तातोपानीबाट ‘सेटिङ’ मिलाएर राजस्व छली
रोशन कार्की
काठमाडौं । अस्थिर राजनीतिकको मौका छोप्दै भन्सार कार्यालयमा कर्मचारी र व्यवसायीको सेटिङमा अर्बौ रुपैयाँ राजस्व छली कार्यमा तीब्रता आएको छ । भन्सार नाकाबाट प्रतिबन्धित सामान आयात गर्ने समयमा भन्सार कार्यालयमै बसी सामान आयात÷निर्यात हुने गरेको रह¥य खुलेको छ । अधिकाशं अबैध कारोबार हुनेमा राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयबाट सो सेटिङ मिलाएर सामान आयात÷निर्यात हुने गरेको रह¥य खुलेको हो । अर्थ मन्त्रालयले व्यापारीको दबाबमा तातोपानी भन्सार नाकाबाट अत्याधिकमात्रामा सो अबैध करोबार हुने गरेको समेत खुलेको छ । पछिल्लो पटक सो नाकामा प्रमुख भन्सार अधिकृत मिमाशुं अधिकारी पुगेपछि अबैध सामानको आयातमा अत्याधिक रुपमा वृद्धि भएको छ । कर्मचारी सरकारले आर्थिक वर्ष २०७०÷०७१ को बजेटबाटै थानकोट र धुलिखेलस्थित राजस्व अनुसन्धान विभागको चेकपोस्ट हटाएपछि अर्वौको रुपैयाँ राजस्व छली हुने गरेको तथ्य खुलेको हो । ती दुई चेकपोस्ट हटेपछि गत साउनमा भन्सार राजस्व १ अर्ब ५० करोड रुपैयाँ घट्नुले मुख्य कारण राजस्व छलीनै प्रमुख हो ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले साउन १ गतेदेखि लागू हुने गरी दुवै चेकपोस्ट हटाउने निर्णय बजेट बक्तव्यमार्फत सार्वजनिक गरेका थिए । चेकपोस्ट हटेपछि व्यापारीले राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालयका अधिकारीसँग ‘सेटिङ’ मिलाएर प्रज्ञापनपत्रमा कम मूल्य देखाई राजस्व छली गर्ने गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार तातोपानी नाकाबाट ट्रक तथा कन्टेनर छाड्दा विभागको सघन गस्ती टोली थानकोटतिर जाने र थानकोटबाट गाडी आउँदा टोली धुलिखेलतिर जाने गरेका छन् भने, अबैध सामान आयात गर्ने दिन तातोपानीका प्रमुख भन्सार अधिकृत कार्यकक्ष छोडी अनेन्त्र जाने गरेको समेत खुल्न आएको छ ।
तातोपानी नाका स्थित उच्च स्रोतले दिएको जानकारी अनुसार चीनको स्वशासित क्षेत्र तिव्वतको खास बजारबाट अबैध सामान आयात गर्ने दिन आफ्नो कार्यकक्ष छोडी निमित्तलाई जिम्मा लगाएर अबैध सामान आयात गर्ने गरेको बताए ।

‘तातोपानी नाकाबाट जाँचपास भइआएका सानातिना व्यापारीका गाडी राजस्व अनुसन्धान विभागले कब्जामा लिई जाँचको नाटक गर्ने गरेको छ ।’ स्रोेतले बताए । अवैध कारोबारमा तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत अधिकारीको मुख्य भूमिका रहेको आशंका भन्सार विभागले गरेको छ । विभागका महानिर्देशक सूर्यप्रसाद आर्चायले भने,‘तातोपानी नाकाको विषयमा विभागले गम्भीर भएर कारवाही अगाडि बढाएको छ, अनुसन्धानबाट अबैध कारोबारमा संलग्न भएको पुष्टी भएमा कारवाही हुन्छ ।’
सो अबैध कारोबारमा संलग्न भन्सार कर्मचारीको मिलेमतोमा नेपाल सामान भित्र्याउने अवैध फर्ममा रामायण ग्रुप, जिएन इन्टरप्राइजेज, एसकेजे इन्टरनेशनल बिजनेस प्रालि, गोसाइँकुण्ड इन्टरनेशनल बिजनेस प्रालि, जुगल इन्टरनेशनल प्राइजेज, सिन्धु इन्टरनेशनल बिजनेस प्रालि, कान्तिपुर बिजनेस ग्रुप, अरनिको ग्रुप, साइनो बिजनेस ग्रुप, साइनो मेस, सदाबहादुर मेस, क्षमादेवी मेस रहेको स्थानीय व्यवसायीहरुले बताएका छन् । स्रोतले भन्यो, ‘तातोपानी नाकाबाट भन्सार न्यून मूल्यांकन गरी गाडी छुटाएर करोडौं राजस्व छल्ने कार्यामा भन्सार कर्मचारीको मुख्य हात हुने गरेको छ ।’
अबैधरुपमा आयात हुन लागेका ती मेसबाट तोकीएको रकम भन्सार कर्मचारीलाई नदिएपछि प्रज्ञापनपत्र तोक लगाउन जाँदा कर्मचारी र व्यवापारीबीच विवादले गर्दा सो अबैध सम्बन्ध बाहिरिएको हो । सो कार्य सार्वजनिक हुने भएपछि भन्सार प्रमुख अधिकृत मिमाशुं अधिकारी विना कारण कार्यकक्ष छोडी काठमाडौं आएको तातोपानी उच्च स्रोतले बतायो । ३ सय वटा कन्टेनर भ्यानको प्रज्ञापनपत्र तोक लगाई छुटाउन तातोपानी भन्सार पुगेका व्यापारी र कर्मचारीबीच लेनदेनको विषयमा विवाद भएपछि समस्या समधान गर्न नसक्ने अबस्था देखेर भन्सार प्रमुख अधिकारी तस्करीका सामान लोड भएका ती गाडी कसरी छुटाउने भन्ने विषयमा सेटिङ मिलाउन विभागलाई गुर्हान काठमाडौं गएको स्रोतको दाबी रहोको छ । भन्सार छलीका गाडीमा तोक लगाउन भन्सार अधिकृत दानबहादुर केसीले नमानेपछि अर्का भन्सार अधिकृत दयानन्द केसीलाई निमित्तको जिम्मा दिई मिमाशुं काठमाडौं आएका थिए । केसी अर्थमन्त्री कोइरालाका सहयोगी भएको भन्दै आफ्नो क्षेत्राधिकार समेत विर्सिएर सो नाकाबाट अबैध सामान छुटाउनेमा पहिलो पंक्तिमा रहेका छन् । राजस्व अनुसन्धान विभागले सो नाकाबाट छुटेका केही मालवहाक गाडिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिदा १७ वटा गाडिका सामानको कम मूल्यांकन गरेको भेटेपछि २२ लाख रुपैयाँ जरिवना असुल गरि छाडिएको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.