहरुले अघि सारेका घोषणापत्र जतिसुकै सुन्दर भएपनि कार्यान्वयनमा समस्या रहेको बताए । उनले घोषणापत्र अर्थमूखि बनाउन दलहरु सक्षम भएको तर त्यसलाई कार्यान्वयनको तहमा उतार्न दलहरु पछि पर्दे आएरहेको बताए दलहरुले घोषणापत्रलाई भोट लिने माध्यम मात्रै बनाउन नहुने भन्दै घोषणापत्रमा समवेश भएका कुराहरुलाई कार्यान्वयन गर्न सकेमा देशको आर्थिक विकास सम्भव भएको उनको भनाई थियो । नेपालमै प्रसस्त पैसा भएको तर लगानीको वातावरण नभएको उल्लेख गर्दै लगानीको वातावरण बनाउनु सबैभन्दा प्रमुख कुरा रहने बताएका छन् व्यवसायीहरुले । व्यवसायीहरुले दलहरुका घोषणापत्र कार्यान्वयनमुखि भन्दा पनि देखावटि मात्रै भएको बताउदै आएका छन् उनीहरुले घोषणापत्रमा व्यक्त कतिपय कुराहरु सम्भव नै नभएको भन्दै दलहरुलाई लगानीको वातावरण र औधोगिकरणमुखि कार्यतर्फ ध्यान दिन अनुरोध गरेका छन् । राजनीतिक पार्टीहरुले असम्भव कुरालाई पनि हुन्छ भनेर फोस्रा आश्वासन वाढ्ने गरेको भन्दै त्यसो नगर्न व्यवसायीहरुले अनुरोध समेत गरेका छन् । आफ्ना दलको घोषणा पत्रमा उल्लेख भएका सवै आर्थिक एजेण्डालाई नाराका रुपमामात्र नभई कार्यान्वयन गरेर देखाउनु पर्नेमा सम्बन्धित निकायहरुले जोड दिएका छन् । घोषणापत्र बनाउदा के कुरा लेख्दा जनताको मन तानिन्छ त्यही कुरा खोजि खोजि लेख्ने गरेको भन्दै आर्थिक विकासका लागि सम्भव हुने नितिहरु मात्र बनाउन अनुरोध गरेका छन् । दलहरु चुनावी मिति नजिकिदा मात्रै विकासका कुरा गर्ने र अन्य समयमा सुस्ताउने पद्धतिले नेपालको आर्थिक विकास हुन नसकेको बताएका छन् । निर्यातजन्य बस्तु उत्पादनका लागि राज्यले लगानीको वातावरण बनाउन नसकेको उल्लेख गरेका छन् । चुनाव आएपछि पूराना घोषणापत्रलाई नयाँ बनाउने गरेको भन्दै दलहरुले समय अवधिमा गरिएका कामको विवरण अहिले सम्म पनि दिन नसकेको दाबी व्यवसायीहरुले बताएका छन् ।
दलहरुले जारी गरेका आर्थिक एजेण्डाहरुलाई नारामा मात्र सिमित राख्ने परम्पराबाट मुक्त हुनु पर्ने समेत आग्रह गरेका छन् । नारामा आर्थिक एजेण्डा देखाउने तर व्यवहारमा कार्यान्वयन नगर्ने परिपाटीका कारण देशको अर्थतन्त्रको विकास हुन नसकेको तथ्याङक सार्वजनिक भएको छ ।
                                                                                      karkirimn@gmail.com

Friday, November 8, 2013

          सीप र प्रविधिलाई नेपालमा भित्र्याउनुपर्छ
  मुक्तिराम खनाल (विनोद)
               एनआरएन जापान, महासचिव

आफ्नो मातृभूमिको विकासका लागि जुन ठाउँमा बसे पनि सहयोग गर्नुपर्छ भन्ने भावना लिएका एक युवा हुन् मुक्तिराम खनाल (विनोद) । विगद ९ वर्षदेखि प्रविधिमा पोख्त देश जापानको हिरोसीमामा स्थायी रूपमा बसोबास गर्दै आएका खनाल लामो समयदेखि नेपाली खानाको स्वादका साथै विभिन्न देशका खानाको स्वाद आम ग्राहकलाई खुवाउँदै आएका छन् । विशेषगरी जापानमा रेष्टुरेन्ट सञ्चालन गरेका खनालको नेपालमा भने स्थायी घर नवलपरासीको गैँडाकोट–४ मा रहेको छ । उनका बाबुआमाका साथै सपरिवार जापान बस्दै आएका छन् । रेष्टुरेन्टको अलवा उनले युरोप, अमेरिका, चीन, भारतलगायत अन्य राष्ट्रमा सामानको आयात÷निर्यातको समेत व्यवसाय गर्दै आएका छन् ।
हाल ३२ वर्षका युवा खनाल मातृभूमिको विकासका लागि आफ्नो तर्फबाट र जापानी नागरिकलाई नेपालमा लगानीका लागि वातावरण तयार गर्ने कार्यमा लागेका छन् । लगानी भित्र्याउनका लागि गैरआवासीय नेपाली संघ, जापानको महासचिवको रूपमा आफ्नो कार्यभारसमेत सम्हालेर अगाडि बढ्दै आएका खनालले एमबिबिएको अध्ययन पूरा गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) को छैटौँ विश्व सम्मेलन तथा १० औ वार्षिकोत्सवको जापानको प्रतिनिधित्व गर्दै नेपाल आएका खानलसँग जापानबाट नेपालमा लगानी भित्र्याउन, समस्या, चुनौती र व्यक्तिगत रूपमा कस्तो भूमिका रहेको छ भन्ने विषयमा केन्द्रित भएर कमाण्डर पोष्टका लागि रोशन कार्कीले गरेको कुराकानीको सम्पादित अंश ।

एक दशकको अवधिमा चुनावकै माध्यमबाट अध्यक्षको चयन भयो, यहाँले एक प्रतिनिधिको तर्फबाट एनआरएनको भविष्य कस्तो देख्नुभएको छ ?
एनआरएनको भविष्यका बारेमा मैले भन्दा पनि हाम्रो संघको नेतृत्व लिने अग्रजहरूकोे कामको भरमा निर्भर हुने गर्दछ । किनकि जहाँसम्म मेरो विचार अनुसार संघको भविष्य अहिलेसम्मको अवस्था हेर्दा उज्ज्वल रहेको छ । संघको भविष्यमा प्रश्नचिन्ह लगाउनुपर्ने अवस्था देखिँदैन । मेरो सोचाइमा हाल प्रजातान्त्रिक पद्धतिद्वारा निर्वाचन भएको हो । संघको नेतृत्व लिनका लागि प्रतिस्पर्धा हुनु नराम्रो होइन । किनकि जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ आफूले पाएको जिम्मेवारी पूरा गर्नुपर्ने चुनौती पनि हुने गर्दछ । निर्वाचनमा को कससँग प्रतिस्पर्धा भयो भनेर पछिसम्म वहश गर्ने भन्दा पनि संघलाई कसरी मजवुत बनाउने भन्नेतर्फ सबै साथी लाग्नुपर्छ । संघप्रति आबद्ध भएका नभएकाहरूको लगाव बढ्नुपर्छ । संघलाई साझा संस्थाको रूपमा अगाडि बढाउन अग्रजहरूको मुख्य भूमिका खेल्नुपर्छ र त्यही भूमिकालाई दोस्रो पुस्ताले कार्यान्वयन गरेर संघको भविष्यलाई उच्च राख्नुपर्छ । केहीगरी चुनावकै कारण विवाद आएमा नेतृत्व पक्षले साझा संस्थाको रूपमा सबैलाई एउटै व्यवहार गरेर मिलाउन तत्परता देखाउन पछि हट्नु हँुदैन । आएका समस्यालाई सबैले आ–आफ्नो तहबाट समाधान निकालेर अगाडि बढ्नुको विकल्प छैन ।
यहाँहरूको सभामै राजनीतिक दलको दबाब र हस्तक्षेप पनि देखिनुलाई कसरी हेर्नुभएको छ ?
संघको सभामा यहाँले भनेझैँ राजनीतिक दलहरूको दबाब र हस्तक्षेप हुन गएको हो । यो संघका लागि राम्रो पक्ष होइन । यस संघमा आबद्ध सबै राजनीतिक दलको सदस्य होइनन्, मात्र नेपाली हुन् । तर पनि जाति, लैँगिक धर्म बोकेका कारणले राजनीति जोडिन आएको हो । तर, सोबारे संघको नेतृत्व गर्छु भन्नेहरूले उनीहरूको दबाब र हस्तक्षेपलाई अस्वीकार गर्नुपर्ने हो । तर, कता–कता त्यसो गरेको पाइएन र दलहरूको हस्तक्षेप सभास्थलसम्मै आइपुग्यो । संघमा राजनीतिक हस्तक्षेप र दबाब आउनुमा एनआरएनहरूकै कमजोरीका कारण हुन पुगेको हो । हामीले आ–आफ्नो प्रतिबद्धता साथीहरूकै माझ गर्नुहोला । कोठाभित्र गर्नु होला र संघमा राजनीतिक हस्तक्षेप हुनबाट बचाउन नेतृत्व तहलाई पटक–पटक घच्घच्याएका हौँ । तर, हामीबीच कुनै दलको दबाब हँुदैन भनेका थिए तर त्यो व्यवहारमा देखाउन नसक्नु नै कमजोरी हो भनेको हुँ मैले । मान्छे भएपछि राजनीतिक आस्था होला तर त्यसलाई देखाउनु गलत पक्ष हो । एनआरएनमा दलको प्रभाव भोगिरहेको छ । एनआरएन जापान सो प्रभावलाई निवारण गर्नेतर्पm लागिपरेको छ । भने संघमा राजनीतिविहीन बनाउनु पहिलो दायित्व यस नयाँ नेतृत्वले मुख्य भूमिका खेल्नुपर्छ । संघलाई राजनीतिक दलको निर्देशनभन्दा पनि एनआरएन सदस्यहरूकै सुझाव र सल्लाहमा अगाडि बढ्नुपर्छ । आगामी नेतृत्वका बेलामा राजनीतिक दबाब र हस्तक्षेपमुक्त बनाउन सबै एक जुट हुनुपर्छ जस्तो लाग्छ ।
यहाँ त जापान बस्दै आउनुभएको छ, संघले लामो समयदेखि नेपालमा लगानी गर्ने भन्ने धेरै सुनियो । तर, खासै लगानी भने हुन सकेको छैन, लगानी नहुनुको कारण के होला ?
पहिलो कुरा के हो भने आफ्नो देशमा लगानी गर्ने सबै साथीको इच्छा छ । केही साथीले लगानी पनि गरिरहनु भएको छ । संघको स्थापना गरेको पनि १० वर्ष भयो यस अवधिमा संघलाई बलियो बनाउन, ऐन कानुन तयार गर्न र आफू बसेको देशको कानुनसँग पनि सहकार्य गर्नका लागि धेरै समय बितेका कारण लगानी गर्ने इच्छा हुदाँहँुदै पनि देखिने लगानी नभएको जस्तो यहाँहरूलाई लाग्नु ठीकै हो । यहाँ नगद लगानीभन्दा पनि हाम्रो देशमा व्यावसायिक लगानीका साथै आफूले सिकेका ज्ञान, सीप र प्रविधिलाई भित्र्याउनु मुख्य पाटो हो जस्तो लाग्छ मलाई । जहाँ लगानीकै रूपमा सीप, ज्ञान र पछिल्लो प्रविधिलाई नेपाल भित्र्याउने हो भने त्यही सीप अन्यलाई सिकाएर अर्बौं रुपैयाँको लगानी नेपालमा हुन्छ । त्यो स्वदेशी तथा विदेशी दुवै पक्षले लगानी गर्न आकर्षित हुनका लागि ज्ञान, सीप र प्रविधि आवश्यक पर्छ । साथै देशमा विद्यमान लगानी ऐन कानूनलाई समयसापेक्ष परिमार्जन गरेर लगानीमैत्री वातावरण बनाउनुपर्छ नेपाल सरकारले । भएका कमिकमजोरी दुवै पक्षबाट सुधार गरिँदै अगाडि बढ्दै जानुपर्छ । लगानी आकर्षण गर्न सरकारले कुनै कसुर बाँकी राख्नु हुँदैन जस्तो लाग्छ । लगानीका लागि सरकारले सबै विकल्प र ढोका खुला राख्नुपर्छ ।
कमाण्डर पोष्ट दैनिकको कार्तिक २२ –२०७० मा अर्थपेजको १० पृष्ट

जापानी लगानी नेपाल भित्र्याउनका लागि यहाँका कस्ता खालका योजना रहेका छन् ?
हाम्रो तर्फबाट नेपालमा लगानी भित्र्याउनका लागि विभिन्न योजना तयार छन् तर जापानबाट नेपालमा बढीभन्दा बढी सीप, ज्ञान र प्रविधिलाई विशेष जोड दिएका छौँ । देशको समग्र अवस्थालाई लगानीकर्ताहरूले मूल्यांकन गर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनु पहिलो उद्देश्य हुनुपर्छ । कुनै पनि लगानीकर्ताले आफ्नो रुपैयाँ खर्चनका लागि देशमा शान्ति सुरक्षा, लगानीमैत्री वातावरण, लगानीको सुरक्षा र राजनीतिक अवस्थालाई अध्ययन गर्ने भएकाले पहिलो चरणमा सरकारले ती विषयलाई सम्बोधन गरेर ढुक्कसँग लगानी गर्न कुनै अवरोध छैन भन्नेमा विश्वास दिलाउनुपर्छ । अहिलेकै अवस्थालाई हेर्ने हो भने लगानी आउने सम्भावना निकै कम छ । किनकि देशमा पूर्णरूपमा शान्तिसुरक्षा छैन, लगानीको सुरक्षाको वारेन्टी नभएकाले जापानीको लगानीमात्र नभई अरू देशको लगानीलाई नेपाल भित्र्याउन नसकिएको पक्कै हो । नेपाल सरकारले शान्तिसुरक्षा र लगानीको सुरक्षाको प्रत्याभूति दिन सकेको खण्डमा लगानी आउँछ ।
होइन, विदेशी लगानी आउन नसके पनि यहाँहरूले त साना÷साना लगानी गर्नुपर्ने होइन र ?
यहाँले भनेझैँ हामीले साना÷साना उद्योगमा लगानी गर्नुपर्ने हो । तर, केही साथीले आफ्नोतर्फबाट लगानी गरेका पनि छन् । जति हुनुपर्ने हो त्यो किन भएन भन्दा पहिला आफ्नो संस्थालाई विश्वमाझ वैधानिकता दिनु हो । त्यस विषयमा सबै साथीको ध्यान संघ बलियो बनाउनका लागि खटिनु परेका कारण र अधिकांश समय संघमा लगाउनुपरेका कारण हुन नसकेको हो । संघलाई देशमा वैधानिकता दिनमात्र १० वर्ष लाग्यो । संगठनको संरचना बनाउनै समय बितेका कारण लागनी हुनमा कमी भएको हो । अब विस्तारै लगानी नेपालमा हुने विश्वास दिलाउँछु ।
नेपालमा विशेषगरी कुन क्षेत्रमा जापानमा रहेका एनआरएनले लगानी गर्ने सम्भावना छ ?
नेपालमा जापानी नागरिक तथा एनआरएनहरूले विशेषगरी ऊर्जा, पर्यटन, होटल र कृषि क्षेत्रमा लगानी गर्ने चाहना बढी भेटिएको छ । साथै औषधि र प्राविधिक क्षेत्रमा आफूले सिकेका विषयमा पनि लगानी गर्ने योजना बनाएको पाइन्छ । हाम्रो टिमले जापानी नागरिक तथा हाम्रा साथीलाई पनि आफ्नो सीप अनुसार नेपालमा लगानी गर्न अनुरोध गरेका छाँै । लगानीको भन्दा पनि प्रविधिमा अगाडि रहेका जापानीको प्राविधिक पक्षलाई देशमा भित्र्याउनुपर्छ भन्ने भनाइ मेरो हो । जहाँसम्मको कुरा छ लगानीका साथै प्रविधि नेपाल भित्र्याएर त्यसलाई प्रयोग गर्नसक्ने दक्ष प्राविधिकहरूको जन्म गराउनसकेमा त्यो प्रविधि नै अर्बौं रुपैयाँबराबरको लगानी हुने छ । अनि उत्पादन गरेका सबै सामान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने ठप्याइ मेरो छ । त्यसैले यो क्षेत्रमा यति लगानी गर्छु भन्नु भन्दा पनि आफू रहेको देशमा यो प्रविधि रहेको छ, नेपालमा उपयुक्त हुने भएकाले सो प्रविधि र सीपलाई भित्र्याउनेतर्फ हामी पहिलोचरणमा लागिपरेका छाँै । नेपालमा रहेको अस्थिर राजनीतिको सही रूपमा व्यवस्थापन हुने हो भने लगानी र प्रविधिलाई भित्र्याउन कुनै समस्या हामीलाई हँुदैन ।
त्यसोभए जापानी नागरिकको प्रतिक्रिया कस्तो पाउनुभएको छ, नेपालमा जापानी प्रविधि भित्र्याउने सम्बन्धमा ?
स्वदेशमा शान्ति सुरक्षा, लगानीको वातावरण र लगानीको सुरक्षाको वारेन्टी दिने हो भने आफूसँग भएका सीप, प्रविधि र लगानी एकैसाथ नेपाल भित्रने निश्चित छ । तर, अहिलेको वातावरणले त्योे सम्भावना मैले देखेको छैन । नेपाल सरकारले त्यो वातावरण बनाउनुपर्छ । बाँकी कुरा के भने, जापानबाट विश्वका विभिन्न देशमा ठूलो लगानी भएका छन् । शान्ति वातावरण र लगानीको सुरक्षाको प्रत्याभूति सरकारले दिने हो भने नेपालमा पनि ठूला लगानी भित्रने छन् । जापानले फिलिपिन्स, चीनमा ठूला÷ठूला कम्पनीले आफ्नो अर्बौं रुपैयाँ लगानी गरेका छन् । नेपालमा पनि विद्यमान श्रम समस्या, अस्थिरतालाई हटाउनुपर्छ । जहाँ आवश्यकताभन्दा बढी युनियनको समस्या देखिएको छ । साना कुरामा हुने बन्द हड्तालका कारण लगानीकर्तालाई नेपालमा आकर्षित गराउन हामीले सकिरहेका छैनौँ । यी कुरामा सुधार हुने हो भने लगानी आउनमा कुनै दुविधा छैन । सरकार यसमा जिम्मेवार नभसम्म र सरकार औपचारिक रूपमा लगानीमैत्री नबनेसम्म लगानीका बारेमा हामीले लगानीकर्तालाई विश्वास दिलाउन सकिँदैन ।
एक दशकको अवधिमा एनआरएनहरूको गफ धेरै, काम थोरै भए भन्न आरोप छ नि ?
झट्ट हेर्दा यो आरोप एक हिसाबले ठीक हो । तर, एउटा संस्थालाई व्यवस्थित बनाउन यो एक दशक पर्याप्त होइन । किनकि, पहिला संगठनलाई मजवुत बनाउनु अघिल्लो नेतृत्वको काम थियो । संस्थालाई दर्ता गर्नेदेखि बाँझिएका ऐन कानुन समयसापेक्ष परिमार्जनसमेत गर्नुपर्ने भएकाले काम थोरै देखिएको हो । तर, जुन रूपमा हुनुपर्ने काम संगठन बलियो नभकाले पनि कमी देखियो भन्दा पनि हाम्रो संगठनले काम नै नगरेको भने होइन । काम गरेको छ । जुन काम बाहिर रूपमा देखिएन भन्नु चाहिँ उपयुक्त होला । पहिलो काम संगठनमा विश्विका एनआरएनहरूलाई समेट्नु पनि छ । यो अधिवेशनसम्म त्यो समस्या रहेको थियो । अब त्यो समस्या विस्तारै न्यूनीकरण हुँदै जाने छ । तैपनि यीे आरोप नआउने बनाउन सकिन्थ्यो । नेतृत्व लिनेहरूले अलि आफ्नो कार्यशैलीलाई परिमार्जन गरेर अगाडि बढेको भए । त्यसैले यो आरोप लाग्नुमा केही हदसम्म नेतृत्व पक्षको पनि कमजोरी छ भन्नुपर्छ ।
सामाजिक क्षेत्रमा पनि लगानी गरेको भन्ने सभामा अलि बढी नै सुनिएको छ, वास्तविकता के हो ?
हो, हामीले नाफामूलक र सामाजिक सेवामा लगानी गरेका छौँ । आफ्नो जन्मस्थानमा रहेका विद्यालय, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गरेका छन् । नेपालको सामाजिक विकासमा एउटा इँटा थप्ने हामीले विश्वास गरेका छौँ । यसअघि पनि हामीले विभिन्न सामाजिक काम गरिसकेका छौँ ।
नेपालमा लगानीको वातावरण कस्तो देख्नुभएको छ ?
खासै पुरानो ऐन, कानुन र तरिका भएकाले नयाँ लगानीका लागि राम्रो वातावरण छ भन्नसक्ने अवस्था छैन । लगानीका लागि लगानीकर्ताले पहिलो चरणमा लगानीको सुरक्षा र अवरोध नहोस् भन्ने चाहन्छ । सरकारले त्यो पहिलो चरणमा पूरा गरेको खण्डमा देशमा लगानी आउने पक्का छ । तर, वातावरण नभए पनि आफ्ने जन्मभूमिको माया मान्नेहरूले लगानी गर्न हिच्किचाउनु भने हुँदैन । नेपाल र बाहिर बसेका नेपालीले यस्तो समयमा लगानी नगरे कहिले लगानी गर्ने ? हामीले नै लगानी नगरे विदेशीले कसरी गर्छन् ? उनीहरू राजनीतिक अस्थिरता देखेर डराइरहेका छन् । उनीहरूले नेपालका ठूला आयोजनामा लगानी गर्न चाहिरहेका छैनन् । नयाँ संविधान बन्न नसक्नु, लोडसेडिङको चर्को समस्या र शान्ति सुरक्षालाई उनीहरूले बाधकका रूपमा देखाएका छन् । त्यसैले, हामीले गैरआवासीय नेपालीलाई आफ्नो देशमा लगानी गर्न आग्रह गरिरहेका छौँ ।
यहाँले गएको नेतृत्वकै कारण लगानीभन्दा पनि कुरा मात्र गरेको भन्न खोज्नुभएको हो ?
त्यस्तो भन्न खोजेको होइन । जति हुनुपर्ने थियो त्यति भएन भन्न खोजेको हो । गएका कार्यसमितिले लगानी भित्र्याउनेबारे, संस्थालाई वैधानिकता दिनेबारे, साथीहरूलाई आबद्धता गराउने बारेमा नेतृत्व पक्षले अलि सोचविचार गरेको भए आरोपहरू संगठनमाथि लाग्ने थिएन कि भन्न खोजेको हुँ । पहिलो नेतृत्वबाटै लगानीको रूपरेखा तयार गरेको भए अहिले लगानीका लागि मापदण्ड खोजिरहनुपर्ने थिएन । सबैलाई विभिन्न विषयको जिम्मेवारी दिएर त्यसको कार्यान्वयन गरेको भए हामी आरोपमुक्त हुने थियौँ भन्न खोजेको हुँ ।
भन्न त सबैले होटल, ऊर्जा र पर्यटनमा लगानी गर्छौं भनेर एक दशकदेखि भन्दै आएका छन्, तर कार्यान्वयन भने हुने छाँटकाँट अझै देखिँदैन नि ?
हो, एक दशकदेखि ऊर्जा, पर्यटन र होटललाई पहिलो प्राथमिकता दिँदै साथीहरूले लगानी गर्ने भनेका हुन् । तर, त्यो किन रोकिएको छ भन्नेबारे कसैले विचार पु¥याएको हामीले पाएका छैनौँ । तर, लगानी गर्ने विभिन्न विषयमा अध्ययन गरेरमात्र आफ्नो पैसा झिक्ने भएकाले नेपाल सरकारले पहिलोपटकमा भौतिक संरक्षणका साथै सामान्य सुविधाहरू त उपलब्ध गराउनुपर्छ नि होइन । जहाँसम्म कुरा रह्यो, ऊर्जामा लगानी गर्नका लागि न्यूनतम भौतिक संरक्षणसमेत नभएको स्थानमा गएर लगानी गर्न कुनै पनि लगानीकर्ताले चाहँदैन । भौतिक संरक्षण भएको खण्डमा त्यहाँ कुनै अवरोध र सम्पत्तिको सुरक्षा हुने स्थानमा सबैले आफ्नो लगानी गर्ने पक्का छ । पछिल्लो चरणमा विभिन्न साथीहरूमा ऊर्जा, पर्यटन र होटलका साथै प्राविधिक पक्ष, शैक्षिक क्षेत्रमा पनि आफ्नो लगानी बढाउनेबारे छलफलहरू भइरहेको र केहीमा त समितिसमेत बनेर अध्ययन भएका छन् । अब कुराभन्दा पनि काम हुनेमा म विश्वास दिलाउँछु ।
यहाँहरूलाई लगानी गर्न केले रोकेको जस्तो लाग्छ ?
प्रष्टै छ नि अस्थिर राजनीति र अस्थिर सरकार नै मुख्य कारण हो । जहाँसम्मको लगानीको पक्षमा सरकार स्थिर नभएसम्म ऐन कानुन पूर्णरूपमा कार्यान्वयन हँुदैन । आवश्यक कानुन र ऐन समयसापेक्ष थपघट गरिनुपर्छ त्यसका लागि स्थायित्व सरकार आवश्यक पर्छ । अध्यादेशबाट ल्याइएका कानुन निश्चित समयभित्र संशोधन नगरे निष्क्रिय हुने भएकाले स्थिर सरकार चाहिन्छ भनेका हौँ । राजनीतिक दलको पनि आर्थिक मुद्दामासमेत प्रष्ट छैन । त्यसमा दलहरूको आर्थिक एजेण्डा प्रष्ट हुनुपर्छ । युनियनपक्षबाट आवश्यक र कम्पनीले सक्ने माग राख्नुपर्छ  । अहिले त्यो अवस्था नभएकाले लगानीमा अवरोध भएको हो ।
लगानी भित्र्याउनका लागि एनआरएनहरू पुलको रूपमा रहेको भनिए पनि सो काम गर्न सकेका छैनन् भनिन्छ नि ?
विदेशमा बस्ने नेपालीलाई एकै स्थानमा ल्याउनुपर्ने संगठनको कामसँगै नेपालमा लगानी भित्र्याउनेबारे पुलको कामसमेत एनआरएनहरूको जिम्मेवारीका रूपमा रहेको छ । तर, सबैको एकै विचार एकै उद्देश्य हुँदैन । सबैको आ–आफ्नै तरिका र बानी हुन्छ । सबैलाई एकैस्थानमा राखेर अगाडि बढ्नुपर्छ । संगठनले त्यो कामसमेत गर्दै आएको छ । सबै देशमा आ–आफ्नै सीप, प्रविधि, आर्थिक, राजनीति र सामाजिक सवालका पक्ष हुने भएकाले सबैलाई सबै कुरा बुझाउन कठिन हुन्छ । सबै पक्षलाई एकै स्थानमा ल्याएर नेपालमा भित्र्याउनुपर्ने र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने भएकाले केही कमजोरी देखिएको हो । तर, संगठनले पुलकै भूमिका निभाएको छ जस्तो लाग्छ हामीलाई । सुरुमा आबद्ध हुनका लागि पुलको काम गर्नुपरेको छ, आबद्ध भएकालाई नेपालमा आफूले सकेको लगानी गर्नका लागि पनि पुलकै काममा खटिनुपरेको छ । यहाँ संगठन र एनआरएनहरूबाट पुलको काम भए पनि देखिने काम नभएको हो । देखिने कामलाई समय लाग्छ ढिलो भए पनि काम राम्रो हुन्छ भन्नेमा छौँ । संगठनको अझैसम्म भित्री काम भइरहेकाले पनि कमजोरी जस्तो देखिन आएको हो । भित्री काम सकिनासाथ लगानीका लागि एनआरएनहरू पूर्णरूपमा नेपालका लागि पुलकै काममा खटिनेछन् । पुलका साथै लगानीसमेतमा वृद्धि हुनेमा कुनै शंका छैन ।
तत्काल केही नयाँ उद्योग खोल्ने सम्भावना कत्तिको छ ?
हामी नयाँ उद्योग खोल्नेभन्दा पनि नयाँ प्रविधि भित्र्याउने जमर्कोमा छौँ । हामी नेपालीले बाह्य मुलुकमा गएर मजदुरीमात्र गर्ने होइन, त्यहाँको नयाँ प्रविधिका बारेमा पनि सिक्नुपर्छ । विश्वमा प्रवेश गरिसकेको तर नेपालमा आइनपुगेको नयाँ प्रविधि नेपालमा भित्र्याउनु पर्छ । विदेश काममा जाने व्यक्तिलाई नयाँ प्रविधिका बारेमा ज्ञान दिन जरुरी देखिएको छ । त्यस्ता व्यक्तिलाई तालिम दिने विषयमा पनि सोच बनाएका छौँ । सरकारले गर्न नसकेका विद्युत्, खानेपानीलगायतका क्षेत्रमा हात हाल्ने कुरा गरिरहेका छौँ ।
जापानी लगानीकर्ताले नेपालमा लगानी गर्ने सम्भावना कत्तिको छ ?
जापानी लगानीकर्ता सानातिना आयोजनामा लगानी गर्न इच्छुक देखिएका छन् । केही समय पहिला जापानका वैज्ञानिक नेपाल आएका थिए । उनीहरूले विभिन्न औद्योगिक क्षेत्रको अवलोकन गरेका थिए । उनीहरूले नयाँ प्रविधि जापानबाट ल्याउने र अन्य भौतिक पूर्वाधारहरू नेपालमै बनाउने योजना बनाएका छन् । फोहोरबाट विद्युत् निकाल्नका लागि जापानबाट प्रविधि भित्र्याउने कुरा भइरहेको छ । सम्भवतः त्यसले छिट्टै मूर्तरूप लिनेछ । यसैगरी शिक्षा, स्वास्थ्य, कृषिलाई पनि बढी जोड दिएका छन् । ती क्षेत्रमा पनि लगानी ल्याउने कुरा धेरै अगाडि बढिसकेको छ ।
एनआरएनहरूले नेपालमा व्यावसायिक रूपमा भन्दा पनि चर्चाकै लागि मात्र लगानी गर्ने अवस्था देखिएको छ नि ?
होइन, लगानी पनि चर्चाका लागि कसैले गर्दैन । किनकि कोही कसैले आफू चर्चामा आउन केही रकम लगानी गरे पनि त्यो दिगोपन हँुदैन । क्षणिक हुने भएकाले आफ्नो रकम लगानी गर्नेले नाफामूलक र सेवामूलक क्षेत्र नै खोज्ने गर्दछ । आफू अनुकूलको भेटेको खण्डमा त्यहाँ व्यावसायिक रूपमै लगानी गर्छ । लगानी भनेको सामान्य कुरा होइन । जहाँ रकम खर्च हुन्छ त्यहाँ धेरथोर व्यावसायिकता हुन्छ । हामी सामूहिक लगानीको मापदण्डमा गएका छौँ र जहाँ जुन काम हुन्छ त्यहाँ हाम्रो प्रष्ट नाफामूलकभन्दा पनि सेवामूलक क्षेत्रमा लगानी गर्ने सोचाइमा लागेको छाँै । कुन लगानीलाई व्यावसायिक भन्ने कुन लगानीलाई व्यवसायिक नभन्ने ।
विदेशी नागरिकलाई नेपालमा लगानी गर्नका लागि कस्ता खालका कार्याक्रम गर्नुभएको छ ?
हामीले आ–आफ्नो पक्षबाट नेपालमा लगानी भित्र्याउनका लागि भिन्न चेतनामूलक कार्यक्रम, छलफल भेटघाट जस्ता कार्याक्रम चलाइरहेका छाँै । त्यस अवस्थामा इच्छुक विदेशी नागरिक लगानीकर्ताले नेपालमा विशेषगरी कुन क्षेत्रमा लगानी गर्न उपयुक्त हुन्छ भनेर प्रश्न गर्दछन् । हामीले ऊर्जा, पर्यटन, होटल र कृषिमा राम्रो छ भनेका छौँ । विभिन्न चरणमा हुने गरेका कुराकानीमा उनीहरूलाई नेपालमा लगानीका लागि राम्रो छ भन्ने गरेका छाँै । अब समय अनुसार नयाँ कार्यक्रमका साथ अगाडि बढ्ने छौँ ।
यहाँहरूको छैटौँ विश्व सम्मेलन तथा १० औँ वार्षिकोत्सवमा राजनीतिक हस्तक्षेपका कारण संघमा चर्को विवाद आएको छ भन्ने सुनिन आएको छ, यो विवादले चर्को रूप लिने अवस्था देखिन्छ, अब भन्नु होस् कि, यहाँ पनि जिम्मेवार पदमा रहेकाले सो विवाद मिलाउन कस्तो खालको भूमिका खेल्नु हुन्छ ?
हो, नयाँ नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप नहुनुपर्ने थियो भयो । यो संगठनका लागि ठूलो घाटाको विषय हो । प्रजातान्त्रिक तवरबाट आ–आफूमा प्रतिस्पर्धा हुने नराम्रो होइन । तर, राजनीतिक दलको इशारामा प्रतिस्पर्धा हुनु भनेको राम्रो पक्ष होइन । अब जे नहुनुपर्ने थियो भयो । यसलाई नेतृत्व लिनेले सबै प्रतिस्पर्धालाई बिर्सिएर अगाडि बढ्नुपर्छ । सबैको समस्यामा हातेमालो गरिनुपर्छ । राजनीतिक हस्तक्षेपलाई नेतृत्व तहले नियन्त्रण गर्न सक्नुपर्छ । हामी पनि विवादलाई बढाउने नभई समाधान गर्नेतर्फ आफ्ना पाइला अगाडि बढाउने छौँ । संगठनको सामूहिक र सामाजिक अभियानलाई प्राथमिकता दिन आग्रह गरेका छाँै । अरूको संगठनजस्तो चिराचिरा पारेर आफ्नो काम नगर्न पनि हामीले जिम्मेवार पक्षलाई चेतावनीसमेत दिइरहेका छाँै ।

Friday, November 1, 2013

स्याउको बाक्सामा अवैध सामान, भन्सार प्रमुखद्वारा स्वीकार
रोशन कार्की
काठमाडांै ।
भन्सार विभागले विभिन्न नाकाबाट अवैध रूपमा प्रतिबन्धित सामानको खुलेआम आयात हुन थालेपछि गरेको कडाइलाई समेत चुनौती दिँदै व्यापारीले नयाँ तरिकाबाट सामान आयात गर्ने गरेको खुलासा भएको छ । भन्सार कर्मचारीको मिलिमतोमा हुने गरेको चोरी निकासी कार्यलाई पछिल्लो समयमा कर्मचारीकै योजनाअनुसारै व्यापारीले अवैध सामान बिनाभन्सार आयात गर्ने गरेको खुलासा भएको हो । प्राप्त विवरणअनुसार व्यापारी र भन्सार कर्मचारीको मिलिमतोमा पछिल्लो समयमा आएर स्याउ, लसुन, खुर्सानीको बाकसभित्र प्रतिबन्धित विद्युतीय सामग्री र पटकका आयात हुन थालेको सम्बन्धित भन्सार कार्यालयका भन्सार प्रमुखहरूले स्वीकारेका छन् ।
गत सातामात्र सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट कर्मचारीकै योजनाअनुसार पाँच कन्टेनर भ्यान स्याउ, लसुनको बाकसभित्र ती सामान आयात हुने गरेको एक व्यवसायीले जानकारी गराएका थिए । तातोपानी भन्सार कार्यालयका निमित्त भन्सार अधिकृत दयानन्द केसीले भने, ‘यस नाकाबाट अत्याधिकमात्रामा स्याउ र लसुनको आयात हुने गरेको छ, सबै बाकस खोलेर हेर्ने सम्भावना हँुदैन, सो बाकसमा व्यापारीले अवैध सामान लैजान सक्छन् ।’ उनले सबै बाकसको चेक जाँच गर्न जनशक्ति, समय र स्थानको अभावले सबै बाकस खोलेर चेकजाँच गर्न नसकिने भएकाले व्यापारीकै अनुसार भन्सार प्रज्ञापनपत्र दिएर सामान छुटाउने गरेको बताए । निमित्त भन्सार अधिकृत केसीले भने, ‘कम जनशक्ति र छिटो गाडी छुटाउन व्यापारीबाट दबाब हुने गरेकाले सामान्य चेकजाँच गरेर छोड्ने गरेका छांै ।’ स्याउ र लसुन ‘नन्रिक्स’ को कोटामा परेका कारण हामीले सामान्य चेकजाँच गरेर भन्सार प्रज्ञापनपत्र दिने गरेको बताए ।
सम्बन्धित व्यापारीले अवैध सामान ल्याउने दिन एकाएक भन्सार यार्डलाई खाली गराउने गरेको आरोपसमेत एक व्यवसायीले नाम नछाप्ने सर्तमा बताए । उनका अनुसार खासाबाट प्रतिबन्धित सामान आएको खण्डमा एकाएक भन्सार यार्डमा रहेका सबैलाई हट्न लगाउने गरेको र त्यहाँ एक÷दुईवटा कन्टेनरको चेक जाँचगरी अरू सबै बिनाचेक प्रज्ञापनपत्र तयार गर्ने गरेको जनाए । सो सामानको चेकजाँच गर्न अरू बेला जाँचकी जाने गरेको भए पनि प्रतिबन्धित सामानको आयात भएको समयमा आठजना भन्सार प्रमुखमध्ये व्यापारीले चाहेको मात्र भन्सार अधिकृत चेकजाँचमा जाने गरेका छन् ।
कमाण्डर पोष्ट दैनिकको कार्तिक १५ गतेको अर्थ पेजमा प्रकाशित

निमित्त भन्सार अधिकृत केसीले सो कार्यलाई व्यापारीले दिएको विवरणलाई आधार मानेर मूल्यांकन गर्ने गरेको समेत बताए । यसै सम्बन्धमा सो नाकाका प्रमुख भन्सार अधिकृत मिमांशु अधिकारीसँग पटक–पटक सम्र्पक गर्दा पनि उनी सम्र्पकमा आउन चाहेनन् । निमित्त भन्सार अधिकृत केसीले प्रमुख भन्सार अधिकृत मिमांशु बुधबार बिहान ११ बजे नै कार्यक्षेत्रबाट काठमाडौं गएको बताए । उनले अधिकारी किन काठमाडांै गएको भन्नेबारे केही बताउन चाहेनन् । हाल सो भन्सार नाकामा केसीसहित दानबहादुर केसी, हरिभक्त केसी, श्यामप्रसाद बस्नेत, निरज रेग्मी, यमप्रसाद ढुंगाना, अर्जुन पाठक र विष्णुकुमार श्रेष्ठ भन्सार अधिकृतको रूपमा कार्यरत छन् । प्रमुख भन्सार अधिकृत मिमांशु सो नाकामा गएपछि अवैध रूपमा प्रतिबन्धित सामान आयतमा तीव्रता आएको पाइएको छ । सोही क्रममा ६ महिनाभित्र ३२ वटा कन्टेनर भ्यानलाई राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ भने अझै १३ जना भन्सार कर्मचारीलाई विभागीय कारबाही गरी अनुसन्धान गरिरहेको छ । नेपाली बजारमा चाडपर्वको अवसरमा फलफूलको माग उच्च रहने भएकाले सो मागलाई पूरा गर्ने भन्दै चीनको स्वशासित क्षेत्र तिब्बतको खासा बजारबाट स्याउले भरिएको कन्टेनरमा विद्युतीय सामग्रीको पाटपूर्जा राखेर नेपाल भित्र्याउने गरेको रहस्य स्थानीय व्यवसायीहरूले खोलेका हुन् । भन्सार कर्मचारीकै मिलिमतोमा हुने गरेको सो अवैध करोबारका कारण दैनिक करोडभन्दा बढी राजस्वसमेत गुमेको छ । हाल ९० प्रतिशत स्याउ चीनबाट आयात भइरहेको छ । गएको वर्ष चीनबाट ५० हजार मेट्रिक टन स्याउ आयात भएको थियो । आयात गर्न पूर्णरूपमा प्रतिबन्ध लगाएका कम्प्युटरको पाटपूर्जा, ल्यापटप, फोटोकपी मेसिनलगायत अन्य सामाग्रीको पाटपूर्जा रहेका छन् ।
  कर्मचारीको आचरणमा सुधार भएन
काठमाडौं (कस) । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारी कर्मचारीहरूको आचरणमा सुधार गर्न कडा निर्देशन दिएको भए पनि अझैसम्म कर्मचारीको आचरणमा सुधार हुन नसकेको बताए । मन्त्री कोइरालाले विशेषगरी राजस्वअन्तर्गतका कर्मचारीका आचारणका कारण सेवाग्राही मारमा परेको गुनासो बढ्दै गएपछि आचारणमा सुधार गर्न निर्देशन दिए पनि भन्सार विभागअन्तर्गतका कर्मचारीमा भने अझै सुधार हुन सकेको छैन ।
व्यवसायी र कर्मचारीको मिलिमतोमा अवैध कारोबार हुने गरेका कारण राजस्व संकलनमा गिरावट आएको सेवाग्राहीले दुःख पाएको भन्ने सूचनाका आधारमा सरकारी कर्मचारीमाथि आफ्नो आचरण तत्काल सुधार्न अर्थमन्त्री कोइरालाले निर्देशन दिएका थिए । बुधबार अर्थमन्त्री कोइरालाले आचरण र व्यवहार सुधार्न कर्मचारीलाई निर्देशन दिएकै भोलिपल्ट भन्सार विभागका सुब्बा रेशम भण्डारीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर आएर आफ्नो आचरणमा सुधार नभएको प्रमाणित गरेका छन् । विभागका महानिर्देशक सूर्य आचार्यको पीएको रूपमा रहेका भण्डारीले महानिर्देश आर्चायलाई फोनमा खोजिएकोमा फोन नदिई हप्काउने र फोन दिन नमिल्ने भन्दै गालिगलौजसमेत गर्ने गरेका छन् ।
कमाण्डर पोष्ट दैनिकको कार्तिक १५ गतेको अर्थ पेजमा प्रकाशित

मन्त्री कोइरालाले कर्मचारीको व्यवहार सिंगो निकायकै परिचय भएकाले सदाचारी व्यवहारलाई आत्मसात् गर्न र जिम्मेवार भएर प्रस्तुत हुनसमेत निर्देशन दिएका थिए । अर्थमन्त्री कोइरालाले नियम, कानुन र राजस्वमा काम गर्ने कर्मचारीको आचरणमा समयसापेक्ष परिवर्तन नहुदाँ र बढी आलोचित भएको भन्दै सुधार्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनलाई लत्याउँदै विभागका कर्मचारीले महानिर्देशकलाई फोन नदिई अनावश्यक कुरा बोलेर हैरान बनाउने गरेको दुःखेसो सेवाग्राहीले पोखेका छन् । बिहीबार भन्सार विभागको परिसरमा पुगेका सञ्चारकर्मीसँग दुःखेसो पोख्दै एक सेवाग्राहीले नाम नछाप्ने सर्तमा भने, ‘भन्सार कार्यालयका कर्मचारीले विभिन्न बहानामा रकम मागेको बारे विभागका महानिर्देशकसँग प्रत्यक्ष भेटेर दुःखेसो पोख्न भनेर समय लिन खोज्दा निजका पीए भण्डारीले हकारेर बाहिर निकाले ।’ उनले अर्थमन्त्रीबाट आचरण सुधार गर्न निर्देशन दिएको भए पनि अझै सुधार नहुदाँ सेवाग्राहीले दुःख भोग्नुपरेको बताए । कर्मचारीहरूको व्यवहारबाट करदाताले हैरानी भोग्नुपरेको उजुरी मन्त्रालयमा परेको छ ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...