फरार व्यक्तिका नाममा टेन्डर स्वीकृत
रोशन कार्की
काठमाडौं । सरकारी कर्मचारी र ठेकेदारबीचको संलग्नतामा ललितपुरस्थित कर्मचारी सञ्चय कोषको भवन फरार सूचीका व्यक्तिलाई भाडामा दिइएको खुलासा भएको छ । ललितपुर उपमहानगरपालिका–५ स्थित कोषको नवनिर्मित ‘कर्मचारी सञ्चय कोष’ भवन व्यापारिक प्रयोजनका लागि भाडामा दिन टेन्डर आह्वान भएको थियो । टेन्डर आह्वानपछि परेका बोलपत्रमध्ये कोषका कर्मचारीको मिलेमतोमा रकम र जग्गा ठगी गिरोहका मुकुन्द माली (मालाकार) को टेन्डर बोलपत्र स्वीकृत भएको छ । कोषले दैनिक पत्रिकामा ‘भवन भाडा’का बारेमा सार्वजनिक गरेको सूचनामा १० वटा बोलपत्र परेका थिए । बोलपत्रमध्ये मिलेमतोमा सुरक्षा निकायको रेकर्डमा ‘मोस्ट वान्टेड’ मा रहेका मालीलाई मासिक ६२ लाख ८ सय ८० रूपैयाँको बोलपत्र स्वीकृत गरिएको सूचना प्रकाशन भएपछि ठेकेदार मालीलाई टेन्डर दिएकोमा अन्य प्रतिस्पर्धीले आपत्ति जनाएका हुन् । पछिल्लो समय ठेकेदार मालीबाट ठगिएका पीडितहरूले कमाण्डर पोष्टलाई दिएको जानकारीअनुसार उनी ३० करोड रूपैयाँभन्दा बढी रकम ठगी गरी फरार छन् । पीडितले दिएको विवरणमा मालीले झापास्थित ५० लाख रूपैयाँ पर्ने जग्गालाई ५५ लाख रूपैयाँ दिने लिखित सहमति गरेर तत्कालीन मनकामना बैंक (हालको यति डेभलपमेन्ट बैंक) मा जग्गा राखेर रकम लिएर भागेका हुन् । यस्तै, काठमाडौं महानगरपालिकाको त्रिपुरेश्वर, टेकुमा रहेको जग्गा, वसुन्धराको जग्गा र कीर्तिपुरको चोभारमा रहेको २१ आना जग्गासमेत विभिन्न बैंकमा राखेर रकम झिकी भागेको आरोपमा गत वर्ष नै प्रहरी प्रशासनमा मालीविरुद्ध उजुरी परेको छ ।

मालीले चोभारको २१ आना जग्गा ज्योति विकास बैंकका कर्मचारीलाई झुक्याएर बिक्री गरेको समेत खुल्न आएको छ । जग्गाधनीलाई बचत नै नभएको बैंकको चेक दिएर झुलाउने र एक साताभित्र जग्गा अन्यलाई बिक्री गर्ने कार्यमा उनी संलग्न भएको समेत आरोप पीडितको छ । मालीले दर्ता गराएको ०७०÷७१÷१२५० को बोलपत्र ललितपुर–१ कुपण्डोलको ठेगानामा कोषमा पेस भएको छ । कोषले कबोल गरेको मासिक भाडा एकमुष्ट एक वर्षको रकम ७ दिनभित्र नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको खाता नम्बर ७०००१०० मा जम्मा गर्न सूचना जारी गरेपछि रकम संकलन गर्नसमेत उनले विभिन्न आश्वासन दिँदै अग्रिम रकम उठाएको आरोप उनलाई लगाइएको छ । मालीले कोषलाई एक वर्षको भाडा ८ करोड रूपैयाँ बैंकमा जम्मा गरेको भौचर कोषको कार्यालयमा पेस गर्नुपर्ने छ । ३० व्यवसायीलाई कोषको भवनमा व्यापारिक सटर भाडामा दिने भन्दै अग्रिम ७० लाख रूपैयाँसमेत उठाएको जानकारी सम्बन्धित व्यक्तिले दिएका छन् ।
नाम नछाप्ने सर्तमा व्यवसायीहरूले भने, ‘कोषको भवनमा रोजेको सटर दिने भन्दै अग्रिम रकम संकलन भएको हो । तर, माली नै यतिखेर सम्पर्कमा छैनन् ।’ मालीबाट पीडितहरूले मालीको खोजीका लागि र ठगिएको रकम फिर्ता गराइदिन भन्दै ललितपुर प्रहरी प्रशासनमा उजुरीसमेत दर्ता गराएका छन् । कोषका अनुसार बोलपत्रका आधारमा सबैभन्दा बढी रकम हुनेलाई टेन्डर स्वीकृत गरेको जनाएको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.