अस्थिर सरकारको मौका छोप्दै भन्सार छलीमा तीब्रता
रोशन कार्की
काठमाडौं । अस्थिर सरकार र नयाँ सरकार नबनेको मौका छोप्दै उत्तरी र दक्षिणी नाकाबाट भन्सार छलीका सामान नेपाल भित्राउने कार्यमा तीब्रता आएको छ । राजनीतिक दलमा सरकार गठनकालागि एकमत नभएको र बर्तमान सरकार कामचलाउ भएको मौका छोपी चीन र भारतका विभिन्न नाकाहुदै दैनिक करोडौ मुल्यका सामान विना भन्सार नेपाल भित्रने गरेको खुलासा भएको छ । पछिल्लो समयमा वीरगन्ज भन्सारबाट जाँचपाश भई निस्किएको जय माँ शक्ति ट्रान्सपोर्टको ट्रक सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय वीरगन्जले नियन्त्रणमा लिएपछि सो रह¥य खुलको हो ।
प्राप्त विवरण अनुसार गत शुक्रबार भन्सारबाट जाँचपाश भई निस्किएको ना २ ख ९८०५ नम्बरको ट्रक वीरगन्ज उपमहानगरपालिका–१९ मा पर्ने इनर्वा चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । व्यापारिले कामचलाउ सरकारको मौका छोपी भन्सार कर्मचारीको संलग्नतामा भन्सार प्रज्ञापन पत्र मात्र बनाएर सामान छुटाएको भेटिएको छ । सो भन्सार कार्यालयले दिएको भन्सार प्रज्ञापन पत्रमा उलेख भएको भन्दा बढी र फरक प्रकृतिका सामान रहेको पूर्व सुचनाको आधारमा ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय वीरगन्जले जनाएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सरकारले पछिल्लो समयमा सशस्त्र प्रहरी बललाई भन्सार सुरक्षार्थ जिम्मा लगाएको छ । सोही आधारमा सो बलले अबैध रुपमा विना भन्सार नेपाल भित्रीएको सामान सहितको ट्रक नियन्त्रणमा लिएको हो । सो ट्रक वीरगन्जका मदनप्रसाद कलवा (रुनचे) को समान रहेको भन्सार स्रोतले जनाएको छ ।
भन्सारमा कार्यरत रहेका जाँचकी र अधिकृतहरुको संलग्नतामा रुनचेले ट्रकमा लोडभएको भन्दा ५० प्रतिशत कम भन्सार दाखिला गराएको भन्सार प्रज्ञापन पत्र बनाएको खुलेको छ । भन्सार कार्यालयले दिएको जानकारी अनुसार भन्सार एजेन्ड दिपक भन्ने सहयोगमा रुनचेले कर्मचारीलाई रकम बुझाएर भन्सारको नाका प्रयोग गर्दै अबैध सामान नेपाल भित्राउने गरेको भन्सार स्रोतको आरोप रहेको छ ।
नियन्त्रणमा लिएको ना २ ख ९८०५ नम्बरको ट्रकमा १० लाख २८ हजार १ सय ७८ रुपैयाँ राजस्व दाखला भएको प्रज्ञापनमा उल्लेख भएपछि ट्रक भित्र प्रज्ञापन पत्रमा उल्लेख नभएका इलोक्ट्रोनिकका महंगा सामान रहेको सशस्त्र प्रहरीले जनाएको छ । भन्सार कर्मचारीको संग्नतामा नाकाबाटै तस्करहरुले ट्रक नैं वीरगन्ज भित्याउदै आएका छन । भन्सार सुरक्षार्थमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनासंगै राजस्व गस्ती टोली सरकारले २४ सैं घण्टा परिचालन गर्दै आएको छ ।
नियन्त्रणमा लिएको सो ट्रक आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएपनि अनुसन्धानका प्रमुख सन्तोष श्रेष्ठले अझै सम्म छानविन नगरेको आरोप समेत स्रोतको भनाई रहेको छ । यसैगरी, गत भदौ २७ भारतको बेग्लोरबाट आएको १५ टन सुकेको नरिवल बोकेको ट्रकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । कार्यालयबाट सुकेको नरिवलको सट्टा अन्य सामग्रीको भन्सार शुल्क तिरेर नेपाल भित्रयाइएको यूपी ७२ टी ३३५५ नम्बरको भारतीय ट्रकलाई अख्तियार टोलीले नियन्त्रणमा लिएको थियो ।
सो भन्सारबाट न्यूनमुल्याङक गरि कम र एक सामानको साटो अन्य सामानको भन्सार गरी राजस्व चुहावट हुने गरेको सूचनाका आधारमा आयोगले छापा मारि सो ट्रक नियन्त्रणमा लिएको थियो । भन्सारमा साबुदाना, नरिवलका खोस्टा, प्लास्टिकलगायत सामग्रीको शुल्क बुझाएको उल्लेख भए पनि ट्रकमा भने १५ टन नरिवलमात्रै भेटिएको प्रहरीले जनाएको छ । ट्रकका चालक भारतीय नागरिक मुख्तार खानका अनुसार बेंग्लोरबाट ६ दिनअघि हिँडेको सो ट्रकमा १५ टन सुकेको नरिवलमात्रै छ । भन्सार प्रज्ञापन पत्रअनुसार १ हजार ८ सय ७५ किलो नरिवलको मात्रै राजस्व बुझाइएको छ । बाँकी १३ हजार १ सय २५ किलो नरिवलको भन्सार छली गरिएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.