लेख
तातोपानी भन्सारमा कर्मचारीको ताण्डव नृत्य कहिले सम्म…?
रोशन कार्की |
आज भोली सवै स्थानमा सिन्धुपाल्चोक र चीनको स्वसाशीत क्षेत्र तिव्वतको खासा बाजारबाट हुदै आएको व्यापारीक कारोबारको चर्चा परिचर्चा भईरहेको छ । वर्षै देखी व्यापारीहरुले सो नाकाबाट आ-आफ्नो तवरबाट व्यापारीक कारोबार गरेर आईरहेकाछन् तर पछिल्लो पट्क भने सो नाका बढी चर्चाको शिखरमा पुग्यो । तातोपानी भन्सार नाकामा कहिले प्रहरी प्रशासनको कारण नाका अवरुद्ध भएकोछ भने कहीले व्यापारी त कहीले सोही भन्सारका कर्मचारीको कारण भन्सारको व्यापारीक नाका अवरुद्ध हुदा करोडौ रुपियाँको भन्सार राजश्व घाटा पर्ने गरेकोछ ।
तातोपानी भएर आउने सामानको प्रति कन्टेनर न्युनतम ५ लाख भन्दा माथीको राजश्व व्यापारीहरुले भन्सारमा बुझाउनु पर्ने हुन्छ तर सो नाकामा भन्सारका कर्मचारीको मिलेमतोमा न्युनतम भन्सार राजश्व तिरेर भन्सार प्रज्ञापन पत्र दिईएर भ्यानमा कर्मचारीले विना चेक जाच सिल लगाउने गरेको छ । संसारमा ठीक र नवीन कार्य गर्नेहरुले आफ्नो कार्यको परिक्षण र जाच र मुल्यांकन होस र दुनियाको नजरमा बेईमानी हुन नपरोस भन्ने चाहाना राख्ने गर्दछन् तर तातोपानी भन्सार नाकाबाट कारोबार गर्ने जो कोही पनि कसरी हुन्छ भन्सार राजश्व छलेर र अबैध कारोबार गर्नेको आवाज उठाएका हत्या गर्न समेत पछि नहट्ने गर्दछन् ।
छिमेकी राष्ट्र चीनको अतिनै छोटो स्थलमार्गमा रहेको उक्त तातोपानी नाका भएर हजारौ व्यापारीले कारोबार गर्ने गरेका छन् । व्यापारीको मुख्य उदेश्यनै भन्सार राजश्व छलेर व्यापार गर्ने हो त्यसैले व्यापारीले अबैध सामानको आयात निर्यात गरे भनेर अच्ाम्म मान्नु पर्ने छैन तर त्यही व्यापारीलाई सहयोग पुर् याएर भन्सार नाक बन्द गराई आफु लगाएत सवै कर्मचरी खासा बजारमा गएर सुरासुन्दरी च्यापेर खासाली रक्सीको चुस्की लगाएर बस्नु कतिको न्योचीत हो । यसरी हप्तौ सम्म तातोपानीका कर्मचारीले हाजिर गरेर खासा बसेर व्यापारी कारोबार नभएको समाचार सार्वजनीक हुदासमेत समबन्धित निकाय मौन रहनुमा पनि केही रहर् य लुकेको पाईन्छ ।
साचारकर्मीले आफ्नो तर्फबाट सत्यतथ्य समाचार सार्वजनीक गरेपछि आफ्नो जागिर जोगाउनका लागि सो तातोपानी भन्सारका प्रमुख भन्सार अधिकारी सन्तोष श्रेष्ठ रातारात काठमाडौ हानिए र नभएका बयान भन्सार विभाग र राजश्व अनुसन्धान विभागमा दिए । पहिलो पट्क जागिर त जोगाए तर चैन भने उहाँलाई छैन किनकी सन्तोष श्रेष्ठको ठाडो निर्देशनमा भएको उक्त अबैध सामानको कारोबार गर्न व्यापारीलाई सहयोग पुर् याएको तथ्य सार्वजानीक भएकोछ । सोही कार्यले गर्दा सो भन्सारमा कार्यरत कर्मचारीहरुलाई भन्सार विभागले काठमाडौ फिर्ता बोलाइकोछ तर कारबाही भने गरेको छैन । एकातर्फ अनियमित कामकार्य गर्ने कर्मचारीलाई भन्सार विभागमा बोलाएर के नै हुने हो र आर्को तर्फ सो भन्सारका सवै कर्मचारीले नै अबैध सामानको आयात निर्यात गर्न सहयोग गरे बापत पाउने कमिसनले गर्दा लाखै रुपिया खर्च गरेर पुगेका कर्मचारीले गर्दा सो भन्सार नाकामा बदनाम भएको पाईन्छ ।
आफ्ना सहयोगी कर्मचारी समुह जोगाउन आएका प्रमुख भन्सार अधिकारी सन्तोष श्रेष्ठले कर्मचारी जोगाउन त सेकनन् तर आफु भने सोही नाकामा हालीमुहाली गरेर अबैध सामानको कारोबार गर्न सफल भएकाछन् । कमीसनको झोला बोकेर काठमाडौ आएका सन्तोष श्रेष्ठले सो पोको खोल्न नपाउदै उनले निमित्त दिईएर आएका अधिकृत सुर्य सेढाइले व्यापारी संग मिलेर अबैध कार्य गरी उनकै हस्ताक्षर गरेर पठाएको कन्टेनर भ्यानलाई राजश्व गस्तीले १२ वटा गाडी नियन्त्रणमा लियो । कारवाही गर्न थाले पछि उनीहरुले सिल लगाए र पठाएको कुनैपनि सवारी साधनलाई बीचबाटोमा कसैले पनि नियन्त्रणमा लिन नपाउने भन्दै कर्मचारीहरुले भन्सार नाकामा हुने व्यापारी कारोबार लाई ठप्प बनाएपछि भन्सार विभागले बाध्य भएर १० जना कर्मचारी विभाग तान्न करै लाग्यो ।
अर्का अधिकृत शारदाप्रसाद दाहाल नायव सुव्वा कमल सुवेदी खरीदार शंकर पौडेल रामचन्द्र धिमिरेभवानीप्रसाद गुप्ता भगवानसिह गुरुङविजयराव खनाल ताराप्रसाद देवान र सुरेन्द्र भट्राई लाई विभागले केन्द्रमा बोलायो तर कीन कारबाही भएको छैन र कीन सो भन्सार नाकामा कर्मचारीबाट नै अबैध सामानको कारोबार गरेर भन्सार राजश्व चुबावट गरीरहेकाछन यो विषयमा सवै पक्ष गम्भीर भएर लाग्नु पर्ने भएकोछ ।
दैनिक ७० लाख भन्द बढी भन्सार राजश्व संकलन हुने भन्सारमा अहिले आएर मुस्कीलले १० देखी १५ लाख मात्र राजश्व संकलन हुने गरेको छ । लक्षित राजश्व नउठेको जनाउदै झोलेपोकेको सामान कर्मचारीले अमानविय व्यवहार गरेर खोस्ने गरेको छ । तर यसरी खोसीएको सामानलाई कर्मचारीले आफ्नो मातहतको मान्छेलाई वितरण गर्ने गरेको पाईएकोछ । के कर्मचारीले नियन्त्रणमा लिइएको कुनै पनि सामानह राजश्वमा नबुझाएर आफलैले चलाउन पाउने नियम भन्सार नाकामा छ । यस समबन्धमा कसैको चासो गएको छैन् ।
एकातर्फ सरकारी नियम निर्देशनमा चल्ने कार्यलयहरुमा यसरी कर्मचारीतन्त्रको राज हुने तातोपानी भन्सारमा हालसम्म कसैले पनि के भई रहेकोछ भन्न बारे सोचविचार गरेको छैनन् ।उक्त भन्सारका कर्मचारीहरुले एकै दिनमा ७० लाख भन्दा बढीको राजश्व एक जना व्यापारीबाट व्यक्तिगत रुपमा लिने गरेको र सो रुपिया दिईए बापत कर्मचारीले भन्सार राजश्व नकटाई सामानको विना जाचचेक करोडौको सामान लाई प्रज्ञापन पत्र दिईएर भन्सार छुटाउने गरेकाछन् । यसै विषयमा पट्क-पटक भन्सारका कर्मचारीको अनियमिकता बारे सार्वजनीक हुदा पनि सरकार र समबन्धित निकायलाई कुनै कुराको जानकारी हुदैन । यति सम्मकी राजश्व अनुसन्धान विभाग र भन्सार विभागलाई समेत भन्सार कार्यलय कर्मचारीबाट बन्द हुदा समेत कुनै जानकारी नभएको बताएका थिए । आखिर साचारमाध्यामले प्रथमिकताका साथ समाचार प्रशारण गरेपछि बाध्य भएर नियम विपरित कार्य गर्ने कर्मचारी भन्सार अधिकृत सूर्य सेढाई भन्सार अधिकृत शारदाप्रसाद दाहाल नायवसुव्वा कमल सुवेदी खरीदार शंकर पौडेल रामचन्द्र धिमिरेभवानीप्रसाद गुप्ता भगवानसिह गुरुङविजयराव खनाल ताराप्रसाद देवान र सुरेन्द्र भट्राईलाई विभागले केन्द्रमा बोलायो तर ससम्मान उनीहरुलाई कुनै कारबाही नगरी ज्वाईलाई दिईने सम्मान दिईएर राखीएकोछ ।
गत मंसिर ७ गते तातोपानी भन्सारबाट चेकजाच भएर आएको भनिएको १२ वटा कन्टेनर भ्यानलाई आन्तरिक राजश्व अनुसन्धान विभाग बाट खटीएका र।जश्व गस्ती टोलीले घुलिखेलबाट अधिनमा लियो । सोही दिन नाका भएर आएको करोड भन्दा बढी सामान वोकीएका ट्रकलाई भन्सारका कर्मचारी र राजश्व विभागका कर्मचारीले प्रति ट्रक ५ हजारको दरमा रकम लिईएर छोडीयो र तिनै व्यापरीले दिईएका नम्वरका ट्रकलाई भने गस्ती टोलीले नियन्त्रणमा लिईएको थियो । सरकारका मन्त्रीदेखी भन्सारका कर्मचारी सम्मको मिलेमतोमा हुने उक्त अबैध कारोबारोको प्रर्दाफास भएको पनि वर्षै भएको छ तर त्यसका बारेका सवैलाई थाहा भएपनि कसैले कारबाही गर्ने तर्फ चासो दिईदैन ।
राजश्व छलीको आरोपमा काठमाडौ बोलाईएका भ्रष्ट्र कर्मचारीलाई बहालबाला अर्थमन्त्री रामशरण महतको आर्शिबादका कारण सो नाका कर्मचारीहरुमा बढी मात्र राजश्व चुवावट गर्ने गरेकाछन् । मन्त्रीको आर्शिबादले गर्दा सो नाका बाट हुने व्यापारीक कारोबार सवै अबैधरुपमा देखीएको छ । किनकी सो नाका भएर गरिने व्यापार व्यवसाय पुरै अबैधरुपमा त्यहाका व्यापारी भन्दा पनि कर्मचारीले गर्दै आएकाछन् । लोपन्मुख जीव सतुसको चोरी निकासी देखी सवै कार्यको चोरी निकासी गर्न सरकारको आर्शिवादले गर्दा भईरहको छ ।
karkirimn@gmail.com
२०६३ सालमा लेखेको
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.