सेटिङ मिलाएर राजस्व छली नियन्त्रण बाहिर
रोशन कार्की
काठमाडौं । सरकारले भन्सार नाकाबाट हुने अबैध कारोबार रोक्ने विभिन्न योजनाहरु ल्याएपनि कर्मचारी र व्यवसायीकै मिलेमतोमा दैनिक ३ अर्ब रुपैयाँभन्दा बढीको अबैध सामान नेपाल भित्र्ने गरेको छ । सरकारले राजस्व अन्तरगतका कर्मचारीलाई दिइदै आएको प्रोत्सान भत्तालाई घटाएपछि भन्सार कर्मचारी र व्यवसायीबीच गोप्य सहमती गरि भन्सार नाकामा ‘सेटिङ’ मिलाएर सामान छुटाउने कार्यलाई नियन्त्रण गर्न सरकार असफल भएको छ ।
प्राप्त पछिल्लो समाचार अनुसार अबैधरुपमा कानून विपरित कर्मचारी र व्यवसायीको मिलिमतोमा विशेष ‘सेटिङ’ मिलाएर विना चेकजाँच ‘भन्सार प्रज्ञापन पत्र ’ दिई छुटाउने गरेको तातोपानी भन्सार नाकाका सम्बन्धित एक व्यवसायीले बताए । नाम नछाप्ने सर्तमा ती व्यवसायीले भने,‘थोरै सामान आयात गर्ने बेला पुरै कर बुझाउने तर ४ वटाभन्दाबढी ट्रकमा सामान ल्याउने समयमा आफुले भनेको भन्सार कर्मचारीलाई सामान जाँच्नकालागि खटाउने गरेका छन् ।’
सो अबैध कार्यमा प्रतिबन्धित सामानको आयात गर्ने बेलामा समेत तातोपानी भन्सार कार्यालयका भन्सार प्रमुखहरुले नै चेकजाँचमा जाने गरेको आरोप समेत ती व्यापारिले लगाएका छन् । व्यापारिका अनुसार चीनको स्वसाशित क्षेत्र तिव्वतको खासा बजारबाट प्रतिबन्धित सामान ल्याउने समयमा एकतर्फी रुपमा सम्बन्धित व्यवसायीका कन्टेनर भ्यान बाहेक अन्यलाई भन्सार यार्डमा रोक लगाई सामान चेकजाँच गर्ने गरेको आरोप लगाएका छन् । अस्थिर राजनीतिकको मौका छोप्दै भन्सार कार्यालयमा कर्मचारी र व्यवसायीको सेटिङमा राजस्व छली समते हुने गरेको छ । अर्थ मन्त्रालयले व्यापारीको दबाबमा तातोपानी भन्सार नाकाबाट अत्याधिकमात्रामा सो अबैध करोबार हुने गरेको समेत खुलेको छ । पछिल्लो पटक सो नाकामा प्रमुख भन्सार अधिकृत मिमाशुं अधिकारी पुगेपछि अबैध सामानको आयातमा अत्याधिक रुपमा वृद्धि भएको स्थानिय व्यवसायीहरुले बताउदै आएका छन् । कर्मचारी सरकारले आर्थिक वर्ष २०७०÷०७१ को बजेटबाटै थानकोट र धुलिखेलस्थित राजस्व अनुसन्धान विभागको चेकपोस्ट हटाएपछि सो सेटिङबाट अबैध सामान काठमाडौं भित्राउन थप सहज भएको छ ।
चेकपोस्ट हटेपछि व्यापारीले राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालयका अधिकारीसँग ‘सेटिङ’ मिलाएर प्रज्ञापनपत्रमा कम मूल्य देखाई राजस्व छली गर्ने गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार तातोपानी नाकाबाट ट्रक तथा कन्टेनर छाड्दा विभागको सघन गस्ती टोली थानकोटतिर जाने र थानकोटबाट गाडी आउँदा टोली धुलिखेलतिर जाने गरेका छन् । अबैध सामान आयात गर्ने दिन तातोपानीका प्रमुख भन्सार अधिकृत कार्यकक्ष छोडी अनेन्त्र जाने गरेको समेत खुल्न आएको छ ।
तातोपानी नाका स्थित उच्च स्रोतले दिएको जानकारी अनुसार खासा बजारबाट अबैध सामान आयात गर्ने दिन आफ्नो कार्यकक्ष छोडी निमित्तलाई जिम्मा लगाएर अबैध सामान आयात गर्ने गरेको पाईएको छ । विभागका महानिर्देशक सूर्यप्रसाद आर्चायले तातोपानी नाकाको विषयमा विभागले गम्भीर भएर कारवाही अगाडि बढाएको बताएपनि अझैसम्म सो नाकाका कुनै पनि कर्मचारी र व्यापारिलाई कारवाही गर्न सकेको छैन् । महानिर्देशक आर्चायले अनुसन्धानबाट अबैध कारोबारमा संलग्न भएको पुष्टी भएमा कारवाही हुने बताएका छन् ।

भन्सार कर्मचारीको मिलेमतोमा नेपाल सामान भित्रयाउने अवैध फर्ममा रामायण ग्रुप, जिएन इन्टरप्राइजेज, एसकेजे इन्टरनेशनल बिजनेस प्रालि, गोसाइँकुण्ड इन्टरनेशनल बिजनेस प्रालि, जुगल इन्टरनेशनल प्राइजेज, सिन्धु इन्टरनेशनल बिजनेस प्रालि, कान्तिपुर बिजनेस ग्रुप, अरनिको ग्रुप, साइनो बिजनेस ग्रुप, साइनो मेस, सदाबहार मेस, क्षमादेवी मेस रहेको स्थानीय व्यवसायीहरुले बताएका छन् । स्रोतले भन्यो, ‘तातोपानी नाकाबाट भन्सार न्यून मूल्यांकन गरी गाडी छुटाएर करोडौं राजस्व छल्ने कार्यमा भन्सार कर्मचारीको मुख्य हात हुने गरेको छ ।’
सो कार्य सार्वजनिक हुने भएपछि भन्सार प्रमुख अधिकृत मिमाशुं अधिकारी विना कारण पुन ः कार्यकक्ष छोडी काठमाडौं आएको तातोपानी उच्च स्रोतले बतायो । ३ सय वटा कन्टेनर भ्यानको प्रज्ञापनपत्र तोक लगाई छुटाउन तातोपानी भन्सार पुगेका व्यापारी र कर्मचारीबीच लेनदेनको विषयमा विवाद भएपछि समस्या समधान गर्न नसक्ने अबस्था देखेर भन्सार प्रमुख अधिकारीले आफ्नो कार्यकक्ष छोडी काठमाडौं आएको आरोप व्यवसायीहरुले लगाएका छन् ।
उनी भन्सार कार्यकक्ष छोड्दा भन्सार अधिकृत दानबहादुर केसीलाई निमित्त बनाई आउने गरेको र अधिकृत केसीले व्यवसायीसंग मिलेर विना भन्सार सामान छुटाउने गरेको आरोप लगाएका छन् । अधिकृत केसी अर्थमन्त्री शंकरप्रसाद कोइरालाको सहयोगी भएको भन्दै आफ्नो क्षेत्राधिकार समेत विर्सिएर सो नाकाबाट अबैध सामान छुटाउनेमा पहिलो पंक्तिमा रहेका छन् ।
पटक–पटक राजस्व अनुसन्धान विभागले सो नाकाबाट छुटेका मालवहाक कन्टेनर भ्यानलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको भएपनि सामान अनुसान्धान गरेर सामान छाड्ने गरेको आरोप समेत स्वयम् व्यवसायीहरुले नै लगाउदै आएका छन् ।
चीनसँगको व्यापारिक नाका तातोपानीबाट हुने व्यापारमा चोरी तस्करी बढनथालेपछि त्यस्तो कारोबार नगर्न व्यापारीलाई उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन समितिले निर्देशन दिएको छ । भन्सार छली र चोरी तस्करीका कारण बद्नाम बनेको तातोपानी भन्सारमा अब उप्रान्त अवैध कारोबार भए कारबाही गर्ने राजस्व चुहावट नियन्त्रण टोलीले चेतावनी दिएको भएपनि सो निर्देशनलाई बेवास्था गर्दे सो नाकाका कर्मचारीद्वारा अबैध सामान छुटाउने गरेको आरोप लाग्दै आएको छ ।
तातोपानी भन्सारबाट हुने व्यापारिक कारोबारमा विभिन्न बहानामा चोरी तस्करी बढेपछि अवैध कारोबार रोक्न केन्द्रबाट आएको उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन समितिले कडा निर्देशन दिएपनि सो निर्देशनको बेवास्था गर्दै सो कार्य भएको छ । राजस्व नतिरी नक्कली कागजमा भ्याट तिरेको व्यहोरा बनाएर कारोबार गर्ने व्यवसायी र सो कागजात बनाउने कर्मचारीलाई कारवाही गर्न समितिले निर्देशन दिएका थियो ।
गृह मन्त्रालयका सहसचिव चूडामणि शर्माले मर्यादित भएर व्यापार नगरे कुनै पनि मूल्य चुकाउनु पर्ने व्यापारीहरुलाई चेतावनी दिएका थिए । तातोपानी भन्सार नाकामा हुने समस्या र चोरी तस्करी नियन्त्रणका लागि उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण टोली परिचालित भइ रहेको छ । सो टोलीले पनि चुहावट र सेटिङलाई नियन्त्रण गर्न नसक्दा भन्सार राजस्व संकलनमा प्रत्यक्ष असर पुग्दै
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.