अर्थमन्त्रालयबाट एकै महिनामा १ अर्ब रुपैयाँ निकासा
रोशन कार्की
काठमाडौं । अर्थ मन्त्रालयले पछिल्लो समयमै एकै महिनामा १ अर्ब रुपैयाँभन्दा बढी रुपैयाँ निकासा गरेको छ । मन्त्रालयले एक महिनामा विविध शीर्षकमा विनियोजन गरिएको रकमबाट कार्तिक महिनामा १ अर्ब ८ करोड ३४ लाख ७८ हजार रुपैयाँ रकमान्तर तथा निकासा गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
प्राप्त विवरण अनुसार मन्त्रालयले संविधान सभा–२ को चुनाव, विशिष्ट व्यक्तिको भ्रमण खर्च, भन्सार फिर्ता, आर्थिक सहायता, विभिन्न मन्त्रालय तथा निकायको भैपरी आउने साधारण खर्च, भौतिक सुविधा लगायतको शीर्षकमा अर्थमन्त्रालयले सो निकासा गरेको हो ।
मन्त्रालयको उच्च स्रोतले पछिल्लो समयमा रकमान्तर र साधारण खर्च बढेको बताएको छ । स्रोतका अनुसार फजुल खर्चलाई नियन्त्रण गर्न अर्थ मन्त्रालय असफल भइरहेको उल्लेख गरेको छ । सरकारी खर्चमा सानातिना कार्यक्रममा भाग लिन मन्त्री, सचिव, सहसचिव लगायतका कर्मचारीले गर्ने विदेश भ्रमणलाई नियन्त्रण गर्न अर्थ मन्त्रालयले सकेको छैन । सानातीना खर्चलाई नियन्त्रण गर्न नसक्दा पछिल्लो समयमा सरकारको साधारण खर्च बढ्दै गइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयबाट विविध शिर्षकमा रकमान्तर गरेकोमा सबैभन्दा बढी नेपाली सेनालाई दिएको छ । सेनाका लागि सवारीसाधन र सञ्चार सेट खरिदका लागि ४६ करोड ९५ लाख ९१ हजार रुपैयाँ रकमान्तर गरिएकोे छ । त्यसैगरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत रहेको सुरेश वाग्ले क्यान्सर स्मृति केन्द्र र बिपी कोइराला क्यान्सर अस्पताललाई ३८ करोड रुपैयाँ दिएको छ । संविधानसभा चुनावमा प्रयोग गरिएका सवारीसाधनको बिमा तथा अन्य कर र महसुल भुक्तानी गर्न अर्थ मन्त्रालयले गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ४ करोड ८२ लाख १५ हजार रुपैयाँ रकमान्तर गरी निकासा गरिएको छ ।
संविधानसभा चुनावमा खटिएका म्यादी प्रहरीलाई आउने–जाने खर्चका लागि अर्थ मन्त्रालयले रकमान्तर गरेर ९ करोड रुपैयाँ दिएको छ । यसमध्ये जिल्ला प्रहरी कार्यालयका लागि ८ करोड ४८ लाख ७८ हजार र महानगरीय प्रहरीलाई ५१ लाख २२ हजार रुपैयाँ निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी, संविधानसभा चुनावकै लागि अर्थ मन्त्रालयले राष्ट्रिय अनुसन्धान विभागलाई २ करोड ५२ हजार रुपैयाँ दिएको छ । चुनावका लागि १६ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विनियोजित बजेटमध्ये चुनावको सुरक्षाका लागि साढे ८ अर्ब रुपैयाँ निकासा दिइसकेको बताएका छन् । मन्त्री कोइरालले भनेका छन्, ‘सुरक्षाका लागि साढे ८ अर्ब निकासा भइसकेको छ, निर्वाचन आयोगले गरेको खर्चको विवरण आएको छैन ।’
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा भाग लिन अमेरिका जाँदा अर्थमन्त्री कोइराला नेतृत्वको प्रतिनिधि मण्डलको हवाई टिकट खर्च ४६ लाख ७७ हजार रुपैयाँ निकासा भएको छ ।
बेल्जियममा आयोजना गरिएको व्यापार मेलामा सहभागी हुन गएको प्रतिनिधि मण्डलले गरेको १३ लाख १३ हजार रुपैयाँ खर्च अर्थ मन्त्रालयले वाणिज्य मन्त्रालयलाई निकासा दिएको छ । वाणिज्य मन्त्रीसमेत रहेका कोइरालाले प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए ।
यसैगरी, निर्यातमूलक उद्योगलाई भन्सार महसुल फिर्ता दिन ४ करोड ६ लाख ६१ हजार रुपैयाँ उद्योग मन्त्रालयलाई निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ । निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्न गरिएको महसुल छुटको रकम सरकारले उद्योग विभागमार्फत उद्योगीलाई दिने व्यवस्था गरेको छ । त्यसैगरी, मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीविरुद्ध परेको मुद्दाको बहस गर्दा ८ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । रेग्मीका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरेका थिए । रकमान्तर गरी महान्यायाधिवक्ता कार्यालयलाई रकम दिइसकिएको अर्थ मन्त्रालयले जनाएको छ । यसरी सरकारी कोषबाट अत्याधिकमात्रामा एक महिनामा यति धेरै रुपैयाँ निकासी भएको यो पहिलो पटक भएको अर्थमन्त्रालय स्रोतको दाबी रहेको छ । मन्त्रालयले सो निकासीमा प्रत्येक महिनाजसो वृद्धि हुदै जाने अनुमान गरेको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.