दोहोरो भुमीका खेल्ने कानुनविद्लाई कारवाही गर्न निर्देशन
रोशन कार्की
काठमाडौं । राजधानीमा सञ्चालनमा रहेका जुवाघर (क्यासिनो) मध्ये होटल सोल्टीको क्यासिनो नेपालका कर्मचारी र व्यवस्थापन विचको मुद्दामा एउटै वकिलले दुवैपक्षको मुद्दामा बहश गरेको भन्दै कारवाहीकालागि मजदुर पक्षले माग गरेका छन् । क्यासिनो नेपालका मजदुरहरुले दुवैपक्षमा बकालत गरेको भन्दै नेपाल बार काउन्सिलमा ३९ जनाले धर्ना दिई कारवाहीको माग गरेपछि काउन्सिलका अध्यक्ष द्रोणराज रेग्मीले सम्बन्धित विषयमा छानवि गर्न र दोषीलाई तत्काल कारवाही गर्न निर्देशन दिएको मजदुर मुकुन्दराज खरेलले बताए । खरेलका अनुसार काउसिन्लका उपाध्यक्ष हरिकृष्ण कार्कीको संयोजकत्वमा छानविन गर्न अध्यक्ष रेग्मीले निर्देशन दिएको बताए ।
दुवैपक्षको वकालत गर्ने कानून व्यवसायी रमेश बराल, विदुर ढुंगाना, भोजराज आचार्य र राजकुमार खतिवडालाई सो सम्बन्धमा छानविन गर्न निर्देशन दिईएको छ । ती ४ जना कानून व्यवसायीहरुले ७ महिना अगाडिसम्म मजदुरको पक्षबाट वकालत गर्दै आएका थिएभने पछिल्लो समयमा सोही व्यक्तिले व्यवस्थापनको पक्षबाट वकालत गरेको भन्दै गत कार्तिक १४ गते काउन्सिलमा मजदुरपक्षबाट मुद्दा दर्ता गरेका थिए ।
सोल्टी क्यासिनो विवाद |
सो मुद्दाका बारे काउसिन्सलबाट सुनुवाइ नभएको भन्दै धर्नामा बसेपछि मंगलबार छानविन गर्न समिति गठन भएको छ । सो क्यासिनो सञ्चालकहरूले विभिन्न बहानामा कार्यरत कर्मचारीलाई लामो समयदेखि तलबभत्ता नदिई नाफा कमाएको र भित्रभित्रै व्यवस्थापक समेत परिवर्तन गरी बिनाकारण कर्मचारीमाथि दुःख दिएको भन्दै कर्मचारीले राजधानीको सोल्टी होटलस्थित क्यासिनो नेपालमा केही दिनदेखि विवाद चर्किएको हो । क्यासिनो नेपालमा नयाँ व्यवस्थापन समूह ‘माजोङ इन्टरटेन्मेन्ट’ लाई दिएपछि ३० वर्षदेखि कार्यरत मजदुरलाई तलब घटुवा गरी नयाँलाई नियुक्ति दिन खोजेपछि कर्मचारीहरूले सो विरुद्ध मुद्दासमेत दायर गरेका छन । उक्त क्यासिनोले विभिन्न कारण देखाउँदै दुई वर्षदेखि तलबभत्ता तथा ४८ महिनादेखि सञ्चयकोषको रकमसमेत नदिई बिचल्ली बनाएको, पछिल्लो समयसम्म तलबभत्ता नदिई अवकाश दिन लागेको आरोप लगाउँदै मुद्दा दायर गरेका हुन । कर्मचारीहरूले होटल सोल्टी, क्यासिनोको नयाँ व्यवस्थापक माजोङ इन्टरटेन्मेन्ट, विगतको व्यवस्थापक नेपाल रिक्रियशन सेन्टर तथा अर्थमन्त्रालय र पर्यटन मन्त्रालयसमेतलाई विपक्षी बनाई श्रम अदालतमा मुद्दा दायर गरेका थिए । सो अदालतले गत वर्षको फागुनको ११ गतेसम्मको तलवभत्ता र संचय कोष बापद ८ करोड ८ लाख ५८ हजार रुपैयाँ भुक्तानी गर्नु गराउनु भन्दै फैसला गरेको थियो । सो फैसलालाई बेवास्था गरि क्यासिनो व्यवस्थापकले मजदुरविरुद्ध मुद्दा दार्ता गराएपछि सो कुरा बाहिर आएको हो ।
सो क्यासिनोमा विभिन्न तहका ४६ जना कामदार तथा कर्मचारीहरूले गत वर्ष श्रम अदालतमा मुद्दा दायर गरेका थिए । कर्मचारीहरूले श्रम ऐन २०४८ को दफा २५ र दफा ७३ बमोजिम मुद्दा दायर गरेको जिकिरक गरेका हुन । मुद्दामा गैरकानुनी तरिकाले सेवाको शर्त परिवर्तन गर्ने तथा पारिश्रमिक घटाउने निर्णय बदर गरी पुरानै सेवा कायम गर्न र बक्यौता पारिश्रमिक तथा अन्य सुविधाबापतको रकमसमेत एकमुष्ठ भुक्तानी दिलाउन माग गरिएको छ । पुरानो क्यासिनो सञ्चालन नेपाल रिक्रियशन सेन्टर प्रालिले सरकारलाई बुझाउनुपर्ने राजस्व नबुझाएर फरार रहेको अवस्थामा भित्रिएको नयाँ व्यवस्थापन समूह माजोङ इन्टरटेन्मेन्टले दीर्घसेवा गरेका कामदार कर्मचारीलाई तीन किस्ता गरी २ लाख ५० हजार रुपैयाँ बुझेर अवकास लिन वा नयाँ नियुक्त लिई घटुवा सेवा सुविधा लिन दबाब दिँदै आएको आरोपसमेत उनीहरूको रहेको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.